बाल विकास 2 – जन्मदेखि पहिलो महिना

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

नयाँ बच्चाको जन्म भनेको परिवारको लागि धेरै ठूलो खुशीको कुरा हो र यसले सबैको लागि नयाँ यात्राको सुरुवात संकेत गर्छ। तपाईंको बच्चा खाने, सुत्ने, रुने र आफ्नो डायपर भर्ने बाहेक अरू केही नगरे जस्तो देखिए तापनि, उहाँ वास्तवमा यस नयाँ संसारमा समायोजन गर्दै र यसबारे बुझ्दै हुनुहुन्छ। तपाईंले आफ्नो बच्चालाई प्रतिक्रिया जनाउने र स्याहार गर्ने क्रमसँगै विस्तारै उहाँसँग सम्बन्ध बढाउँदै हुनुहुन्छ।

पहिलो महिनाको अन्त्यसम्म, तपाईंको बच्चा धेरै सक्रिय, सतर्क र प्रतिक्रियाशील हुनुहुनेछ। उहाँले आफ्ना लिम्बहरू अझ सहजै सार्न सुरु गर्नुहुनेछ। उहाँ वरिपरिको वातावरण बारे अझ सचेत हुनुहुनेछ र तपाईंको अनुहार र वातावरणको आवाज प्रति प्रतिक्रियाशील हुनुहुनेछ।

पहिलो महिनाको अन्त्यसम्म, तपाईंको बच्चा निम्न कार्यमा सक्षम हुनुहुनेछ:

चाल

  • अस्थिर, अत्याधिक अनियन्त्रित ढंगले पाखुरा धकेल्दै र खुट्टा छोड्दै सर्न
  • घोप्टो परेर पल्टिदा टाउकोलाई केही समय उठाउन तर सहायताबिना टाउकोलाई धान्न सक्नुहुन्न
  • धेरैजसो समय आफ्नो हात मुठ्ठी पारे राख्न तर उहाँको हातमा जे राखिदिँदा पनि थाहा नपाइकन समात्न सक्नुहुन्छ
  • हातलाई मुख र आँखाहरूको दायरासम्म ल्याउन
  • आफ्नै अचानक आउने आवाज र चालहरूबाट झस्किन

दृष्टि

  • उच्च-परस्पर ढाँचाहरूद्वारा अनुसरण गरिएका मनुष्य अनुहारको लागि प्राथमिकता देखाउन, उदाहरण कालो-र-सेतो ढाँचाहरू
  • लगभग 8 देखि 10 इन्च (20 - 25 सेमी) नजिक उत्कृष्ट ध्यान केन्द्रित गर्न
  • केही समय मनुष्य अनुहार वा ठूला आकर्षित वस्तुहरू अनुसरण गर्न

श्रवण

  • मानिसका आवाजहरू विशेषगरी उच्च-तीक्ष्णताको आवाजमा ध्यान दिन
  • आँखा झिम्काएर, लिम्बहरू झट्काएर वा आफ्नै गतिविधि "अस्थिर" गरेर आवाजमा प्रतिक्रिया जनाउन
  • आमाको आवाज वा मधुरो संगीतबाट शान्त पार्न

सामाजिक सञ्चार

  • आमाको गन्ध पहिचान गर्न
  • पहिले अतुलनीय रूपमा र त्यसपछि सामाजिक उत्तेजनाको प्रतिक्रियामा मुस्कराउन

अन्य भावहरू

  • निश्चित गन्धहरू पहिचान गर्न, उदाहरण, आफ्नो आमा र आमाको दूधको गन्ध
  • छुने, समात्ने, हलुकासँग थपथपाउने र हल्लाने कार्य गर्दा संवेदनशील हुन अंगालो हाल्नाले बच्चालाई शान्त गराउनेछ
  • रूखो र असभ्य ढंगले समात्दा मन नपर्ने

शिशुको विकासलाई सहज बनाउन

तपाईं के गर्न सक्नुहुन्छ:
  • तपाईंको बच्चा रुदाँ प्रतिक्रिया देखाउन
  • उहाँलाई अंगालो हाल्न र समात्न
  • उहाँसँग कुराकानी गर्न र गीत गाउन
  • उहाँसँग हेराहेर गर्न
तपाईंले छनोट गर्नसक्ने खेलौनाहरू:
  • अत्यधिक फरक देखाउने रङ र ढाँचाहरू भएका मोबाइलहरू
  • संगीत बाकस वा टेप वा CD हरूबाट मधुरो संगीत
  • सामान्य आवाजहरू उत्पादन गर्ने नरम खेलौनाहरू

माथिको जानकारीले तपाईंलाई आफ्नो बच्चा बढ्दै गर्दा अपेक्षित गर्न सकिने परिवर्तनहरूको सामान्य उपाय मात्र दिन्छ। हरेक बच्चा अद्वितिय हुन्छन् र विकासको गतिमा हुने व्यापक भिन्नताहरू प्राय: सामान्य हुन्छन्। तपाईंको बच्चाले केही फरक समय लिनुहुन्छ वा केही चरणमा आएर निश्चित क्षमता प्राप्त गर्न असफल हुनुहुन्छ भने धेरै नआत्तिनुहोस्। यसले थप ध्यानाकर्षणको आवश्यकतातर्फ मात्र संकेत गरेको हुनसक्छ।

यस अवधिको अन्त्यसम्म, तपाईंको बच्चालाई निम्न अवस्था देखिएमा, चिकित्सक वा नर्सहरूसँग छलफल गर्नुहोस्

  • आक्कल झुक्कल आफ्नो पाखुरा वा खुट्टाहरू सार्ने
  • अधिक रूपमा निष्क्रिय वा रूखो देखिने
  • चम्किलो प्रकाशमा आँखा नझिम्काउने
  • केहि समय तपाईंको अनुहार नजिकबाट ध्यान नदिने वा अनुसरण नगर्ने
  • ठूलो आवाजहरूमा प्रतिक्रिया नजनाउने

तपाईंसँग कुनै पनि चिन्ता वा जिज्ञासा छ भने, कुनै पनि मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू (MCHC) का नर्स र चिकित्सकहरू वा आफ्नो पारिवारिक चिकित्सक/बाल विशेषज्ञसँग छलफल गर्नुहोस्।

हामीसँग गर्भवती आमाबुवा, शिशु र प्रिस्कूल बालबालिकाका आमाबुवाहरूका लागि "सुखद पालन-पोषण!" कार्यशालाहरूका श्रृंखला र पुस्तिकाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।