न्यून प्रजनन क्षमता

(Content revised 05/2016)

गर्भवती हुनु यस्तो जटिल प्रक्रिया हो कि महिनावारी चक्रको अवधिमा गर्भवती हुने भन्दा नहुने निकै ठूलो सम्भावना रहन्छ।
नियमित यौन सम्पर्क गर्ने अर्थात् कुनै गर्भनिरोधक उपाय बिना हप्ताको दुई वा तीन पटक यौन सम्पर्क गर्ने प्रजननशील जोडीको लागि समेत एउटा महिनावारीको चक्र भित्र महिला गर्भवती हुने अवस्था २५ प्रतिशत भन्दा बढी हुँदैन।
न्यून प्रजनन क्षमता के हो?

न्यून प्रजनन क्षमताको अर्थ गर्भ निरोधको उपाय बिना नियमित रूपमा यौन सम्पर्क गर्दा समेत एक वर्ष पछि गर्भवती हुनमा कठिनाइ हो।
न्यून प्रजनन क्षमता एउटा सामान्य अवस्था हो जसले प्रत्येक ६ वटा जोडीहरू मध्ये १ जोडीलाई असर पारेको हुन्छ
न्यून प्रजनन क्षमताको कारणहरू
महिला र पुरुष दुवैमा न्यून प्रजनन क्षमताका विभिन्न कारणहरू हुन्छन्। महिला र पुरुष कारक तत्त्व प्रत्येकको क्रमशः करिब ३० प्रतिशत त्यून प्रजनन क्षमताको कारण रहेको हुन्छ र बाँकी ४० प्रतिशत कि त संयुक्त समस्या हुन्छ कि त कुनै पहिचान नभएको कारण हुन्छ (अस्पष्ट न्यून प्रजनन क्षमता)। महिला र पुरुष समस्याहरूको एउटा संयोजन प्राय संयुक्त रूपमा अस्तित्वमा रहेको हुन्छ त्यसैले उक्त जोडी मूल्याङ्कनको प्रक्रियामा संलग्न हुनु पर्छ भन्ने कुरामा जोड दिनुपर्छ।

महिलामा न्यून प्रजनन क्षमता

  • उमेर: प्राकृतिक प्रजनन क्षमता महिलाको बढ्दो उमेरसँग घटेर जान्छ, खास गरेर मध्य तीस पुगे पछि
  • मेडिकल अवस्थाहरू निम्नानुसार छन्:
    • अण्ड निषेचनको समस्याहरू अर्थात् पोलिसिस्टिक ओभरी सिन्ड्रोम, चाँडै रजोनिवृत्त हुनु, थाईराईड समस्या इत्यादि।
    • बस्ती प्रदेश टाँसिएको वा ईन्डोमेट्रिओसी, बस्ती प्रदेशको सङ्क्रमण, बस्ती प्रदेशको शल्य क्रिया को कारणले अण्डवाहिनी नली बन्द भएको वा गर्भाशयको संरचनात्मक असामान्यता

पुरुषमा न्यून प्रजनन क्षमता

  • वीर्यको उत्पादन वा ढुवानीमा असर पार्ने प्रतिकूल कारक तत्त्वहरू उदाहरणको लागि धुम्रपान, मदिरापान, अअवर्तीन अण्डकोष, अण्डकोषमा अपस्फीत रक्त नली (भेरीकोसेली) वा विभिन्न सङ्क्रमणहरू वा शल्य क्रियाद्वारा यौन अङ्गको मार्गमा क्षति पुगेको

