परिवार नियोजन सेवाको बारेमा सूचना

(Content revised 01/2014)

बच्चा जन्माउन सक्ने उमेरको महिलाहरूलाई परिवार नियोजन सेवाको लागि नजिकैको मातृ र शिशु स्वास्थ्य केन्द्रमा आउन स्वागत छ। परामर्श र स्वीकृत उपयुक्त गर्भनिरोधक तरिकाहरू प्रदान गरिनेछ। बाझोपनको समस्याहरू भएका ग्राहकहरूलाई परामर्श पनि दिइनेछ र उचित भएअनुसार विशेषज्ञलाई सिफारिशको व्यवस्था गरिनेछ।

  1. सेवा सञ्चालन सत्रहरू:

    यदि कसैलाई (साथीहरू, गर्भवती महिला र बच्चाहरू लगायत) ज्वरो, खटिरा सहित पुटिका छअथवा हालैमा सङ्क्रामक रोगहरू लागेको छ वा रोगहरू लागेकाहरूसंग सम्पर्कमा आएको छ भने कृपया मातृ र शिशुस्वास्थ्य केन्द्रमा प्रवेश नगर्नुहोला।

  2. केन्द्रमा आउनुहुँदा कृपया निम्न लिखित कागजातहरू लिएर आउनुहोस्:
    1. वैध हङकङ परिचयपत्र

      (यी नभएकाहरूले, कृपया वैध यात्रा कागजातहरू लिएर आउनुहोस्)

    2. मातृ र शिशु स्वास्थ्य केन्द्र परिवार नियोजन दर्ता कार्ड

      (फलो-अपको लागि आँउदा मात्र)

  3. मौखिक गर्भनिरोधक चक्की लिइरहेकाहरूको लागि, तपाई आउनु हुँदा कृपया बाँकी रहेका गोलीहरू र गोलीको खाम लिएर आउनुहोस्।सामान्य प्रक्रियाहरू :

    दर्ता
    उपयुक्त रूपमा सेवाहरू प्राप्त गर्नुहोस्:

    • नर्ससंग अन्तरवार्ता
    • चिकित्सा परामर्श (छनौट मामिलाहरूको लागि मात्र)

N.B. परिवार नियोजन सेवामा न त नियमित शारीरिक जाँच नसर्भिकल स्मियर परीक्षण नै समावेश छ।