बेबी क्यारियर प्रयोग गर्ने सम्बन्धी सुरक्षा नोटहरू

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

आजकाल, बच्चाका उत्पादनहरू ताजा र उत्कृष्ट डिजाइनहरूमा उपलब्ध छन् जसले रोजाईको व्यापक दायराको वचन दिन्छ। बुद्धिमान आमाबुवाको रूपमा, खरिद गर्दा सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्दछ। यी उत्पादनहरूको उचित प्रयोगले उनीहरूले आफ्ना प्रियजनहरूको सुरक्षा गर्ने कार्यलाई राम्रोसँग सम्पादन गर्छन् भनी सुनिश्चित गर्नेछ।

बेबी क्यारियरहरू

बेबी क्यारियर, वा Mei Tai भनेको बच्चा बोक्न र उहाँको स्याहार गर्न सहजताको लागि स्याहारकर्ताको शरीरमा लगाइने एउटा यन्त्र हो। अघिल्ला अध्ययनहरूमा आमाको नजिकै बच्चालाई स्लिङमा बोक्नाले उहाँको रुने बच्चालाई शान्त र सहज बनाउन मद्दत पुर्याउने कुरा देखाइएको छ। अगाडि बोक्नाले स्याहारकर्ता र बच्चाको अन्तरक्रिया र सम्बन्धलाई सुधार गर्दछ। यद्यपि, अमेरिकी बाल चिकित्सा एकेडेमीले बेबी क्यारियरहरू तीन महिनाको उमेर पुगेका बच्चाहरूका लागि मात्र उपयुक्त हुन्छ भनी सुझाव दिन्छ। साना बच्चाहरूलाई पाखुरामा बोक्ने वा पुशचेयरमा राख्ने राम्रो रोजाई हुनुपर्छ।

विभिन्न प्रकारका बेबी क्यारियरबीच के-कस्ता भिन्नताहरू छन्?

बेबी क्यारियरहरू व्यापक दायराका बनावटहरूमा आउँछन् तर तिनीहरूलाई सामान्यतया एक-काँधमा बोक्न मिल्ने र दुई काँधमा बोक्न मिल्ने डिजाइनहरूमा वर्गिकरण गर्न सकिन्छ:

प्रकारहरू सुविधा आसन बेफाइदा
एक काँधमा बोक्न मिल्ने डिजाइन:
  • र्यापअराउण्ट स्लिङ
  • रिङ्ग स्लिङ
  • पाउच स्लिङ
  • कपास वा मिश्रित कपडाले बनाइएको
  • तन्किने वा नतन्किने खालको
  • सजिलैसँग बोक्न र भण्डारणको लागि कम्प्याक्ट डिजाइन
  • प्रयोग गर्न सजिलो
  • प्याडहरू भएका वा नभएका काँधका स्ट्रयापहरू
  • रिङ्ग स्लिङको एउटा टुप्पोमा जोडिएका दुईवटा रिङ्गले यन्त्रलाई समायोजनयोग्य र सुरक्षित बनाउँछ।
  • भिन्न-भिन्न आकारका प्रयोगकर्ताहरूलाई फिट गर्न रिङ् वा जिपरहरू भएका पाउच स्लिङहरू समायोजित गर्न सकिन्छ।
साना बच्चाहरू:
  • अगाडि क्रेडलमा बोक्ने र अगाडि च्यापेर बोक्ने
ठूला बच्चाहरू:
  • कम्मरमा बोक्ने
  • लामो समयसम्म लगाएपछि थकान लाग्न सक्छ
  • र्यापअराउण्ट स्लिङको प्रयोगबारे जान्न समय आवश्यक पर्छ
  • गैर-समायोजन योग्य स्लिङहरू प्रयोगकर्ताका आवश्यकताहरूसँग सुहाउन असफल छन्
  • बच्चाको खुट्टाहरूको गतिविधिलाई सीमित गर्छ
  • हिप डिस्फाजियाको जोखिम बढाउँछ
प्रकारहरू सुविधा आसन बेफाइदा
दुई काँधमा बोक्न मिल्ने डिजाइन:
  • Mei Tai
  • काँधका स्ट्रयाप र कम्मर पेटीहरू भएको कपडा वा नरम प्यानल शिट
  • केही बच्चाको टाउकोलाई आराम दिने हुन्छन् वा साना वस्तुहरूका लागि सानो पकेट भएका हुन्छन्
  • फराकिला काँधका स्ट्रयापहरू
  • प्याड भएको वा प्याड नभएको
  • प्रयोग गर्न सजिलो
  • बच्चाको तौल फैलाउन सक्षम
  • लामो समयसम्म प्रयोगको लागि उपयुक्त

