खाद्य भोकको विरूद्ध संघर्ष - पेट भरिएको महसुस गर्ने उपायहरू

(Published 01/2017)

धेरैजसो गर्भवती आमाहरूले भोकमा परिवर्तन अनुभव गर्नुहुन्छ। उहाँहरूलाई आवश्यक हुने भन्दा धेरै पहिल्यै खानुभएको हुँदा आफ्नो आहार नियन्त्रण गर्न भएपनि, कहिलेकाहीँ उहाँले भोक लागेको मात्र महसुस गर्नुहुन्छ। स्वस्थकर, पोषणयुक्त र पूरा भरिएको महुसुस गर्न खानेकेही उपायहरू यहाँ छन्:

  1. नियमित भोजन गर्नुहोस्

    भोजनहरू नछोड्नुहोस्। मुख्य भोजन र स्न्याकहरू नियमित रूपमा खानुहोस्। तपाईंले भोक लागेको महसुस गर्दा यसले तपाईंलाई धेर खानबाट बचाउनेछ। तपाईंले केही दिन वा हप्तासम्मको लागि तपाईं स्वयंको पौष्टिक भोजन र स्न्याकहरू तयार गर्ने र डिजाइन गर्ने योजना बनाउन पनि सक्नुहुन्छ।

  2. योजना बनाउनुहोस्
    • प्रत्येक दिन तपाईंको 3 मुख्य भोजन र 2-3 स्वस्थकर स्न्याकहरूमा के खाने भन्नेमा ठोस योजना बनाउनुहोस्। यसले तपाईंलाई उच्च पोषणयुक्त मानको विभिन्न खानाहरूबाट हिस्सा चयन गरी नियन्त्रण गर्न मद्दत गर्नेछ।
    • मुख्य भोजनमा दाना र अन्न, मासु, सागसब्जीहरूको समूह समावेश हुन्छ। तिनीहरूको आहर सम्बन्धि फाइबर सन्तुष्टताको रूपमा पूरै दाना खाद्यहरू समावेश गर्नुहोस्।
    • मुख्य भोजनको बीचमा के-कस्ता स्न्याकहरूको चयन गर्ने भन्ने योजना पहिल्यै बनाउनुहोस्। दूध, क्यालसियम आरक्षित सोया दूध, दही वा फलफूलहरू राम्रो छनोटहरू हुन्। नियमित भोजन कार्यक्रम र एक सचेत भोजन योजनासँग, तपाईंले गलत तरिकाले खाने सम्भावनाको न्यून गर्नुहुन्छ र उच्च चिल्लो, उच्च चिनी तथा कम पोषण तत्त्व भएको स्न्याकस् खानुहुन्छ।
  3. उच्च आहार सम्बन्धित फाइबरसँग खाद्य पदार्थहरू चयन गर्नुहोस्
    • सब्जीहरू र सम्पूर्ण दानाहरू जस्ता उच्च फाइबर भएको खाद्य पदार्थहरूको चयन गर्नुभएकोले पेट भरिएको महसुस हुन्छ।
    • तपाईंको मुख्य भोजनमा सब्जीहरू समावेश गर्नुहोस् र आफ्नो फलको बोक्राहरू (जस्तै स्याउ वा नस्पति) सँगै खानुभएमा, यो फाइबरको सेवन बढाउँने तरिक हो।
    • सम्पूर्ण दानाहरू समावेश गर्नुहोस्। तपाईंले ब्राउन वा रेड राइससँग ह्वाइट राइस मिसाउन सक्नुहुन्छ। तपाईंले स्पेगेटी, राइस, आलू, सखरखण्डा र जौहरू आदि चयन गर्न सक्नुहुन्छ।
  4. परिष्कृत वा संसाधित खाद्य पदार्थ न्यून गर्नुहोस्

    ससेज, लन्चिओन मासु, केक, क्रिम भरिएको बिस्कुटहरू आदि जस्ता न्यून परिष्कृत वा संसाधित खाद्य पदार्थ चयन गर्नुहोस। यी खाद्य पदार्थहरू उच्च चिल्लो, नूनिलो, गुलियो हुन्छन् तर फाइबर तथा अन्य पोषणहरू न्यून हुन्छन्। तपाईंको दैनिक भोजनहरूमा थप ताजा उत्पादन चयन गर्नुहोस्।