नितम्बको विकासात्मक डिसप्लासिया

(04/2015 संशोधन गरिएको) (03/2018 फेरि प्रिन्ट)

नितम्बको विकासात्मक डिसप्लासिया (DDH) भनेको के हो?

हिपको जोर्नी बल (फेमोरल हेड) र सकेट जोर्नीको रूपमा सिर्जना गरिएको छ। सामान्य रूपमा विकास हुन लागि, 'बल' कोखको कप-आकार भएको सकेट भित्र हुनुपर्छ। 'नितम्बको विकासात्मक डिसप्लासिया' (DDH) एउटा अवस्था हो जुन अस्थिर हिपको जोर्नी वा हिपको जोर्नीसँग जन्मिएको बच्चा सामान्यतया जन्मजात तत्त्वहरू वा खराब हाव भावको कारणले बच्चा वृद्धि हुँदै गएपछि विकास हुँदैन, त्यसकारण यसको विकास र हिपको सकेटको असामान्य विकासमा भएका नतिजाहरूमा प्रभाव पार्छ। नितम्बको विकासात्मक डिसप्लासिया (DDH) मा, हिपको सकेट कम गहिरो हुन सक्छ र त्यसैले 'बल' सकेटको भित्र र बाहिर चिप्लन सक्छ। यसैगरी, ''बल'' लाई हिपको जोर्नीको आंशिक वा पूर्ण अव्यवस्थालाई नेतृत्व गर्दैं, आंशिक वा पूर्ण रूपले हिपको सकेटभन्दा बाहिर सार्न सकिन्छ।

नितम्बको विकासात्मक डिसप्लासिया (DDH) हुने सम्भावना बढी भएका को-को छन्?

अनुसन्धानले Hong Kong मा लगभग 1 प्रति 1000 नवजात शिशुहरूमा नितम्बको विकासात्मक डिसप्लासिया (DDH) देखापर्छ भनी देखाउँछ।

वर्तमानमा नितम्बको विकासात्मक डिसप्लासिया (DDH) का कारणहरू स्पष्ट नहुँदा, केही बच्चाहरूमा नितम्बको विकासात्मक डिसप्लासिया (DDH) हुने सम्भावना वृद्धि भएको केही जन्मजात तत्त्वहरू देखाइएका छन्:

  • ब्रीच स्थितिमा जन्म भएको (जस्तै खुट्टा-पहिले)
  • सहोदरहरूलाई नितम्बको विकासात्मक डिसप्लासिया (DDH) को इतिहास छ
  • छोरी (लगभग 80% बिरामीहरू महिला छन्)
  • गर्भावस्थाको अवधिमा आमाको गर्भाशयमा तरल पदार्थको मात्रा घट्यो
  • अपरिपक्व हुने
  • जम्मिँदा खुट्टा गम्भीर रूपमा खराब हुने
  • जन्मिँदा गम्भीर रूपमा बटारिएको घाँटी (टोर्टिकोलिस) हुने

यद्यपि, नितम्बको विकासात्मक डिसप्लासिया (DDH) भएका लगभग 60% बच्चाहरूलाई माथिका कुनै पनि तत्वहरू छैनन्। त्यसकारण प्रारम्भिक चिकित्सा सम्बन्धी ध्यान आकर्षण खोज्नका लागि आफ्ना बच्चाहरूलाई नितम्बको विकासात्मक डिसप्लासिया (DDH) सुझाव गर्ने संकेतहरू हेर्न ध्यान दिनुपर्छ।

नितम्बको विकासात्मक डिसप्लासिया (DDH) ले बच्चाहरूमा पार्ने प्रभावहरू के-के हुन्?

प्रारम्भिक रूपमा नितम्बको विकासात्मक डिसप्लासिया (DDH) भएका अधिकांश बच्चाहरूका लागि, हिपको जोर्नी विकासले उपचारपछि सामान्य हुन सुरु हुन सक्छ। अवस्थाको निरन्तर अवनतीसँग तुरून्तै जोडिएको अवस्थालाई निदान र उपचार गर्न असफल हुन्छ, यद्यपि, प्रभावित साप्रा, गतिशीलता सम्बन्धी कठिनाइहरू हुने, मेरूदण्ड बाङ्गिने, घुँडा र गोलीगाँठोहरू दुख्ने र हिपको जोर्नीको अपरिपक्क डिजेनेरेसन निम्याउनेछ।

बच्चाको हिपको जोर्नीहरू सामान्य छन्/छैनन् कसरी थाहा पाउने?

