पालन-पोषण शृंखला 1 - अभिभावकत्वको लागि तैयारी

(Content revised 03/2018)

तपाईंको बच्चा छिट्टै आउनेछ। एउटा गर्भवती आमा भएकोले, तपाईं पहिले नै कोक्रो र बच्चाको गाउन जस्ता वस्तुहरू प्राप्त गर्नको लागि व्यस्त हुनसक्छन्। यद्यपि, तपाईंले सबै आगामी परिवर्तनहरू बारे सोच्न समय लिनुभएको छ? आमाबुवा बन्नको लागि धेरै कुरा सिक्न पर्छ। यो हातेपर्चाले तपाईंलाई अगाडिका चुनौतीहरूबारे बुझ्न र अभिभावकको रूपमा आफ्नो नयाँ भूमिकाको लागि तयार हुन मद्दत गर्छ।

आमाबुवाहरूका भुमिकाहरू

आमाबुवाहरूले आफ्नो बच्चाको वृद्धि र विकासमा विभिन्न भूमिकाहरूलाई ग्रहण गर्नुहुन्छ:

  • प्रदायक - तपाईंको बच्चालाई सर्वोत्कृष्ट शारीरिक विकासको लागि आवश्यक पर्ने कुराहरू उपलब्ध गराउने, उदाहरण सन्तुलित आहार उपलब्ध गराउने दैनिक स्वास्थ्यलाई सुनिश्चित गर्ने।
  • संरक्षक - तपाईंको बच्चाको लागि सुरक्षित र सुदृऋ वातावरणको सुनिश्चित गर्ने। तपाईंलाई निम्न कुराहरूको सुनिश्चित गर्न आवश्यक पर्छ:
    • शारीरिक सुरक्षा - तपाईंको बच्चाको लागि गृह सुरक्षा, सडक सुरक्षा र दुर्व्यवहारबाट रोकथाम सहित शारीरिक सुरक्षा उपलब्ध गराउने।
    • वित्तिय सुरक्षा -- वित्तिय योजनाले तपाईंका बच्चाका दीर्घकालिन आशवश्यकताहरूलाई विचार गरेर उसको लागि सुरक्षित वातावरणमा योगदान गर्न, उदाहरण बच्चाका आवश्यकता र भविष्यका शैक्षिक शुल्कहरू
    • सुरक्षाको भावना - परिवारमा सुव्यवस्थित सम्बन्ध साथसाथै नियमित र पूर्वानुमान तालिकाहरूले बच्चालाई यो भावनाको विकास गर्न मद्दत गर्छ। असामान्जस्य परिवारबाट बालबालिकाले सामान्ययतया असुरक्षित महसुस गर्छन्।
  • शिक्षक / मार्गदर्शक - तपाईं आफ्नो बच्चाको पहिलो शिक्षक हो। उसको विकासको पाठ्यक्रमको अवधिभर, शिक्षक र अन्य व्यक्तिहरूको सट्टामा, तपाईंले उसलाई नयाँ सीपहरू सिकाउनुहोस् र कठिनाइहरूबाट उसलाई मार्गदर्शन गर्नुहोस्।
  • मोडल - तपाईंको बच्चालाई अनुसरण गर्न र हेर्नको लागि बानी, मनोवृत्ति, मनोबलहरू...आदिको सम्बन्धमा राम्रो उदाहरणलाई सेट गर्ने। तपाईंले आफ्नो बच्चाले अभियोगको पालना नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईंलाई आफ्नै बानीहरूको समीक्षा गर्न र अनुचित बानीहरूलाई समाप्त गर्न आवश्यक पर्नसक्छ, उदाहरण घुम्रपान गर्ने र नराम्रो भाषा बोल्ने।
  • सान्तनादाता तथा सहायक - उसका आवश्यकताहरूलाई सन्तुष्ट पार्नुभन्दा आफ्नो बच्चालाई माया गर्नु धेरै हुन्छ। तपाईंलाई आफ्नो बच्चालाई उसका प्रयासहरूमा प्रोत्साहन गर्न र उसका भावनाहरूलाई साझा गर्न आवश्यक पर्छ।
  • तपाईंको बच्चाको आफ्नै पालन-पोषण विशेषज्ञ - यसमा निम्न कुराहरू समावेश हुन्छन्:
    • आफ्नो बच्चाको विकास हुँदै जाँदा उसको परिवर्तनशील शारीरिक र मनोवैज्ञानिक आवश्यकताहरूलाई जान्ने। यो उमेरको साथमा परिवर्तन हुँदै जाँदा आफ्नो बच्चाका रूचिहरूलाई खोज्ने। यसले तपाईंको सञ्चारलाई उ सँग परिष्कृत गर्न मद्दत गर्नेछ।
    • पालन-पोषणका ज्ञान र सीपरूसँग माथि राख्ने, उदाहरण अभिभावकीय कार्यक्रमहरूमा उपस्थित भएर, पुस्तक र पत्रिकाहरू पढेर र इन्टरनेटको सर्फिङको माध्यमबाट।
    • अन्य अभिभावकहरूसँग अनुभवहरू साझा गरेर आफ्नो पालन-पोषण सीपहरूलाई तेज बनाउने।

