स्तनपान अनुकूल परिसरको स्थापना गर्नको लागि मार्गदर्शन

(Content revised 06/2015)

बच्चा र आमाहरूको लागि स्तनपान गराउने अनुकूल वातावरणको सिर्जना गर्ने

बच्चा, आमाहरू र समुदायलाई स्तनपानका लाभहरू बारे राम्ररी थाहा छ। बच्चाहरूलाई जति लामोसमयसम्म स्तनपान गराइन्छ, त्यति नै आमा र बच्चाहरूको लागि थप स्वास्थ्य लाभहरू हुनेछ। तसर्थ, आजकाल, धेरैजसो आमाहरूले परिस्थितिहरूलाई अनुमति दिँदासम्म आफ्ना बच्चाहरूलाई स्तनपान गराउन चाहन्छन्। एकदमै प्राय: स्तनपान गराउने आमाहरू आफ्नो बालबालिकसँग शपिङ मल, रेष्टुरेन्ट, क्याफे र आराम सुविधाहरूमा जान्छन्; र सार्वजनिक यातायातको प्रयोग गरेर। प्राय: यी सार्वजनिक स्थानहरूमा आफ्नो बालबालिकालाई सिधा स्तनपान गराउन आवश्यक पर्छ। उनीहरूका धेरैजसो अनुभवहरू सकरात्मक हुन्छन्, आमाहरूले केही परिसरमा कर्मचारीको मनोविकृति र सुविधाहरूको लागि कक्षलाई देखेका छन्। अनुकूल रूपमा स्तनपान गराउने सार्वजनिक परिसरहरू सहित थप सहायतामूलक समुदाय हो, आमाहरू जति लामो समयसम्म स्तनपान गराउन सक्षम भएका हुन्छन् र त्यति नै बालबालिका थप स्वास्थ्यकर बन्नेछन्।

"स्तनपान अनुकूल परिसर" भनेको के हो?

2013 मा स्वास्थ्य विभागद्वारा सञ्चालन गरिएको सर्वेक्षण अनुसार, लगभग 60% आमाहरूले उपयुक्त रूपमा आफ्ना बच्चाका आवश्यकताहरूमा प्रतिक्रिया जनाउन सार्वजनिकमा सिधैं स्तनपान गराएका छन्। अतिरिक्तमा, कहिल्यै पनि सार्वजनिकमा स्तनपान नगराएका आमाहरू मध्य आधाले उक्त कार्य गर्ने कुरा व्यक्त गरेका छन्।

"स्तनपान अनुकूल परिसरहरू" एउटा स्थान हो जहाँ स्तनपान गराउने आमाहरूले कुनै पनि समय, कुनै पनि स्थानमा स्तनपान गराउन स्वागत र सहायताको महसुस गर्छन्। कर्मचारीद्वारा अङ्गिकार गर्नुपर्ने निम्न सिफारिस गरिएका उपायहरू हुन्:

  • कहाँ स्तनपान गराउने भनी छनोट गर्ने आमाको स्वतन्त्रलाई सम्मान गर्नुहोस्;
  • स्तनपान गराइरहेको महिलाको ध्यान भङ्ग नगर्नुहोस्, उदाहरण, उहाँलाई ढाक्न, रोक्न वा अर्को क्षेत्रमा जानको लागि अनुरोध नगर्नुहोस्;
  • सम्भव भएसम्म स्तनपान गराउन थप गोपनियताको माग गर्ने आमालाई उपयुक्त स्थानको प्रस्ताव गर्नुहोस्, उदाहरण प्रवेशद्वारबाट टाढा रहेको एकान्त ठाउँ;
  • स्तनपान गराउने आमा र बच्चाहरूका आवश्यकताहरू बारे सहयोगी बन्नुहोस्, उदाहरण अवस्था बारे अन्य ग्राहकहरूलाई व्याख्या गर्नुहोस्।

आमाहरूलाई आफ्नो बच्चालाई शौचालयहरूमा स्तनपान गराउनु भनी अनुरोध गर्न अनुचित हुन्छ!!

"स्तनपान अनुकूल परिसर"को स्थापना गरेर सहकार्य/व्यवसायका लाभहरू के-के हुन्?

तपाईंको परिसरहरूलाई स्तनपान अनुकूल गराउने कुरा गुणस्तर ग्राहक सेवा हो जसले सहकार्य छविलाई सुधार्छ र सार्वजिक पहिचानलाई प्राप्त गर्छ। स्तनपान गराउने आमा र उहाँहरूका परिवारहरू प्रति कर्मचारीको मैत्रिपूर्ण र सहयोगी मनोविकृतिले पनि अन्य ग्राहकहरूलाई अभिप्रेरित गर्नेछ। राम्रो समचार छिटो फैलिन्छ। व्यवसाय नि:शुल्क रूपमा आमाका आफ्नो परिवार र साथिहरूबीच मुखको शब्दबाट प्रचार हुनेछ।

बारम्बार सोधिएका प्रश्नहरू

प्रश्न 1: के "स्तनपान अनुकूल परिसर" को स्थापना गर्नाले विशाल रूपमा हाम्रा सञ्चालन लागतहरूलाई बढाउनेछ?

