स्तन सम्बन्धी जागरूकता

(Content revised 08/2015)

स्तन जागरूकताको आशय आफ्नो सामान्य स्तन ऊतकसँग परिचित हुने र महीनाको अलग-अलग समयमा यो कसरी बदलिन्छ भन्ने कुराललाई बुझ्नु हो।

समय-समयमा आफ्नो स्तनलाई हेर्ने र महसुस गर्ने बानी बनाउनुहोस् ताकि तपाईं कुनै परिवर्तनलाई बुझ्नु सक्नुहोस् जुन तपाईंलाई असामान्य हुनसक्छ। यो तपाईंको शरीरको हेरचाह गर्ने एक महत्त्वपूर्ण हिस्सा हो।

स्तनमा अधिकांश परिवर्तन सौम्य प्रमाणित हुन्छ तर तपाईंले आफ्नो डाक्टरलाई सधै कुनै पनि चिन्तालाई बताउनुपर्छ।

स्तन सम्बन्धी जागरूकताको लागि 4-बिन्दु कोड

  1. तपाईंको के सामान्य छ जान्नुहोस्
    • गर्भधारण क्षमताको वर्षको अवधिमा, रजस्वला सुरु हुनभन्दा केही समय पहिले प्रायजसो स्तन बढ्ने, नरम हुने र धर्म शुरू होने से कुछ समय पहले स्तन अक्सर बढ़ते, मुलायम और ढेलेदार हुन्छ तर रजस्वला पूरा भएपछि सामान्य हुन्छ।
    • रजोनिवृत्तिपछि, स्तनको आकार प्रायजसो कम बाक्लो र कडा सख्त हुन्छ र धेरै चर्पिजन्य हुन्छ जसले गर्दा स्यन नरम महसुस हुन्छ।
  2. परिवर्तनलाई किन देख्ने र के महसूस गर्ने भन्ने बारे जान्नुहोस्
    • कृपया समिपको पृष्ठमा सूचीबद्ध असामान्य परिवर्तनहरूलाई ध्यान दिनुहोस्।
  3. हेर्नुहोस् र महसुस गर्नुहोस्
    • आफ्नो कपडा परिवर्तन गर्ने समयमा ऐनेमा आफ्नो स्तन हेरेर महसुस गर्न सक्नुहुन्छ वा नुहाउने समयमा वा तल झुकेर हेरी महसुस गर्न सक्नुहुन्छ।
  4. कुनै पनि परिवर्तनको बारेमा आफ्नो चिकित्सकलाई तुरुन्तै बताउनुहोस्
    • तपाईंको स्तन कसरी सामान्य देखिन्छ र महसुस हुन्छ र देखिन्छ भन्ने कुरा यो तपाईं बाहेक कसैले जान्न सक्दैन। यदि तपाईंले कुनै परिवर्तन देक्नुहुन्छ भने जति सक्दो छिटो आफ्नो चिकित्सकलाई बताउनुहोस्।
    • कृपया चिन्ता नलिनुहोस् किनकी स्तनमा परिवर्तन सामान्य र हानिरहित हुन्छ।

मलाई के-के परिवर्तनहरू बुझ्न आवश्यक छ?

  • स्तन
    • रूपरेखा, बनावट वा आकारमा परिवर्तन
    • छालामा संकुचन वा धब्बा बन्ने
    • कुनै नयाँ अलग गाँठा
    • असामान्य पीडा वा असहजता, विशेष रूपमा यदि नयाँ लगातार र स्थानीयकृत हो भने
  • निप्पल
    • हालको आकारमा कुनै व्युत्क्रम वा परिवर्तन
    • कुनै प्रकारको स्राव
    • तपाईंको निप्पलको नजिक कुनै बिबिरा आउने
  • बगलें
    • काखीमा सुन्निने
    • लगातार पीडा हुने

कुनै पनि सोधपूछको लागि चिकित्सा वा नर्सिङ कर्मचारीलाई सम्पर्क गर्न तपाईंलाई स्वागत गरिन्छ।