के तपाईंसँग पर्याप्त आयोडिन छ?
पर्याप्त मात्रामा आयोडीन प्राप्त गर्ने उपायहरू
- सन्तुलित आहार लिनुहोस्। बढी आयोडीन भएका खानाहरू छनोट गर्नुहोस्: मराइन माछा, समुन्द्री खानाहरू (उदाहरण, प्राउन, ओयस्टर मस्सेल, काल्म), अण्डाहरू, दूध, दही, चिज र नोरी सिविड
- प्रचलित टेबुल नुनको प्रतिस्थापनमा आयोडीनयुक्त नुन प्रयोग गर्नुहोस्
- गर्भवती तथा स्तनपान गराउने महिलाले आयोडीन समावेश हुने प्रसवपूर्व बहु-भिटामिन/बहु-खनिज पूरक लिनुपर्छ
- गर्भावस्थाको योजना बनाइरहेका महिलाले आयोडीन समावेश हुने पूरक लिने विचार गर्न सक्नुहुन्छ
हाम्रो शरीरमा आयोडीनको प्रकार्य के हो?
- आयोडीन एक आवश्यक पोषण हो। यो शरीरमा थाइरोक्सिन उत्पादनको लागि महत्त्वपूर्ण हुन्छ।
- थाइरोक्सिनले शरीरको लगभग सबै प्रणालीहरूमा प्रभाव पार्छ र यो कार्डियोभ्यास्कुलर र पाचन प्रकार्य, मेटाबोलिज्म, वृद्धि र विकास, आदिका लागि महत्त्वपूर्ण हुन्छ। सामान्य थाइरोक्सिन स्तर कायम राख्नको लागि पर्याप्त मात्रामा आयोडीनको इन्टेक महत्त्वपूर्ण हुन्छ, जसकारण हामी सामान्य रूपमा वृद्धि र विकास हुन र स्वस्थ रहन सक्छौं।
- हाम्रो स्नायु प्रणालीको विकास थाइरोक्सिनमा निर्भर रहन्छ। यसकारण, गर्भावस्था, स्तनपान, किशोरावस्था र बाल्यावस्थाको अवधिमा पर्याप्त मात्रामा आयोडीनको इन्टेक सुनिश्चित गर्न महत्त्वपूर्ण हुन्छ।
हामीसँग पर्याप्त मात्रामा आयोडीन भएन भने के हुन्छ?
-
शरीरमा पर्याप्त मात्रामा आयोडीन नहुँदा, पर्याप्त थाइरोक्सिन स्तर कायम राख्नको लागि थाइराइड ग्रन्थीले कडा परिश्रम गर्न आवश्यक हुन्छ। यो सुन्निन सक्छ ("गलगाँड" भनिन्छ)। आयोडीनको इन्टेक लगातार कम भएमा, थाइरोक्सिन स्राव अपर्याप्त बन्छ।
यसले हाइपोथाइरोडिजम निम्ताउन सक्छ। हाइपोथाइरोडिजमको लक्षणहरूमा सुस्त प्रतिक्रिया, मोटोपन, महिनावारी विकारहरू, गर्भपात, बाँझोपन, आदि समावेश हुन्छन्।
- गर्भवती र स्तनपान गराउने महिलामा आयोडीनको कम इन्टेकले भ्रुण र शिशुहरूको मस्तिष्क विकासमा हानी पुर्याउन सक्छ। धेरैजसो अवस्थामा, यसले बालबालिकाको बौद्धिकतामा प्रभाव पार्न सक्छ।
हामीलाई दैनिक कति आयोडीन आवश्यक हुन्छ?