जवाफ 1: तपाईंको सार्वजिक परिसरहरूलाई स्तनपान अनुकूल गराउँदा कुनै पनि सिधा वित्तिय शुल्क लाग्दैन। धेरैजसो आमाहरूले स्तनपान गराउँदा आफूहरूलाई सहज बनाउने वातावरण हुने चाहन्छन्। कर्मचारी र अन्य ग्राहकहरूको अनुकूल र सहयोगि मनोविकृति आमाहरूले खोजिरहेको हुन्छ्न्।

प्रश्न 2: के हामीले स्तनपान गराउने आमाको लागि कोठा उपलब्ध गराउनुपर्छ?

जवाफ 2: एकदमै पर्दैन। स्तनपान गराउने आमको लागि कोठा उपयुक्त हुन्छ। बच्चा स्याहार कोठा उपलब्ध गराउन ठाउँ हुन्छ भने, तपाईंले https://www.bd.gov.hk/doc/en/resources/codes-and-references/practice-notes-and-circular-letters/pnap/ADV/ADV032.pdf मा सिफारिस गरिएका सुविधाहरूको लागि भवनहरूको विभागद्वारा जारी गरिएको अभ्यास नोट, "व्यवसायिक भवनहरूमा बालस्याहारको प्रावाधान" मा सन्दर्भ लिन सक्नुहुन्छ।

कोठा अनउपलब्ध हुन्छ भने, तपाईंले आवश्यकतामा आमाको प्रयोगको लागि थप गोपनियता भएको स्थानको वा नजिकैको स्तनपान सुविधाहरूमा केहि ह्याण्डि जानकारीको प्रबन्ध गर्न सक्नुहन्छ। वास्तवमा, धेरैजसो स्तनपान गराउने आमाहरूले स्तनपान गराउने अवधिमा आफ्ना सामाजिक क्रियाकलापहरूलाई जारी राख्न चाहनुहुन्छ, उदाहरण परिवारहरूसँग खाना खाने, साथिहरूसँग खाना खाने, त्यसकारण स्तनपान गराउने आमाहरूको लागि वास्तवमै विशेष प्रबन्धहरूको आवश्यक पर्दैन। एकदमै महत्त्वपूर्ण कुरा भनेको कहाँ स्तपान गराउने भनी छनोट गर्ने आमाको स्वतन्त्रलाई सम्मान गर्नु हो।

प्रश्न 3: आमाले स्तनपान गराएको देखेर अन्य ग्राहकहरू चिन्तित हुँदाको अवस्थालाई कसरी ह्याण्डल गर्ने?

जवाफ 3: ग्राहकहरूलाई सामान्यतया आमाले स्तनपान गराएको देखेर चिन्ताहरू हुँदैन। कर्मचारीले चिन्तित ग्राहकहरूलाई स्तनपान बच्चालाई खुवाउने प्राकृतिक तरिका हो भनी व्याख्या गर्न सक्छन्। बच्चा भोको हुँदा, आमालाई उसको आवश्यकतामा प्रतिक्रिया जनाउन आवश्यक पर्छ। आवश्यक भएमा, तपाईंले ग्राहकलाई असजिलोपनलाई रोक्न स्तनपान गराइरहेको आमाबाट टाढा बस्न प्रस्ताव गर्न सक्नुहुन्छ वा अवस्थालाई ह्याण्डल गर्न थप अनुभव भएको कर्मचारीबाट मद्दत माग्न सक्नुहुन्छ।

ल अब सुरु गरौं. अब आफ्ना परिसरहरूलाई स्तनपान अनुकूल बनाएर स्तनपानलाई समर्थन गरौं!

  • चरण 1

    "स्तनपान अनुकूल परिसर" मा लिखित संगठन नीतिको विकास गर्नुहोस् जसले कर्मचारी र ग्राहकहरू बिच सञ्चारलाई परिष्कृत गर्नेछ र अभ्यासहरूलाई श्रेणिबद्ध गर्नुहोस्। कृपया सन्दर्भहरूको लागि नमूना नीति हेर्नुहोस्।

  • चरण 2

    नीजि तरिकाले स्तनपान गराउन चाहने आमाहरूको लागि थप गोपनियतासँग क्षेत्रहरूलाई पहिचान गर्नुहोस् र सबै कर्मचारीलाई यी क्षेत्रहरूबारे थाहा दिनुहोस्।

