गर्भावस्थाको अवधिमा स्तन परिवर्तनहरू

गर्भावस्थाको अवधिमा, तपाईंको शरीरमा रहेको हर्मोनहरूले दुग्धपानको लागि तपाईंका स्तनहरूलाई तयार गरिरहेको हुन्छ। तपाईंले स्तन, निप्पल र परिवेशहरूको वृद्धि अनुभव गर्न सक्नुहुन्छ। स्तनको तन्तु काखीसम्म विस्तार हुन सक्छ र केही महिलाहरूमा काखीमुनि अतिरिक्त स्तनको तन्तु (अनावश्यक स्तनको तन्तु) हुन सक्छ।

तपाईंले छालाको रङमा प्रभाव पार्न हर्मोनहरूको कारणले गर्दा निप्पल तथा परिवेशहरू कालो हुँदै गएको पाउन सक्नुहुन्छ।

तपाईंले आफ्ना स्तनहरूमा रगतको आपूर्ती बढ्दै गर्दा त्यहाँ थप सहजै देख्न सकिने नसाहरू पनि पाउन सक्नुहुन्छ।

मोन्टगोमेरीज ट्यूबरकल्स भनिने परिवेशहरूको सतहमा स-साना ग्रन्थीहरू ठूलो गांठ बन्नेछन्।

सुझावहरू

तपाईंको स्तनहरू गर्भावस्थाको अवधिभर बढ्न जारी रहनेछ। यसले असहजता गराउन र कहिलेकाहीँ दुखाउन सक्छ।

यसमा राम्ररी फिट हुने ब्रा लगाएर मद्दत गर्न सकिन्छ।

तपाईंलाई प्रत्येक त्रैमासिकको अवधिमा आफ्ना स्तनहरूको वृद्धिलाई फिट गर्न आफ्नो ब्रा परिवर्तन गर्न आवश्यक पर्छ।

दुग्ध नलिकाहरू गर्भावस्थाको प्रारम्भमा दूधले भरिने हुँदा तिनीहरू बढ्दै र तन्किदै जान्छन्। यो सबैले तपाईंका स्तनहरूलाई विशेषगरी तपाईंका निप्पलहरूलाई थप संवेदनशील गराउन सक्छ। यसले तपाईंलाई असहजता निम्त्याउन सक्छ।

कोलोस्ट्रम

तपाईंको स्तनहरूबाट कोलोस्ट्रम भनेर चिनिने पहेँलो, बाक्लो पदार्थ चुहिन सुरु गर्छ। यो तपाईंको छिटो भए गर्भावस्थाको 14 हप्तासम्म हुन सक्छ।

गर्भावस्थामा कोलोस्ट्रम स्रावको अनुभव नगरेका महिलाहरूले आफ्नो बच्चाको जन्मपछि अझै दूध उत्पादन गर्छन्।

तपाईंले चिकित्सा स्याहार कहिले लिनुपर्छ?

तपाईंले निम्नमध्ये कुनै पनि कुरा ख्याल गर्नुहुन्छ भने, चिकित्साको सुझाव-सल्लाह खोज्न उचित हुन्छ।

(कृपया FHS वेबसाइट http://s.fhs.gov.hk/7g38e मा गएर "स्तन सचेतना" सम्बन्धी विवरणहरूको सन्दर्भ लिनुहोस्)

  • नयाँ गाँठागुठीहरू
  • दुखाइ (विशेषगरी यो एक स्थानमा अवस्थित वा खराब हुन्छ भने)
  • रातोपना
  • छाला वा निप्पलको परिवर्तनहरू जस्तै मोटोपन, खाल्टो वा अल्सर
  • तपाईंको निप्पलबाट (कोलोस्ट्रम बाहेक) कुनै पनि रङ्गीन पदार्थ
  • काखीमा छुट्टै गाँठागुठी