डिप्थेरिया (घटाइएको मात्रा), टिटानस तथा एसेलुलर पर्टुसिस (घटाइएको मात्रा) खोप (dTap खोप)

FHS-AN-3A (जुलाई 2020)

पर्टुसिस

पर्टुसिस, जसलाई "लहरे खोकी" भनी भनिन्छ, यो ब्याक्टेरियाको कारणले गर्दा हुने एक्युट श्वासप्रश्वास सम्बन्धी बिमारी हो। संक्रमित व्यक्तिलाई प्रारम्भमा नाकबाट पानी बग्ने, हाच्छिउँ लाग्ने, न्यून स्तरको ज्वरो आउने र मध्यम खालको खोकी लाग्ने जस्ता गैर-विशेष लक्षणहरू देखिन सक्छन्। खोकी विस्तारै थप गम्भीर हुँदै जान्छ र हिंसक खोकीको बेला खाने, पिउने र श्वासप्रश्वासमा हस्तक्षेप हुन सक्छ। लक्षणहरू हप्तौसम्म रहन सक्छन्। जटितलाहरूमा फोक्सोको संक्रमण, मुर्छा पर्ने र कोमा पर्दछन्। यो बिरामीहरूबाट निस्किने छिटाहरूसँगको प्रत्यक्ष सम्पर्कबाट फैलन्छ।

बच्चाहरू कसरी पर्टुसिसबाट संक्रमित हुन्छन्?

बच्चाहरूलाई प्राय: प्रारम्भमा नाकबाट पानी बग्ने, हाच्छिउँ लाग्ने, न्यून स्तरको ज्वरो आउने र मध्यम खालको खोकी लाग्ने जस्ता गैर-विशेष लक्षणहरू भएको हुन सक्ने उनीहरूको संक्रमित स्याहारकर्ताहरूसँगको प्रत्यक्ष सम्पर्क वा छिटाको प्रसारणबाट पर्टुसिस सर्छ।

डिप्थेरिया (घटाइएको मात्रा), टिटानस तथा एसेलुलर पर्टुसिस (घटाइएको मात्रा) खोप (dTap खोप)

  1. गर्भवती महिलाहरूलाई किन पर्टुसिस खोप लगाउन सुझाव दिइन्छ?

    शिशुहरूलाई 2 महिनाको उमेर हुँदा मात्र पर्टुसिस-विरोधी खोप लगाउन सुरु गरिन्छ। स्वास्थ्य विभागको स्वास्थ्य सुरक्षा केन्द्र अन्तर्गत रहेको खोप रोकथामयोग्य रोगहरूमा वैज्ञानिक समिति (SCVPD) ले महिलाहरूलाई प्रत्येक गर्भावस्थाको अवधिमा एसेलुलर पर्टुसिस-युक्त खोपको एउटा मात्रा प्राप्त गर्नुपर्ने सिफारिस गर्छ। डिप्थेरिया (घटाइएको मात्रा), टिटानस तथा एसेलुलर पर्टुसिस (घटाइएको मात्रा) (dTap) खोप सिफारिस छ। शिशुको खोप अझैसम्म पूरा नगरिएको हुँदा जीवनको पहिलो केही महिनाहरूमा पर्टुसिस-विरूद्ध प्रत्यक्ष सुरक्षाको लागि जन्मअघि भ्रूणमा उत्पादित एन्टिबडीहरू पास गर्न सकिन्छ।

  2. गर्भवती महिलाहरूले खोप कहिले लगाउनुपर्छ?

    खोप डेलिभरीभन्दा कम्तीमा 15 दिन अगाडि प्राथमिकताका साथ दिइनुपर्छ, जसकारण सर्वोत्कृष्ट सुरक्षाको लागि डेलिभरीअघि गर्भवती महिलाहरूमा एन्टिबडीहरू विकास गर्न र भ्रूणमा पर्याप्त एन्टिबडीहरू पारित गर्न पर्याप्त समय प्राप्त हुन्छ। अस्पताल प्राधिकरणको प्रसवपूर्व क्लिनिकहरू र स्वास्थ्य विभागको मातृ तथा बाल स्वास्थ्य केन्द्रहरूले गर्भवती महिलाहरूलाई गर्भावस्थाको 26 देखि 34 हप्तामा पर्टुसिस खोप उपलब्ध गराउने छन्।

  3. निम्न व्यक्तिहरूले dTap खोप प्राप्त गर्नुहुँदैन

    • कुनै पनि खोपको घटक (एन्टिबायोटिक वा संरक्षकहरू सहित) मा गम्भीर एलर्जिक प्रतिक्रिया देखिएको
    • पर्टुसिस-युक्त खोपको पछिल्लो मात्रापछि गम्भीर एलर्जिक प्रतिक्रिया देखिएको वा प्लाटिलेटमा क्षणिक घटेको
    • पर्टुसिस-युक्त खोपको पछिल्लो मात्राको प्रबन्धको 7 दिनभित्र अर्को पहिचानयोग्य कारणको लागि श्रेय नभएको मस्तिष्कविकृति (उदाहरण, कोमा, चेतनाको घट्दो स्तर, दीर्घकालीन सिजरहरू) विकास भएको
  4. साइड इफेक्टहरू के-के हुन्?

    • माइनर साइड इफेक्टहरूमा स्थानीय प्रतिक्रियाहरू (जस्तै दुखाइ, रातोपना वा सुन्निने) पर्दछन् जुन मध्यम खालका हुन्छन् र केही दिनसम्म मात्र रहन्छन्
    • गम्भीर साइड इफेक्टहरू, उदाहरण Guillain-Barré सिन्ड्रोम अत्यन्तै बिरलै हुन्छ
    • पर्टुसिस खोपहरू गर्भवती महिला र उनीहरूको बच्चाहरूका लागि अति सुरक्षित रहेको वैज्ञानिक प्रमाणले देखाएको छ

तपाईंसँग कुनै पनि प्रश्न छ भने, कृपया स्वास्थ्य विभागको मातृ तथा बाल स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।