कसैले पनि आमाबुवालाई प्रतिस्थापन गर्न नसक्ने भएकोले अभिभावकत्व दीर्घकालिन प्रतिबद्धता हो। नातेदार, घरेलु कामदार र विद्यालयशिक्षकहरूले मद्दत गर्न सक्छन् तर अभिभावकत्व जीवनकालको जिम्मेवारी हो।

अगाडिका मनोरञ्जन र चुनौतीहरू

अभिभावक बनिसकेपछि, तपाईंका जीवनमा परिवर्तनहरू अपरिहार्य हुन्छन्। तपाईंले यी परिवर्तनहरू फाइदा साथसाथै घाटा वा मनोरञ्जन वा चुनौतीहरूको रूपमा महसुस गर्न सक्नुहुन्छ अगाडिका परिवर्तनहरूका केही उदाहरणहरू यहाँ छन्:

प्राप्ति/मनोरञ्जनहरू
  • तपाईंको आफ्ने नवजात बच्चा
  • 'बुवा' वा 'आमा' को नयाँ शिर्षक
  • तपाईंको बच्चाको विकासलाई देखेर नयाँ अनुभव र उत्साह
  • आफ्नो बच्चाको स्वस्थकर वृद्धिलाई देखेर प्राप्त गरिएको सन्तुष्टि
  • तपाईंको बच्चासँगको आन्तरिक अन्तर्क्रियाबाट उत्पन्न भएको खुशी
  • आफ्नो बच्चासँग मायामा पर्ने मीठो भावना
  • आफ्नो बच्चाको आकर्षक अनुहार देख्ने खुशी
  • र अझ, अझ थप...
घाटा/चुनौतीहरू
  • विश्राम गर्ने घट्दो समय, विशेषगरी पहिलो महिनाको अवधिमा
  • स्वतन्त्रतामा सीमितताहरू
  • अवकाश, मनोरञ्जन र सामाजिक जीवनका क्रियाकलापहरूमा घट्दो समय
  • बढ्दो खर्चहरू
  • वाहक विकासको लागि घट्दो अवसर (तपाईं आफ्नो बच्चासँग थप समय विताउन मन पराउनुहुन्छ भने)
  • थकावटको कारणले आफ्नो जीवनसाथीसँग घट्दो यौनजन्य अन्तरङ्ग
  • बढ्दो चिन्ता, निराशा र तनाव

तपाईंका अनुभूतिहरू जे भएपनि, तपाईंले अर्को बिना एउटा प्राप्त गर्न सक्नुहुँदैन। वास्तवमा, अभिभावकको रूपमा कसरी यी नयाँ व्यक्तिगत अनुभवहरूको महसुस गरिन्छ भन्ने कुरा तपाईंको अपेक्षा निर्भर रहन्छ। आफ्नो र आफ्नो बच्चाका यथार्थवादी अपेक्षाहरू राख्नाले तपाईंलाई सम्भव भएसम्म सहज तरिकाले परिवर्तनहरूलाई अनुकूलन गर्न मद्दत गर्नेछ।

तपाईंको बच्चा र तपाईंका अपेक्षाहरू

तपाईंको बच्चाको बारेमा:

गर्न हुने कुराहरू
  • यथार्थवादी अपेक्षाहरू राख्ने।
  • दिमागमा राख्नुहोस् कि कुनै बच्चा सम्पन्न हुँदैन।तपाईंको बच्चासँग भएका गुणहरूको प्रशंसा गर्नुहोस्।
  • सबै बच्चा अद्वितीय हुन्छन् भनी अनुभव गर्नुहोस्। तिनीहरू मनोदशा र विकासको गतिमा भिन्न हुन्छन्।
  • आफ्नो बच्चाका विशेषताहरू अनुसार उसको ख्याल राख्नुहोस्, उदाहरण केही बच्चालाई थोरै भोक लाग्न सक्छ, तसर्थ, थोरै खानासँग बारम्बार खुवाउन आवश्क पर्नसक्छ; केहीला‌ई थोरै निद्रा मात्र लाग्न सक्छ।
गर्न नहुने कुराहरू
  • आफ्नो बच्चातर्फ अयथार्थवादि बन्ने, उदाहरण, शारीरिक रूपमा साना आमाबुवाहरूले आफ्नो बच्चा ठूलो र अग्लो होस् भन्ने चाहने।
  • आफ्नो बच्चालाई नकारात्म रूपमा अरूसँग तुलना गर्ने।

आफ्नो बारेमा:

गर्न हुने कुराहरू
  • यथार्थवादी अपेक्षाहरू राख्ने।
  • दिमागमा राख्ने कि कुनै आमाबुवा सम्पन्न हुँदैन
  • सिद्ध गर्नुहोस् कि बच्चालाई माथि ल्याउनको लागि कुनै एकल उत्कृष्ट तरिका छैन।तपाईं आफ्नो बच्चालाई एकदमै बुझ्ने व्यक्ति।
  • याद राख्नुहोस् कि सबै कुरा तपाईंको नियन्त्रणमा हुँदैन।प्रत्येक अनुभवलाई अध्ययन गर्ने अवसरको रूपमा विचार गर्नुहोस्।
  • बुझ्नुहोस् कि स्वयम्-दोष लगाउने नकारात्मक विचारहरू उदासीन भावबाट उत्पन्न हुन्छ।
  • सिद्ध गर्नुहोस् कि कुराहरू तपाईंले कल्पना गरेको जति नराम्रो हुँदैन।
गर्न नहुने कुराहरू
  • अयथार्थवादी बन्ने, उदाहरण बच्चालाई उठाउनमा सम्पन्न अभिभावक बन्नमा आफूलाई माग गर्नुहोस्।
  • आफूलाई नकारात्मक रूपमा अन्य अभिभावकहरूसँग तुलना नगर्ने।
  • आफूलाई दोष दिने र पूर्वस्थितिमा फर्काउन नसकिने निराशाहरूमा विचार गर्ने, उदाहरण केटा बच्चा केटिको रूपमा परिवर्तन हुने अपेक्षा गर्ने; अनिच्छित गर्भावस्था; बच्चा बिरामी थियो।

समायोजन अवधिमा कसरी भावनात्मक उतारचढावसँग सामना गर्ने?

