कर्मचारीको मार्गनिर्देशन - कार्यसँगै स्तनपान गराउनको लागि

(Content revised 03/2016)

आमा र शिशुमा स्तनपानको स्वास्थ्य लाभहरू राम्ररी स्थापित भइसकेको छ। शिशुहरूलाई जति लामो समयसम्म स्तनपान गरायो, आमा र शिशुले त्यति नै धेरै स्वास्थ्य लाभहरू प्राप्त गर्नुहुन्छ। विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार, शिशुहरूलाई पहिलो छ महिनासम्म पूर्णतया स्तनपान मात्र गराउनुपर्छ र दुई वर्ष वा माथिसम्म पोषणमा ठोस खानाको परिचय गराउँदै स्तनपान गराउन जारी राख्नुपर्छ। काम गर्ने आमाहरूको लागि स्तनपानलाई कार्यसँग अनुकूल बनाउनु भने साँच्चिकैको चुनौती हो। तथापि, कार्यमा फर्किन भने बाधा हुनेछैन।

व्यवस्थापन तथा सहकर्मीहरूबाट समर्थन प्राप्त गर्ने

तपाईंको इच्छा कहिले अभिव्यक्त गर्ने?

  1. गर्भावस्थाको अवधिमा र मातृत्व बिदा सुरु हुनुभन्दा अगाडि

    व्यवस्थापनसँग स्तनपानको महत्त्व र कार्यमा फर्केपछि पनि तपाईंको स्तनपान गराउन जारी राख्ने अभिप्रायको बारेमा छलफल गर्नुहोस्। तपाईंलाई कार्यमा स्तनपान अभिव्यक्त गर्न प्रोत्साहन गर्नको लागि आवश्यक विशिष्ट समर्थनको बारेमा स्पष्ट छलफल गर्नुहोस्। यसले व्यवस्थापनलाई तपाईंको लागि थप राम्रो कार्य प्रबन्ध मिलाउन र कार्यस्थलको लागि राम्रो तयारी गर्न सहज बनाउँछ।

  2. कार्यमा फर्केपछि

    तपाईंको स्तनपानको लागि व्यवस्थापन र सहकर्मीहरूले देखाउनुभएको समर्थनको सराहना गर्नुहोस्। तपाईंको कार्य प्रबन्ध, स्तनपानको लागि खाली समय, स्तनपानको स्थानको प्रयोग र दूध भण्डारण सुविधाको बारेमा आफ्नो वाचाहरू पूरा गर्नुहोस्। आफ्ना सहकर्मीहरूको सरोकार बुझ्नको लागि उहाँहरूसँग कुरा गर्नुहोस् र समाधानहरू खोज्नको लागि एकसाथ कार्य गर्नुहोस्।

कार्यमा फर्केपछि स्तनपानलाई जारी राख्ने तपाईंको इच्छाको बारेमा व्यवस्थापनसँग कसरी कुराकानी गर्ने

  1. कार्यमा व्यवस्थापनको समर्थनको लागि आफ्नो कृतज्ञता व्यक्त गर्नुहोस्।
  2. स्तनपानको महत्त्व र तपाईंको स्तनपान गराउने निर्णयमा बल दिनुहोस्।

    उदाहरणको लागि, “मेरो चिकित्सक र अन्य स्वास्थ्य पेशेवरहरूसँग कुरा गरेपछि, मेरो शिशुको लागि यसले सर्वोत्तम पोषण र सुरक्षा प्रदान गर्ने भएकाले मैले स्तनपान गराउने निर्णय गरेको छु। यसबाहेक, मेरो शिशु र मेरो लागि धेरै बिमारी र रोगहरूलाई रोक्नको लागि स्तनपान महत्त्वपूर्ण छ भनी मेरो चिकित्सकले मलाई भन्नुहुन्छ।”

  3. तपाईंको विशिष्ट आवश्यकताहरूको बारेमा बताउनुहोस्

    उदाहरणको लागि “मलाई आशा छ कि, मैले कार्यमा रहँदा पनि स्तनपान जारी राख्नको लागि, कम्पनीले मलाई निम्न समर्थक व्यवस्थाहरू मिलाउन मद्दत गर्नेछ।

