प्रसव पछि सेवाको सूचना

प्रसव पछि सेवाको सूचना

महिलाहरू प्रसवको छ हप्ता पछि नजिकैको मातृ र शिशु स्वास्थ्य केन्द्रमा प्रसव पछिको समस्याको प्रारम्भिक पत्ता लगाउन र समुचित व्यवस्थापनलाई सुविधाजनक बनाउन प्रसव पछिको चेक-अपको लागि जान सक्छन्। प्रसव पछिको आमाहरूलाई शारीरिक परीक्षण र परिवार नियोजनमा सल्लाह प्रदान गरिनेछ ।

  1. सेवा सञ्चालन सत्रहरू:
  2. यदि कसैलाई (साथीहरू, गर्भवती महिला र बच्चाहरू लगायत) ज्वरो, खटिरा सहित पुटिका छअथवा हालैमा सङ्क्रामक रोगहरू लागेको छ वा रोगहरू लागेकाहरूसंग सम्पर्कमा आएको छ भने कृपया मातृ र शिशु स्वास्थ्य केन्द्रमा प्रवेश नगर्नुहोला।

  3. केन्द्रमा आउनुहुँदा कृपया निम्नलिखित कागजातहरू लिएर आउनुहोस्:
    1. वैध हङकङ परिचयपत्र
    2. (यी नभएकाहरूले, कृपया वैध यात्रा कागजातहरू लिएर आउनुहोस्)

    3. अस्पतालबाट निस्केको कार्ड वा प्रसव रेकर्ड कार्ड
  4. सामान्य प्रक्रियाहरू:
  5. दर्ता
    उपयुक्त रूपमा सेवाहरू प्राप्त गर्नुहोस्:

    • वजन र रक्तचापको मापन
    • नर्ससंग अन्तरवार्ता
    • चिकित्सा परामर्श (शारीरिक चेक अप)
  6. परिवार नियोजन केन्द्रमा परिवार नियोजन परामर्श सेवाको लागि भाग लिन तपाईलाई स्वागत छ। व्यक्तिगत आवश्यकताहरू अनुसार उपयुक्त परिवार नियोजन विधिहरू कन्डम, गर्भ निरोधक गोली, हर्मोनल इन्जेक्सन, अंतर्गर्भाशयी यन्त्र र पोस्ट-कोईटल/आकस्मिक गर्भ निरोधकहरू निर्धारित गरिन्छ।

N.B. यदि नियुक्ति मितिमा तपाईलाई मासिक धर्म छ भने, कृपया MCHC को कर्मचारीसंग सम्पर्क गर्नुहोला।
तैपनि, यदि तपाईलाई लगातार सूति-स्राव छ भने, कृपया निर्धारित समयमा आउनु होला।