नवजातलाई ग्रूप बी स्ट्रेप्टोकोकस संक्रमणबाट बचाव

(Content revised 02/2013)

ग्रूप बी स्ट्रेप्टोकोकस के हो?

ग्रूप बी स्ट्रेप्टोकोकस (GBS) एक प्रकारको ब्याक्टीरिया हो जो सामान्यतया पुरूष र महिलाहरूका आँत, मूत्रनली वा जननांग नलीमा वास गर्दछ। यसलाई 10-30% गर्भवती महिलाहरूको योनि वा मलाशयमा पाइन्छ। GBS को वास भएका अधिक संख्यक महिलाहरूमा कुनै लक्षण वा स्वास्थ्य प्रभाव देखिंदैन। GBS ले गर्दा एउटा सानो संख्याले मूत्रनलीमा संक्रमण गराउन सक्छन्। यो एक यौन सञ्चारित रोग होइन।

GBS संक्रमणले शिशुलाई कसरी प्रभावित पार्दछ?

GBS को सबैभन्दा गम्भीर स्वास्थ्य प्रभाव हो, गर्भावस्थाको उत्तरार्धमा GBS द्वारा प्रभावित महिलाले यो संक्रमण गर्भको शिशुलाई सार्न सक्छिन्। नवजात शिशुहरूमा गम्भीर संक्रमण शुरू हुने यो अति आम कारण हो जसले गर्दा उच्च दरमा रोग लाग्ने र मृत्यु (5-10%) हुने गर्दछ। हङकङमा, GBS संक्रमणले पहिलै प्रभावित हुने नवजातहरूको संख्या प्रति 1000 जन्ममा करीब 1.0 छ। शिशुहरूलाई पहिलै वा पछि GBS संक्रमण हुनसक्छ।

GBS संक्रमण पहिलै शुरू हुने मामिलामा, संकेत र लक्षणहरू सामान्यतया प्रसवको केही घण्टा भित्रमै देखिन्छन्। यीनमा सामेल छन्:

  • सास फेर्नमा कठिनाई, हृदय र रक्तचापमा अस्थिरता
  • जठरान्त्र तथा मृगौला समस्याहरू
  • फोक्सो संक्रमण, रक्त संक्रमण र मस्तिष्क ज्वरो धेरै आम हुन्।

GBS संक्रमण ढिलो शुरू हुने मामिलामा, संकेत र लक्षणहरू सामान्यतया प्रसवको एक साता वा केही महीना भित्रमा देखिन्छन्। यद्यपि, ढिलो शुरू हुने GBS, पहिलै शुरू हुने जस्तो आम होइन।

मलाई GBS छ भन्ने मैले कसरी थाहा पाउनु?

स्वास्थ्य विभागको अस्पताल अधिकृत प्रसवोत्तर क्लिनिक र मातृ एवम शिशु स्वास्थ्य केन्द्रले सबै योग्य तथा गर्भवती महिलाहरूको GBS स्क्रीनिङ गर्नेछन्। यो स्क्रीनिङ गर्भावस्थाको 35 र 37 साता भित्रमा गरिन्छ। यो परीक्षणमा योनि र मलाशय दुबै ठाउँबाट स्रावको नमूना निकालिन्छ। यो प्रक्रिया छिटो-छरितो हुन्छ र यसमा दुख्नु हुँदैन। यो नमूनालाई प्रयोगशालामा लगिन्छ जहाँ GBS को कुनै उपस्थितिबारे जीवाणु वृद्धि (कल्चर) को विश्लेषण गरिन्छ। तपाईंको शरीरमा ब्याक्टीरिया रहँदै-हराउँदै गर्ने हुँदा, एक महिलाको परीक्षण नतीजा कहिले सकारात्मक र कहिले नकारात्मक आउन सक्छ। तसर्थ, यो परीक्षण 35 देखि 37 साता भित्रमा गराउनु उचित हुन्छ, जो तपाईंको प्रसवको अति निकट समय हुन्छ।

अयोग्य गर्भवती महिलाहरूले कि त निजी क्षेत्रको एक एचए क्लिनिक (अतिरिक्त शुल्क सहित) मा, वा चीनको मुख्य भूमिमा स्क्रीनिङ गराउन सक्छन्।

मेरो GBS परीक्षण सकारात्मक आयो भने के हुन्छ? मैले कसरी मेरो शिशुलाई संक्रमणबाट जोगाउन सक्छु?