गर्न हुने कुराहरू
  • स्वीकार गर्नुहोस् कि तपाईंको बच्चाको जन्म भइसकेपछि परिवारिक जीवनमा परिवर्तनहरू हुन्छन्।समायोजनको यो समयको अवधिमा मनस्थितिका परिवर्तनहरू सामान्य हुन्छन्
  • तपाईंका आफ्नै भावनाहरूबारे सचेत रहन सिक्नुहोस्।निलो मनस्थिति, अतिसंवेदनशीलता, चिन्ता वा आशाहीनता हुन्छ भने, सम्भव भएसम्म छिटो त्यसको सामना गर्नुहोस्।
  • आफ्ना भावनाहरूबारे कसैसँग कुरा गर्नुहोस्।
  • विश्रामआराम गर्ने समय बनाउनुहोस्।
  • बाल स्याहार, घरेलु कामहरू, विश्राम र परिवारिक जीवन बीचमा सन्तुलन गर्ने प्रयास गर्नुहोस्। योजना र नियुक्त समय र सावधानी।तपाईंले आफ्नो परिवार र आफ्नो लागि थप समय बिताउन गैर-महत्त्वपूर्ण घरायसी कामबाट आफूलाई हटाउन सक्नुहुन्छ।
  • आफ्नो अन्य बालबालिकालाई माया देखाउन केही समय नियुक्त गर्नुहोस्।भावनात्मक रूपमा नवजात शिशुलाई स्वीकार गर्न तिनीहरूलाई तयार पार्नुहोस्।
  • वैवाहिक स्थितिलाई कायम राख्न आफ्नो जीवनसाथीको लागि सावधानीको अनुमति दिनुहोस्।
  • सम्भव हुन्छ भने, आफ्नो तनावलाई हटाउन बालस्याहार र घरायसी काममा सहायता फेला पार्नुहोस्।
  • बुझ्नुहोस् कि तपाईंले जीवनमा भएका परिवर्तनहरूबाट उत्पन्न भएका तनावहरूको सामना गर्दा तपाईंले हुने नराम्रो मनोदशा तपाईंको जीवनसाथीलाई पनि हुन्छ।
  • आफ्नो जीवनसाथीलाई जिम्मेवारी साझा गर्न दिनुहोस्।
  • सकरात्मक रूपमा सोच्नुहोस्।वस्तुहरूलाई दृष्टिकोणमा राख्ने प्रयास गर्नुहोस्।अभिभावकत्वका मनोरञ्जनहरूलाई प्रशंसा गर्नुहोस्, विवेकशिलतालाई कायम राख्नुहोस्।भनाई अनुसार, "अन्त्यमा वस्तुहरूको परिवर्तन हुनेछ" र "त्यहाँ सधैं बाटो हुन्छ"।
  • तपाईंलाई आफ्ना भावनाहरू नियन्त्रण गर्न कठिनाईहरू भइरहेको छ वा पारिवारिक सहायता सहज रूपमा हातमा छैन भने, व्यावसायिक सहायता खोज्नुहोस्।
गर्न नहुनेहरू
  • अवस्था आशाहीन छ भनी नसोच्ने।
  • ती नकारात्मक भावनाहरूलाई बेवास्ता गर्ने वा दबाउने वा तिनीहरूलाई आफ्ना परिवारका सदस्यहरूमा डिस्चार्ज गर्ने।
  • तपाईं सबै आफैँ हो भनी सोच्ने।
  • आफैँमा अवास्तविक मागहरूको कारणले एकदमै थाक्ने।
  • अन्य परिवार सदस्यहरूलाई अस्विकार गर्न आफ्नो सबै उर्जाहरूलाई आफ्नो बच्चामा अर्पित गर्नेजीवनसाथी र सहोदरहरूले बेवास्ता गरिएको महसुस गर्नसक्छन् र बच्चाको डाहा गर्न सक्छन्।
  • एक अर्कालाइ दोष लगाउने।

सहायक सेवाहरू

  • बालस्याहारमा हुने कुनै पनि कठिनाइहरूबारे आफ्नो सम्बन्धित स्वास्थ्य स्याहार कर्मचारीसँग कुरा गर्नुहोस्, जस्तै खुवाउन, खोपहरू लगाउन, बावल नियमितता र बाल विकासमा हुने समस्याहरू।
  • कृपया हाम्रो स्वास्थ्य सम्बन्धी जानकारी हातेपर्चाहरू 'प्रसोवत्तर मनोदशा असन्तुलनहरू' र "उहाँ गर्भवति हुनुहुन्छ! पढ्नुहोस् मैले उसको र उसको भावनाको कसरी ख्याल राख्न सक्छु?”, हाम्रो भिडियो हेर्नुहोस् “ आफैंमा राम्र बन्नुहोस्” र मातृ तथा बाल स्वास्थ्य केन्द्रहरूद्वारा व्यवस्थित गरिएका कुनै पनि कार्यशालाहरूमा उपस्थित हुनुहोस्।
  • तपाईंलाई आफ्ना भावनाहरूको नियन्त्रण गर्न समस्या छ वा अन्य पारिवारिक समस्याहरूबारे चिन्ताहरू छन् भने, तपाईंले आफ्नोो समुदायमा परिवारिक सेवा केन्द्रहरूबाट मद्दत खोज्न सक्नुहुन्छ।
  • तपाईंलाई सेवा संस्थाहरूमा थप जानकारीको लागि स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्न स्वागतम छ।

हामीसँग हुनेवाला आमाबुवा, शिशु र प्रिस्कूल बालबालिकाहरूका आमाबुवाका लागि “सुखद पालन-पोषण!" कार्यशालाहरूका श्रृंखला र हातेपर्चाहरू छन्।कृपया जानकारीको लागि हाम्रो स्वास्थ्यस्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।