प्रोगेस्टोजेन-मात्र गर्भनिरोधक चक्कीहरू (मिनिपिल) बारे जानकारी

(Content revised 08/2012)
  1. पृष्ठभूमिको जानकारी
    • प्रोगेस्टोजेन-मात्र गर्भनिरोधक चक्कीहरू (मिनिपिल) मा एउटा सीन्थेटिक हार्मोन, प्रोगेस्टोजेन हुन्छ। यसले डिम्बोत्सर्जनलाई रोक्छ, वीर्यलाई अगाडि जानबाट र भ्रूणलाई स्थापित हुनबाट वाधा दिन्छ।
    • स्तनपान गराउने माताहरूका लागि यो उपयोगी छ किनभने यसले स्तनको दूध उत्पादनमा असर पार्दैन।
    • चिकित्सकीय वा अन्य कुनै कारणले संयुक्त सेवन गर्भनिरोधक चक्कीहरूको प्रयोग गर्न नसक्ने महिलाहरूका लागि यो एक विकल्प हो। उदाहरणको लागि, धुम्रपान गर्ने वा मधुमेह मेलिटस, हाइपरटेन्शन वा अन्य रोगभएका महिलाहरू जसलाई ओएस्ट्रोजेन लिंदा नोक्सानी हुन्छ।
    • चक्कीहरू खानेअघि ग्राहकले डाक्टरसित सल्लाह लिनु पर्दछ।
  2. सेवन विधि
    • सामान्यतः, महिलाले मासिक धर्मभएको 5 दिन भित्रमा चक्कीहरू खान थाल्नु पर्दछ।
    • चक्की खाएको 3 घण्टा भित्रमा बान्ता भयो भने, पर्याप्त गर्भनिरोधक प्रभावको लागि जतिसक्दो चाँडो अर्को चक्की लिनु होस्।
    • तपाईंलाई बान्ता भईरह्यो वा गम्भीर पखाला चल्यो भने, कृपया तपाईं निको नहुञ्जेल र निकोभएको 7 दिनपछि सम्म एक समर्थक गर्भनिरोधकको तवरमा कण्डोमको प्रयोग गर्नु होला।
    • प्रतिदिन एउटै समयमा चक्कीहरू लिनु पर्दछ।
  3. प्रतिकूल असरहरू
    • तपाईंलाई अनियमति रक्तस्राव, मासिक धर्मको स्रावमा कमी वा स्राव नै नहुने समस्या हुन सक्छ जसको सम्बन्ध, प्रोगेस्टोजेनको हार्मोन प्रभावसित छ।
    • प्रयोगको प्रारम्भिक अवधिमा स्तन दुख्ने, वाक-वाकी हुने, व्रण, टाउको दुख्ने र मनःस्थिति परिवर्तन हुने जस्ता अन्य आम प्रतिकूल असरहरू देखिन सक्छन् र यी सामान्यतः पहिला केही महिनामा साम्य हुन्छन्।
    • तपाईंलाई निम्न लक्षणहरू देखिन्छन् भने कृपया जतिसक्दो चाँडो चिकित्सकीय जाँच गराउनु होस् र आफ्नो डाक्टरलाई तपाईं प्रोगेस्टोजेन-मात्र गर्भनिरोधक चक्कीहरू सेवन गर्दै हुनुहुन्छ भन्ने बताउनु होस्:
      • चक्की खान थालेपछि थालनीमा नै चर्को टाउको दुखाई वा माईग्रेन, बेहोशी, रक्तचापमा वृद्धि, कमजोडी, वा, एकातिर वा शरीरको एक भागमा असर पार्ने झन्झनाहट/जडता, त्वचा वा आँखाको सेतो भाग पहेँलिने (पहेँले), पेट दुख्ने, पिँडूला दुख्ने वा हुरूक्क हुनेगरि छाती दुख्ने समस्या।
    • तपाईंका निम्न समस्या छन् भने, गर्भनिरोधक चक्कीलाई निरन्तरता दिनको लागि तपाईंको उपयुक्तताको जाँच गराउन कृपया मातृ एवम शिशु स्वास्थ्य केन्द्रमा आउनु होस्:
      • गर्भधारण भएको कुनै संकेत वा लक्षणहरू छन्;
      • भर्खरै थाहा लागेका रोगहरू, जस्तै हृदय रोग, स्ट्रोक, मधुमेह, हाइपरलिपिडेमिया (रगतमा अत्यधिक लिपिडको उपस्थिति), थ्रम्बोएम्बोलिक रोग, क्यान्सर वा भर्खरै थाहा लागेका अन्य चिकित्सकीय एवम सर्जिकल रोगहरू।
  4. बिर्सेका चक्कीको व्यवस्थापन (डेसोगेस्ट्रेल {एक सीन्थेटिक प्रोगेस्टोजेन}गर्भनिरोधक चक्कीमा मात्र लागू हुने जानकारी)
    • 12 घण्टाभन्दा कम्ती समयमा 1 चक्की खानमा अबेर
      • अबेरभएको चक्की कृपया तुरून्त लिनु होस्
      • रहल चक्कीहरू तपाईंको नियमित समयानुसार लिनु होस्
    • 12 घण्टाभन्दा धेरै समयसम्म चक्की/चक्कीहरू खानमा अबेर
      • अबेरभएको चक्की कृपया तुरून्त लिनु होस्
      • रहल चक्कीहरू तपाईंको नियमित समयानुसार लिनु होस्
      • समर्थक गर्भनिरोधकको तवरमा गर्भधारण रोकथामको लागि आगामी 7 दिनसम्म कण्डोमको प्रयोग गर्नु होस्।
      • परामर्श र संकटकालीन गर्भनिरोधकको आवश्यकता जाँचको लागि कृपया जतिसक्दो चाँडो मातृ एवम शिशु स्वास्थ्य केन्द्रमा आउनु होस्।
  5. अन्य औषधिहरूको प्रयोग
    • अन्य औषधि लिनेअघि कृपया आफ्नो डाक्टरलाई तपाईं सेवन गर्भनिरोधक चक्की लिंदै हुनुहुन्छ भन्ने बताउनु होस्, किनभने कतिपय औषधिले गर्भनिरोधक चक्कीहरूको गर्भनिरोधक प्रभावलाई असर पार्न सक्छन्।

तपाईंका कुनै प्रश्न छन् भने, कृपया मातृ एवम शिशु स्वास्थ्य केन्द्रमा परामर्शको लागि आउनु होस्।

परिवार स्वास्थ्य सेवा
वेबसाइट: www.fhs.gov.hk
24-घण्टा सूचना हटलाइन: 2112 9900