रोजगारदाताको मार्गदर्शीका – स्तनपानको लागि अनुकूल कार्यस्थलको स्थापनाको लागि

(Content revised 06/2017)

स्तनपान र काम एकैपटक गर्ने

आमाको दूध पौष्टिक हुन्छ र यसमा रोगहरूको रोकथामको लागि एन्टिबडी र प्रतिरक्षा कोषहरू हुन्छ। यो फर्मूला दूधको तुलनामा शिशु र साना बालबलिकाहरूको लागि अत्याधिक लाभकारी हुन्छ। स्तनपानबाट आमाहरूलाई स्तन र अण्डाशयको क्यान्सरको खतरालाई न्युन गर्नको लागि पनि मद्दत गर्छ। विश्व स्वास्थ्य संगठनले लगभग छ महिनासम्मको बच्चाहरूलाई स्तनपान मात्रै गराउने सिफारिस गरिएको छ र दुई साल वा सो भन्दा बढि उमेरको बच्चाहरूको लागि स्तनपानसँग विस्तारे-विस्तारै उचित ठोस भोजन दिने सुझाव दिइएको छ।

हङकङमा परिवारहरूको बीच स्तनपान गराउनलाई लिएर धेरै अभिज्ञता र स्वास्थ्य विभाग द्वारा सहायक उपायहरूलाई लागू गर्नबाट, आमाहरूद्वारा नवजात शिशुहरूलाई स्तनपान गराउनेको प्रतिशत एक दशक पहिलेको के 66% को तुलनामा 20141 मा बढेर 86% भएको छ। यद्यपि, स्थानीय अध्ययन बताउनुहुन्छ कि डेलिभरी पछि पहिलो तीन महिनामा आमाहरू द्वारा स्तनपान छोड्नुभएको मुख्य कारण उहाँको “कार्यस्थल2 मा फेरि फर्कने” हो।2 काम गर्नुहुने धेरैजसो आमाहरूले टिप्पणी गर्नुभएको छ कि यदि उहाँहरूले आफ्ना बच्चाहरूलाई स्तनपान गराउन चाहनुभयो भएतापनि कार्यस्थलमा स्तनबाट दूध निकाल्न कठीन हुन्छ।3

1हङङकङमा सार्वजनिक तथा निजी अस्पतालको सम्पूर्ण मातृत्व एकाइबाट स्वास्थ्य विभागद्वारा प्राप्त गरेको नियमित रिपोर्टहरू।

2तररेन्ट एम एट, अल. हङकङ आमाहरू बीच स्तनपान गराउने र दूध छोडाउने अभ्यासहरु गर्ने: सम्भावित अध्ययन। बिएमसी गर्भावस्था र प्रसूति 2010 10:27।

3तररेन्ट एम, डग्डसन जेइ, त्स्याङ एसएफ: हङकङमा स्तनपानलाई सुरु गर्दै र कायम राख्दै: नयाँ आमाहरूको अनुभवहरूमा प्रासङ्गिक असरहरू। नुर्स स्वास्थ्य विज्ञान 2002, 4(4):189-199.

"स्तनपान अनुकूल कार्यस्थल" भनेको के हो?

"स्तनपान अनूकूल कार्यस्थल" भनेको त्यस्तो स्थान हो जहाँ संगठन वा उद्योगले आफ्ना स्तनपान गराउने कर्मचारीहरूको लागि आफ्नो बच्चाहरूलाई स्तनपान गराउन जारी राख्न आमाको दूध निकाल्नको लागि उपयुक्त र मैत्रीपूर्ण वातावरण उपलब्ध गराउँछ। निम्न तीन उपायहरू छन्:

  1. प्रसव भएको कम्तीमा एक वर्षसम्म दूध निकाल्ने ब्रेकहरूको अनुमति दिने (आठ घण्टे शिफ्टको अवधिमा लगभग दुई 30-मिनेटको ब्रेकहरू) र त्यसपछि लचिलो उपाय अपनाउने।
  2. गोपनीयता, एक उपयुक्त कुर्सी, टेबल र आमाको दूध निकाल्ने पम्पहरू जडान गर्नको लागि विद्युतीय सकेट उपलब्ध गराउने; र
  3. आमाको दूध भण्डारण गर्नको लागि रेफ्रिजरेटर उपलब्ध गराउने (भण्डारको रेफ्रिजरेटर भएपनि हुनेछ)।

“स्तनपान अनुकूल कार्यस्थान” को स्थापना गरेर संस्था वा इन्टरप्राइजहरूलाई कस्ता लाभहरू हुन्छन्?

