जिका भाइरसको संक्रमण

(07/2019 मा संशोधन गरिएको विषयवस्तु)

कारक तत्त्व

जिका भाइरसको संक्रमण लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसबाट लाग्ने रोग हो।

रोगका लक्षणहरू

धेरैजसो जिका भाइरसको संक्रमण लक्षण नदेखिने खालको हुन्छ। लक्षणहरू देखिएका बिरामीहरूमा सामान्यतया छालामा खटिरा आउने, ज्वरो आउने, कन्जक्टिभाइटिज, मांसपेशी वा जोर्नी दुख्ने र सामान्य अस्वस्थता देखापर्छन्। यी लक्षणहरू सामान्यतया मध्यम खालका हुन्छन् र केही दिनसम्म रहन्छन्।

हालको मुख्य चिन्ताको विषय प्रतिकूल गर्भावस्था परिणाम (माइक्रोसेफाली) र Guillain-Barré सिन्ड्रोम (GBS) जस्तो न्यूरोलोजिकल तथा स्वत: प्रतिरक्षित जटिलताहरूसँग सम्बन्धित छ। विश्व स्वास्थ्य संगठनले गर्भावस्थाको अवधिमा जिका भाइरसको संक्रमण माइक्रोसेफाली सहितको जन्मजात मस्तिष्क असामान्यताहरूको कारण रहेको र जिका भाइरस Guillain-Barré सिन्ड्रोम (GBS) को ट्रिगर हो भन्ने कुराको निष्कर्ष निकालेको छ।

Guillain-Barré सिन्ड्रोम (GBS) बाहेक, तीव्र रूपमा फैलिएको इन्सेफालोमालिटिस (केन्द्रीय स्नायु प्रणालीको एक रोग) जिका भाइरसको संक्रमणबाट सम्भवत: निम्तिने न्यूरोलोजिक अभिव्यक्तिहरूमध्ये एक पाइएको थियो।

प्रसारणको माध्यम

जिका भाइरस मुख्यत: संक्रमित एइडीज (Aedes) प्रजातिको लामखुट्टेको टोकाइबाट मानव शरीरमा सर्ने गर्दछ। हाल हङकङमा नपाइने, एइडीज एइजिप्टी (Aedes aegypti) लाई मानव शरीरमा जिका भाइरसको संक्रमणको अति महत्त्वपूर्ण कारक मानिएको छ। सामान्य रूपमा हङकङमा पाइने एइडीज एल्बोपिक्टस (Aedes albopictus) जस्ता अन्य एइडीज (Aedes) प्रताजिका लामखुट्टेलाई पनि सम्भावित कारकहरू मानिन्छ।

जिका भाइरस मानव वीर्यमा पनि फेला परेको छ र यो यौन सम्पर्कबाट सर्ने पुष्टि भइसकेको छ। अन्य पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषबीच जिका भाइरसको यौनिक संक्रमणलाई साहित्यमा कागजातीकरण गरिएको छ। रगत ट्रयान्सफ्युजन र नवजात प्रसारण जस्ता अन्य प्रसारण माध्यम सम्भव छ।

संक्रमणकाल

जिका भाइरस संक्रमण भएको 3 देखि 14 दिन भित्र देखा पर्न सुरु गर्छन्।

व्यवस्थापन

जिका भाइरस संक्रमणको कुनै विशेष औषधि छैन र उपचारको प्रमुख आधार लक्षणात्मक आराम गर्नु र शरीरमा पानीको कमी हुन नदिनु हो। यदि लक्षणहरू बढ्दै गएमा, उनीहरूले चिकित्सा स्याहार र सुझाव-सल्लाह लिनुपर्छ।

रोकथाम

हाल, जिका भाइरस संक्रमणका विरूद्ध कुनै प्रभावकारी खोप उपलब्ध छैन। जिका भाइरसको संक्रमणलाई रोक्न, सर्वसाधारण सदस्यहरूलाई लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको तीव्र वृद्धिलाई रोक्न जनचेतना जगाइएको छ। सर्वसाधारण जनतालाई जिका भाइरसको यौन सम्पर्कबाट हुने प्रसारण रोक्नका लागि सावधानी अपनाउन पनि सुझाव दिइएको छ।