  • चरण 3

    कर्मचारी अनुकूलन स्तनपान अनुकूल उपायहरूको सफल कार्यन्वयनको प्रमुख हो। संगठनको नीति र स्तनपान अनुकूल परिसरहरूका अभ्यासहरू बारे कर्मचारीको प्रत्येक सदस्यसँग सञ्चार गर्नुहोस्। कर्मचारी नीति बारे परिचित छ, थप गोपनियता भएका क्षेत्रहरू बारे थाहा छ र सामान्य दृश्हरूलाई व्यवस्थित गर्न विश्वासिलो छ भनी सुनिश्चित हुनुहोस्।

  • चरण 4

    तपाईंको स्तनपान अनुकूल परिसरलाई प्रचार गर्नाले स्तनपान गराउने आमाहरूलाई आवश्यक पर्दा त्यसलाई फेला पार्न र प्रयोग गर्नको लागि सक्षम गराउनेछ। र अन्य ग्राहकहरू पनि परिसरको कुनै पनि स्थानमा आमाहरूलाई स्तनपान गराउन स्वागतम छ भन्ने बारे सचेत हुनेछन। तपाईंले विभिन्न माध्यमहरूबाट प्रचार गर्न सक्नुहुन्छ, उदाहरण आफ्नो संगठनको वेबसाइट वा सामजिक मिडियामा घोषणा गरेर र प्रवेशद्वार र परिसर भित्र सजिलै देख्न सकिने क्षेत्रहरूमा स्वागतम चेतावनी संकेत ("तपाईंलाई स्तनपान गराउन स्वागत छ) राखेर।

नीतिको नमूना

"स्तनपान अनुकूल परिसर " नीति

हाम्रो संस्था (वा कम्पनी) ले स्तनपान बच्चाहरू र साना बालबालिकालाई खाना खुवाउने प्राकृतिक तरिका हो भनी स्वीकार गरेको छ। हामीले हाम्रा परिसरका सार्वजनिक क्षेत्रहरूमा स्तनपान गराउने आमाहरूलाई स्वागत र समर्थन गर्छौं।

यो नीतिको लक्षय भनेको सार्वजनिकमा आमाहरूलाई स्तनपान गराउन सहायता गर्ने हो। सबै कर्मचारीलाई तिनीहरू यसको बारेमा सचेत छ भनी यो नीतिको सूचित गराउनुपर्छ।

यो नीतिलाई समर्थन गर्न सबै कर्मचारीले निम्न कार्यहरू लिनेछन्:

  1. कहाँ स्तनपान गराउने भनी छनोट गर्ने स्तनपान गराउने आमाहरूको स्वतन्त्रलाई सम्मान गर्नुहोस्; स्तनपान गराउने कोठाको उपस्थिति भनेको उसले कोठाको प्रयोग गर्न छनोट गर्नुपर्छ भन्ने होइन।
  2. स्तनपान गराइरहेको महिलाको ध्यान भङ्ग नगर्नुहोस्, त्यहाँ बाहिर निस्कने/आउने-जाने बाटोको कुनै सुरक्षा चिन्ता वा अवरोध नभएसम्म उहाँलाई ढाक्न वा अर्को क्षेत्रमा जान अनुरोध नगर्नुहोस्।
  3. आमाले थप गोपनीय रूपमा स्तनपान गराउन चाहनुहुन्छ भने सम्भव भएसम्म उपयुक्त स्थान (उदाहरण, मुख्य ट्राफिकबाट टाढा रहेको स्थान, एकान्त कुना, स्तनपान गराउने कोठा, नजिकैको बाल स्याहार सुविधा) को प्रस्ताव गर्नुहोस्। शौचालय वा विश्राम कक्षहरू बच्चाहरूलाई खाना खुवाउने उपयुक्त स्थानहरू होइनन् र प्रस्ताव पनि गर्नुहुँदै।
  4. आवश्यक समयमा आमाहरूलाई सहायता दिनुहोस्, उदाहरण, अन्य ग्राहकहरूलाई अनुकूल नीति र बच्चाहरूको खानपिनका आवश्यकताहरू बारे व्याख्या गर्नुहोस्।

स्वास्थ्य विभागका स्तनपान स्रोतहरू

स्वास्थ्य विभागको परिवार स्वास्थ्य सेवाको स्तनपानमा जानकारी

http://s.fhs.gov.hk/xknkz

Unicef बाट जानकारी

सार्वजनिक स्थानहरूले आमाहरूलाई स्तनपान गराई राख्न स्थना र सहायता उपलब्ध गराउन सक्छ

स्थनपान गराइरहेको आमाहरूको लागि अहिले आफ्नो सहायता संकल्प गर्नुहोस्।

www.SayYesToBreastfeeding.hk

थप अध्ययन गर्न हामीलाई सम्पर्क गर्नुहोस्

टेलिफोन: 2833 6139

ई-मेल: bf@unicef.org.hk

#SayYesToBreastfeeding