- आयोडीनको आवश्यकता उमेर र जीवनका चरणहरूमा भिन्न हुन्छ। गर्भवती र स्तनपान गराउने महिलाको लागि भ्रुण र शिशुहरूमा आयोडीन पूर्ति गर्ने उच्च माग छ।
- शरीरले आयोडीनको ठूलो परिमाण भण्डार गर्न सक्दैन। यसकारण, हामीलाई नियमित रूपमा आयोडीनको सानो मात्रा लिन आवश्यक हुन्छ। ठूलो परिमाण लिएमा, आयोडीन पिसाबबाट निस्कनेछ।
- यद्यपि, दीर्घकालीन अवधिसम्म अति धेरै आयोडीन लिनाले थाइराइड प्रकार्यमा प्रभाव पार्न सक्छ। सामान्यतया, वयस्कको दैनिक आयोडीन इन्टेक 600 माइक्रोग्राम (μg) भन्दा बढी हुनुहुँदैन 1।
विश्व स्वास्थ्य संगठन (WHO) द्वारा सिफारिस गरिएको आयोडीनको दैनिक इन्टेक
- प्रिस्कुल बालबालिका (0 देखि 59 महिना)
आयोडीनको दैनिक इन्टेक: 90 μg - विद्यालय बालबाकिका (6 देखि 12 वर्ष उमेरका)
आयोडीनको दैनिक इन्टेक: 120 μg - किशोर-किशोरी (12 वर्षभन्दा माथिका) तथा वयस्कहरू
आयोडीनको दैनिक इन्टेक: 150 μg - गर्भवती र दूध खुवाउने महिला
आयोडीनको दैनिक इन्टेक: 250 μg
हङकङ वयस्कहरूको आयोडीन इन्टेक
- खाद्य सुरक्षा केन्द्रले 2011 मा, हङकङका वयस्कहरूलाई आहारबाट अपर्याप्त मात्रामा आयोडीन इन्टरकको सम्भावित जोखिम छ भनी रिपोर्ट गर्यो।
- 2014 को सर्वेक्षणले स्थानीय गर्भवती महिलाले आहारबाट पर्याप्त मात्रामा आयोडीन प्राप्त गरिरहेका छैनन् र उनीहरूमा आयोडीनको कमी हुन सक्छ भनी देखायो2।
1 चिनियाँ आहार सम्बन्धी सन्दर्भ इन्टेक, चिनियाँ पोषण समाज (2013) र युरोपेली आयोगको खानामा आयोडीनको सहनीय उच्च इन्टेक स्तर सम्बन्धी वैज्ञानिक समुदायको विचार (2002)।
2 Tam, W.H. et al. (2017). हङकङमा गर्भवती महिला बीच सीमित आयोडीनको कमी: दुई दशकपछि समस्या फेरि निम्तिने। Hong Kong Med J, 23(6), 586-93.
कुन-कुन खानाहरूमा आयोडीन समावेश हुन्छ?
- मराइन माछा, समुन्द्री खाना (उदाहरण, प्राउन, ओयस्टर मस्सेल, काल्म), अण्डाहरू, दूध, दही, चिज र नोरी सिविड र केल्प बढी आयोडीन भएका खानाहरू हुन्।
- नोरी सिविड र केल्प, आदि जस्ता सिविडहरूमा अन्य खानाहरूमा भन्दा बढी आयोडीन समावेश हुन्छ।
खाद्यन्नहरूमा औसत आयोडीन सामग्री खाद्यान्न आयोडीन सामग्री3 खाद्यान्न आयोडीन सामग्री3 कुखुराको अण्डा (लगभग 63 g) 18 μg सिविड स्न्याक 1 g 34 μg गाईको दूध
(तर हटाइएको) 250 ml20 μg गोल्डन थ्रेड (माछा)
100 g36 μg दही 100 g 29 μg हर्सहेड (माछा) 100 g 35 μg प्राउन 100 g 44 μg क्यानमा राखिएको सार्डिन 100 g 19 μg मसल्स 100 g 140 μg बिग आईज (माछा)
100 g18 μg
सुरक्षा उपायहरू
- केल्पमा अति उच्च स्तरको आयोडीन (1 ग्राम सुकाइएको केल्पमा लगभग 2600 μg) समावेश हुन्छ। अति धेरै केल्प नलिनुहोस्। सन्तुलन मात्रामा खानुहोस् जस्तै, हप्तामा एकपटक भन्दा धेरै नलिनुहोस् र सानो मात्रामा लिनुहोस्।
- हिजीकी सिविडमा प्राकृतिक रूपमा उच्च स्तरको अजैविक आर्सेनिक, जुन हानिकारक हुने गर्छ, समावेश हुने हुँदा यो नखानुहोस्4।
3 खाद्य सुरक्षा केन्द्र, खाद्य तथा वातावरणीय सरसफाइ विभाग, HKSARG। 2011. जोखिम मूल्याङ्कन अध्ययन, रिपोर्ट संख्या 45, हङकङ वयस्कहरूको आहार सम्बन्धी आयोडीन इन्टेक। रिपोर्टमा खानाहरूको सामान्य सर्भिङ साइज र औसत आयोडीन सामग्रीको आधारमा फिगरहरू गणना गरिन्छ।
मैले कसरी पर्याप्त मात्रामा आयोडीन प्राप्त गर्न सक्छु?