अगाडि च्यापेर बोक्ने (बच्चालाई अगाडि पारेर वा नपारिकन) वा पछाडि च्यापेर बोक्ने

  • बच्चालाई छातीमा च्याप्ने स्थितिमा मात्र बोक्न सकिन्छ
  • टाउकोलाई आराम दिने खालको Mei Tai वरिपरि बोक्न अझ भारी र असहज हुन्छ
  • लामो स्ट्रयापहरू सजिलैसँग भुँइमा तानिन सक्ने भएकाले यिनीहरू फोहोर हुन सक्छन्
  • ब्याकप्याक
  • नरम संरचना भएका क्यारियर
  • नरम संरचना भएका क्यारियरहरू ठूला/भारी बच्चाहरूका लागि बाक्लो प्याड भएका काँधका स्ट्रयाप र कम्मर पेटीहरूका साथ श्रम-दक्षताको रूपमा डिजाइन गरिएका हुन्छन्।
अगाडि च्यापेर बोक्ने (बच्चालाई अगाडि पारेर वा नपारिकन) वा पछाडि च्यापेर बोक्ने अत्याधिक रूपमा भारी, वरिपरि वा पसलमा बोक्न सहज नहुने

बेबी क्यारियर छनोट गर्दा के हेर्नुपर्छ?

बेबी क्यारियर छनोट गर्दा व्यक्तिगत प्राथमिकता र आवश्यकताहरूभन्दा, आमाबुवाले निम्न बुँदाहरूलाई ध्यान दिनुपर्छ:

बेबी क्यारियर खरिद गर्नु र प्रयोग गर्नुअघि निर्देशनहरू पढ्नुपर्छ।

  • सुरक्षित र सुविधाजनक
    • ब्याक प्यानेल (र टाउकोलाई आरान दिने) मजबूत छ र यसले पर्याप्त सहायता दिन्छ
    • खुटाका प्वालहरू इलास्टिकको कपडाले बाँधिएका र नरम प्याड भएका उचित आकारका छन्
    • बच्चाका खुट्टाहरू खुकुलो गरी झुण्डन र पीठ्युका जोर्नीहरूमा धेरै भार पर्नबाट रोक्न बच्चाको पीठ्यु र तिघ्राहरूमा सहायता गर्ने खालको हुनुपर्छ
    • स्ट्रयापहरू र कम्मर पेटी प्याड सहित पर्याप्त मात्रामा फराकिलो हुनुपर्छ। अन्य भागहरूसँगै (जस्तै: रिङ्गहरू) तिनीहरू टिकाउ, अखण्ड र बलियो स्टिचले बनाइएको हुनुपर्छ।
    • स्ट्रयापहरू समायोजनयोग्य हुनुपर्छ
    • बच्चाको आकार, तौल, उमेर र विकासका लागि उपयुक्त हुनुपर्छ
  • जान्न र प्रयोग गर्न सजिलो
  • सफा गर्न सजिलो
  • वरिपरि र पसलमा बोक्न सजिलो
  • कपासबाट बनेको

धातुको ब्याकप्याक:

  • तीखा पोइन्टहरू बिना नै नरम देखिने
  • सुरक्षित लकहरू भएको
  • बच्चालाई घेरिने भागहरूमा प्याड भएको

बेबी क्यारियर प्रयोग गर्दा के हेर्नुपर्छ?

