बच्चाको संकेतहरूलाई बुझ्ने

(Content revised 01/2018)

"मेरो बच्चा मसँग कुरा गर्न सक्नुभन्दा पहिला रोएर आफ्नो आवश्यकताहरू बताउनुहुन्छ!" धेरैजसो मानिसहरूले सोच्नुहुन्छ कि रुने एउटा मात्रै संञ्चार हो जसको उपयोग बच्चाले गर्छन्। वास्तवमा, बच्चाले जन्मेबाट संकेत, गतिविधि, मुखको अभिव्यक्ति र आवजहरू सहित भिन्न-भिन्न संकेतहरूको माध्यम मार्फत आवश्यकता वा चाहनाहरू बताउनुहुन्छ। उहाँको संकेतहरू प्रति संवेदनशिल हुने र तुरुन्तै प्रतिक्रिया दिनुभएमा उचित रूपमा पालन-पोषणमा सहज हुन्छ। ‍यसले तपाईं र तपाईंको बच्चाको बीचमा विश्वास र बन्धन बनाउन मद्दत गर्छ। यो भन्दा बढि, यसले तपाईंको बच्चाको मस्तिष्कको विकासलाई सुविधाजनक बनाउनमा पनि मद्दत गर्छ जुन अध्ययन गर्नको लागि महत्त्वपूर्ण हुन्छ।

बच्चाले तपाईंलाई यी सामान्य संकेतहरूको प्रयोग गरेर बताउनुहुन्छ कि उहाँले के चाहनुहुन्छ:

  • म भोकाएको छु/पेट भरिएको छ
  • म थकित छु/निन्द्रा लागेको छ
  • म खेल्नको लागि तयार छु
  • म चिन्तित भएको छु

म भोकाएको छु / पेट भरिएको छ!

बच्चाले एकैसाथ धेरै संकेतहरूको प्रयोग गरेर आफ्नो आवश्यकताहरूलाई व्यक्त गर्नुहुन्छ। तपाईं आफ्नो बच्चाका आवश्यकताहरूलाई एक संकेतबाट होइन सबै संकेतहरूलाई एकसाथ देखेर थाहा हुन्छ। आफ्नो आवश्यकताहरूलाई सूचित गर्नको लागि तपाईंको बच्चाको सुरुवात संकेत हुनेछ। जब उहाँको आवश्यकताहरूलाई तुरुन्तै पूरा गर्नुहुन्न, तब उहाँले कठिनाईको थप धेरै संकेत देखाउनुहुनेछ। भोक र पेट भरिएको हुनेबारे एउटै उदाहरण दिइएको छ।

बच्चालाई थाहा हुन्छ कि उहाँ कहिले भोकाउनुहुन्छ वा उहाँको पेट भरिन्छ। फेरि पनि, हामी प्राय: सोच्छौं कि उहाँ भोकाउनु भए मात्रै रूनुहुन्छ वा हामी उहाँको पेट भरिएका संकेतहरूलाई बेवास्ता गर्न सक्छौं। अब यता हेर्नुहोस् कि तपाईंको बच्चाले तपाईंलाई "भोक लागेको छ" र "मेरो पेट भरिएको छ" भनी कसरी बताउनुहुन्छ!

"म भोकाएको छु"

6 महिना भन्दा साना
  • उठ्नुहुन्छ र घुम्नुहुन्छ
  • ओठहरू चुस्नुहुन्छ
  • मुख खोलेर आफ्नो टाउकोलाई उठाएर खोज्नुहुन्छ
  • आफ्नो हात वा मुठ्ठीलाई चुस्नुहुन्छ
6 महिनाको उमेर वा माथिको
  • रूचिसँग खानालाई हेर्नुहुन्छ
  • टाउकोलाई खाना त चम्चाको नजिकै लैजानुहुन्छ
  • खाना तिर झुक्नुहुन्छ

"मेरो पेट भरिएको छ"

6 महिना भन्दा साना
  • सुस्त हुनुहुन्छ वा चुस्न बन्द गर्नुहुन्छ
  • आफ्नो मुख बन्द गर्नुहुन्छ
  • निप्पललाई छोड्नुहुन्छ
  • आफ्नो शरीरलाई आराम दिनुहुन्छ र सुत्न जानुहुन्छ
  • आफूलाई पछाडि तान्नुहुन्छ र टाउको घुमाउनुहुन्छ
  • दूधको बोतललाई धक्का दिनुहुन्छ
6 महिनाको उमेर वा माथिको
  • खानमा धेरै रूचि राख्नुहुन्न
  • सुस्त-सुस्त खानुहुन्छ
  • आफ्नो ओठलाई पछाडि लैजानुहुन्छ
  • खानालाई बाहिर निकाल्नुहुन्छ
  • आफ्नो टाउकोलाई टाढा गर्नुहुन्छ
  • आफ्नो ढाड सिधा गर्नुहुन्छ
  • चम्चा र खानालाई टाढा गर्नुहुन्छ वा फ्याकनुहुन्छ

