स्तनपान

(Content revised 02/2013)

आमाको दूध तपाईंको बच्चाका लागि उत्कृष्ट प्राकृतिक आहार हो। जति लामो समयसम्म नानीलाई स्तनपान गराईंछ, आमा र नानीहरूको स्वास्थ्यका लागि त्यति नै धेरै लाभदायक हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को सुझाव अनुसार, नानीहरूलाई विशेष रूपमा पहिला छः महीनासम्म स्तनपान गराउनु पर्दछ र त्यसपछि उनीहरू दुई वर्ष वा त्योभन्दा माथिको उमेरसम्म उनीहरूलाई ठोस् आहारका साथ स्तनपान गराईरहनु पर्दछ।

स्तनपानका लाभहरू

  • आमाको दूधले बच्चालाई पहिला 6 महीनामा आवश्यक पर्ने सबै अनिवार्य पौष्टिक तत्वहरू प्रदान गर्दछ
  • आमाको दूधमा निहित प्रोटिनहरू सजिलै पच्दछन् र शरीरमा मिस्सिन्छन्
  • आमाको दूधमा कैयौं एण्टिबोडी र इम्यूनोग्लोबुमिन्स हुन्छन् जसले बच्चाको रोग प्रतिरक्षण क्षमता बढाउँछन्, र एलर्जी र संक्रमण हुने सम्भावनालई घटाउँछन्
  • स्तनपान गराउने क्रममा आमा र बच्चाबीचको निकट र घनिष्ठ सम्पर्कले आमा-शिशुबीच माया बढाउनमा ठूलो मद्दत गर्दछ
  • स्तनपान, बोतलबाट दूध ख्वाउनेभन्दा धेरै स्वच्छतापूर्ण, सरल, सस्तो र पर्यावरण हितैषी हुन्छ

थालनी कसरी गर्ने

  1. गर्भावस्थाको दौरान तयारी
    • विभिन्न माध्यमबाट स्तनपानबारे थप कुरा सिक्नुहोस्
    • स्तनपानको महत्वबारे चिकित्सा टोली र आफ्नो परिवारका सदस्यहरूसित चर्चा गर्नुहोस्
    • तपाईंको अस्पताल वा मातृ एवम बाल स्वास्थ्य केन्द्रद्वारा चलाइने जन्मपूर्वको स्तनपान कार्यशालामा सामेल हुनुहोस्
  2. त्वचासित त्वचाको सम्पर्क हुने “सुनौलो क्षण” को आनन्द लिनुहोस्
    • नवजात बच्चाहरूले स्तनपान गर्न खोज्ने स्वतः प्रक्रिया एक आम प्रवृत्ति हो। जन्मेको पहिलो घण्टामा तपाईंको बच्चाले स्तनपान गर्ने प्रयास गर्नु एक सुनौलो क्षण हुन्छ किनभने उ त्यसबेला अति सतर्क स्थितिमा हुन्छ र त्यो समयमा स्तनपान गर्ने उसको प्रयास अति सशक्त हुन्छ
    • जन्मेपछि तत्काल एउटा टावलले उसको शरीरलाई सुक्खा पार्नु र आफ्नो छातीमा लगाउनु होस्। यसले त्वचासित त्वचाको सोझो सम्पर्क सुनिश्चित गर्दछ र उसलाई तपाईंको स्तनको पत्ता लगाउन अनि स्तनको दूधको पहिलो स्वाद लिन मद्दत गर्दछ
    • यसले बच्चालाई भावनात्मक सुरक्षा र न्यानोपना प्रदान गर्न तथा ढुक्ढुकी र सास-प्रश्वासलाई स्थिर पार्न सहयोग गर्न सक्छ। तपाईंले पनि आफू र आफ्नो शिशुबीच विशेष मायाको अनुभूति गर्न सक्नु हुन्छ

सफलताका मन्त्रहरू

  1. कोठाभित्र बस्दा
    • यसले तपाईंलाई उसका आवश्यकताको निरीक्षण गर्न र सहुलियत तरीकाले स्तनपान गराउन मद्दत गर्दछ
  2. स्तनपानको लागि आफ्नो बच्चालाई पहल गर्न दिनुहोस्
    • धेरैजसो नवजातलाई दिनमा 8-12 पल्ट घरि-घरि स्तनपानको आवश्यकता पर्दछ। उसका माग बमोजिम दूध ख्वाइरहनु होस्
  3. पारिवारिक समर्थन
    • पारिवारिक समर्थन अति आवश्यक हुन्छ। शोधहरूले के देखाएका छन् भने, आफ्ना आमा-बुवा र परिवारको समर्थनप्राप्त महिलाहरूले, समर्थन नपाउनेहरूभन्दा निरन्तर 6 सातासम्म साढे 8 गुणा धेरै स्तनपान गराउने गर्दछन्
  4. चिकित्सकीय सहायता लिनुहोस्
    • तपाईंका कुनै सन्देह छन् भने स्वास्थ्य पेशेवारहरूको मद्दत लिनुहोस्

आफ्नो बच्चालाई फर्मूला दूध ख्वाउनेबारे विचार गर्दा,
तपाईं निम्न कुराप्रति सचेत रहनु पर्दछः

  • फर्मूला दूधले नानीहरूलाई कुनै एंटीबोडीहरू प्रदान गर्दैन। नवजातको पाउडरयुक्त फर्मूला कुनै विषाणुरहित उत्पाद होइन। यसको बेठीक तयारी र परिचालनले बच्चालाई जोखिममा पार्न सक्छ
  • नवजातको फर्मूला महँगो हुन्छ। आमा-बुवाले दूध पाउडरमा निकै खर्च गर्नु पर्ने हुन्छ
  • तपाईंले आफ्नो बच्चालाई फर्मूला दूध दिन थालेपछि तपाईंको शरीरले कम्ती दूध बनाउने छ। तपाईंलाई पुनः स्तनपान गराउन थाल्न गाह्रो हुन सक्छ

कृपया बुझ्नुहोस “माया, स्तनपानबाट शुरू हुन्छ” वा थप जानकारीको लागि स्वास्थ्य पेशेवारसित सम्पर्क गर्नुहोस्