स्याहारकर्ताहरूले बेबी क्यारियरको प्रयोग गर्नुअघि निम्न सुरक्षा सम्बन्धी समस्याहरूलाई हेर्नुपर्छ:

  • चार महिनाभन्दा कम उमेरका बच्चाहरूका लागि एकल काँधका स्लिङ वा ब्याकप्याकहरू उपयुक्त हुँदैनन्
  • तपाईंको बच्चा प्रसन्न भएपछि मात्र नयाँ क्यारियरको प्रयास गर्नुहोस्
  • पहिलो पटक क्यारियरको प्रयोग गर्दा मद्दतका लागि पारिवारिक सदस्यलाई अनुरोध गर्नुहोस्
  • बच्चाहरू सुतिरहेको बेलामा, उनीहरूको ढाँडको मांसपेशी आरामदेह स्थितिमा हुने भएको कारण, उनीहरूको टाउको र घाँटीको लागि प्रयाप्त सहायता पुग्छ भनी सुनिश्चित गर्नुहोस्
  • क्यारियरलाई सुरक्षित तथा संरक्षित सतहमा राख्नुहोस् र सतहबाट निकाल्नुहोस्
  • आफ्नो बच्चाको स्थिति जाँच गर्न ऐनाको प्रयोग गर्नुहोस्। काँधका स्ट्रयापहरू, कम्मर पेटी वा रिङ्गहरूलाई सुरक्षित तथा उचित तरिकाले बाँधिएको छ र तपाईंको बच्चा क्यारियरमा सहज तरिकाले फिट हुनुहुन्छ भनी सुनिश्चित गर्नुहोस्
  • तपाईंको बच्चा धेरै तातो वा धेरै चिसो हुनुहुन्न भनी सुनिश्चित गर्नका लागि उहाँलाई बारम्बार जाँच गर्नुहोस्
  • तपाईंको बच्चाले विशेषगरी एकल काँधमा बोक्ने स्लिङको प्रयोग गर्दा कुनै पनि अवरोध बिना श्वास फेर्न सक्नुहुन्छ भनी सुनिश्चित गर्नुहोस्:
    • आफ्नो बच्चालाई उहाँको चिउँडोले उहाँको छातीलाई छुनेगरी झुकाएर नबोक्नुहोस्
    • आफ्नो बच्चालाई स्लिङमा एकदम तल नबोक्नुहोस्
    • आफ्नो बच्चालाई उहाँको अनुहार तपाईंतर्फ जोडसँग च्यापिने गरी नबोक्नुहोस्
    • स्लिङ वा कपडाहरू जस्ता अन्य नरम वस्तिहरूले आफ्नो बच्चाको टाउको र अनुहारलाई ढाक्न नदिनुहोस्
  • आफ्नो बच्चालाई खाना पकाउने भाँडा र पङ्खाहरू जस्ता खतरनाक वस्तुहरू पहुँच गर्नबाट रोक्नुहोस्
  • आफ्नो बच्चालाई अधिक प्रत्यक्ष घामको प्रकाशबाट बचाउनुहोस् र उनीहरूलाई छाताको प्रयोग गर्ने जस्ता पर्याप्त घामको सुरक्षा दिनुहोस्
  • आफ्नो बच्चालाई मस्तिष्क, घाँटी र ढाँडका चोटपटकहरूबाट बचाउनका लागि क्यारियरको प्रयोग गर्दा कहिल्यै पनि छलाङ्ग मार्ने, उफ्रने, दौडने वा हल्लिने काम नगर्नुहोस्
  • तपाईंलाई केही उठाउन आवश्यक परेमा आफ्ना घुँडाहरूलाई झुकाउनुहोस्
  • सिट बेल्ट लगाएर कार चलाउँदा कहिल्यै पनि क्यारियरको प्रयोग नगर्नुहोस्

