संयुक्त सेवन गर्भनिरोधक चक्कीहरूको जानकारी

(Content revised 06/2013)
  1. पृष्ठभूमिको जानकारी
    • संयुक्त सेवन गर्भनिरोधक (सीओसी) चक्कीहरूमा दुई सीन्थेटिक हार्मोनहरू- ओएस्ट्रोजेन र प्रोगेस्टोजेन हुन्छन्। यसले निषेचन रोक्ने काम गर्दछ।
    • यो अति प्रभावकारी छ र सठीक तरीकाले सेवन गरियो भने विफलताको दर 1% भन्दा पनि कम्ती हुन्छ।
    • यो 21-दिन अवधिको हुन सक्छ जसमा सबै चक्कीहरूमा हार्मोन हुन्छ र प्रयोगकर्ताले प्रत्येक प्याकेटका चक्की खाई सकेपछि 7 दिनका लागि रोकिनु पर्दछ, वा एउटा 28-दिन अवधिको हुन्छ जसमा 21 हार्मोनयुक्त सक्रिय चक्कीहरू त्यसपछि 7 निष्क्रिय प्लेसेबो चक्कीहरू हुन्छन् र प्रयोगकर्ताले एउटा प्याकेट सकिएपछि तुरून्तै अर्को प्याकेटको खान थाल्नु पर्दछ। तपाईंले चक्की खान छोडेको 7 दिनको अवधि वा प्लेसेबो चक्की खाईरहेको दौरान सामान्यतः मासिक धर्म शुरू हुन्छ।
    • चक्कीहरू खानेअघि ग्राहकले डाक्टरसित परामर्श लिनु पर्दछ।
  2. सेवन विधि
    • महिलाहरूले मासिक धर्मको पहिलो 5 दिन भित्रमा चक्कीहरू खान थाल्नु पर्दछ र अतिरिक्त सुरक्षाको लागि 7 दिनसम्म कण्डोमको प्रयोग गर्नु पर्दछ।
    • चक्कीहरू दैनिक एउटै समयमा खानु पर्दछ।
  3. प्रतिकूल असरहरू
    • कतिपय महिलालाई सीओसी चक्कीहरू खान थालेको लगत्तैदेखि वाक-वाकी, बान्ता, रिंगटा चल्ने, टाउको दुख्ने, स्तनको आकार बढ्ने वा वजनमा वृद्धि हुने इत्यादि शिकायत हुन सक्छन्। केही सातापछि यीमध्य धेरैजसो लक्षणहरू साम्य हुनेछन्।
  4. तपाईं संयुक्त सेवन गर्भनिरोधक चक्कीहरू खाँदै हुनुहुन्छ र तपाईंलाई निम्न लक्षणहरू देखा पर्दछन् भने जतिसक्दो चाँडो चिकित्सकीय जाँच गराउनु होस् र आफ्नो डाक्टरलाई भन्नु होस्:
    • मुर्छा पर्ने वा ढल्ने, अत्यधिक टाउको दुख्ने, दृष्टिमा असामान्य अवरोध (खासगरि दृष्टिक्षेत्र गुमाउनु वा दृष्टि धमिलो हुनु), बोली लट्यांग्रो हुनु, कमजोडी वा शरीरको एकातिर वा एक भागमा असर पार्ने खालको पक्षाघात, खोकी सहित वा बेगरै श्वास-प्रश्वासमा बताउनै नसकिने खालको असजिलोपना, छातीको मध्यभागमा अत्यन्त दुख्ने वा छातीका दुबैतिर हुरूक्क हुनेगरि दुख्ने साथै सास फेर्नमा कठिनाई, पेट अत्यन्त दुख्ने वा पिँडूला अधिक दुख्ने ( जो ट्रमा र व्यायाम गरेपछिसित सम्बन्धित छैन), उच्च रक्तचाप वा पहेँले।
  5. तपाईंलाई निम्न शिकायत छन् भने कृपया गर्भनिरोधक चक्की सेवनलाई निरन्तरता दिने स्थितिको जाँचको लागि मातृ एवम शिशु स्वास्थ्य केन्द्र (एमसीएचसी) मा आउनु होला:
    • गर्भधारणका संकेत वा लक्षण छन् भने
    • भर्खरै थाहा लागेका रोगहरू जस्तै, हृदय रोग, घात, मधुमेह मेलिटस, हाइपरकोलेस्टेरोलीमिया (लिपिड स्तरमा वृद्धि), थ्रम्बोएम्बोलिक रोग,अर्बूद रोग वा भर्खरै थाहा लागेका चिकित्सकीय वा सर्जिकल रोगहरू
    • लामो समयदेखिको रोग (जस्तै मधुमेह मेलिटस, हाइपरटेन्शन) वा लामो समयदेखि औषधिहरू लिंदै हुनुहुन्छ (जस्तै मिर्गीरोधक, तनावरोधक)
    • शल्यक्रियाको योजना छ
    • हृदय रोग, स्ट्रोक, थ्रम्बोएम्बोलिक रोग वा अन्य रोगहरूको पारिवारिक इतिहास छ
  6. चक्की र थ्रम्बोसिस
    • तपाईं यो चक्की खानु हुँदैछ वा छैन भने पनि थ्रम्बोएम्बोलिक रोगको जोखिम हुन्छ। सेवन गर्ने गर्भनिरोधक चक्की खाने महिलाहरूमा, शिरामा रगत जम्ने जोखिम सामान्य महिलाहरूको तुलनामा अधिक तर गर्भवती महिलाहरूकोभन्दा चाहीँ कम्ती हुन्छ।
    • अध्ययनहरूले के देखाएका छन् भने, चक्कीको सेवन गर्ने महिलाहरूमा रगतको थेग्लो बन्ने धेरै जोखिम हुन्छ जसले एउटा शिरा वा धमनीलाई अवरोध पार्न सक्छ। गम्भीर मामिलाहरूमा, यसले शिरामा भयानक थ्रम्बोसिस, पल्मोनेरी एम्बोलिज्म, स्ट्रोक र हृदयाघात गराउन सक्छ।
    • शिरा वा धमनीमा रगतको थेग्लो विकसित हुन सक्ने जोखिम बोकेका महिलाहरूका लागि यो चक्की खानु उपयोगी नहुन पनि सक्छ:
      • निम्न महिलाहरूमा शिरामा रगतको थेग्लो विकसित हुने धेरै जोखिम हुन्छः जस्तै धेरै वजन भएका, उमेर भएका, हिँड-डुल नगर्ने, गर्भवती, वा शिरामा रगतको थेग्लो बन्ने पारिवारिक इतिहास भएकाहरू।
      • निम्न महिलाहरूमा धमनीमा रगतको थेग्लो विकसित हुने धेरै जोखिम हुन्छः जस्तै हृदय रोगी, उच्च रक्तचाप भएका, हाइपरकोलेस्टेरोलीमिया (लिपिड स्तरमा वृद्धि), मधुमेह मेलिटस, धुम्रपान गर्ने, धेरै वजन भएका, वा धमनीमा रगतको थेग्लो बन्ने पारिवारिक इतिहास भएकाहरू।
  7. चक्की र क्यान्सर
    • तपाईंले चक्कीहरूको सेवन गरे पनि र नगरे पनि क्यान्सर विकसित हुन सक्छ।
    • गर्भाशयी र अन्तरगर्भाशयी क्यान्सर: अध्ययनहरूले के देखाएका छन् भने चक्कीको सेवन गर्ने महिलाहरूमा गर्भाशयी र अन्तरगर्भाशयी क्यान्सरको जोखिम40% देखि 50% कम्ती हुन्छ।
    • स्तन क्यान्सर: अध्ययनहरूले के देखाएका छन् भने, एउटै उमेरका महिलाहरूमा, चक्की खानेहरूमा स्तन क्यान्सर हुने जोखिम नखानेहरूभन्दा सामान्य धेरै हुन्छ। चक्की खान छोडेपछि यो जोखिम विस्तारै घट्दछ र 10 वर्षदेखि चक्की खान छोडेकाहरूमा स्तन क्यान्सरको जोखिम, चक्की नखाएकाहरूको समान हुन्छ।
    • गर्भाशय ग्रीवा क्यान्सर (सर्वाइकल): चक्की सेवन गर्ने महिलाहरूमा सर्वाइकल क्यान्सरको जोखिम अधिक हुन्छ। तर, सर्वाइकल क्यान्सरको जोखिम बढ्नुको सोझो सम्बन्ध चक्की; वा युवा अवस्थामा यौन रूपमा सक्रिय हुनु, वा यौन सञ्चारित रोगको पूर्वको इतिहास, वा धेरै यौन साथीहरू हुनुसित छ भन्ने बारेमा अझ पनि निर्णायक निष्कर्षहरू पाइएका छैनन्।
  8. बिर्सेको चक्कीहरूका लागि नोट
  9. 1 हार्मोन चक्की बिर्सनु