अस्पष्ट न्यून प्रजनन क्षमता

  • यदि विस्तृत इतिहास र शारीरिक जाँच पछि गरिएको अनुसन्धानले पनि कारण पत्ता लगाउन असफल भएमा यसलाई 'अस्पष्ट न्यून प्रजनन क्षमता' भनेर व्याख्या गरिन्छ।
  • अस्पष्ट न्यून प्रजनन क्षमतामा गर्भधारणको अवसरलाई असर पार्ने दुईवटा मुख्य कारक तत्त्वहरू न्यून प्रजनन क्षमताको समय अवधिमहिलाको उमेर हुन्। गर्भधारण गर्ने प्राकृतिक क्षमता उमेर ढल्केको महिलाहरूमा वा तीन वर्ष भन्दा बढी न्यून प्रजनन क्षमता भएका जोडीहरूमा घटेर जान्छ

सामान्य सुझाव

  • अण्ड निष्कासन हुने समयमा केही बढाएर (जस्तै प्रत्येक दुई दिनमा एक पटक) हप्ताको २ वा ३ पटकको नियमित यौन क्रियालाई कायम राख्नुहोस्
  • जोडीहरूद्वारा धूम्रपान, मद्यपान र लागू पदार्थ दुर्व्यसन त्याग्नुपर्छ ।
  • उल्लेखनीय रूपमा बढी तौल भएका महिलाहरूलाई गर्भधारण गर्नमा कठिनाइ हुन सक्छ र गर्भ तुहेर जाने बढ्दो जोखिम हुन्छ। अर्को तर्फ उल्लेखनीय रूपमा बढी तौल भएकाहरूमा महिनावारी सम्बन्धी गडबडी हुन सक्छ र अण्ड निष्कासन नहुन सक्छ। त्यस कारणले तिनीहरूले सर्वोत्कृष्ट शारीरिक तौललाई कायम राख्नु पर्छ।
  • राम्ररी सन्तुलित आहार, नियमित शारीरिक क्रियाकलापहरू र तनावलाई व्यवस्थापन गर्नु सर्वोत्कृष्ट प्रजनन कार्यको लागि महत्त्वपूर्ण हुन्छ।
  • जर्मन दादुरा प्रति आफ्नो रोग प्रतिरोध शक्तिबारे निश्चित नभएका महिलाहरूले गर्भ धारण गर्नु भन्दा पहिला जर्मन दादुराको सुई लिन आवश्यक भए नभएकोबारे जाँच गर्न आफ्नो पारिवारिक चिकित्सकसँग परामर्श लिनुपर्छ।

धेरै पटक बारम्बार यौन सम्पर्क गर्नाले गर्भवती हुने अव्स्थालाई वृद्धि गर्न सक्छ?

  • बारम्बार, प्रत्येक रात एक पटक यौन सम्पर्क गर्नाको वीर्यमा शुक्रकीटको सङ्ख्यामा ह्रास हुन सक्छ। अर्को तर्फ अति कम, प्रति हप्ता एक पटक भन्दा कम यौन सम्पर्क गर्नाले वीर्यमा चलफिर गर्न नसक्ने शुक्रकीट हुने तर्फ डोर्याउँछ। दुवै अवस्थाहरूले गर्भवती हुने अवसरमा प्रतिकूल असर पुर्याउँछ।

निम्नलिखित कुराहरू भएका जोडीहरूले जति सक्दो चाँडो चिकित्सकको परामर्श लिनेबारे सोच्नु पर्छ:
महिलाको लागि

  • तीसको उत्तरार्द्धमा पुगेको उमेरमा
  • तीन वा तीन पटक भन्दा बढि गर्भ तुहेको इतिहास भएमा
  • लामो र अनियमित महिनावारी चक्र भएको छ भने
  • तीन हप्ताको अन्तराल वा त्यो भन्दा कम समयको महिनावारीको चक्र भएको छ भने
  • महिनावारी हुँदा वा यौन सम्पर्क गर्दा पिडा भएमा
  • गर्भकला अस्थानता (इण्डोमेट्रिओसीस) को इतिहास छ भने
  • पेल्भिक सङ्क्रमणको इतिहास छ भने
  • पेल्भिक वा गर्भाशयको शल्यक्रिया गरेको इतिहास छ भने

