प्रसवपूर्व र प्रसवकालीन महिलाहरुको लागि हाजिरी /बिरामी विदाको प्रमाण पत्र बारे जानकारी

(Content revised 07/2017)

प्रत्येक प्रसवपूर्व र प्रसव पछिको जाँच पछि या “हाजिरीको प्रमाण पत्र” वा “बिरामी विदाको प्रमाण पत्र” उपलब्ध गर्न सकिन्छ नोट 1 । कुनै रोजगारदाताहरुले हाजिरीको प्रमाण पत्र स्वीकार गर्छन् भने कुनैले बिरामी विदाको प्रमाण पत्र मात्र स्वीकार गर्छन् । त्यसैले, तपाईले आफ्नो रोजगारदातासँग तिनीहरुको नीतिबारे पहिले नै छलफल गर्नुपर्छ नोट 2।
नोट:
1. नियमित प्रसवकालीन जाँचको लागि “बिरामी विदाको प्रमाण पत्र” उपलब्ध गरिन्दैन,मात्र हाजिरीको प्रमाण पत्र उपलब्ध गरिन्छ ।
2. यदि तपाईले स्वास्थ्य विभागको मातृ तथा शिशु केन्द्रबाट सेवा प्राप्त गरेको भोलिपल्ट “हाजिरीको प्रमाण पत्र “वा “बिरामी विदाको प्रमाण पत्र”को लागि अनुरोध गर्नु हुन्छ भने प्रत्येक प्रतिलिपिको लागि प्रशासनिक शुल्क HK$ 160 लिइन्छ ।

थप जानकारीको लागि कृपया मातृ तथा शिशु केन्द्रको कर्मचारीलाई सम्पर्क गर्नुहोस् ।