आफ्नो बच्चालाई माया गर्नुहोस्, चोटपटकहरू लाग्नबाट बचाउनुहोस् (0-1 वर्ष)

(06/2020 मा संशोधन गरिएको HTML सामग्री)

तपाईंका बच्चा सुरक्षित हुनुहुन्छ?

  • चोटपटक भनेको प्रमुख बाल घातक हो। हरेक वर्ष धेरैजसो बालबालिकाका चोटपटकको कारणले मृत्यु भएको छ वा उनीहरू असक्षमता भएका छन्। तपाईंको बच्चालाई चोटपटक लाग्नबाट बचाउनको लागि, उहाँको व्यवहारदेखि सतर्क हुनुहोस् र सबै सम्भावित जोखिमहरू हटाउनुहोस्।
  • 5 वा सो भन्दा कम उमेरका बालबालिकाले के खतरनाक छ भन्ने कुरा बुझ्न वा सम्झन सक्दैनन्। आमाबुवाहरूले उनीहरूको क्षमतालाई बढी अनुमान लगाउनुहुँदैन।
  • तथ्याङ्कहरू अनुसार 0 देखि 5 वर्ष उमेरका बालबालिकालाई चोटपटक लाग्ने सबैभन्दा सामान्य ठाउँ भनेको घर हो।

0 देखि 1 वर्ष उमेरका शिशुहरूलाई प्रा लाग्ने चोटपटकहरू:

  • बच्चाहरू प्राय: आफ्नो 4 देखि 5 महिनाको उमेरमा वस्तुहरूलाई पहुँच गर्ने र समात्ने पहिलो प्रयास गर्ने गर्छन्। उनीहरू उत्तानो परेर सुत्दा, यताउता बटारिने वा फर्किने प्रयास पनि गर्ने गर्छन्। उनीहरू छिट्टै बस्न, घिस्रिन र उभिन सक्षम हुनेछन्। ढिला नगरीकन, उनीहरू हिँड्न र वातावरणहरू अन्वेषण गर्न सिक्नेछन्। केही शिशुहरू अन्यभन्दा छिटो बुझ्ने हुन सक्छन्।
  • एक वर्षभन्दा कम उमेरका शिशुहरूसँग आफूलाई हेर्ने क्षमता हुँदैन। यसकारण, आमाबुवाहरूले कसरी चोटपटकहरू लाग्न नदिने र उपयुक्त सुरक्षात्मक उपयाहरू अपनाउने भनी बुझ्न धेरै महत्त्वपूर्ण हुन्छ।
  • एक वर्ष भन्दा कम उमेरका शिशुहरूमा प्राय: लाग्ने चोटपटकहरूमा लड्ने तथा पोलिने (तातो तरल पदार्थ वा वाफबाट) पर्दछन्।
  • चोटपटक लागेपछि तुरून्तै चिकित्सकीय सल्लाह लिनुहोस्।

प्राय लाग्ने चोटपटक तथा सुरक्षात्मक उपायहरू:

  1. लड्ने
    • कहिल्यै पनि बच्चा (कुनै पनि उमेरको) लाई एक्लै डायपर परिवर्तन गरेको म्याट, टेबुल, ठूलो मान्छे सुत्ने बिस्तरा वा सोफामा नछोड्नुहोस्। तपाईं केही समयको लागि आफ्नो बच्चालाई हेर्न फुर्सदमा हुनुहुन्न भने, उहाँलाई बच्चाको कोक्रो वा खेल्ने-पेनमा राख्नुहोस्।
    • आफ्नो बच्चालाई कोक्रोमा राखेपछि दायाँ-बायाँका रेलहरूलाई माथि उठाएर सुरक्षित तरिकाले लक गर्नुहोस्।
    • आफ्नो बच्चालाई स्ट्रोलर वा बच्चा गाडी, बेबी वाकर वा हाइचियरमा राखेपछि सुरक्षा फिता र सुरक्षा लक लगाइदिनुहोस्।

    शिशुहरू घिस्रिन र फर्किन रुचाउछन्
    उनीहरूलाई लड्नबाट रोक्नको लागि सुरक्षित रूपमा राख्नुहोस्

  2. पोलेको (तातो तरल पदार्थ वा वाफबाट)
    • आफ्नो बच्चालाई नुहाइदिनको लागि पानी तयार पार्न, ट्युबमा तातो पानी थप्नुअघि चिसो पानी राख्नुहोस्। पानीलाई राम्रोसँग मिसाउनुहोस् र आफ्नो कुहिनोले तापक्रम जाँच गर्नुहोस्।
    • तपाईंले आफ्नो बच्चालाई खुवाउन लाग्नुभएको दूध वा कुनै पनि तातो खानाले पोल्दैन भनी सुनिश्चित गर्न त्यसको तापक्रम जाँच गर्नुहोस्।
    • माइक्रोवेभमा तताइएको खाना वा पेय पदार्थ असमान तापक्रमको हुने हुँदा, माइक्रोवेभ ओभनमा दूध वा अन्य बच्चाको खाना नतताउनुहोस्। खाना वा पेयपदार्थको सतह सामान्य रूपमा तातेको जस्तो देखिए तापनि, भित्र प्राय: धेरै तातो हुने गर्छ। यसले बच्चाको मुख वा घाँटी पोल्न सक्छ।
    • टेबुलको छेउको नजिकै तातो खाना वा पेयपदार्थ नराख्नुहोस्। टेबुलमा तातो खाना छ भने, आफ्नो बच्चालाई नजिकबाट हेर्न सम्झनुहोस्।