मानव स्रोतहरू संस्था र इन्टरप्राइजहरूका अमूल्य सम्पत्तिहरू हुन्। प्रतिभाहरूलाई आकर्षण गर्ने र धारण गर्ने सम्बन्धमा, धेरै रोजगारदाताहरूले प्रतिस्पर्धात्मक तलबहरूको शीर्षमा उदार सिमान्त लाभहरू र प्रशिक्षण उपलब्ध गराउँछ। कर्मचारीको कार्यस्थानमा अनुकूल रूपमा स्तनपान गराउन जारी राख्ने छनोहरूलाई स्वीकार गर्न जुन आजकाल समाजमा सुहाउँछ। यी परिवार-मैत्रिपूर्ण उपायहरूले अनुभव भएको महिला सहित महिला कर्मचारूहरूको जागीर छोड्ने संख्यालाई कम गर्छ। वैदेशिक अध्ययनहरूले संकेत गर्छ कि स्तनपान गरेको बालबालिका स्वास्थ्यकर हुन्छन्, अभिभावकहरूले बिमारी बालबालिकाको स्याहार गर्न कम बिदाहरू लिन्छन् र सम्बन्धित रूपमा कम तनावको सामना गर्छन्।4

रोजगारदाता र कर्मचारीहरूको लागि जित्ने-जित्ने अवस्थाको अतिरिक्तमा, “स्तनपान अनुकूल कार्यस्थान” को कार्यन्वयनका उपायहरूले शिशु र साना बालबालिकाको स्तनपान अवधिलाई बढाउनमा मद्दत गर्नसक्छ। हाम्रो समाजको समग्र स्वास्थ्यलाई प्रोत्साहन गर्छछ र स्वास्थ्य स्याहार खर्चलाफ कम गर्छ।

4यु.एस. स्वास्थ्य तथा मानव सेवाहरूको विभाग। स्तनपानको लागि व्यवसायको मामिला। स्तनपान अनुकूल कार्यसाइटको सिर्जनाका लागि चरणहरू: व्यवसाय व्यवस्थापकहरू। 2008.

कार्यान्वित गर्ने

लचिलो व्यवस्थापन र राम्रो सञ्चार "स्तनपान मैत्री कार्यस्थल" उपायहरूको लागि महत्त्वपूर्ण हुन्छन्। आपसी समझदारी र सुव्यवस्थित सहकार्य प्राप्त गर्नको लागि व्यवस्थापन, स्तनपान गराउने कर्मचारी र अन्य सहकर्मीहरूबीच राम्रो सञ्चार आवश्यक हुन्छ।

  1. लिखित नीतिको विकास गर्नुहोस्

    "स्तनपान मैत्री कार्यस्थल" मा एक लिखित संगठन नीतिको विकास गर्नुहोस्, जसले व्यवस्थापन र स्टाफबीच सञ्चारलाई राम्रो बनाउनेछ र कार्यस्थलमा अभ्यासहरूलाई श्रेणीबद्ध बनाउनेछ। कृपया "नीति नमूनामा" सन्दर्भ गर्नुहोस्।

  2. दूध निकाल्ने ब्रेकहरू

    स्तनपान बच्चालाई खुवाउने प्राकृतिक मार्ग हो। अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) परिवर्तन,5 को अनुसार, दूध निकाल्ने ब्रेकलाई काम गर्ने समयमा राखिनेछ र त्यसैअनुसार पारिश्रमिक दिइनेछ। निम्न राम्रो उपायहरू हुन्:

    1. आठ-घण्टे कार्यदिनमा दुईवटा 30-मिनेट वा कूल एक मिनेट दूध निकाल्ने ब्रेकहरूको अनुमति दिनुहोस्;
    2. दूध निकाल्ने ब्रेकहरूलाई "भुक्तानी गरिएको कार्य दिनको रूपमा गणना गर्न सिफारिश गरिन्छ;
    3. कर्मचारीहरूलाई दूध निकालेको समयको काम पूरा गर्ने अपेक्षा गरिएको छैन; र
    4. दूध निकाल्ने ब्रेकहरू दिनको लागि स्तनपान गरिरहेको प्रमाण आवश्यक छैन।

