महिनावारी हुनुपूर्वको लक्षण
प्रत्येक महिनामा केही दिनहरू किन नराम्रा हुन्छन्?
हो, मेरो हात र पाइताला महिनावारी हुनुअघि केही बोल्छ!
मैले महिनावारी हुनुअघि किन प्राय: स्तनमा दुख्ने र पोल्ने गर्छ?
महिनावारी हुनुपूर्वको लक्षण वा पिएमएस एउटा आम घटना हो। एउटा स्थानीय सर्वेक्षणले देखाए अनुसार प्रत्येक १० जना महिलाहरूमा ६ जना भन्दा बढीले महिनावारी हुनु भन्दा पहिला पिएमएसको निश्चित लक्षणहरू अनुभव गर्ने गर्छन् । तिनीहरू मध्ये करिब ३ देखि ८ जना महिलाहरूले आफ्नो लक्षणहरूलाई गम्भीर भएको सोच्ने गर्छन् ।
पिएमएस के हो?
पिएकएस महिनावारी हुनु भन्दा पहिला महिलामा आवधिक शारीरिक असुविधाको साथै मनोवैज्ञानिक र व्यवहारगत परिवर्नहरूसँग सम्बन्धित रहेको छ । पिएमएसको चरित्र एउटा महिनावारी हुनु भन्दा एक देखि दुई हप्ता पहिला हुने र महिनावारीको रगत बगेको केही समय पश्चात् प्राकृतिक रूपमा यो हराएर जानेबाट निर्धारण हुन्छ । गम्भीर मामिलाहरूमा यसले दैनिक कार्य, दैनिक जीवन र अन्तर व्यक्ति सम्बन्धमा बाधा पुर्याउन सक्छ जसले त्यसको बदलामा जीवनको गुणस्तरमा असर पार्छ ।
पिएमएसको लक्षणहरू के हुन्?
पिएमएससँग सम्बन्धित लक्षणहरू १५० वटा जति हुन सक्छन् अनि साझा लक्षणहरूलाई निम्न बमोजिम सूचीकृत गरिएको छ:
शारीरिक लक्षणहरू:
- स्तन सुन्निने / कोमल हुने
- अङ्ग प्रत्यङ्गहरू सुनिने / फुलिने
- शरीरको तौल बढ्नु
- टाउको दुख्नु
- धपेडी हुने र प्रणालीगत कमजोरी
मनोवैज्ञानिक र बानी व्यहोरागत परिवर्तनहरू:
- मनोभावमा अस्थिरता हुनु र झोक्कीनु
- एकाग्र हुनमा कठिनाइ
- बिर्सिने बानी
- आवेगशील भएर प्रतिक्रिया गर्नु / व्यवहार गर्नु
- निदाउनमा कठिनाइ, निन्द्रा नलाग्नु वा निन्द्रालु हुनु
- भोक र खानाको प्राथमिकतामा परिवर्तन (अति गुलियो वा उच्च बोसोयुक्त खाने कुराको लागि लोभ हुनु)
जहाँ आवश्यक हुन्छ पूर्व महिनावारीको असुविधाको कष्ट भोगि रहेको महिलाले चिकित्सकको परामर्श लिनु पर्छ र उपयुक्त सहयोग लिनु पर्छ।
पिएमएस के ले हुन्छ?
- रजोनिवृत्ति हुनु पूर्वका महिलाहरूमा पिएमएको असरहरू पर्न सक्ने हुन्छ अनि २५ देखि ४५ वर्ष उमेर पुगेका महिलाहरू खास गरेर आघात योग्य हुने गर्छन् ।
- एउटा पिएमएसको मामिलालाई निश्चित गर्नको लागि यो एक पटक हुने लक्षणहरू वा एकमात्र मेडिकल परामर्श माथि भर पर्दैन । पिएमएसको क्लिनिकल पहिचानको निष्कर्षमा पुग्नु भन्दा पहिला चिकित्सकले दैनिक लक्षणहरू र तिनीहरूको तीव्रता बारे लगातार तीन महिनासम्मको विस्तृत विवरण हेरे पछि पूरा चिकित्सा इतिहास र शरीर जाँचको आधारमा अन्य शारीरिक वा मनोवैज्ञानिक रोगहरूको सम्भाव्यतालाई घटाउन आवश्यक हुन्छ । पिएमएसको शङ्का भएमा उपयुक्त उपचार पाउनको लागि उपयुक्त जाँचबुझ र रोग पहिचानको लागि तपाईंले स्वास्थ्य पेसा कर्मीसँग परामर्श गर्नु पर्नेछ ।
पिएमएस किन हुन्छ?