पुरुषको लागि

  • बाल्य कालमा हांडे आएको भए
  • लिङ्ग उत्थान हुनमा वा वीर्य स्खलन हुनमा समस्या भएको छ भने
  • प्रोष्टेट सङ्क्रमणको इतिहास भएको भए
  • वीर्यकोष घटेको इतिहास छ भने
  • भेरिकोकेल भएको इतिहास छ भने

न्यून प्रजनन क्षमता बाँझोपन जस्तै होइन। अरू भन्दा केही अवस्थाहरू उपचार गर्न सजिलो हुन्छ। त्यस कारणले जोडीहरूलाई जति सक्दो चाँडो पेसेवर परामर्श लिनको लागि प्रोत्साहन दिइन्छ।

सहयोग कहाँ लिने?

आधारभूत न्यून प्रजनन क्षमता मूल्याङ्कन तथा उपचार अस्पताल प्राधिकरण, परिवार नियोजन संघ वा निजी क्षेत्रको स्त्री रोग विशेषज्ञ द्वारा गर्न सकिन्छ। यद्यपि यदि न्यून प्रजनन क्षमताको पहिचान गर्न सकिने कारण छैन भने वा यदि त्यो जोडीले उपचार दिइएको समय भित्र पश्चात् गर्भ धारण न गरेमा तिनीहरूलाई न्यून प्रजनन क्षमताको एक विशेषज्ञलाई वा लोक वा निजी अस्पतालहरूको सहयोग गरिएको प्रजनन एकाइमा रिफर गरिन सक्छ।
महिलाको बढ्दो उमेरसँगै उपचार सफलताको दर निकै घटेर जान्छ। उन्नत खालको सहयोग गरिएको प्रजनन प्रविधिहरूको प्रयोगले समेत ४५ वर्ष भन्दा माथिको महिलाको सफलता दर धेरै वा थोरै गरेर शून्य बराबर छ। त्यस कारणले न्यून प्रजनन क्षमता भएका जोडीहरूले जति सक्दो चाँडो पेसेवरहरूको सहयोग लिनु पर्छ ।
अन्य विकल्पहरू
यदि सबै उपचारहरू असफल भएमा वा जोडीहरू उपचारको लागि वास्तवमा योग्य नभएमा तिनीहरूले बालबच्चा बिहीन हुने कुरालाई स्विकार गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्नु पर्छ वा धर्मपुत्र वा पुत्री राख्ने बारे सोच्नुपर्छ । त्यस अवस्थाको जिम्मेवार तिनीहरू हुन् अनि तिनीहरू विभिन्न विकल्पहरूको सम्भावित परिणामलाई स्विकार गर्न तिनीहरू तयार हुनु पर्छ ।
बालबच्चा विहीनता
यदि कुनै जोडीले आफ्नै व्यक्तिगत रुचिहरू र दम्पतीको साझा रुचिहरूलाई अन्वेषण गर्नु पर्छ तिनीहरूको सामाजिक वृत्तलाई फराकिलो बनाउनु पर्छ र अरू परिवारका सदस्य र साथीहरूसँगको तिनीहरूको सम्बन्धलाई बलियो बनाउनु पर्छ।

धर्मपुत्र वा पुत्री ग्रहण
यदि कुनै जोडी मानसिक र शारीरिक रूपमा स्वस्थ्य, एउटा बच्चालाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्ने जीवन भरीको वचनवद्धता दिन र माता पिताको उत्तरदायित्व लिन तयार छन् भने तिनीहरूले एउटा बच्चालाई धर्मपुत्र वा पुत्रीको रूपमा ग्रहण गर्नको लागि निवेदन दिनेबारे सोच्न सक्छन्। अझ बढी जानकारी समाज कल्याण विभागको धर्मपुत्र वा पुत्री एकाइबाट (http://www.swd.gov.hk/) बाट प्राप्त गर्न सकिनेछ।