      • कृपया हिजो बिर्सनुभएको चक्की तत्काल लिनु होस्
      • रहल चक्कीहरू तपाईंको निर्धारित समयानुसार लिनु होस्

    2 वा धेरै हार्मोन चक्कीहरू बिर्सनु

      • कृपया हिजो बिर्सनुभएको चक्की तत्काल लिनु होस् (अर्को बिर्सनुभएको चक्कीलाई फ्याँकि दिनु)
      • रहल चक्कीहरू तपाईंको निर्धारित समयानुसार लिनु होस्
      • गर्भधारण रोकथामको लागि आगामी 7 दिनसम्म सहायक गर्भनिरोधकको तवरमा कण्डोमको प्रयोग गर्नु होस्
      • परामर्श र संकटकालीन गर्भनिरोधकको आवश्यकता जाँच्नको लागि कृपया एमसीएचसीमा आउनु होला

    कुनै निष्क्रिय चक्की बिर्सँदा

      • बिर्सेको निष्क्रिय चक्कीलाई फ्याँकि दिनु र चक्की खान जारी राख्नु

    चिकित्सकीय परामर्श लिनेअघि, कृपया स्पष्ट अभिलेख राख्नु होस्

    1. बिर्सेको चक्की (हरू) को सठीक मिति (हरू)
    2. चक्की खान बिर्सेको र अगाडिको व्यवस्थापन सुविधाका लागि 2 साता पूर्वको अवधिमा गरिएको यौनक्रियाको मिति (हरू)
  10. अन्य औषधिरू लिने
    • अन्य औषधिहरू खानेअघि तपाईं सेवन गर्ने गर्भनिरोधक चक्कीहरू लिंदै हुनुहुन्छ भन्ने जानकारी कृपया डाक्टरलाई दिनु होस्, किनभने कतिपय औषधिले गर्भनिरोधक औषधिहरूको गर्भनिरोधक प्रभावलाई असर पार्न सक्छन्।

तपाईंका कुनै प्रश्नहरू छन् भने, कृपया आफ्नो पारिवारिक डाक्टरसित परामर्श लिनु होस् वा सल्लाहको

लागि आफ्नो एमसीएचसीमा आउनु होस्।