गर्भवती आमाको मुखको स्वास्थ्य

(मुख सम्बन्धी स्वास्थ्य शिक्षा डिभिजन, स्वास्थ्य विभागद्वारा उपलब्ध गराइएको जानकारीको स्रोत) (L010-08)

  1. दाँतको चेक-अपको लागि उपयुक्त समय कुन हो?
    1. नियोजित गर्भावस्था भन्दा अगाडि

      गर्भावस्थाको योजना बनाइसकेपछि, तपाईं दाँतको चेक-अपको लागि दन्त चिकित्सकलाई भेट्नुपर्छ। दन्त चिकित्सकले तपाईंको सबै दाँत सम्बन्धी समस्याहरूको उपचार गर्नुहुनेछ र तपाईंलाई गर्भवती आमाहरूका लागि सान्दर्भिक मुख सम्बन्धी स्वास्थ्य स्याहारको सुझाव-सल्लाह दिनुहुनेछ जसकारण तपाईं गर्भावस्थाको अवधिमा मानसिक रूपमा शान्त रहनुहुनेछ।

    2. गर्भवस्थाको 4 देखि 6 महिना

      गर्भवती आमाहरूले गर्भावस्थाको अवधिमा, प्राथमिकताका साथ गर्भावस्थाको 4 देखि 6 महिनामा नियमित दन्त चेक-अप गराउनुपर्छ। यस समयावधिमा, भ्रूण सामान्यतया थप स्थिर र आकार अझै पनि सानो हुन्छ। अर्कोतर्फ, आमालाई वान्ता हुने कम गम्भीर हुन्छ।  यद्यपि, गर्भवती आमाले आफ्नो दन्त चिकित्सकलाई आफू गर्भवती रहेको कुरा बताउन आवश्यक हुन्छ जसकारण उहाँले दन्त उपचारको अवधिमा उपयुक्त व्यवस्था मिलाउनुहुनेछ।

  2. एक्स-रे जाँचले भ्रूणलाई प्रभाव पार्नेछ?

    एक्स-रेले आवश्यकता हुँदा मुख सम्बन्धी रोगहरूको निदान गर्न सहयोग गर्छ। दन्त एक्स-रेको मात्रा एकदमै कम हुने र दन्त चिकित्सकले भ्रूणको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै सावधानीहरू अपनाउने हुँदा गर्भवती आमा एक्स-रे जाँचसँग आश्वस्त हुन सक्नुहुन्छ।

  3. गर्भवती आमाले जटिल दन्त उपचार प्राप्त गर्न सक्नुहुन्छ?

    गर्भावस्थाको अवधिमा, गर्भवती महिलाहरूले थप जटिल दन्त उपचार गर्नुहुँदैन, जस्तै बुद्धि बङ्गारा निकाल्ने, रूट क्यानल उपचार आदि। तिनीहरूको व्यवस्था गर्भावस्था भन्दा पहिले वा पछि गरिनुपर्छ।

  4. गर्भवती आमाको मुख सम्बन्धी स्वास्थ्य अवस्थामा के-कस्ता परिवर्तनहरू हुन्छन् र उहाँको मुखको स्वास्थ्यको स्याहार कसरी गर्ने?
    1. हर्मोन सम्बन्धी परिवर्तनहरू

      गर्भावस्थाको अवधिमा हर्मोन सम्बन्धी परिवर्तनहरूले दन्त प्लेक ब्याक्टेरियाद्वारा स्रावित टक्सिनहरूमा गिजाको अतिरन्जित प्रतिक्रिया निम्त्याउने छ। गिजा रातो र सुन्निएको हुनेछ र सजिलैसँग रगत आउँनेछ। यस तथ्यलाई “गर्भावस्था जिन्जिभाटिस” भनिन्छ। यसलाई रोकथाम गर्न, गर्भवती आमाले राम्रो मुखको स्वास्थ्य कायम राख्न दाँत सफा गरेर पर्याप्त मात्रामा दन्त प्लेक हटाउनुपर्छ।

    2. गुलियो र अमिलो खाना खाने इच्छा जाग्ने

      गर्भवती आमालाई गुलियो र अमिलो खाना खाने इच्छा जाग्छ। यद्यपि, प्लेकमा ब्याक्टेरियाले अमिलो उत्पादन गर्न आहारीय चिनीको प्रयोग गर्नेछ र दाँत किराले खान्छ। यसबाहेक, दाँतको खनिजहरूलाई पनि अम्लीय खानाद्वारा सफा गर्न सकिन्छ, त्यसैले इनामेलको बाक्लोपना कम हुन्छ।

      उहाँको दाँतको सुरक्षा गर्नको लागि, गर्भवती आमाले दाँत सफा गर्नको लागि फ्लोरिडेटेड दन्तमन्जन प्रयोग गर्नुपर्छ। किनभने फ्लोराइडले निम्न कुरा गर्न सक्छ:

      • छिटै दाँत किराले खानेलाई ठीक बनाउन मद्दत गर्न
      • एसिड आक्रमणलाई प्रतिरोधी बनाउनको लागि इनामेललाई सुदृढ बनाउन
      • प्लेकद्वारा एसिड उत्पादन घटाउनको लागि प्लेक ब्याक्टेरियाको गतिविधिहरू निषेध गर्न

      गर्भवती आमालाई खानाको लागि इच्छा जाग्छ भने, उहाँले आफ्नो दाँतको सुरक्षा गर्नको लागि दन्त प्लेकद्वारा एसिडको आक्रमण प्रतिरोध गर्न फ्लोराइड-यक्त माउथवासको प्रयोग समावेश हुने प्रभावकारी तरिकाहरूसँग सम्बन्धित दन्त चिकित्सको सुझाव-सल्लाह लिनुपर्छ।

  5. टेट्रासाइक्लिनले भ्रूणलाई प्रभाव पार्नेछ?

    गर्भावस्थाको 4 देखि 6 महिनादेखि, भ्रूणको डेसिडिअस दाँतले रूप लिन सुरु हुन्छ। त्यसकारण, गर्भवती आमाद्वारा टेट्रासाइक्लिन, एन्टिबायोटिक सेवन गर्नाले डेसिडिअस दाँतमा टेट्रासाइक्लिनको निक्षेप हुन सक्छ, जसको परिणाम स्वरूप दाँत पहेँलो-खैरो वा निलो-खरानी रङमा परिवर्तन हुन्छ। यद्यपि, टेट्रासाइक्लिन लिएको प्रकार, अवधि र मात्राको आधारमा धब्बा बस्ने नबस्ने हुन्छ। त्यसकारण, गर्भवती आमाले आफ्नो दन्त चिकित्सकलाई आफू गर्भवती रहेको कुरा बताउन आवश्यक हुन्छ जसकारण उहाँले उपयुक्त तरिकाले औषधि निर्देशित गर्नुहुनेछ।