आफ्नो बच्चालाई माया गर्नुहोस्, चोटपटक लाग्नबाट बचाउनुहोस् 1-3 वर्ष

(06/2020 मा संशोधन गरिएको HTML सामग्री)

तपाईंको बच्चा सुरक्षित हुनुहुन्छ?

  • चोटपटक भनेको प्रमुख बाल घातक हो। हरेक वर्ष धेरैजसो बालबालिकाका चोटपटकको कारणले मृत्यु भएको छ वा उनीहरू असक्षमता भएका छन्। तपाईंको बच्चालाई चोटपटक लाग्नबाट बचाउनको लागि, उहाँको व्यवहारदेखि सतर्क हुनुहोस् र सबै सम्भावित जोखिमहरू हटाउनुहोस्।
  • 5 वा सो भन्दा कम उमेरका बालबालिकाले के खतरनाक छ भन्ने कुरा बुझ्न वा सम्झन सक्दैनन्। आमाबुवाहरूले उनीहरूको क्षमतालाई बढी अनुमान लगाउनुहुँदैन।
  • तथ्याङ्कहरू अनुसार 0 देखि 5 वर्ष उमेरका बालबालिकालाई चोटपटक लाग्ने सबैभन्दा सामान्य ठाउँ भनेको घर हो।

1 देखि 3 वर्ष उमेरका बच्चाहरूमा प्रा लाग्ने चोटपटकहरू:

  • बच्चाहरू जिज्ञासु, निर्दोष, अवज्ञाकारी र सक्रिय हुन्छन्। उनीहरू नयाँ क्षितिजहरू अन्वेषण गर्न मन पराउँछन्। हिँड्न, चढ्न वा दौडिन पनि सक्षम हुँदा, उनीहरू जहाँकहीँ मनोरञ्जक वस्तुहरू खोज्ने गर्छन्। उनीहरू आफ्ना हातहरूले अन्वेषण गर्न र आफ्नो मुखमा वस्तुहरूलाई राख्न रुचाउछन्।
  • यस सक्रिय वृद्धि र विकासको अवधिमा, सबै ठाउँमा लुकाइएका ट्र्यापहरू हुन्छन्। सामान्य चोटपटकमा लड्ने, श्वास रोकिने र औंला च्यापिने समावेश हुन्छन्।
  • चोटपटक लागेपछि तुरून्तै चिकित्सकीय सल्लाह लिनुहोस्।

प्राय लाग्ने चोटपटक तथा सुरक्षात्मक उपायहरू:

  1. लड्ने
    • तपाईंका बालबालिकाले के गरिरहेका छन् भन्ने कुरामा सधैँ निगरानी गर्नुहोस्। ठूलो व्यक्तिको साथ नभइ उनीहरूलाई बेडरूम वा अन्य ठाउँहरूमा खेल्न नदिनुहोस्।
    • बालबालिकालाई लड्नबाट जोगाउनको लागि विन्डो गार्ड (ग्रिल) वा बाल्कोनीको वरिपरी बार वा तारको जाली स्थापना गर्नुहोस्।

    फर्निचर माथि चढ्दा बच्चाहरू खस्न सक्छन् वा त्यसमा ठोकिएर लड्न सक्छन्।

  2. निसास्सिनु
    • बालबालिकाहरूको टाउको प्लास्टिकका झोलाहरूमा पसेर निस्सासिन सक्ने भएकोले यसबाट उनीहरूलाई बचाउका लागि प्लास्टिकका झोलाहरूलाई सही तरिकाले राम्रोसँग राखेर व्यवस्थापन गरिनुपर्छ।
    • कुर्सी तथा टेबुलहरू जस्ता फोल्ड गर्न मिल्ने फर्निचरलाई सुरक्षित तरिकाले राम्रोसँग राख्नुपर्छ।
    • पर्दाका डोरीहरू प्रयोग नगर्नुहोस्। तपाईंलाई तिनीहरू प्रयोग गर्नुपरेमा, तिनीहरूलाई नझुण्ड्याउनुहोस्। तिनीहरूलाई माथि बाँध्नुहोस्, जसकारण बालबालिका तिनीहरूसँग खेल्न सक्दैनन्।

    श्वास रोकिनबाट बचाउनको लागि डोरी र प्लास्टिकका झोलाहरूलाई टाढा राख्नुहोस्

  3. औंला च्यापिनु
    • तपाईंले ढोका खोल्दा वा बन्द गर्दा बच्चाहरूको औंलालाई च्यापिनबाट रोक्नका लागि वरिपरी बालबालिका छन् कि भनेर सतर्क रहनुहोस्।
    • चुम्बक प्रयोग गरेर ढोकाहरूलाई ठाउँमा अड्याएर राख्नुहोस् वा औंलालाई च्यापिनबाट बचाउने फिंगर पिन्च गार्डहरू प्रयोग गर्नुहोस् ताकि ढोकाहरू आंशिक रूपमा बन्द रहोस्।
    • बालबालिकालाई वरपर दौडिन नदिनुहोस्। साथै, बालबालिकालाई ढोका, दराज वा ड्रअरहरू खोल्न वा बन्द गर्न नदिनुहोस्। बालबालिकालाई ढोकाहरू खोल्नबाट रोक्नका लागि दराजहरूमा सुरक्षा लकहरू फिट गर्नुहोस्।

निष्कर्ष:

  • धेरैजसो चोटपटकहरू रोकथाम गर्न सकिने हुन्छन्। त्यसैले, आमाबुबाहरू सतर्क रहनुपर्छ र बाल विकासको बारेमा थप जान्नुपर्छ ताकि उपयुक्त सुरक्षात्मक उपायहरू अपनाउन सकियोस्।
  • आमाबुवाहरूले हरेक समय बालबालिकाले के गरिरहेका छन् भन्ने कुरामा निगरानी गर्नुपर्छ। उनीहरूलाई कहिल्यै पनि घरमा एक्लै वा ठूलो उमेरको बच्चाको जिम्मेवारीमा नछोड्नुहोस्।

आकस्मिक बाल स्याहार सेवाहरू आवश्यक पर्ने आमाबुवाहरू आकस्मिक बाल स्याहार सेवा, परस्पर सहायता बाल स्याहार केन्द्रहरू वा सामाजिक कल्याण विभागको छिमेक समर्थन बाल स्याहार प्रयोजन पहुँच गर्न सक्नुहुन्छ। जानकारी वा सोधपूछहरूका लागि, कृपया सामाजिक कल्याण विभागको वेबसाइट www.swd.gov.hk मा जानुहोस् वा यसको बाल स्याहार केन्द्रको परामर्श निरीक्षणालयलाई 2835 2016 मा कल गर्नुहोस्।

थप जानकारीको लागि, कृपया स्वास्थ्य विभागको निम्न हटलाइनहरूमा कल गर्नुहोस्:

24-घण्टा उपलब्ध सूचना हटलाइन (पारिवारिक स्वास्थ्य सेवा) 2112 9900
स्वास्थ्य शिक्षाको इन्फोलाइन 2833 0111

वा निम्न वेबसाइटहरूमा जानुहोस्:

परिवार स्वास्थ्य विभाग, स्वास्थ्य विभाग www.fhs.gov.hk
स्वास्थ्य सुरक्षा केन्द्र, स्वास्थ्य विभाग www.chp.gov.hk
हङकङ बाल स्वास्थ्य संस्थान www.childhealthhongkong.com
हङकङ बाल्यकाल चोटपटक रोकथाम तथा अनुसन्धान संघ childinjury.hkuhealth.com