के मैले महिला बन्ध्याकरण रोज्नु पर्दछ?

बन्ध्याकरणबारे विचार गर्नेअघि तपाईंले निश्चित रूपमा नै आफ्नो परिवार पूरा गरि सक्नुभएको र अरू नानीहरू नजन्माउने निर्णय गरि सक्नुभएको होला। डिम्बनली बन्ध्याकरण रोज्नेअघि तपाईंले जन्म नियन्त्रणका अन्य पद्धतिहरूको जानकारी लिनु पर्दछ।

विकल्पहरूबारे आफ्नो डाक्टरलाई सोध्नु होस्
गर्भनिरोधकका बाधक पद्धतिहरू (कण्डोम, डायाफ्राम), अन्तर्गर्भीय उपकरण, हार्मोन पद्धतिहरू (जन्म नियन्त्रण चक्की, डेपोप्रोभेरा अंतःक्षेपण), र तपाईंको पुरूष साथीको लागि भ्यासेक्टोमी लगायत धेरै विकल्पहरू छन्।

  • निर्णय लिनेअघि आफ्नो साथीसित सल्लाह गर्नु र दुईपल्ट सोच्नु होस्। तपाईंका नानीहरूको संख्या, उनीहरूको शारीरिक स्वास्थ्य र तपाईंको वैवाहिक सम्बन्धहरूमा गहन विचार गर्नु पर्दछ।
  • धेरैजसो परिस्थितिहरूमा, तपाईंको संगीले पनि यो शल्यक्रियामा सहमति दिएर बन्ध्याकरणको सहमति फाराममा हस्ताक्षर गर्नु पर्ने हुन्छ
  • युवा महिला र अस्थिर वैवाहिक स्थितिबाट गुज्रिरहेका महिलाहरूले पछि गएर डिम्बनली बन्ध्याकरणप्रति पश्चाताप गर्ने धेरै सम्भावना हुन्छ।
  • डिम्बनली बन्ध्याकरणलाई उल्टाउन सकिएता पनि, यो प्रक्रिया धेरै महँगो हुन्छ, यसमा जोखिम छ, र यो सदैव सफल हुँदैन।
  • कुनै शंका छन् भने, पहिला आफ्नो डाक्टर वा अन्य स्वास्थ्य हेरचाह पेशेवारहरूसित परामर्श लिनु होस्।

के मैले बन्ध्याकरण रोज्न सक्छु?
के म बन्ध्याकरणको लागि उपयुक्त छु?

  • तपाईंले बन्ध्याकरणलाई अति उपयुक्त गर्भनिरोधक पद्धति ठान्नु हुन्छ भने, तपाईंको उमेर वा तपाईंका नानीहरूको संख्याबारे कुनै निर्धारित शर्त छैन।
  • तपाईंलाई मधुमेह, हाइपरटेन्शन वा हृदय रोग जस्ता रोगहरू छन् भने, पहिला तपाईंले डाक्टरसित परामर्श लिनु पर्दछ।
  • तपाईं शल्यक्रियाको लागि उपयुक्त हुनुहुन्छ भन्ने किटान गर्न डाक्टरले एक साधारण शारीरिक परीक्षण गर्ने छ।

डिम्बनली बन्ध्याकरणका के जोखिमहरू छन्?

  • एनेस्थेसियाको सामान्य जोखिम
  • अंत्रवृद्धि
  • घाउको फाँटो मेटाउन कहिलेकाहीँ सिलाई गर्नु पर्न सक्छ।
  • घाउबाट रगत आउने
  • उदर-गह्वरमा संक्रमण
  • मूत्राशय, आँत वा मूत्रवाहिनीमा क्षति
  • घाउको संक्रमण

तर, यी सबै जटिलताहरू दुर्लभ हुन्। थप विवरणबारे डाक्टरले तपाईंलाई विस्तारमा बताउने छ।

चिन्ता नगर्नु होस्, बन्ध्याकरणबाट तपाईंको सामान्य स्वास्थ्य वा यौन जीवनमा कुनै प्रतिकूल असर पर्दैन।
बन्ध्याकरण

  • बाट वजन बढ्ने छैन
  • बाट मनस्थितिमा परिवर्तन आउने छैन
  • बाट चाँडै मासिक धर्म बन्द हुने छैन
  • बाट मासिक धर्ममा गडबडी हुने छैन

शल्यक्रियापछि कति दिनमा म स्वस्थ हुने छु?

  • तपाईंले 1-2 दिन ओछ्यानमा आराम गर्नु पर्दछ र सामान्यतः 1 साताभित्रमा तपाईं काममा फर्कन सक्नु हुन्छ।
  • शल्यक्रियाका प्रारम्भिक केही दिनमा तपाईंलाई सामान्य दुख्न सक्छ र साधारण पीडानाशक औषधि खानु पर्न सक्छ।
  • 2 सातासम्म तपाईंले कठोर व्यायामहरू गर्नु हुँदैन।
  • तपाईंको सहुलियतको हिसाबले यौनक्रिया थाल्न सक्नु हुन्छ।

मैले शल्यक्रिया कहाँ गराउनु पर्दछ?
विशेष प्रसूति सेवा उपलब्ध गराउने अस्पताल अख्तियारका अस्पतालहरूमा महिला बन्ध्याकरण गरिन्छ। सामान्य प्र्याक्टिशनर, सामान्य वाह्य-रोगी क्लिनिकहरू वा मातृ एवम शिशु स्वास्थ्य केन्द्रहरूबाट यी विशेष सेवाहरूका लागि परामर्श पत्रहरू प्राप्त गर्न सकिन्छ।

तपाईं बन्ध्याकरणको लागि निजी स्त्रीरोग विशेषज्ञकहाँ पनि जान सक्नु हुन्छ।