विवरणहरूको लागि, कृपया“कारहरूमा बच्चाको सुरक्षा”को विषयमा निम्न वेवपृष्ठमा जानुहोस्

पुशचेयरहरू

बच्चाहरूलाई छोटो विश्रामको लागि एक आरामदायक ठाउँमा राख्नको लागि, धेरैजसो आमाबुवाहरूले आफ्ना बच्चाहरूसँग बाहिर जाँदा पुशचेयरहरू प्रयोग गर्ने गर्छन्। यसै बीच, पुशचेयरको बास्केटले केही हाते वस्तुहरूका लागि भण्डारण स्थानको रूपमा पनि सेवा दिन सक्छ। खेलौना तथा बालबालिकाको उत्पादनहरूको सुरक्षा अध्यादेश अनुसार, हङकङमा बिक्री गरिएका पुशचेयरहरूले यूरोपेली मापदण्ड (BS EN 1888:2012), ASTM मापदण्ड (ASTM F833-15) वा संयुक्त अष्ट्रेलियन/न्यूजील्याण्ड मापदण्ड (AS/NZS 2088:2013) पूरा गर्नुपर्छ*। खरिद गर्दा केही प्रमाणीकरणहरू जाँच गर्न सुनिश्चित हुनुहोस्। पल्टिन मात्र सक्ने र आफै राम्रोसँग बस्न सक्षम नभएका 6 महिनाभन्दा कम उमेरका बच्चाहरूका लागि, 150 डिग्री वा सोभन्दा बढीको कोणमा अधिक मात्रामा झुकाउन सकिने सिटहरू भएका पुशचेयरहरूको मात्र प्रयोग गर्न छनोट गर्नुहोस्।

पुशचेयरको प्रयोग गर्दा, आमाबुवाहरू निम्न कुराहरूमा सावधान हुनुपर्छ:

  • उत्पादकका निर्देशनहरूको पालना गर्नुहोस् र तपाईंले कुनै प्रकारको खराबी देख्नुहुन्छ भने यसको प्रयोग गर्न रोक्नुहोस्;
  • तपाईंले आफ्नो बच्चाको लागि सुरक्षा उपकरण कस्नुभएको छ र उचित फिटिङका लागि उपकरणलाई सधैँ जाँच गरी समायोजन गर्नुहुन्छ भनी सुनिश्चित गर्नुहोस्;
  • तपाईंले पुशचेयर रोक्ने समयमा, सबै ह्विल ब्रेकहरू संलग्न गर्नुहोस् जसकारण पुशचेयर खतरातर्फ रोल भइरहनेछैन;
  • फोल्ड गर्न मिल्ने पुशचेयरको लागि, आकस्मात् फोल्ड हुने वा फोल्ड नहुने समस्याबाट बच्न सुरक्षा लकहरू संलग्न गरिएका छन् वा छैनन् भनी जाँच गर्नुहोस्;
  • उल्टो गर्न मिल्ने ह्याण्डल भएको पुशचेयरको लागि, तपाईंको बच्चा पुशचेयरमा हुँदा उहाँको औँला वा पाखुरा च्यापिन र दुख्नबाट बचाउनका लागि ह्याण्डल उल्टो नबनाउनुहोस्;
  • सन्तुलन गुमेको कारणले गर्दा पुशचेयरलाई पल्टिनबाट रोक्नका लागि कहिल्यै पनि ह्याण्डलमा भारी वस्तुहरू नझुण्याउनुहोस्;
  • बालबालिकालाई कहिल्यै पनि पुशचेयरमा खेल्न वा त्यसलाई यताउती तान्न नदिनुहोस्;
  • दुर्घटनाहरू हुन नदिनका लागि सिंढी वा एस्केलेटरहरूमा कहिल्यै पनि पुशचेयरको प्रयोग नगर्नुहोस्;
  • यो डबल पुशचेयर नभएसम्म, यसमा एकभन्दा बढी बच्चा नबोक्नुहोस्;
  • छुट्टाउन सकिने सिटहरूको कभरलाई राम्रो स्वच्छताको लागि नियमित रूपमा धोएको हनुपर्छ।

