प्रसवोत्तर स्याहार र परिवार नियोजन

(03/2018 संशोधन गरिएको)(12/2019 फेरि प्रिन्ट)

जन्म दिएपछि, महिलाको शारीरिक प्रणाली गर्भावस्थाभन्दा पहिलेको स्थितिमा फर्किनेछ। यो अवधि सामान्यतया 6 हप्तासम्म रहन्छ र यसलाई प्यूपेरियम भनिन्छ। यस समयावधिमा उचित स्याहार महत्त्वपूर्ण हुन्छ। स्वास्थ्यलाभ सुनिश्चित गर्नको लागि प्यूपेरियम पश्चात प्रसवोत्तर चेकअप गरिनुपर्छ। यसबाहेक, अहिले भविष्यको लागि पारिवारिक जीवनको राम्रो जग बसाउनका निम्ति परिवार नियोजनको लागि गर्भनिरोधको विधि बारे छलफल गर्नु दम्पत्तिको लागि उच्चतम समय हो।

लोचिया के हो?

डेलिभरीपछि गर्भाशय गर्भवती हुनुभन्दा पहिलेको आकारमा फर्किनेछ। योनीबाट पास हुने रद्दी तन्तुलाई लोचिया भनिन्छ।

  • पहिलो केही दिनदेखि 1 हप्तामा, लोचियाको मात्रा भारी हुने गर्छ र रातो रङको देखिन्छ।
  • लोचियाको रङ गुलाबी रङमा परिवर्तन हुनेछ र अर्को हप्तासम्म कायम रहन्छ।
  • अन्त्यमा यो सेतो तरलमा परिवर्तन हुनेछ र विस्तारै हराउँदै जान्छ।
  • लोचियाबाट मुक्त हुनको लागि सामान्यतः 2 देखि 6 हप्ता लाग्ने गर्छ।
  • स्तनपानले गर्भाशयलाई संकुचन हुन र सामान्य आकारमा फर्किनमा मद्दत गर्ने हर्मोन थप निकाल्नको लागि मस्तिष्कलाई प्रोत्साहित गर्न सक्छ। लोचिया पास हुने अवधि संक्षिप्त हुनेछ। यद्यपि, आफ्ना बच्चाहरूलाई छोटो समयको लागि मात्र स्तनपान गराउने आमाहरूले स्तनपान गराउन रोकेपछि, लोचिया विस्तारै हराउनुभन्दा अगाडि गुलाबी वा सेतो रङबाट रातो रङमा परिवर्तन हुन सक्छ।

चिकित्सकको परामर्श कहिले लिनुपर्छ?

यदि नराम्रो गन्ध आएर लोचियाको मात्रामा वृद्धि वा ज्वरो आएर तल्लो पेटमा पिडा भयो भने, त्यसपछि उचित जाँच र व्यवस्थापनको लागि चिकित्सकको परामर्श लिनुपर्छ।

रजस्वला कहिले फर्किनेछ?

  • स्तनपान गराउने आमाहरूको लागि यो प्राय: 4 देखि 6 हप्तामा फर्किनेछ। आफ्ना बच्चाहरूलाई स्तनपान गराउने आमाहरूको लागि, रजस्वला पछि फर्किनेछ।
  • रजस्वला अझै नफर्किए तापनि, दम्पत्तिले यौन समागमलाई फेरि निरन्तरता दिँदा भरपर्दो गर्भनिरोधको अभ्यास गर्नुपर्छ।

मलाई किन बारम्बार पिसाब लाग्ने र पिसाब गर्दा पोल्ने हुन्छ?

बारम्बार पिसाब आउनु र पिसाब गर्दा पोल्नु मूत्रमार्गको संक्रमणको लक्षण हुन सक्छ, जुन प्रसवोत्तर महिलाहरूको लागि सामान्य हो। तपाईंलाई यीमध्ये कुनै पनि लक्षण देखिएमा, कृपया चिकित्सकसँग परामर्श लिनुहोस्।

कपाल किन अत्यधिक झर्ने गर्छ?

  • गर्भावस्थाको अवधिमा, कपाल धेरै झर्ने क्रम बढ्दो चरणमा हुन्छ। डेलिभरीपछि, अवस्था परिवर्तन हुन्छ र कपाल विश्राम चरणमा फर्किनेछ। यसरी प्रत्यक्ष रूपमा धेरै कपाल झरेको हुन्छ।
  • यो अवस्था डेलिभरीपछि 4 देखि 20 हप्तासम्म रहन्छ। यो कुनै पनि उपचारबिना डेलिभरीको 6 महिनाभित्र पूर्ण रूपमा निको हुनेछ। त्यसैले चिन्ता लिनुपर्दैन।
  • लगातार गर्भावस्थामा कपाल झर्नु कम उल्लेखनीय हुनेछ।

डेलिभरीपछि आहार सम्बन्धी सुझाव के हुन्छ?

