गर्भावस्थाको अन्तिम समयमा भ्रूणको विकास

गर्भावस्थाको अन्तिम समय

गर्भावस्थाको 29 देखि 36 हप्ता

तपाईंको बच्चा बढ्दै जाँदा, त्यहाँ तपाईंको फोक्सोको लागि कम स्थान हुन्छ र तपाईंले श्वासहीन महसुस गर्न सक्नुहुन्छ। रातीमा खुट्टामा संकुचन हुनु सामान्य हो र तपाईंलाई सुत्न गाह्रो हुन सक्छ। तपाईंले धेरैपटक पिसाब गर्न आवश्यक परेको पनि ख्याल गर्न सक्नुहुन्छ। तपाईंले भ्रूणको विकास अनुसार धेरै ढाड दुखेको र तपाईंको मेरूदण्ड र पेल्भिसमा कम्प्रेस गरिएको महसुस हर्नुहुनेछ।

तपाईंको बच्चा धेरै सक्रिय हुन जारी रहन्छ र उहाँलाई बाडुल्की लाग्न सक्छ। उहाँको तौल द्रुत रूपमा बढ्छ। मस्तिष्कका विभिन्न भागहरूले रूप लिइरहेका हुन्छन्। तपाईंको बच्चाको हड्डी दह्रो हुन जारी रहन्छ तर डेलिभरीको लागि खप्पर नरम र लचकदार रहन्छ। स्वाद बडहरूको विकास हुन्छ र भ्रूणले गुलियो र अमिलोको स्वाद लिन सक्छ।

35 हप्ताबाट, बच्चा सामान्यतया जन्मिने तैयारीमाआफ्नो टाउकोलाई तलतिर पारेर पल्टिरहेको हुन्छ। फोक्सो 36 हप्तामा परिपक्क भइरहेको हुन्छ र गर्भाशयको बाहिर प्रकार्य गर्न तयार हुन्छ।

तपाईंले आफ्नो गर्भमा ब्राक्सटन-हिक्स संकुचन भनिने अनियमित संकुचित महसुस गर्न सक्नुहुन्छ, जुन गर्भावस्थाको सामान्य भाग हो। यद्यपि, तपाईंले थप बारम्बार, नियमित, पीडादायी संकुचनहरू वा प्रसवका अन्य सम्बन्धित संकेतहरू (जस्तै बग्ने वा चुहिने) महसुस गर्नुहुन्छ भने, तपाईंले आफ्नो चिकित्सकसँग परामर्श लिनुपर्छ वा अस्पताल जानुपर्छ।

गर्भावस्थाको 37 देखि 40 हप्ता

भ्रूण कोखको तल्लो भागमा झर्छ। विशेषगरी कुहिनो, घुँडा र काँधहरूको वरिपरि धेरै बोसो जम्मा हुन्छ।

37 हप्तादेखि, तपाईंको बच्चा पूर्णरूपमा परिपक्क (पूर्ण अवधि) भएको मानिन्छ र प्रसव संकुचनहरू कुनै पनि समयमा सुरु हुन सक्छन्।