प्रसावपछिको महिलाको लागि जीवनशैली व्यवस्थापन

(Published 01/2017)

तपाईंले आफ्नो बच्चलाई स्तनपान गराउनुभयो वा गराउनुभएन, यो महत्त्वपूर्ण हुन्छ कि नयाँ आमाहरूले जन्म दिएपछि विभिन्न प्रकारका पौष्टिक खाद्य पदार्थहरूको चयन गर्नुहोस्। आफ्नो दैनिक आहारमा अन्न, सब्जी, फल, मासु, माछा, अण्डा, (वा विकल्प) र दुध वा तपाईंको दैनिक आहारको विकल्प समावेश गर्नुहोस्। तौल बढ्नबाट बच्नको लागि, ध्यानपूर्वक चयन गर्नुहोस् र उच्च चिल्लो वा चिनी भएको भोजन रोक्नुहोस्। यहाँ केही उपयाहरू दिएका छन्:

  • मासु खानु हुँदा छाला र देखिएको चिल्लो हटाउनुहोस्।
  • खाना पकाउनमा प्रयोग गरिने तेलको मात्रा नियन्त्रण गर्नुहोस् (प्रति दिन प्रति मानिसहरूलाई 5-6 ठूलो चम्चाहरूमा सीमित गर्नुहोस्)।
  • बिस्कुट, केक वा भुटेको खाद्य पदार्थहरू न्यून र सीमित गर्ने चयन गर्नुहोस्।

व्यायामको लागि केही समय निकाल्नुहोस्। तपाईंको बच्चको स्यहारको लागि अरूको सहायता लिनुहोस्। शारीरिक व्यायामले तपाईंको परिश्रम पछि वा अवधिमा अनुभव गर्नुभएको थकानलाई कम गर्नसक्छ। व्यायामले नयाँ आमालाई सकारात्मक रहन मद्दत गर्न र चिन्ता तथा डिप्रेसन विकास हुने अवसर न्यून गर्नसक्छ। तपाईंको लागि यहाँ केही नयाँ सजिलो उपायहरू छन्:

  • आफ्नो बच्चासँग पार्क हिड्नुहोस्। आफ्नो बच्चालाई स्ट्रोलरमा राख्नुहोेस्। यो अभिभावक-बच्चको लागि राम्रो समय हो। वातावरणमा भएको परिवर्तनले तपाईंलाई आनन्द गर्न मद्दत गर्नसक्छ।
  • तपाईं बाहिर जाँदा सिढींमा तल वा माथि गर्नुहोस्।
  • आफ्नो शक्ति बुस्ट गर्न साप्ताहिक रूपमा एक वा दुई पटक व्यायाम कक्षामा सहभागि हुनुहोस्। आफ्नो बच्चालाई अस्थायी रूपमा स्यहार गर्न परिवारको सदस्यहरूबाट मद्दत माग्नुहोस्।