    • स्तनबाट दूध निकाल्नको लागि लचिला ब्रेकहरू

      साधारणतया, काम गर्ने दिनमा, स्तनबाट दूध निकाल्नको लागि मलाई दुई ब्रेकहरूको आवश्यकता हुन्छ, प्रत्येक ब्रेक तीस मिनेटको हुन्छ। अतिरिक्त दूध निकाल्ने ब्रेकको आवश्यकता भएमा, मैले मेरो गैर-कार्यालय समयको प्रयोग गर्नेछु (उदाहरणको लागि, कार्य सुरु गर्नुअगाडि, खाना खाने समयमा, काम गर्ने समयपछि);

    • एउटा कुर्सी, एउटा टेबल र स्तनको दूध पम्प गर्नको लागि विद्युतीय आउटलेटसहितको एक एकान्त स्थान (उदाहरणको लागि खाली सभाकक्ष वा पर्दा लागेको क्युबिकल) ; र
    • निकालिएको दूध राख्नको लागि एक रेफ्रिजरेटर (भण्डारमा राखिएको रेफ्रिजरेटर ले हुन्छ)।”
  4. कार्य व्यवस्थापनको सम्भावित विकल्पहरू छलफल गर्नुहोस्

    उदाहरणको लागि, “म मलाई न्यूनतम कार्य अवरोधको साथ स्तनपान जारी राख्न सक्षम गराउने विकल्पहरू खोज्न र तपाईंसँग एकसाथ तयारीमा काम गर्न चाहन्छु।”

व्यवहारिक टिप्स र सम्झाउनीहरू

  1. आफ्नो परिवारको सहयोग प्राप्त गर्नुहोस्

    तपाईंको जीवनसाथी र परिवारसँग स्तनपान गराउने तपाईंको निर्णयबारे छलफल गर्नुहोस् र उहाँहरूको समर्थन र सहकार्य खोज्नुहोस्। तपाईं टाढा हुँदा तपाईंको परिवारले बच्चालाई निकालिएको दूध खुवाउन सक्नुहुन्छ। तपाईंको परिवारलाई बच्चाको भोकाएको, अघाएको लक्षणहरूमा ध्यान दिन र बढि नखुवाउन सम्झाउनुहोस्। आमा कार्यमा हुँदा बच्चालाई बढी खुवाइयो भने, आमा घर फर्किदा प्रत्यक्ष स्तनपानको चाहना घटेको हुनेछ।

  2. तपाईंको बच्चाको आवश्यकताको लागि दूधको आपूर्ति राख्नुहोस्

    स्तनको दूधको उत्पादन तपाईंको बच्चाको मागमा भर पर्छ। तपाईंले आफ्नो बच्चालाई जति धेरै स्तनपान गराउनुहुन्छ, त्यति नै धेरै दूध तपाईंले उत्पादन गर्नुहुन्छ। तपाईंको बच्चाको माग अनुसार बारम्बार प्रत्यक्ष स्तनपान गराउनाले उहाँको लागि पर्याप्त दूध उत्पादन गर्न तपाईंलाई मद्दत हुनेछ। तपाईंले प्रत्यक्षरूपमा आफ्नो शिशुलाई स्तनपान गराउन सक्नुहुन्न भने, दूधको उत्पादनलाई कायम राख्न प्रत्येक तीनदेखि चार घण्टामा स्तनबाट दूध निकाल्न आवश्यक हुन्छ। तपाईं स्वास्थ्य विभागको (www.fhs.gov.hk) स्रोतहरूसँग सन्दर्भित गरेर हातले वा पम्पले दूध निकाल्ने तरिकाहरूसँग परिचित हुन सक्नुहुन्छ।

  3. उपकरणहरू तयार गर्नुहोस्: एक म्यानुअल वा विद्युतीय दूध पम्प, दूधदानी वा झोलाहरू र आइस प्याकसहितको एक कुलर

    तपाईं कार्यमा फर्किनुअगाडि दूध निकाल्न र भण्डारण गर्नको लागि आवश्यक हुने उपकरणहरू प्राप्त गर्नुहोस्। प्रयोग अगाडि सबै भाँडाहरू उपयुक्त रूपमा सफा गरिएका छन् भनी सुनिश्चित गर्नुहोस्।