- सन्तुलित आहार कायम राख्नुहोस् र बढी आयोडीन भएका खानाहरू छनोट गर्नुहोस्, उदाहरण, मराइन माछा, समुन्द्री खाना, अण्डाहरू, दूध र दुग्ध उत्पादनहरू। कम सोडियम र फ्याट सामग्री भएका सिविड स्न्याकहरू छनोट गर्नुहोस्।
- खानाहरूमा आयोडीन कायम राख्नको लागि खानाहरू बफाउनुहोस् वा थोरै तेलमा स्टिर-फ्राई गर्नुहोस्। आयोडीनको कमी हुन नदिनका लागि क्रस्टासिनहरू (उदाहरण, प्राउन र क्र्याबहरू) लाई पूर्णतया पकाउनुहोस्।
- प्रचलित टेबुल नुनको प्रतिस्थापनमा आयोडीनयुक्त नुन प्रयोग गर्नुहोस्। प्रत्येक दिन सम्पूर्ण नुनको इन्टेकलाई 5 ग्राम (1 चियाचम्चा भन्दा कम) भन्दा कम राख्ने कुरामा ध्यान दिनुहोस्।
आयोडीनयुक्त नुन कसरी प्रयोग गर्ने?
आयोडीनयुक्त नुनको आयोडीन ह्युमिडिटी, ताप र सूर्यको प्रकाशले गर्दा हराउनेछ। निम्न कार्य गर्न सम्झनुहोस्:
- खाना पस्किनुभन्दा ठीक अगाडि आयोडीनयुक्त नुन थप्न
- नुनलाई कसिलो र रङ लगाइएको भाँडामा भण्डार गर्न। यसलाई अध्याँरो र सुख्खा स्थानमा राख्न
आयोडीनयुक्त नुन प्रयोग गर्न को उपयुक्त छैन?
हाइपोथाइरोडिजम, थाइराइडिटिज, स्वत: प्रतिरक्षा थाइराइड रोग, आदि भएका बिरामीहरूले आयोडीन इन्टेक सीमित गर्न आवश्यक हुन्छ र उहाँहरू आयोडीनयुक्त नुन प्रयोग गर्न उपयुक्त नहुन सक्नुहुन्छ। उहाँहरूले चिकित्सकसँग परामर्श लिनुपर्छ र चिकित्सकद्वारा निर्देशित गरिएअनुसार खाना खानुपर्छ5।
4 खाद्य सुरक्षा केन्द्र, खाद्य तथा वातावरणीय सरसफाइ विभाग, HKSARG। 2010. खाद्य सुरक्षा केन्द्रित (42औं मामिला, जनवरी 2010) – विचार पुर्याउनुपर्ने खाना: सिविड।
5 चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र। (2012-03-20). http://www.chinacdc.cn/rdwd/201203/t20120320_58760.html बाट पुन: प्राप्त गरिएको
गर्भवती तथा स्तनपान गराउने महिलाले आयोडीन कमीको लागि हेर्नुपर्छ
- आयोडीन बच्चाको मस्तिष्क विकासको लागि महत्त्वपूर्ण हुन्छ। गर्भवती महिलाले गर्भावस्थाको अवधिभर पर्याप्त मात्रामा आयोडीन खान आवश्यक हुन्छ, जसकारण भ्रुणहरू पर्याप्त थाइरोक्सिन र आयोडीन भएको वातावरणमा हुर्किन सक्छन्। स्तनपान गराउने आमाहरूले आमाको दूधमा आयोडीनको स्तरसँग धेरै सम्बन्धित भएको हुँदा पर्याप्त मात्रामा आयोडीन इन्टेक पनि कायम राख्नुपर्छ।
- गर्भवती र स्तनपान गराउने महिलाको लागि आयोडीनको उच्च माग छ। स्थानीय आहार सम्बन्धी ढाँचाको आधारमा, उहाँहरूको लागि आहारबाट मात्र पर्याप्त मात्रामा आयोडीन प्राप्त गर्न कठिन हुन्छ। यसकारण, उहाँहरूलाई प्रत्येक दिन 150-250 μg आयोडीन समावेश हुने प्रसवपूर्व बहु-भिटामिन त बहु-खनिज पूरक लिन सिफारिस गरिन्छ 6।
- गर्भवती तथा स्तनपान गराउने महिलाले उपयुक्त पूरक छनोट गर्नको लागि चिकित्सक, औषधि बिक्रेता वा आहार विशेषज्ञसँग परामर्श लिनुपर्छ। तपाईंले आफ्नो लागि आयोडीन छनोट गर्दा उत्पादन लेबुल पढ्नुपर्छ र आयोडीन सामग्री जाँच गर्नुपर्छ। तपाईंलाई शंका भएमा आफ्नो चिकित्सकसँग परामर्श लिनुहोस्।