शारीरिक कारक तत्त्वहरू:
- हर्मोनको असन्तुलन
- न्यूरो प्रसारक असन्तुलन
मनोवैज्ञानिक र सामाजिक कारक तत्त्वहरू:
- दैनिक जीवनमा तनाउहरू व्यक्तिगत चरित्र जीवन प्रति को मनोभावहरू पिएमहरूमा सान्दर्भिक हुने गर्छन् ।
- मानसिक तनाउले अन्त स्त्राबी प्रतिक्रियाहरूमा असर पर्न सक्ने भएकोले मानसिक र मनोवैज्ञानिक कारक तत्त्वहरू पिएएसहरूको तिब्रतामा एक अर्काबीच सम्बन्धित हुन्छन् भन्ने कुरा अध्ययनहरूले देखाएको छ ।
- आधुनिक समाज र परिवारमा महिलाले खेल्ने विभिन्न भूमिकाहरूका साथै तिनीहरूले सहन गर्नुपर्ने दबाबले पनि पिएमएसमा योगदान दिने गर्छन् । कम तनाउ युक्त जीवन जिउने र विभिन्न भूमिकाहरू सजिलै र सन्तुष्टि पूर्वक पुरा गर्ने महिलाहरूले कम पटक र कम कडा खालको पिएमएसहरू अनुभव गर्ने गर्छन् । उ विपरीत भूमिकाहरूमा द्वन्द्वको कष्ट र त्यससँग सम्बन्धित रहेको असन्तुष्टिहरू भोग्ने महिलाहरू पिएमएसको लक्षणहरूमा सापेक्ष रूपमा धेरै पटक र तीव्रता हुने गर्छ ।
पिएमएसहरूको उपचार कसरी गरिन्छ?
पिएमएसहरूको उपचारले तीनवटा पक्षहरूलाई ओगटेको हुन्छ:
- जीवन शैलीमा परिवर्तन: पिएमएसको लक्षणहरूलाई घटाउनको लागि तपाईंले निम्न लिखित विधिहरूलाई प्रयास गर्न सक्नुहुन्छ।
- व्यायाम –विस्तारै दौडने, एरोबिक नृत्य, सिँढी चढ्नु र ताई ची; उपयुक्त एरोब्याटिक व्यायामहरूको साथै योग र हल्का शरीर तन्काउने जस्तो शरीर तन्काउने व्यायामहरूले रक्त सञ्चालनलाई वृद्धि गर्न मांशपेसीलाई आराम दिनमा र एउटा खुसी मन हुनमा मद्दत पुर्याउँछ यस प्रकारले पिएमएसको लक्षणहरूमा आराम दिन्छ।
- खाना –
खान नहुने खानेकुराहरू खानुपर्ने खानकुराहरू क्याफेनयुक्त पेय पदार्थहरू वाईन र मदिराजन्य पेय पदार्थहरू अन्नको खाजा, गहुँको रोटी, ओटमील र मकै उच्च मात्रामा नुन भएको खाने कुराहरू: बट्टामा बन्द गरिएको खाने कुराहरू सिमीहरू: भटमास र अरू प्रकारको सिमीहरू प्रशोधित चिनीबाट बनेको खाने कुराहरू: आईसक्रीम र चकलेट तरकारीहरू: हरियो सागपात र गाजर उच्च रूपमा बोसोयुक्त खाने कुराहरू र उच्च रूपमा चिल्लो भएको दुग्ध उत्पादनहरू: बटर र चिज बियाँहरू र सुकाएको फलफूलहरू: काजु बदाम र खरबुजाको बियाँहरू
- औषधि उपचार: विशेष एक महिलाको लागि व्यक्तिगत रूपमा एकजना चिकित्सकले सिफारिस गरेको औषधिहरू।
(हाल सबै लक्षणहरूमा आराम दिने एउटा मात्र औषधि उपलब्ध छैन)
- मनोवैज्ञानिक उपचार: तनावबाट आराम र आराम गर्ने तालिम समावेश हुन्छ।