GBS परीक्षणमा सकारात्मक नतीजा आउने महिलाबाट जन्मेका सबै नानीहरू बिरामी हुनेछैनन्। GBS वाहक आमाबाट जन्मेका करीब प्रत्येक 100 देखि 200 शिशुहरू मध्य करीब एकजनामा संक्रमणका संकेत र लक्षणहरू देखिनेछन्।

यदि तपाईंको GBS परीक्षण सकारात्मक आएकोछ भने, गर्भावस्थाको दौरान तपाईंलाई एन्टीबायोटिक्सको नसामा लगाउने खोपको सिफारिश गर्दछौं जसले तपाईंको शिशु बिरामी पर्ने सम्भावनालाई निकै घटाउन सक्छ।

GBS वाहकहरूका लागि, प्रसव-पीडा शुरू हुने अघि एन्टीबायोटिक्स लिनु, ब्याक्टीरियाबाट जोगिने एक प्रभावकारी उपाय होइन। यीनीहरू प्राकृतिक रूपमा आँतमा वास हुनाले, एन्टीबायोटिक उपचारपछि ब्याक्टीरियाहरू पुनः फर्किन सक्छन्। प्रसवको दौरान एन्टीबायोटिक दिनु, शिशुमा संक्रमणलाई रोक्ने अति प्रभावकारी उपाय हो।

के प्रत्येक गर्भवती महिलाहरूका लागि GBS स्क्रीनिङको सुझाव दिइन्छ?

केही निश्चित परिस्थितिहरूमा, शिशुलाई संक्रमण हुने जोखिम धेरै हुन्छ। यीनमा सामेल छन्:

  • पूर्वको शिशु GBS संक्रमणबाट प्रभावित थियो
  • गर्भावस्थाको दौरान GBS ले गर्दा माताको मूत्रनलीमा संक्रमण छ
  • 35 साता अगावै GBS को वास

यी परिस्थितिहरूमा, प्रसवको दौरान हामी एन्टीबायोटिक अन्तःक्षेपणको सुझाव दिन्छौं र यसमा स्क्रीनिङ आवश्यक छैन।

मेरो शिशुमा GBS संक्रमण रोकथामको लागि मैले एन्टीबायोटिक अन्तःक्षेपण गराउने के कुनै अन्य परिस्थिति छ?

तपाईंको GBS स्थिति अज्ञात रहेको खण्डमा र यदि निम्न मध्य कुनै परिस्थिति छ भने, हामी तपाईंलाई प्रसवको दौरान एन्टीबायोटिकको सुझाव दिन्छौं। यी परिस्थितिहरूमा सामेल छन्:

  • गर्भावधि 37 साताभन्दा कम्ती छ
  • मातालाई 38°से वा त्योभन्दा धेरै ज्वरो
  • 18 घण्टाभन्दा धेरै समयदेखि जलस्फोट

के एन्टीबायोटिक अन्तःक्षेपणले मलाई कुनै साइड इफेक्ट हुनेछ?

तपाईंलाई उचित एन्टीबायोटिक दिनेअघि हामीले तपाईंको एलर्जीक इतिहासको जाँच गर्नेछौं। त्वचामा दाना, सुन्निने वा सास फेर्नमा कठिनाई लगायत एलर्जीका कुनै संकेत देखिएमा त्यसको जानकारी दिन तपाईंलाई सम्झना गराइन्छ। प्राणघातक स्थिति जस्तो गम्भीर एलर्जीक प्रतिक्रिया हुने सम्भावना धेरै न्यून हुन्छ।

के मैले प्रसवको दौरान एन्टीबायोटिक लिएँ भने मेरो शिशु पूर्ण रूपमा संक्रमणमुक्त हुनेछ?

प्रसवको दौरान एन्टीबायोटिक उपचारका कारण GBS संक्रमण पहिलै हुनबाट रोकथाममा मद्दत भएता पनि, यो 100% हुँदैन र यसले ढिलोगरि हुने GBS संक्रमणलाई सदैव रोक्दैन। शिशुहरूमा अन्य मानिसहरूबाट वा अन्य माध्यमबाट GBS संक्रमण आउन सक्छ।

म GBS वाहक छु भने के मेरो शिशुलाई जन्मपछि उपचारको आवश्यक छ?

तपाईंको शिशु जन्मेपछि बाल-रोग हेरचाहमा रहनेछ। तपाईंको शिशुलाई कुनै एन्टीबायोटिक उपचारको आवश्यकता छ-छैन भन्ने कुराको निर्धारण कैयौं कारकहरूले गर्दछन्, जसमा सामेल छन्:

  • के शिशुमा संक्रमणका कुनै संकेत छन्?
  • के शिशु परिपक्व भएर जन्मेको छ?
  • शिशुको जन्मअघि तपाईंले कति एन्टीबायोटिक्स लिनु भएकोछ?

बाल रोग विशेषज्ञले शिशुलाई आवश्यक जाँच वा उपचारको बारेमा व्यक्तिगत रूपमा निर्णय लिनेछ।