हङकङमा, चिकित्सकहरूले सबै नवजात शिशुहरूको स्वास्थ्य राम्रो छ वा छैन भनी सुनिश्चित गर्न डिस्चार्ज गर्नुअघि नियमित रूपमा परीक्षण गर्छन्। स्वास्थ्य विभागका बाल स्वास्थ्य केन्द्रहरू (MCHC) का चिकित्सकहरूले पनि हिपको जोर्नीलाई असामान्य रूपमा पत्ता लगाउन नवजात शिशुका हिपहरू जाँच गर्छन् जसकारण थप मूल्याङ्कन गर्नका लागि विशेषज्ञका उचित सिफारिसहरू गरिएको हुन सक्छ।

यो कसरी गर्ने: बच्चाको तल्लो पेट र खुट्टाहरू देखाउन चिकित्सकले पहिला बच्चाका कपडाहरू खोल्नुहुनेछ र डाइपर निकाल्नुहुनेछ र उहाँलाई शान्तपूर्वक र सहज तरिकाले समातेर सुताउनुहुनेछ। यदि दुबै साइटहरूमा समान रूपमा वस्तुहरू खोल्न सकिन्छ भने; कुनै असन्तुलित छाला खुम्चिने कुराहरूमा र पैताला मर्किएमा वा घाँटी (टोर्टिकोलिस) बटारिएमा चिकित्सकले उहाँका खुट्टाहरूको सक्रियता; खुट्टाको लम्बाईको भिन्नता अवलोकन गर्नेछन्। तिघ्राको हेड सार्ने विशेष परीक्षण र सकेट 2 महिनाको उमेर अघिका बच्चालाईका लागि पनि सम्पादन गरिेनेछ।

परिचारिकाहरूले दैनिक अन्तर्वार्ताहरूको अवधिमा फेरि 2 वा 4 महिनाका बच्चाहरूको हिपको जोर्नी परीक्षण गर्नेछन्।

अन्य परीक्षण जाँच जस्तै, माथिका परीक्षणहरू हिपको जोर्नीको अव्यवस्था वा अस्थिरता भएका बच्चाहरू पत्ता लगाउन सक्षम नहुन सक्छन्। स्याहारकर्ताहरूले आफ्नो बच्चाको अवस्थामा ध्यान दिनुपर्छ जसकारण हिपका असामान्यताहरू छिट्टै पहिचान गर्न सकिन्छ

यदि परीक्षण नतिजाहरू सामान्य हुन्छन् भने, अभिभावक र स्याहारकर्ताहरू के बारे सचेत हुनुपर्छ?

नितम्बको विकासात्मक डिसप्लासिया (DDH) जन्मपछि देखिन सक्छ। यो बच्चा बढ्दै गए अनुसार विस्तारै विकास हुने सम्भावना हुन्छ। त्यसकारण, अभिभावक र स्याहारकर्ताहरूले बच्चाको दैनिक जीवनमा उहाँको अवस्थामा धेरै ध्यान दिनुपर्छ। यदि बच्चालाई निम्न भएमा तुरून्तै चिकित्सकीय सल्लाह लिनुहोस्:

  • खुट्टाहरूको लम्बाइ असमान हुने
  • नितम्बको दुवैतिर वा साप्रामा असमान छाला खुम्चिने
  • न्याप्पी परिवर्तन गर्दा उहाँके आफ्ना खुट्टाहरू पूरै खोल्न नसक्ने वा आफ्ना खुट्टाहरू असमान रूपमा खोल्ने
  • घस्रिने बेलामा खुट्टा तान्ने
  • असामान्य आसनमा बस्ने, उदाहरणको लागि, कुर्कुच्चालाई उठाउने र एकातिर शरीर सन्तुलन बनाउने
  • असामान्य चालमा हिँड्ने, उदाहरणको लागि, खोच्चाउने वा खुट्टाको औंलामा हिँड्ने

नितम्बको विकासात्मक डिसप्लासिया (DDH) रोकथाम गर्न सकिन्छ?