    5ILO मातृत्व संरक्षण सम्मेलन, 2000 (नम्बर 183) र सिफारिस नम्बर 191। अन्तर्राष्ट्रिय श्रम संगठन, ILO

  3. दूध निकाल्नको लागि सुविधाहरू

    कर्मचारीहरूलाई नि‍जीसँग स्तनबाट दूध निकाल्नको लागि स्थान उपलब्ध गराउनको लागि विद्यमन स्रोतहरूको लचिलो उपयोग गर्न सकिन्छ। व्यवस्थाको केही उदाहरणको निम्नमा छन्:

    1. कर्मचारीहरूको लागि स्तनपान केन्द्रको व्यवस्था गर्नुहोस्;
    2. सभाकक्ष, बहु कार्य कक्ष वा कपडा फेर्ने कक्ष जस्ता विद्यमान कोठाहरूलाई अस्थायीरूपमा दुध निकाल्ने कोठाको रूपमा प्रयोग गर्नुहोस्;
    3. आमाको दूध निकाल्नको लागि एकान्त कुनामा स्क्रिन वा पर्दा लगाइ "आमाको ब्रेक, कृपया पर्खनुहोस्" जस्ता संकेतहरू प्रदर्शित गर्नुहोस्; वा
    4. स्तनपान ब्रेकहरूको अवधिमा कर्मचारीहरूलाई नजिकैको सामूदायिक बालस्याहार केन्द्रहरूमा जान अनुमति दिनुहोस्।

    यद्यपि, शौचालय वा विश्रामकक्षहरू सरसफाई कारणहरूबाट पूर्ण रूपमा उपयुक्त छैन।

    निम्न सुविधा र मापनहरू आमाको दूध अनुसरणको स्थानमा आवश्यक हुन्छन्:

    1. स्तनपान गराउने आमाहरू बसेर आमाको दूध निकाल्नको लागि ब्याक रेस्ट सहितको कुर्सी
    2. आमाको दूध निकाल्ने अवधिमा आवश्यक हुने उपकरण राख्नको लागि सानो टेबल;
    3. एक पावर सकेट; र
    4. तरल साबुन, पानी र सिंकहरूका साथै लकरहरू जस्ता अन्य सुविधाहरूलाई पनि विचार गर्न सकिन्छ।
  4. आमाको दूध राख्नको लागि रेफ्रिजेरेसन सुविधाहरू

    आमाको दूधलाई यसको एन्टीब्याक्टेरियल गुणहरूद्वारा पहिचान गरिन्छ। रेफ्रिजरेटर वा कुल बक्समा भण्डारण सामान्यतया सुरक्षित हुन्छ। सहज रूपमा भन्दा, निकालिएको दूधलाई भण्डारको रेफ्रिजरेटरभित्रको बाकसमा राखे हुन्छ। छुट्टै रेफ्रिजरेटरको आवश्यकता पर्दैन।

बारम्बार सोधिएका प्रश्नहरू

प्रश्न 1: बहिरङ्ग कर्तव्यहरूले स्तनपान गराइरहेका कर्मचारीहरूलाई कसरी सहायता गर्ने?

जवाफ 1: “स्तनपान अनुकूल कार्यस्थान” को सफल कार्यन्वयन उपायहरू रोजगारदाता र कर्मचारीहरू बिचको खुला सम्पर्कमा निर्भर रहन्छ। रोजगारदाताहरूले कर्मचारीहरूसँग उनीहरूका आवश्यकताहरूबारे छलफल गर्नुपर्छ। उनीहरूले लचिलो गरी कर्मचारीको बाहिरि कार्य समयको प्रबन्ध गर्न सक्छन् वा तलका उदाहरणहरू जस्ता प्रबन्धहरूको बिचार गर्न सक्छन्:

  1. कर्मचारीलाई नजिकैका समुदाय बाल स्याहार सुविधाहरूको प्रयोग गर्ने अनुमति दिने; वा
  2. स्तनपान गराउने कर्मचारीहरूलाई कार्यमा आमाको दुधलाई निरन्तर व्यक्त गर्नको लागि सक्षम गराउन वैकल्पिक पोस्टिङहरूको प्रबन्ध गर्ने।

यी लचिलो प्रबन्धहरूलाई बच्चाहरू ठूलो हुँदा विस्तारै घटाउन सकिन्छ।

प्रश्न 2: स्तनपान गराउने कर्मचारीहरूद्वारा थप दूधपानका ब्रेक वा लामो ब्रेकहरूको अनुरोध गरिन्छ भने कसरी प्रतिक्रिया जनाउने?

जवाफ 2: केही स्तनपान गराउने आमाहरूलाई हालमा कार्यमा फर्केकाहरू जस्तै आमाको दुधलाई व्यक्त गर्न थप ब्रेक वा लामो ब्रेकहरूको आवश्यक पर्छ। तिनीहरूले नयाँ दुध अनुसरण वातावरणलाई अङ्गिकरण गर्न समय लिन्छन्। यी आमाहरूले आमाको दुधलाई व्यक्त गर्न खाना खाने समय, कार्यसमयको अघि वा पछिको समय जस्ता खालि समयको प्रयोग गर्ने विचार गर्न सक्छन्। यसको अतिरिक्त, उनीहरूला स्तनपानसँग सम्बन्धित चिन्ताहरू बारे चिकित्सा पेशेवरहरूबाट सुझाव खोज्न सक्छन्।

प्रश्न 3: अन्य कर्मचारीहरूको सम्भावित गुनासोहरूसँग कसरी सम्झौता गर्ने?

जवाफ 3: केहि कर्मचारीहरूले अनुचित उपायहरूको विचार गर्न सक्छन्, उदाहरणको लागि, उनीहरूले स्तनपान गराउने कर्मचारीहरूको लागि उनीहरूका दुधपान ब्रेकहरूको अवधिमा कार्य वा कर्तव्यहरू गर्न आवश्यक हुने वा कार्य गर्ने समय बराबर नहुने। भाग्यवश, वैदेशिक अनुभवले संकेत गर्छ कि उनीहरूका लिङ्गहरूलाई ध्यान नदिएर कर्मचारीहरूको बहुमतले कार्यस्थानमा स्तनपान अनुकूल उपायहरूलाई कार्यन्वयन गर्ने कुरालाई समर्थन गर्छन्।

व्यवस्थापन, स्तनपान गराउने कर्मचारीहरू र बाँकिको कर्मचारी बीच उपायहरूको अस्थायी प्रकृतिलाई चिनाउँदै बाराम्बार खुला सञ्चार र बहु पक्षहरूका लागि दिर्घकालिन लाभहरूले सफल कार्यन्वयनलाई सहज बनाउनेछ।

प्रश्न 4: कर्मचारीले एक भन्दा धेरै वर्षसम्म स्तनपान गराइरहेको छ भने, के रोगगारदातालाई उहाँलाई दिनको दुई पटक दुधपान ब्रेकहरूको अनुमतिलाई जारी राख्न आवश्यक पर्छ?

जवाफ 4: बालबालिका एक वर्षको पुग्दा, तिनीहरूले पहिले नै धेरै प्रकारको खाना खाएका छन्। दैनिक दुध पिउने र बारम्बार स्तनपान गर्ने वा आमाको दुधको अभिव्यक्तिहरू विस्तारै कम हुनेछ। यो अवस्थामा, एकदमै स्तनपान गराउने आमाहरूले दिनको एकपटक मात्र दुधपानको आवश्यक पर्छ। रोजगारदाताले निरन्तर स्तनपानको लागि कर्मचारीका आवश्यकताहरूलाई समायोजित गर्न लचक्दार रूपमा प्रबन्ध गर्न सक्छ।

(नीति नमूना)

"स्तनपान मैत्रि कार्यस्तान” नीति

हाम्रो संगठन (वा कम्पनी) ले कर्मचारीहरूको स्तनपान गराउने रोजाइलाई पहिचान गर्छ र डेलिभरीपछि पनि स्तनपानलाई जारी राखेर कार्यमा फर्किने कर्मचारीहरूलाई स्वीकार र समर्थन गर्छ।