सक्रिय-थाइराइड समस्या भएका महिलालाई पनि गर्भावस्था र स्तनपान गराउने अवधिमा थप आयोडीन आवश्यक पर्छ। आयोडीन इन्टेकको वृद्धिले थाइराइड प्रकार्यमा प्रभाव पार्न सक्ने हुँदा, तपाईंले आफू उपस्थित हुने चिकित्सकलाई सूचित गर्नुपर्छ। तपाईंले थाइराइड प्रकार्यलाई नजिकबाट निरीक्षण गर्न आवश्यक हुन्छ।
6 WHO ले व्यापक रूपमा आयोडीनयुक्त नुन पहुँचयोग्य नभएको स्थानमा रहने गर्भवती र दूध खुवाउने महिलालाई हरेक दिन 250 μg आयोडीन पूर्ति गर्न सिफारिस गर्छ। युरोपियन थाइराइड संस्था, अमेरिकी थाइराइड संस्था र अस्ट्रेलिया सरकारले गर्भवती र दूध खुवाउने महिलालाई हरेक दिन 150 μg आयोडीन पूरकको मात्रा सिफारिस गर्छ।
गर्भावस्थाको योजना बनाइरहेका महिला:
पर्याप्त मात्रामा आयोडीन इन्टेक सुनिश्चित गर्नुहोस्
- हरेक दिन कम्तीमा 400 μg (1000 μg भन्दा बढी हुनुहुँदैन) को फोलिक एसिड पूरक लिनुबाहेक, तपाईंले पर्याप्त मात्रामा आयोडीन इन्टेक पनि सुनिश्चित गर्नुपर्छ। यसले भ्रुणलाई स्थान लिएपछि पर्याप्त मात्रामा आयोडीन भएको वातावरणमा हुर्किन र विकास हुन दिन्छ।
- तपाईंले बढी आयोडीन भएका खानाहरू छनोट गरेर र आयोडीनयुक्त नुन प्रयोग गरेर आफ्नो दैनिक आहारमा ध्यान दिनुपर्छ। तपाईं प्रत्येक दिन 150 μg आयोडीन इन्टेक प्राप्त गर्न आयोडीन समावेश हुने पूरक लिने विचार गर्न सक्नुहुन्छ। पूरक छनोट गर्दा आफ्नो चिकित्सकसँग परामर्श लिनुहोस्।
पूरकहरूबाट अत्याधिक आयोडीन इन्टेक नलिन सावधानीहरू अपनाउनुहोस्:
- उत्पादन प्याकेजका निर्देशनहरू अनुसार पूरक लिनुहोस्
- समान दिन आयोडीन समावेश हुने एक पूरकभन्दा बढी नलिनुहोस्
आयोडीन इन्टेक बारे सामान्य प्रश्नहरू
- समुन्द्री नुनमा आयोडीन समावेश हुन्छ?
समुन्द्री नुनमा आयोडीनयुक्त नहुँदासम्म अति थोरै आयोडीन समावेश हुन्छ। तपाईंका दैनिक आवश्यकताहरू पूरा गर्नको लागि यो पर्याप्त हुँदैन।
- आयोडीनयुक्त नुनले कति आयोडीन उपलब्ध गराउँछ?
तपाईं नुनको आयोडीन स्तर हेर्नका लागि उत्पादन प्याकेजमा हुने पोषण लेबुल पढ्न सक्नुहुन्छ। खाद्य सुरक्षा केन्द्रको 20113 रिपोर्ट अनुसार, 5 ग्राम (चियाचम्चा) आयोडीनयुक्त नुनले 130 - 180 μg आयोडीन उपलब्ध गराउँछ। यो मात्राले वयस्कहरूको प्रति दिन 150 μg रहेको आयोडीन आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ।
- म गर्भवती छु तर मैले आयोडीन समावेश हुने पूरक लिन सक्दिनँ। मैले कसरी पर्याप्त मात्रामा आयोडीन प्राप्त गर्न सक्छु?
तपाईंले आयोडीन समावेश हुने पूरक लिन सक्नुहुन्न भने, तपाईंले प्रत्येक दिन बढी आयोडीन भएका खानाहरूको प्रकार खानुपर्छ। यिनीहरूमा निम्न समावेश हुन्छन्:
- 2 कप दूध लिनुहोस् (तपाईंले वैकल्पिकको रूपमा चिज वा दही छनोट गर्न सक्नुहुन्छ)
- आफ्नो मुख्य खानाहरूमा अण्डाहरू, मराइन माछा वा समुन्द्री खाना समावेश गर्नुहोस्
- सिविड स्न्याक वा नोरी सिविडहरू लिनुहोस्
- खाना पकाउनको लागि टेबुल नुनको सट्टामा आयोडीनयुक्त नुन प्रयोग गर्नुहोस्
आहार परिवर्तन गर्न सम्भव छैन वा तपाईंले प्राय: बाहिर खाने हुँदा आयोडीनयुक्त नुन प्रयोग गर्न सक्नुहुन्न भने, पर्याप्त मात्रामा आयोडीन प्राप्त गर्नको लागि पूरक लिनु सबैभन्दा विश्वसनीय तरिका हुन्छ।