विवरणहरूका लागि, कृपया ग्राहक परामर्श वेबपृष्ठमा जानुहोस्:
https://www.consumer.org.hk/ws_chi/consumer_alerts/graph/478/ pushchairs.html (यस पृष्ठमा चिनियाँ संस्करण मात्र उपलब्ध छ।)
*https://www.elegislation.gov.hk/hk/cap424!en?INDEX_CS=N

अग्ला कुर्सीहरू

बच्चाहरूले लगभग छ महिनाको उमेरमा ठोस खाना खान सुरु गर्छन्। धेरैजसो आमाबुवाहरूले खुवाउन सहज बनाउन र बच्चालाई परिवारसँग खानाको लागि धैर्यपूर्वक बस्ने बानी बसाल्न मद्दत गर्न अग्लो कुर्सी खरिद गर्नुहुनेछ। अग्लो कुर्सी प्रयोग गर्नु अघि, यद्यपि, उत्पादन नियमावली र निर्देशनहरू पढ्नुपर्छ र निम्न कुरामा ध्यान दिनुपर्छ:

  • तपाईंको बच्चा अग्लो कुर्सीमा बस्ने समयमा सुरक्षा उपकरणलाई कसेको हुनुपर्छ;
  • कुर्सीका खुट्टाहरू स्थिर र बलिया हुनपर्छ;
  • तपाईंको बच्चालाई कहिल्यै पनि अग्लो कुर्सीमा एक्लै नछोड्नुहोस्, विशेषगरी, भित्ता, खाना खाने टेबुल वा अन्य फर्निचर नजिक भएको ठाँउमा। अन्यथा, अग्लो कुर्सीमा बस्ने बच्चाले नजिकको कुनै पनि वस्तु तान्ने वा धकेल्ने प्रयास गर्दा, उनीहरूले सन्तुलन गुमाउन सक्छन् र कुर्सी पल्टिन सक्छ;
  • तपाईंले फोल्ड गर्न मिल्ने अग्लो कुर्सी प्रयोग गर्दा, यो अचानक फोल्ड हुनबाट रोक्नका लागि यसका सबै भागहरू ठीक ठाउँमा लक गरिएका छन् भनी सुनिश्चित गर्नुहोस्;
  • बच्चालाई कुर्सीमा अड्याउनको लागि गार्ड रेल वा डाइनिङ ट्रे प्रयोग गरिने अग्लो कुर्सीको लागि, रेल वा ट्रेलाई प्रयोग गर्नुअघि ठीक ठाउँमा लक गरिनुपर्छ;
  • अग्लो कुर्सी सारिएको बेलामा पल्टिनबाट रोक्नका लागि, तपाईंको बच्चा त्यसमा बसेको बेला त्यसलाई नसार्नुहोस्;
  • आफ्नो बच्चालाई कहिल्यै पनि अग्लो कुर्सीमा चढ्न वा आफै सिटमा बस्न नदिनुहोस्;
  • अग्लो कुर्सीलाई नियमित रूपमा जाँच गर्नुहोस् र कुनै खराबी वा अस्थिर फुटिङ फेला परेमा त्यसको प्रयोग गर्न रोक्नुहोस्।