गर्भवती महिला र उहाँको भ्रुणमा जिका संक्रमणको प्रभाव अझै पनि विकसित भइरहेने हुँदा, तपाईंलाई नवीनतम जानकारीका लागि स्वास्थ्य सुरक्षा केन्द्रको वेबसाइटको सन्दर्भ लिन सुझाव दिइन्छ। http://www.chp.gov.hk/en/content/9/24/43088.html

जिका भाइरसको संक्रमणदेखि सचेत हुनुहोस्

गर्भवती महिला र गर्भावस्थाको तयारीमा रहेका महिलाहरूले ध्यान दिनुपर्ने विशेष कुराहरू

  • जिका भाइरस प्रसारण भएको क्षेत्रहरूमा यात्रा गर्नुहुँदैन*
  • यीमध्ये कुनै पनि क्षेत्रमा यात्रा गर्नुपर्ने व्यक्तिले यात्रा गर्नुभन्दा कम्तीमा छ हप्ताअघि चिकित्सकसँग परामर्शको व्यवस्था मिलाउनुपर्छ
  • गर्भवति महिलासहित सबै यात्रुहरूलाई यात्रा गर्दाको समय र ती क्षेत्रहरूबाट फर्किँदा कम्तीमा 21 दिनको लागि DEET सहितको लामखुट्टे भगाउने मलमको प्रयोगको लागि सुझाव दिइन्छ
  • प्रसवपूर्वको भेटमा नियमित रूपमा उपस्थित हुने र उपस्थित चिकित्सकलाई हालैको यात्राको इतिहासको बारेमा बताउने
  • जिका भाइरसको संक्रमणका लक्षणहरूको अवलोकन गर्ने र अस्वस्थ महसुस भएमा जतिसक्दो छिटो चिकित्सा सुझाव-सल्लाह लिने
  • प्रभावित क्षेत्रहरूमा यात्रा गरेको आफ्नो जीवनसाथीसँग यौन सम्पर्कबाट टाढा रहने वा गर्भावस्थाभर यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने

यौनिक प्रसारणको रोकथाम#

सबैका लागि विशेष नोटहरू

  1. यात्रुहरूले प्रभावित क्षेत्रहरूको यात्राको दौरानमा यौन सम्पर्क गर्नुहुँदैन वा अन्यथा कण्डमको प्रयोग गर्नुपर्छ
  2. प्रभावित क्षेत्रहरूबाट फर्किने पुरुष वा महिला यात्रुहरू फर्किए पश्चात क्रमानुसार कम्तीमा 3 महिना र 2 महिनाका लागि यौन सम्पर्कबाट टाढा रहनुपर्छ वा अन्यथा कण्डमको प्रयोग गर्नुपर्छ
  3. गर्भावस्थाको तयारीमा रहेका महिलाहरूले माथिका बिन्दु A र B ध्यानमा राख्नुपर्छ।
    उनीहरूले वा उनीहरूका पुरुष यौन साथीहरूले प्रभावित क्षेत्रहरूमा यात्रा गर्ने योजना बनाएमा, उनीहरूले जोखिम बारेमा सुझाव-सल्लाहका लागि चिकित्सकसँग परामर्श लिनुपर्छ

# यो सावधानी उपायलाई थप जानकारी उपलब्ध हुने बित्तिकै संशोधित गर्न सकिन्छ। जिका भाइरसको सम्भावित यौन प्रसारणसँग सम्बन्धित थप चिन्ताहरू भएका व्यक्तिहरूले सुझाव-सल्लाहका लागि आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुपर्छ

* कृपया जिका भाइरसको संक्रमण बारे सबैभन्दा हालैको अद्यावधिक गरिएको जानकारीका लागि CHP वेबसाइट को सन्दर्भ लिनुहोस्।