निमोनिया र श्वासप्रश्वास मार्ग संक्रामणको रोकथाम – मनोवैज्ञानिक स्वयं-स्याहार (गर्भवती महिलाहरूका लागि)

(02/2020 मा प्रकाशित)

अप्रत्याशित महामारीको सामना गर्दै, गर्भवती महिलाहरूलाई अरूभन्दा आफू संक्रमित हुनेबारे बढी चिन्ता हुन सक्छ र व्यक्तिगत र घरको सरसफाइमा अतिरिक्त ध्यान दिएका छन्। यिनीहरू सबै भ्रूणलाई सुरक्षित राख्ने प्राकृतिक प्रतिक्रियाहरू हुन् भन्ने कुरा बुझ्न सकिन्छ। यद्यपि, केही गर्भवती महिलाहरू बढी चिन्तित वा सजिलैसँग धैर्यहीन हुन सक्छन्, उनीहरूको अनजानमा अति चरम र जटिल विचार वा व्यवहारहरू हुन्छ। पछि-पछि गहन भावनाहरू भइरहन्छ जसले उनीहरू र उनीहरूको भ्रूणको कल्याण वा उनीहरूको पारिवारिक सम्बन्धलाई पनि प्रभाव पार्छ।

स्वस्थ मानसिक कल्याण भएका महिलाहरूको झन बलियो प्रतिरोधात्मक क्षमता हुन्छ भनी अनुसन्धानले देखाउँदछ। राम्रो शारीरिक स्वास्थ्य र मानसिक कल्याण सहित स्थिर मनोदशा कायम राख्ने आमाहरूले आफ्नो भ्रूणलाई अझ राम्रो प्रतिरक्षण वातावरण प्रदान गर्न सक्दछन्। संक्रमण रोकथाम गर्नका लागि स्वास्थ्य सुरक्षा केन्द्रको संक्रमण नियन्त्रण मार्गनिर्देशनहरू पालना गर्नुका साथै, तपाईं आफ्नो "मनोवैज्ञानिक प्रतिरोधात्मक क्षमता" बढाउनको लागि निम्न सुझावहरूको सन्दर्भ लिन सक्नुहुन्छ।

