प्री-इक्लैम्पसिया

(Content revised 07/2017)

यो असामान्य तर गम्भिर समस्या हो जुन गर्भावस्थाको दोस्रो तीमाहीको बीचमा ( गर्भावस्थाको लगभग २० हप्तामा)वा शिशुको जन्म लगत्तै हुन सक्छ ।

प्री-इक्लैम्पसिया हुनको जोखिम कारकहरु:

  • मधुमेह, उच्च रक्तचाप वा सिस्टमेटीक लुपस एरिथमाटसुस्स (लुपस रोग-स्वत प्रतिरक्षा गर्ने क्षमता कमजोर बनाई शरीरको स्वास्थ्य अंगहरुलाई आक्रमण गरि रोगी बनाउने रोग) रोगको ईतिहास छ भने
  • प्रसूतिको समयमा प्री-इक्लैम्पसिया भएको ईतिहास भएमा
  • परिवारमा यस्ता समस्याको ईतिहास भएमा
  • गर्भवती आमाको उमेर (35 भन्दा माथि) धेरै भएमा
  • तपाईको अन्तिम गर्भ रहेको लगभग 10 वर्ष भएमा
  • धेरै पटक गर्भ रहेमा
  • वजन बढी भएमा

गर्भवती महिलामा सुन्निने समस्या मात्र नभएर , उच्च रक्तचाप (140/90mmHg भन्दा माथि ) र पीसाबमा प्रोटिन पनि देखा पर्नसक्छ ।
अन्य लक्षणहरु:

  • नराम्रोसँगले टाउको दुख्नु
  • दृष्टिमा समस्या हुनु जस्तै धमिलो देख्नु वा आँखाको अगाडि उज्यालो प्रकाश आएको जस्तो हुनु
  • करङ भन्दा मुनि सारो दुख्नु र वान्ता गर्नु

यदि माथि उल्लेख गरेका लक्षण र संकेतहरु देखिएमा, तपाईले तुरुन्त जाँच र उपचारको लागि चिकित्सा सल्लाह लिनुपर्छ ।
यसले फिट्स(मिरगी रोगको संकेत),मृगौला बिग्रिने र श्वास प्रश्वासमा समस्या र रगत बग्ने समस्याहरु हुनसक्छ । यदि यसलाई उपचार गरिएन भने ज्यान जाने जोखिम हुनसक्छ ।

रोकथाम

  • पर्याप्त क्याल्सियम भएको खाना र शारीरिक क्रियाकलाप गर्दा गर्भावस्थामा हुने उच्च रक्तचापलाई रोक्न सकिन्छ ।
  • यद्यपि, यदि तपाईमा कुनै पनि प्री-इक्लैम्पसियाको लक्षण वा संकेतहरु देखिएमा, तपाईले व्यायाम गर्नको सट्टा आराम गर्न आवश्यक हुन्छ !