    तातो पेय पदार्थहरूलाई शिशुहरू पुग्ने ठाउँहरूबाट टाढा राख्नुहोस्

    • पोलेको (तातो तरल पदार्थ वा वाफबाट) उपचार
      • चोट लागेको भागलाई शीतल बनाउन विस्तारै पानीको धारामा राख्नुहोस् वा चिसो पानीमा डुबाउनुहोस्। चोटपटक लागेको क्षेत्रमा सिधै बरफ नराख्नुहोस्।
      • चोट लागेको भागबाट विस्तारै कपडालाई हटाउनुहोस् तर छालामा टाँसिएका कपडालाई नहटाउनुहोस्। यसमा सफा कपडा वा ब्यान्डेजको टुक्रा बेर्नुहोस्।
      • घाउमा तेल, टुथपेस्ट, बटर वा पकाउने ससहरू नलगाउनुहोस्। यसमा ब्यान्ड-एडहरू वा भुवादार कपडा जस्ता चिपचिपा पट्टी नबेर्नुहोस्।
      • चोटपटक लागेपछि तुरून्तै चिकित्सकीय सल्लाह लिनुहोस्।
  3. भान्सा कोठामा चोटपटकहरू
    • भान्सा कोठाको ढोकामा एउटा गेट लगाउनुहोस् ताकि बालबालिका भित्र पस्न नसक्दैनन्।
    • तपाईं भान्सा कोठामा पकाउनको लागि जानुअघि आफ्नो बच्चालाई सुरक्षित स्थान (जस्तै बच्चाको कोक्रो वा खेल्ने-पेन) मा राख्नुहोस्। 4 महिना वा सोभन्दा माथिका बच्चाहरू वस्तुहरूमा पहुँच गर्छन्। यसकारण, उनीहरूलाई भान्सा कोठामा जाँदा आफ्नो पछाडि नबोक्नुहोस्।

    बच्चाहरू वस्तुहरू पहुँच गर्न खोज्छन्।
    तपाईंले खाना बनाउँदै गर्दा उनीहरूलाई भित्र आउन नदिनुहोस्।

निष्कर्ष:

  • धेरैजसो चोटपटकहरू रोकथाम गर्न सकिने हुन्छन्। त्यसैले, आमाबुबाहरू सतर्क रहनुपर्छ र बाल विकासको बारेमा थप जान्नुपर्छ ताकि उपयुक्त सुरक्षात्मक उपायहरू अपनाउन सकियोस्।
  • आमाबुवाहरूले हरेक समय बालबालिकाले के गरिरहेका छन् भन्ने कुरामा निगरानी गर्नुपर्छ। उनीहरूलाई कहिल्यै पनि घरमा एक्लै वा ठूलो उमेरको बच्चाको जिम्मेवारीमा नछोड्नुहोस्।

आकस्मिक बाल स्याहार सेवाहरू आवश्यक पर्ने आमाबुवाहरू आकस्मिक बाल स्याहार सेवा, परस्पर सहायता बाल स्याहार केन्द्रहरू वा सामाजिक कल्याण विभागको छिमेक समर्थन बाल स्याहार प्रयोजन पहुँच गर्न सक्नुहुन्छ। जानकारी वा सोधपूछहरूका लागि, कृपया सामाजिक कल्याण विभागको वेबसाइट www.swd.gov.hk मा जानुहोस् वा यसको बाल स्याहार केन्द्रको परामर्श निरीक्षणालयलाई 2835 2016 मा कल गर्नुहोस्।

थप जानकारीको लागि, कृपया स्वास्थ्य विभागको निम्न हटलाइनहरूमा कल गर्नुहोस्:

24-घण्टा उपलब्ध सूचना हटलाइन (पारिवारिक स्वास्थ्य सेवा) 2112 9900
स्वास्थ्य शिक्षाको इन्फोलाइन 2833 0111

वा निम्न वेबसाइटहरूमा जानुहोस्:

परिवार स्वास्थ्य विभाग, स्वास्थ्य विभाग www.fhs.gov.hk
स्वास्थ्य सुरक्षा केन्द्र, स्वास्थ्य विभाग www.chp.gov.hk
हङकङ बाल स्वास्थ्य संस्थान www.childhealthhongkong.com
हङकङ बाल्यकाल चोटपटक रोकथाम तथा अनुसन्धान संघ childinjury.hkuhealth.com