तपाईंको बच्चाको लागि सुरक्षित वातावरण उपलब्ध गराउने

(06/2019 मा संसोधन गरिएको विषयवस्तु)

तपाईं आफ्नो बच्चाको आगमनको तयार गर्न वा आफ्नो नवजात शिशुको स्याहार राख्न व्यस्त हुँदा, तपाईंले कहिल्यै आफ्नो बच्चाको सुरक्षा बारे सोच्नुभएको छ? तपाईंलाई आफ्नो बच्चाको लागि सुरक्षित घरको वातावरण निर्माण गर्नमा मद्दत गर्ने केही सरल तर महत्त्वपूर्ण सुझावहरू यहाँ छन्:

सुताई

  1. आफ्नो बच्चालाई उत्तानो पारेर सुताउनुहोस्
  2. बच्चालाई कोक्रोमा सुताउन उत्कृष्ट हुनेछ
  3. तपाईं आफ्नो बच्चासँग एउटै बिस्तरामा सुत्न आवश्यक पर्छ भने, उहाँलाई बास्केटमा राखेर एउटा छुट्टै ब्लाङकेट दिनुहोस्
  4. वयस्कहरू बच्चासँग एउटै बिस्तरामा सुत्छन् भने, उनीहरूले मदिरा वा लागुपदार्थ सेवन गर्नुहुँदैन
  5. आफ्नो बच्चासँग सोफामा नसुत्नुहोस्
  6. आफ्नो बच्चालाई सुताउँदा हलुका र आरामदायक कपडा लगाइदिनुहोस्
  7. बच्चाको अनुहार र पाखुराहरू ब्लाङकेटले ढाकिएको हुनुहुँदैन
  8. आफ्नो बच्चाको बिस्तरामा कुनै पनि वस्तु (बिछौना बाहेक) नराख्नुहोस्
  9. आफ्नो बच्चालाई गद्दा, नरम सिरानी, भेडाको छाला वा बिन ब्याग जस्ता नरम र भुवादार वस्तुहरूमा नसुताउनुहोस्
  10. बच्चा सुत्ने क्षेत्रलाई आरामदायक तापक्रमका साथ राम्रोसँग हावा खेल्ने बनाउनुहोस्
  11. आफ्नो बच्चालाई धुम्रपान-रहित वातावरण उपलब्ध गराउनुहोस्
  12. बच्चाको कोक्रोको ठाडो बारहरू बीचको दूरी 6 सेमी (2.5 इन्च) भन्दा कम हुनुपर्छ
  13. म्याट्रेस कुनै पनि खाली ठाउँ नछोडिकन बच्चाको कोक्रोसँग राम्ररी फिट गरिएको हुनुपर्छ
  14. आफ्नो बच्चालाई कहिल्यै पनि बिस्तारा वा सोफामा कुनै छेक्ने/रोक्ने वस्तु नराखिकन एक्लै नछाड्नुहोस्
  15. तपाईंले आफ्नो बच्चालाई स्ट्रोलरमा राख्दा सुरक्षित फिताहरूलाई बाँध्नुहोस् र पाङ्ग्राहरूलाई लक गरेर राख्नुहोस्
  16. बच्चालाई अगाडि बोक्ने वस्तुहरू 3 महिना मुनिका बच्चाहरूका लागि सिफारिस गरिएका छैनन्

नुहाउने

  1. आफ्नो बच्चालाई नुहाइदिनको लागि नुहाउने बेसिन प्रयोग गर्नुहोस्
  2. आफ्नो बच्चालाई नुहाइदिने तयारी गर्दा तातो पानी राख्नुभन्दा पहिला चिसो पानी राख्ने र आफ्नो कुहिनोले पानीको तापक्रम जाँच्ने गर्नुहोस्

खुवाउने

  1. स्तनपानलाई अचानक शिशुको मृत्यु हुने लक्षण विरूद्ध सुरक्षित राख्ने मानिन्छ
  2. फर्मुला दूध प्रयोग गरिन्छ भने, 6 महिना भन्दा कम उमेका बच्चाहरूको लागि शिशुको फर्मुला मात्र उपयुक्त हुन्छ
  3. सबै खुवाउने उपकरण (खुवाउने बोतल, निप्पल र चिम्टाहरू सहित) प्रयोग गर्नु अघि स्टेरिलाइज गरिएका छन्
  4. प्रत्येक समय ताजा खाना बनाउन उत्कृष्ट हुन्छ
  5. दूधलाई माइक्रोवेभ ओभनमा फेरि नतताउनुहोस्
  6. बच्चालाई खुवाउनु अघि दूध को तापक्रम जाँच्नुहोस् (फर्मूला दूध वा तताएको स्तनको दूध सहित)
  7. कहिल्यै पनि खुवाउने समयमा आफ्नो बच्चालाई बोतलको आड नदिनुहोस् वा एक्लै नछोड्नुहोस्
  8. आफ्नो बच्चालाई हरेक समय तातो पानीबाट टाढा राख्नुहोस्

गृह सुरक्षा जानकारी बारे थप जान्नको लागि, कृपया "बाल स्वास्थ्य गृह सुरक्षा" वेबपृष्टको निम्न वेबसाइटमा जानुहोस्: http://s.fhs.gov.hk/74rnt