मनोवैज्ञानिक स्वयं-स्याहार सुझावहरू

  • प्रतिरोधात्मक क्षमता बढाउनका लागि नियमित तालिका कायम राख्नुहोस् आधारभूत आवश्यकताहरूमा ध्यान दिनुहोस्, उदाहरण सन्तुलित आहार कायम राख्ने, पर्याप्त मात्रामा आराम गर्ने र सुत्ने।
  • आफ्नो मनोदशा नकारात्मक रूपमा प्रभावित हुनबाट रोक्नको लागि भरपर्दो स्रोतहरूबाट मात्र जानकारी प्रमाणित गर्ने र पहुँच गर्ने प्रयास गर्दा अपरिहार्य जानकारीको सम्पर्कमा आउन सीमित गर्नुहोस्।
  • थकान, सूजन र भ्यारिकोज भेन्स (सुन्निएको वा गाँठो परेको नसा) जस्ता गर्भावस्थासँग सम्बन्धित सामान्य असजताहरूबाट आरान पाउन र कम गर्नको लागि; मानसिक कल्याण कायम राख्नुका साथै अनिद्रा, अधीरता, चिन्ता र डिप्रेसन कम गर्नको लागि शारीरिक रूपमा सक्रिय रहनुहोस्। गर्भवती महिलाहरूका लागि उपयुक्त व्यायाम
  • सकारात्मक र वास्तविक मानसिकता विकसित गर्नुहोस्, उदाहरण "मेरो बच्चाको चेक-अपहरू सबै सामान्य छन्। मैले पर्याप्त मात्रामा सुरक्षात्मक उपयाहरू अपनाएको छु र म लक्षण-मुक्त छु। तसर्थ, जे हुन्छ ठीक हुनेछ।", "प्रकोप चिन्ताजनक भए तापनि, डेलिभरी भन्दा अगाडि घरमै बस्नु नराम्रो कुरा होइन। जे भएपनि, प्रकोप अन्ततः पार हुनेछ" भनी आफूलाई सम्झाउनुहोस्।
  • आफ्ना रूचिहरूको आधारमा फुर्सदका गतिविधिहरूमा केही समय बिताउनुहोस्, उदाहरन संगीत सुन्ने।
  • आफ्नो भ्रूणसँगको सम्बन्धलाई बढाउनुहोस्। गर्भावस्था डायरी लेख्ने वा भ्रूण विकासको अडियो रेकर्डिङहरू बनाउने, आफ्नो साझेदारसँग कोठा सजाउने, बच्चाको साइजको कपडा मिलाउने, प्रसवको लागि आफ्नो झोला प्याक गर्ने वा नवजात शिशुको स्याहार गर्ने बारे जानकारी पढ्ने जस्ता गतिविधिहरूमा समय बिताउनुहोस्। नवजात (जन्मदेखि पहिलो महिना) सम्बन्धी स्वास्थ्य जानकारी
  • भिडियो कल जस्ता विभिन्न माध्यममार्फत आफन्त र साथीहरूसँग सम्पर्कमा रहनुहोस्। प्रसव र पालन-पोषणको अनुभव साझा गर्नको लागि अरू आमा वा गर्भवती आमाहरूसँग कुराकानी गर्नुहोस्।
  • अक्रियाशील नहुनका लागि, सम्भव हुँदा घरायसी कामहरू र/वा बालस्याहारको लागि परिवारका अन्य सदस्यहरूबाट सहायता खोज्नुहोस्।
  • आफ्ना भावनाहरू बारे सचेत रहनुहोस्। तपाईं चिन्तित हुँदा वा आफू अति धैर्यहीन भएको ख्याल गर्दा, सामना गर्ने व्यावहारिक रणनीतिहरू बारे सोच्न ध्यान केन्द्रित गर्नुहोस्। चिन्ता लिन छोड्न कठिनाइ पाउनुहुन्छ भने वा कुनै तत्कालीन समाधान उपलब्ध नभएमा, आफ्नो चिन्ता कम गर्नको लागि प्रभावकारी तरिका प्रयास गर्नुहोस् – आफूले चाहेजति चिन्ता लिनको लागि निश्चित समयको योजना बनाउनुहोस् (जस्तै, रातीको खाना खाएपछि 15 देखि 30 मिनेट)। तपाईं उक्त निश्चित समयभन्दा बाहिर चिन्तित हुनुहुन्छ भने, संक्षिप्तमा चिन्ताहरूको सूची बनाउनुहोस् र त्यसपछि आफूले रूचि राख्ने निकट वर्तमान कार्य वा गतिविधिहरूमा पुनः ध्यान केन्द्रित गर्ने प्रयास गर्नुहोस्। निदाउन वा निन्द्राको गुणस्तरमा नकारात्मक प्रभाव पर्न नदिनका लागि सुत्ने समयभन्दा अगाडि निश्चित चिन्ता लिने समय सेट नगर्नुहोस्।
  • सुत्ने समयभन्दा अगाडि वा तपाईंलाई उचित लाग्ने कुनै पनि समयमा आरामदायी व्यायाम अभ्यास गर्नुहोस्, उदाहरण

पेशेवरसँग मद्दत खोज्ने

उल्लेखनीय र निरन्तर तनाव अवलोकन गरिन्छ भने, कृपया आफ्नो पारिवारिक चिकित्सक/ प्रसूति चिकित्सकसँग परामर्श लिनुहोस् वा सामुदायिक स्रोतहरूमा पँहुच गर्नुहोस्।

निमोनिया र श्वासप्रश्वास मार्ग संक्रामणको रोकथाम बारे स्वास्थ्य जानकारीको लागि, कृपया गर्भवती महिला र आमाबुवाहरू का लागि हाम्रो सुझाव-सल्लाह पढ्नुहोस्।

संक्रमण नियन्त्रण उपायहरूद्वारा चालित बालबालिकाको भावनाहरूसँग कसरी सम्झौता गर्ने सम्बन्धी सुझाव-सल्लाहको लागि, कृपया आमाबुवाहरू का लागि हाम्रो मनोवैज्ञानिक स्वयं-स्याहार सुझावहरू पढ्नुहोस्।

कोरोना भाइरस रोग (COVID-19) बारे अद्यावधिक गरिएको स्वास्थ्य जानकारीको लागि, कृपया स्वास्थ्य विभागको स्वास्थ्य सुरक्षा केन्द्र को वेबसाइटमा जानुहोस्।