टिप्स

  1. बच्चालाई खुवाउनको लागि उहाँकप भोकको संकेतहरूमा ध्यान दिनुहोस र पेट भरिएको संकेत देखाउनुभएको समयमा खुवाउन बन्द गर्नुहोस्। यसबाट उहाँलाई यो सिक्न मद्दत प्राप्त गर्नुहुन्छ कि उहाँलाई आफ्नो भोक अनुसार कति खानुपर्छ। तब खान सहज हुन्छ।
  2. नवजात शिशुहरूमा हरेक 1-2 घण्टा वा ठूलो बच्चाको लागिा हरेक 3-4 घण्टा भोकको संकेतहरू खोज्न सुरु गर्नुहोस्। यो निर्धारित समयको प्रतिक्षा गर्नुभन्दा खुवाउने समय तयार गर्ने उत्कृष्ट तरिका हो।
  3. यदि यी सुरुवातको संकेतहरूलाई पहिचान गरिँदैन भने, बच्चाले उत्तेजित शरीरको गतिविधिहरू र रुने जस्ता कठिनाई देखाउन सक्नुहुन्छ। यस्तो अवस्थामा खुवाउन भन्दा पहिला उहाँलाई शान्त गर्न आवश्यक हुन्छ।

म खेल्नको लागि तयार छु!

जसरी तपाईंको बच्चाको उमेर र क्षमताहरूमा बढ्दै जान्छ, खेल्नको लागि तैयार हुने संकेत परिवर्तन हुनेछ। उदाहरणको लागि:

नवजात शिशु

  • आफ्नो आगाडि तपाईंको अनुहारमा हे्र्ने
  • तपाईंको आखाहरूमा हेर्ने

2 महिनाको उमेर

  • वस्तुहरू वा मानव अनुहारलाई हेर्ने समयमा उत्साहित हुने
  • आफ्नो टाउको तपाईं तिर लैजाने
  • ओह-ओह-ओह, आह-आह-आह जस्तो घुर-घुर गर्ने र दोहोर्‍याउने आवजहरू गर्ने

4 महिना पछि

आफ्नो टाउकोलाई तपाईं र बब्बलमा फर्काउने बाहेक, उहाँले तपाईंसँग पुग्न सक्नुहुन्छ

6 महिना पछि

आफ्नो आवश्यकताहरूलाई व्यक्त गर्नको लागि धेरैजसो संकेतहरूको प्रयोग गर्न, उदाहरणको लागि, तपाईंलाई ध्यान दिएर त मुस्कुराएर, तपाईंको ध्यान तान्नको लागि आफ्नो हातहरूलाई खोल्ने र घुमाउने

टिप्स

  1. जब तपाईं माथि उल्लेखित संकेतहरूलाई हेर्नुहुन्छ तब यो तपाईंको बच्चासँग खेल्ने वा कुराकानी गर्ने सबै भन्दा राम्रो समय हो। तपाईंले उहाँको सामना गर्न सक्नुहुन्छ, उहाँको आखाहरू हे्र्न सक्नुहुन्छ, अतिशयोक्ति अनुहारका अभिव्यक्तिहरूको प्रयोग गर्न सक्नुहुन्छ, उहाँलाई आफ्नो अभिव्यक्तको नकल गर्न र कुराकानी गर्न तथा उहाँलाई गाउनको लागि प्रोत्साहित गर्न सक्नुहुन्छ।
  2. आफ्नो बच्चासँग खेल्दा, जवाफ दिनुभन्दा पहिला उहाँका अभिव्यक्तिहरू र व्यवहारहरूको प्रतिक्षा र निरीक्षण गर्न सम्झनुहोस्। यसले तपाईंलाई आफ्नो बच्चाका आवश्यकताहरू नजिकैबाट पालना गर्न मद्दत गर्छ।

अभिभावक-बच्चाको कुराकानी सीपहरूको बारेमा थप जान्नको लागि, कृपया हाम्रो भिडियो ‘आफ्नो वच्चासँग जोड्ने (1-4 महिना)’ हेर्नुहोस्।

म थकित छु/निन्द्रा लागेको छ!