  4. कार्यमा फर्किनुभन्दा दुई हप्ता अगाडि देखि नै तयारी सुरु गर्नुहोस्

    अभ्यासले नै परिपूर्ण बनाउँछ। तपाईंले जति धेरै अभ्यास गर्नुहुन्छ, त्यति नै छिटो स्तनको दूध निकाल्ने तरिकाहरू जान्नुहुनेछ र कम समस्याहरूको सामना गर्नुपर्नेछ। कार्यमा फर्किनुभन्दा लगभग दुई हप्ताअगाडि, तपाईंले बिस्तारै स्तनको दूध निकाल्ने तालिकालाई कार्यको दूध निकाल्ने ब्रेकहरूसँग समायोजित गर्न सक्नुहुन्छ। तपाईंले निकालिएको केही दूध ब्याकअप रिजर्भको लागि राख्न सक्नुहुन्छ। सामान्यतया एक वा दुई दिनको लागि पुग्ने दूध, बच्चाले खाने साना भाँडाहरूमा भण्डार गरिएको खण्डमा, संग्रहको लागि पर्याप्त हुन्छ।

  5. कार्य र स्तनपानबीच सन्तुलन कायम राख्नुहोस्

    घरबाट हिँड्नुभन्दा पहिले बच्चालाई स्तनपान गराउनुहोस्। कार्यमा, लगातार दूध निकाल्नुहोस् र उपयुक्त रूपमा भण्डार गर्नुहोस्। पछि, कार्यबाट घर फर्केर आफ्नो बच्चालाई प्रत्यक्ष स्तनपान गराउनुको आनन्द लिनुहोस्। सप्ताहान्त र बिदाहरूमा कुनै अवरोधहरूबिना बच्चालाई प्रत्यक्ष स्तनपान गराउनुहोस्।

  6. मैले कार्यमा बारम्बार दूध निकाल्नुपर्यो भने मैले के गर्न सक्छु?

    सुरुवातमा, केही आमाहरूलाई दूध निकाल्नको लागि धेरै पटक र केही लामो ब्रेकहरूको आवश्यकता पर्नसक्छ किनकी, उदाहरणको लागि, उहाँहरूलाई नयाँ वातावरणमा दूध निकाल्नको लागि समयको आवश्यकता हुन्छ। त्यस्तो अवस्थामा, तपाईंले दुश निकाल्नको लागि खाना खाने समय, कार्यको सुरुवात अगाडि वा कार्य सकिएपछिको समय आदि को प्रयोग गर्न सक्नुहुन्छ। तथापि, तपाईंलाई थप बारम्बार दूध निाकल्नुपर्छ भने तपाईंलाई दूध कम आउने वा ज्यादा आउने जस्तो स्तनपान समस्या भएको हुनसक्छ। तपाईंले पेशेवर सल्लाह खोज्नुपर्छ।

स्वास्थ्य विभागको स्तनपान स्रोतहरू

तपाईं स्तनपानको बारेमा थप जान्न चाहनुहुन्छ भने, तपाईं निम्नमा जान सक्नुहुन्छ:

  • स्वास्थ्य विभाग (DH) को पारिवारिक स्वास्थ्य सेवाको वेबसाइट हेर्नुहोस् www.fhs.gov.hk:
    • स्रोत पुस्तिका "प्रेम स्तनपानबाट सुरु हुन्छ..."
      http://s.fhs.gov.hk/ymavo
    • स्तनपानका अडियोभिजुअल स्रोतहरू:
      http://s.fhs.gov.hk/ambt7
    • स्तनपानसम्बन्धी बारम्बार सोधिएका प्रश्नहरू:
      http://s.fhs.gov.hk/4kp2t
  • स्वास्थ्य पेशेवर वा मातृशिशु स्वास्थ्य केन्द्रहरूबाट सुझाव खोज्नुहोस्
  • DH को स्तनपान हटलाइनमा फोन गर्नुहोस्: 3618 7450

युनिसेफद्वारा जानकारी

कामकाजी आमाहरूले पनि स्तनपान गराउन जारी राख्न सक्नुहुन्छ।

कार्यमा स्तनपानको बारेमा थप कथाहरू जान्नुहोस्।

www.SayYesToBreastfeeding.hk

थप जान्नको लागि हामीलाई सम्पर्क गर्नुहोस्

टेलिफोन: 2833 6139

इ-मेल: bf@unicef.org.hk

#SayYesToBreastfeeding