  • आमाले सन्तुलित आहार कायम राख्नुपर्छ र दूध र वैकल्पिकहरू, मासु, माछा, अण्डा र वैकल्पिकहरू (सिमी सहित), सागसब्जी, फलफूल र अन्नहरू (भात, चाउचाउ र रोटी) जस्ता पाँच आधारभूत खाद्य समूहहरूबाट खाना छनोट गर्नुपर्छ। यी पाँच आधारभूत खाद्य समूहहरूबाट पर्याप्त अंशहरूले आमाहरूलाई डेलिभरीबाट स्वास्थ्यलाभ हुन र स्तनपानको लागि तयार पार्न मद्दत पुर्‍याउँछ।
  • नवजात शिशुहरूको कलेजोको प्रकार्य परिपक्व भइ नसकेको हुन सक्ने भएकोले स्तनपान गराउने आमाहरूले चिकित्सकको सुझाव-सल्लाह बिना कुनै पनि औषधि लिनु हुँदैन।

पेरिनियल घाउको हेरचार कसरी गर्ने?

  • प्रत्येक पटक पिसाब र दिसा गरेपछि शावरले घाउलाई सफा गर्नुहोस्।
  • पटक पटक न्यापकिन फेर्नाले र व्यक्तिगत स्वास्थ्यलाई कायम राख्नाले घाउलाई चाँडो निको बनाउन सक्छ।
  • यदि घाउ खुला भयो वा संक्रमणको लक्षणहरू देखा परेमा, चिकित्सकसँग परामर्श लिनुहोस्।

पेटको घाउको हेरचाह कसरी गर्ने?

  • टाँकाहरू निकालिसकेपछि चिरा परेको वा संक्रमण भएको कुनै संकेत देखा परेन भने, सामान्य अवस्थामा जस्तै नुहाउन सकिन्छ।
  • यदि घाउ रातो छ, सुन्निएको, पोलेको, चिलाउने खालको छ वा त्यसबाट तरल पदार्थ निस्किरहेको छ भने, ढिला नगरीकन उचित जाँच र व्यवस्थापनको लागि चिकित्सकसँग परामर्श लिनुपर्छ।

बच्चा जन्माइसकेपछि यौन जीवनलाई कहिले फेरि सुरु गर्न सकिन्छ ?

  • जन्म दिइसकेपछि, शरीरलाई गर्भावस्थाभन्दा पहिलेको स्थितिमा फर्किनको लागि केही समय लाग्छ। यो अवधि, जसलाई प्यूपेरियम भनिन्छ, सामान्यतया 6 हप्तासम्म रहन्छ।
  • प्यूपेरियम समापन हुँदा, लोचियाबाट मुक्त भइनेछ, गर्भाशय आफ्नो प्राकृतिक आकारमा फर्किनेछ, गर्भाशयको लाइनिङ पुनः प्राप्ति हुनेछ, पाठेघरको मुख बन्द हुनेछ, योनीको झिल्ली सामान्य अवस्थामा फर्किनेछ र पेट वा प्यूपेरियममा भएको घाउ निको हुनेछ। यस समयमा, आमा भावनात्मक र शारीरिक रूपमा तयार भए यौन जीवनलाई पुनः आरम्भ गर्न सकिन्छ।

यौनजन्य समागम पुनः आरम्भ गर्नको लागि के कुरामा ध्यान दिनुपर्छ?

  • डेलिभरीपछि यौनजन्य समागम पुनः आरम्भ गर्दा, आमाले आफ्नो योनीमा केही समय सुख्खापन साथसाथै प्यूपेरियममा हल्का पिडा र अनौठो अनुभव गर्नुहुनेछ। कारणहरू प्रायजसो मनोवैज्ञानिक हुने गर्छन्। उहाँलाई समागमको केही समय पश्चात विस्तारै यसमा बानी पर्न सक्छ र यी असजताहरू प्राकृतिक रूपमा कम हुँदै जानेछन्।
  • यौन जीवनको प्रारम्भिक पुनर्ग्रहणमा अत्याधिक जोरदार प्रयास गर्ने र गहिरोसम्म घुसाउने कार्य गर्नुहुँदैन। आमालाई के कुराले राम्रो महसुस हुन्छ भन्ने कुरालाई प्राथमिकता दिइनुपर्छ।
  • समागमको अवधिमा रक्तस्राव, पीडा वा कठिनाइहरू भएमा चिकित्सा जाँच खोज्नुपर्छ।

डेलिभरी भए पछिको यौन गतिविधिहरूले घाउलाई चिरा पारेर छुट्टाउनेछ?

  • सामान्यता, पेरिनियल घाउ प्यूपेरियम पश्चात निको हुनेछ। त्यसकारण, यौनजन्य समागमले घाउलाई छुट्टाउनेछैन।

गर्भनिरोध उपाय कहिले प्रयोग गर्नुपर्छ?

डेलिभरीपछि पहिलो 4 हप्तासम्म अण्डोत्सर्ग नहुने भए तापनि, गर्भधारण गर्नबाट टाढा रहनको लागि दम्पत्तिले यौनजन्य समागम पुनः आरम्भ गरिसकेपछि भरपर्दो गर्भनिरोध उपाय प्रयोग गर्नुपर्छ। मातृ तथा बाल स्वास्थ्य केन्द्रहरूले महिलाहरूलाई पेशागत गर्भनिरोधक सुझाव-सल्लाह प्रदान गर्दछ।