जब बच्चा धेरै उत्तेजना भएको वातावरणमा हुनुहुन्छ, थाकित वा उदास हुनुहुन्छ, तब उहाँले निम्न संकेतहरू देखाउन सक्नुहुन्छ:

6 महिना भन्दा साना

  • औँलाहरू बा मुठ्ठी चुस्ने
  • आखाहरू माथि तिर हेर्ने / उदास देखिने
  • उजुरी गर्नको लागि झुकावसँग आवज वा तोतेबोली बोल्ने
  • खेलौना वा तपाईंमा रुचि नदेखाउने, उहाँको ध्यान तान्न कठिनाइ हुने
  • हाई गर्ने
  • धक्का दिने गतिविधिहरू, पछाडि झुक्ने

6 महिनाको उमेर वा सोभन्दा बढि

  • आफ्नो आखाहरूलाई मिच्ने
  • आफ्नो अनुहार फर्काउने
  • चिपकाउने र ध्यान दिने माग

टिप्स

  1. यदि सम्भव हुन्छ भने उत्तेजनालाई कम गर्नुहोस् जस्तै आफ्नो गतिलाई कम गर्ने र उहाँलाई शान्त गर्नको लागि आफ्नो आवजलाई कम गर्ने वा उहाँलाई विश्राम लिन दिनुहोस्।
  2. थकित वा सुस्त हुँदा उहाँलाई कोक्रोमा राख्नुहोस्।
  3. यदि उहाँ अनिच्छिुक वा उदास हुनुभयो भने, गतिविधिहरूलाई परिवर्तन गर्नुहोस्। उहाँलाई आराम दिने वा उहाँलाई केही अन्य गतिविधिहरूमा संलग्न गर्नुभन्दा पहिला उहाँको जवाफको निरीक्षण गर्नुहोस्।

म चिन्तित भएको छु

तपाईं आफ्नो बच्चाको आवश्यकता पूरा गर्नुहुन्न वा उहाँलाई तपाईंसँग आरामको आवश्यकता हुँदा, तपाईंले निम्न संकेतहरूलाई ध्यान दिन सक्नुहुन्छ:

  • रिसाउने
  • आफ्नो अनुहारलाई रातो बनाउने
  • उजुरी गर्नको लागि आवाज निकाल्ने / तोतेबोली बोल्ने
  • धक्का दिने गतिविधिहरू

टिप्स

  1. तपाईंको बच्चा चिन्तित हुनुहुँदा, उहाँ आराम गर्न र आफ्नो आवश्यकताहरू पूरा गर्नको लागि तपाईंमा निर्भर हुनुहुन्छ। यदि उहाँ आफ्नो आवश्यकताहरूलाई पूरा गर्न सक्नुहुन्न भने, उत्तेजित र रून सक्नुहुन्छ।
  2. समयसँगै, तपाईं आफ्नो बच्चासँग थाहा हुनेछ र उहाँ भन्न सक्नुहुन्छ कि उहाँलाई के आवश्यक भएको छ। तपाईं उहाँको सुरुवातको संकेतहरूलाई पहिचान गर्न सक्नुहुन्छ र निराश भएर रूनुभन्दा पहिला तुरुन्तै र उचित जवाफ दिन सक्नुहुन्छ। आफ्नो बच्चाको स्याहार गर्न थप धेरै रमाइलो हुनसक्छ।

बच्चाको रूने बारे थप जान्न, तपाईंलाई विवरणको लागि हाम्रो पुस्तिका ‘बच्चाको रूने’ को सन्दर्भ लिन सक्नुहुन्छ।

बच्चाले भिन्न-भिन्न संकेत देखाउन सक्नुहुन्छ। कुनै बच्चाले चिल्लाउनुहुन्छ, माथि तिर घुमाउनुहुन्छ र थाकेको समयमा शान्त भई सुत्नुहुन्छ। केही अलंकृत हुनुहुन्छ र विस्तारैविस्तारै आफूलाई भन्दा पहिला उहाँलाई शान्त गर्ने आवश्यकता हुन्छ। संकेतहरूको विभिन्न अभिव्यक्ति बच्चाको स्वभाव, विकास, आमाबुवाको प्रतिक्रिया आदिमा भिन्नतासँग सम्बन्धित हुन सक्छ । प्रत्येक बच्चा अद्वितीय हुन्छन् र उहाँको वृद्धि भए अनुसार उहाँको संकेत परिवर्तन हुन्छन्। तपाईंको बच्चाको संकेतहरू प्रति तपाईंको प्रतिक्रिया उहाँको लागि शान्त रहन र आफैलाई शान्त गर्नको लागि एक सुरक्षित वातावरण उपलब्ध गराउनुहुन्छ।