बच्चाको कार जस्तो बोक्ने कोक्रो/क्यारियर तथा बाल सुरक्षा कार सिटहरू

केही आमाबुवाहरू कारद्वारा आफ्ना बच्चाहरूसँग बाहिर जान्छन्। बच्चाहरूका लागि कारको सुरक्षा सुनिश्चित गर्न, बच्चाहरूलाई उनीहरूको सिटहरूमा सुरक्षितका साथ बाँधेर राख्नका लागि उपयुक्त र स्वीकृत अवरोध उपकरण (उदाहरण, बच्चाको कार जस्तो बोक्ने कोक्रो/क्यारियर, बाल सुरक्षा कार सिट वा बाल उपकरण) लाई ठीक ठाउँमा राख्नुपर्छ। कारमा बस्दा बच्चाको कार जस्तो बोक्ने कोक्रो/क्यारियर वा बाल सुरक्षा सिटको प्रयोग गर्दा, कृपया निम्न कुराहरूलाई ध्यानमा राख्नुहोस्:

  • सुरक्षा यन्त्र उमेर र तौल उपयुक्त हुनुपर्छ;
    • शिशु र बच्चाहरूलाई उनीहरूको सिटहरूद्वारा अनुमति दिइएको उच्चतम तौल वा उचाई नपुग्दासम्म सम्भव भएसम्म पछाडि फर्केको कार सिटमा सवार गरानुपर्छ#
    • ठूला बच्चाहरूले बाल सुरक्षा कार सिट वा बाल उपकरण प्रयोग गर्नुपर्छ
  • बच्चा बोक्ने कोक्रो/क्यारियर वा बाल सुरक्षा कार सिटलाई पछाडिको कारको सिटमा सुरक्षा उपकरणको प्रयोगले सुरक्षित गर्नको लागि सुरक्षा यन्त्र उत्पादकबाट प्राप्त भएका कार नियमावली वा निर्देशनहरूको पालना गर्नुहोस्;
  • खरिद गर्नु अघि कारहरूका विभिन्न मोडल र सुरक्षा यन्त्रहरूमा ध्यानपूर्वक विचार पुर्याउनुहोस्;
  • त्रुटि वा अज्ञात मूल भएका उत्पादनहरू प्रयोग नगर्नुहोस्;
  • यसको सामान्य कार्यपद्धति सुनिश्चित गर्न, नियमित रूपमा सुरक्षा उपकरण जाँच गर्नुहोस् र आवश्यक हुँदा प्रतिस्थापना गर्नुहोस्;
  • तपाईं अडिको सिटमा बस्दा, बच्चालाई कहिल्यै पनि आफ्नो पाखुरामा होल्ड नगर्नुहोस् वा उनीहरूलाई आफ्नो काखमा बस्न नदिनुहोस्। दुर्घटना भएमा, बच्चा तपाईं वा ड्याशबोर्डबीच कुल्चिन वा कारबाट बहिर निस्कन सक्नुहुन्छ।

बच्चा अवरोधहरूको प्रयोगको बारे विवरणहरूका लागि, कृपया यातायात विभागको निम्न वेबपृष्ठको सन्दर्भ लिनुहोस्: https://www.td.gov.hk/en/road_safety/road_users_code/index/chapter_5_for_all_drivers/child_safety_in_cars/index.html
http://pediatrics.aappublications.org/content/142/5/e20182460

मैत्रीपूर्ण सम्झाउनी:

  • तपाईंको बच्चालाई विशेषगरी अन्तर्क्रियात्मक भुँईमा बसेर खेल्ने खेल मार्फत दिनमा धेरैपटक विभिन्न तरीकाहरूले शारीरिक रूपमा सक्रिय रहन दिनुहोस्; थप कुराहरू गर्दा अझ राम्रो हुन्छ
  • बच्चालाई अहिले मोबाइल नदिनुहोस्, उहाँलाई उठेको बेलामा दिनभरमा कम्तीमा 30 मिनेट घोप्टो रहेर समय बिताउन दिनुहोस्
  • लामो समयसम्म बस्न नदिनुहोस्। आफ्नो बच्चालाई एकपटकमा 1 घण्टाभन्दा बढी समयसम्म पुशचेयर, अग्लो कुर्सी वा बेबी क्यारियरमा नराख्नुहोस्