नितम्बको विकासात्मक डिसप्लासिया (DDH) का अधिकतम कारणहरू अस्पष्ट भएतापनि, अनुसन्धानले बलपूर्वक र कसेर बेरेर खुट्टाहरू सिधा गर्नेबाट निम्तिएका हिपका जोर्नीहरूमा भएका बढ्दो चापले समान्य जोर्नीको विकासमा प्रभाव पार्नेछ भनी देखाउँछ। अभिभावक र स्याहारकर्ताहरूले बच्चाको हिपका जोर्नीहरू राम्रो आसनमा राख्नुपर्छ। यदि बच्चालाई निश्चित आसन बेर्न वा समात्न आवश्यक हुन्छ भने, बच्चालाई स्वतन्त्र रूपमा बङ्गिन र तन्किन पर्याप्त ठाउँ छ भनी सुनिश्चित गर्नुहोस्।

बेबि स्लिङहरू प्रयोग गर्दा:

  • उहाँका खुट्टाहरूलाई बलपूर्वक सँगसँगै सिधा नपार्नुहोस् वा नथिच्नुहोस्।
  • उहाँको हिप र घुँडाहरूलाई स्वतन्त्र रूपमा प्राकृतिक बङ्गिने आसनमा कायम राख्न र सर्न पर्याप्त ठाउँ छ भनी सुनिश्चित गर्नुहोस्।
  • यदि बेबि स्लिङहरू प्रयोग गरिएका छन् भने: हिपका जोर्नीहरूमा दबाव दिने भएकोले बच्चाको खुट्टाहरू तल झुण्डिनबाट रोक्नको लागि राम्रोसँग बच्चाको साप्रालाई सहायता गर्ने (नितम्बदेखि साप्रासम्म) रोज्नुहोस्।
  • यदि बेबी कार सिट प्रयोग गरिएको छ भने: बच्चाको हिपका जोर्नी र खुट्टाहरू तन्किने पर्याप्त ठाउँ भएको प्रकार रोज्नुहोस्।

हिप डिसप्लासिया शंका गरिएका बच्चाहरूलाई कसरी व्यवस्थित गर्ने?

प्रारम्भिक चेकअपपछि, चिकित्सकहरूले नितम्बको विकासात्मक डिसप्लासिया (DDH) शंका गरिएका बच्चाहरूलाई निदान पुष्टि गर्न र उचित उपचार उपलब्ध गराउनको लागि अल्ट्रासाउण्ड स्क्यान वा एक्स-रे जाँच जस्ता अतिरिक्त परीक्षणहरूका लागि विशेषज्ञहरूसँग सिफारिस गर्नुहुनेछ।

नितम्बको विकासात्मक डिसप्लासिया (DDH) को उपचार जोर्नी असामान्यताको निदान र गम्भीरताको समयमा बच्चाको उमेरको आधारमा हुन्छ। उपचारको लक्ष्य भनेको हिपको सकेटमा फेमोरल हेड फेरि राख्ने हो जसकारण हिप सामान्य रूपमा विकास हुन सक्छ। जति छिटो निदान पुष्टि गरिन्छ, त्यति नै प्रभावकारी उपचार हुनेछ। जन्मपछि छिट्टै नितम्बको विकासात्मक डिसप्लासिया (DDH) निदान गरिएमा, चिकित्सकले हातले सजिलैसँग हिपका जोर्नीहरूलाई फेरि यसको सामान्य स्थितिमा राख्न सक्नुहुन्छ। तिनीहरूलाई ब्रेसमा सफलतापूर्वक उपचार गर्न सकिन्छ - ‘Pavlik Harness’। यसले हिप र घुँडाहरूलाई सही आसनमा (भ्यागुताको खुट्टको आसनमा) राख्छ - खुट्टाहरू खुम्चिएर बाहिर घम्रिने। बच्चालाई हिपका जोर्नीहरू स्थिर र हिपका सकेटहरू सामान्य रूपमा विकास नभएसम्म केही महिनासम्म स्प्लिन्ट लगाउन आवश्यक हुन सक्छ। स्प्लिन्टहरूले काम गर्दैन वा जोर्नी असामान्यता पहिले गम्भीर रूपमा छ वा नितम्बको विकासात्मक डिसप्लासिया (DDH) लाई 6 महिनाको देखि 2 वर्षको उमेरसम्म निदान गरिएको छ भने, बच्चालाई त्यसपछि अपरेशन आवश्यक पर्न सक्छ।

तपाईंलाई तपाईंको बच्चाको हिपको जोर्नी वा तल्लो लिम्बहरू विकाससँग सम्बन्धित कुनै पनि समयहरू छन् भने, कृपया स्वास्थ्य स्याहार पेशेवरहरूबाट तुरून्त सुझाव लिनुहोस्।