नीतिले स्तनपान कार्यसँग अनुकूल होस् भनी सुनिश्चित गर्नको लागि स्तनपान गराउने कर्मचारीहरूको लागि उपयुक्त र मैत्रीपूर्ण वातावरण उपलब्ध गराउने लक्ष्य राख्छ। सबै कर्मचारीहरू यस नीतिको बारेमा सचेत हुनुहुन्छ भनी सुनिश्चित गर्नको लागि यस नीतिको बारेमा सबै कर्मचारीहरूलाई जानकार गराउनुपर्छ।प्रश

  1. हुनेवाला आमाहरू

    सजिलो समयसीमा भित्र सुबै पक्षद्वारा राम्रो तयारी गर्नको लागि कार्यमा फर्केपछि सकेसम्म छिटो व्यवस्थापनसँग स्तनपानलाई जारी राख्ने आफ्नो ईच्छाहरूको बारेमा छलफल गर्नुहोस्।

  2. व्यवस्थापक कर्मचारी

    व्यवहारिक अवस्तालाई विचार गर्नुहोस् र निम्न उपायहरूसहित एक उपयुक्त र मैत्रीपूर्ण वातावरण उपलब्ध गराउनुहोस्:

    1. प्रसव भएको कम्तीमा एक वर्षसम्म आमाको दूध निकाल्नको लागि दूध निकाल्ने ब्रेकहरू (आठ घण्टाको शिफ्टको अवधिमा 30-मिनेटको लगभग दुईवटा ब्रेकहरू) को अनुमति प्रदान गर्ने;
    2. गोपनीयता, एक उपयुक्त कुर्सी, टेबल र आमाको दूधको पम्पहरूको लागि विद्युतीय सकेट भएको स्थान उपलब्ध गराउने; र
    3. आमाको दूधको भण्डारणको लागि रेफ्रीजरेटर उपलब्ध गराउने।
  3. सह-कर्मीहरू

    स्तनपानलाई जारी राख्दै कार्यमा फर्किने सहकर्मीको छनोटलाई स्वीकार तथा समर्थन गर्नुहोस्।

स्तनपान सम्बन्धी जानकारी र पेशेवर सुझाव प्राप्त गर्न चाहने कर्मचारीहरूले स्वास्थ्य विभाग पारिवारिक स्वास्थ्य सेवाद्वारा उपलब्ध गराइएको स्रोतमा निम्नानुसार ब्राउज गर्न सक्नुहुन्छ:

  • कार्यसहित स्तनपानलाई समेट्नको लागि कर्मचारीको मार्गनिर्देशन: http://s.fhs.gov.hk/i9uvr
  • मातृ तथा बालबालिका स्वास्थ्य केन्द्रहरू: स्तनपान परामर्श सेवा

स्वास्थ्य विभागका स्तनपान गराउने स्रोतहरू

थप स्तनपान जानकारीको लागि, कृपयाwww.fhs.gov.hk मा स्वास्थ्य विभागको परिवार स्वास्थ्य सेवाको वेबसाइटलाई ब्राउज गर्नुहोस्:

  • स्तनपान बारे स्वास्थ्य जानकारी
    http://s.fhs.gov.hk/xknkz
  • सरकारी परिसरमा बाल स्याहार सुविधाहरू
    http://s.fhs.gov.hk/enwss
  • स्तनपानलाई कार्यसँग मिलाउने कर्मचारीको मार्गदर्शन
    http://s.fhs.gov.hk/i9uvr

Unicef बाट जानकारी

तपाईंको कम्पनी / संगठनले आमाहरूलाई स्तनपानलाई शिद्ध गर्नमा मद्दत गर्नको लागि समय, स्थान र सहायता उपलब्ध गराउन सक्नुहुन्छ।

स्तनपान गराउने आमाहरूलाई आफ्नो सहयता अहिले संकल्प गर्नुहोस्।

www.SayYesToBreastfeeding.hk

थप जान्नको लागि हामीलाई सम्पर्क गर्नुहोस्

टेलिफोन नम्बर: 2833 6139

इमेल: bf@unicef.org.hk

#SayYesToBreastfeeding