बच्च्चालाई बताउन दिनुहोस् - आमाबुवा-बच्चासँगको सञ्चारका लागि सुझावहरू

(03/2017 मा संसोधन गरिएको विषयवस्तु)

आमाबुवा-बच्चासँगको सञ्चारका लागि सुझावहरू

(दुई वर्षभन्दा मुनिका बालबालिकाका आमाबुवाहरूका लागि)

बालबालिका अन्य व्यक्तिहरूसँग सञ्चार गरेर मजा लिन जन्मिएका हुन्छन्; उनीहरू बोल्न सक्नुभन्दा पहिला, उनीहरूले पहिले नै आफ्ना आवश्यकता र प्राथमिकताहरूलाई गैर-शाब्दिक अर्थहरू (अनुहारको अभिव्यक्ति, शरीरको गतिविधिहरू र आवाजहरू आदि) मार्फत व्यक्त गरिरहेका हुन्छन्। यो "आमाबुवा-बच्चासँगको सञ्चारका लागि सुझावहरू'' तथ्य पाना र ''बच्चालाई बताउन दिनुहोस्'' भन्ने भिडियो प्रभावकारी आमाबुवा-बच्चासँगको सञ्चारका अत्यावश्यक सीपहरू बुझ्न र सुसज्जित गर्नका लागि आमाबुवालाई मद्दत गर्ने लक्ष्यका साथ उत्पादन गरिएका थिए।

*यो तथ्य पाना 'बच्च्चालाई बताउन दिनुहोस्' भिडियोको पूरक हुन्छ र तिनीहरू प्रभावकारी आमाबुवा-बच्चासँगको सञ्चारबारे विस्तृत बुझाइ प्राप्त गर्नका लागि सँगसँगै हेर्न सिफारिस गरिएका छन्। तपाईं पारिवारिक स्वास्थ्य सेवा, स्वास्थ्य विभागको वेबसाइट हेरेर www.fhs.gov.hk वा गएर मातृ तथा बाल स्वास्थ्य केन्द्रका चिकित्सक र नर्सहरूबाट DVD लिएर भिडियो पहुँच गर्न सक्नुहुन्छ।

प्रभावकारी आमाबुवा-बच्चासँगको सञ्चार भनेको के हो?

हामी आफ्ना बालबालिकासँग सञ्चार गर्दा, हामी उनीहरूको प्रतिक्रिया वा रुचिहरूमा ध्यान नदिइकन आफ्नै विचारहरू वा हामीले उनीहरूलाई दिने आदेशहरूमा ध्यान दिन खोज्छौं। ''तपाईंले रिङ्गहरू यहाँ राख्नुपर्छ'' वा ''बल यहाँ ल्याउनुहोस्'' जस्ता ''एकतर्फी सञ्चार'' ले बालबालिकाको प्रतिक्रिया प्राप्त गर्न गाह्रो हुन्छ र कुराकानी गर्दा उनीहरूको रूचि जगाउँदैन।

प्रभावकारी आमाबुवा-बच्चासँगको सञ्चार दुईतर्फी र अन्तर्क्रियात्मक हुनुपर्छ जसमा आमाबुवा र बच्चा दुवैले प्रक्रियामा भाग लिएर त्यसको मजा लिनहुन्छन् । तपाईंले आफ्नो बच्चासँग अन्तरक्रिया गर्दा, तपाईं उहाँको अनुहारका अभिव्यक्ति, आवाज र इशाराहरूलाई अवलोकन गर्न सक्नुहुन्छ। यी गैर-शाब्दिक अभिव्यक्तिहरूको अर्थलाई अनुमान लगाउने प्रयास गर्नुहोस् र सोही अनुसार प्रतिक्रिया दिनुहोस्। यस अनुसार, तपाईंको बच्चालाई तपाईंले उहाँलाई बुझ्ने प्रयास गर्दै हुनुहुन्छ भन्ने कुरा थाहा हुनेछ र उहाँले यसको परिणाम स्वरूप तपाईंला रूचि देखाउनहुनेछ र प्रतिक्रिया दिनुहुनेछ।

तपाईं आफ्नो बच्चसँग खेल्दा वा उहाँले आफ्ना आवश्यकताहरूबारे तपाईंसँग व्यक्त गर्दा आमाबुवा-बच्चासँग सञ्चार स्थापना हुन्छ। खेल बालबालिकाको जीवनको एक महत्त्वपूर्ण भाग हो। यो आरामदायी हुन्छ र सञ्चारका लागि अवसरहरू सिर्जना गर्छ। यो मनोरञ्जित वातावरणमा, बालबालिका तपाईंसँग अन्वेषण गर्न र सिक्न पाउँदा खुशी हुनेछन्। तपाईं उहाँलाई आफ्ना आवश्यकताहरू कसरी व्यक्त गर्ने भन्नेबारे सिकाउन समयको प्रयोग गर्न सक्नुहुन्छ।

आमाबुवा-बच्चासँगको सञ्चारका लागि कसरी तयारी गर्ने?

हरेक बच्चा अद्धितीय हुन्छन् र उनीहरूको विकासको गति भिन्न हुन्छ। तपाईंले उहाँको चरण र विकासको गति, स्वभाव तथा रूचि समायोजन गर्ने खेल क्रियाकलापहरू छनोट गर्नुपर्छ। धेरै गाह्रा वा धेरै सहज भएका गेमहरूले तपाईंको बच्चाको सहभागी हुने रूचिलाई कम गर्नेछन् र उहाँबाट सिकाइका अवसरहरू टाढा राख्नेछन्। ।

बाल विकास सम्बन्धी थप जानकारीका लागि, कृपया पारिवारिक स्वास्थ्य सेवा, स्वास्थ्य विभागद्वारा प्रकाशित पुस्तिकाहरूको श्रृंखला ''बाल विकास'' र ''पालन-पोषण'' पढ्नुहोस्।

  1. राम्रो महसुस गर्ने

    तपाईंले राम्रो महसुस गर्दा, तपाईंसँग आफ्नो बच्चा खेल्ने समयमा उहाँको व्यवहार अवलोकन गर्न वा सोही अनुसार प्रतिक्रिया दिनको लागि धर्यता हुनेछ, जसकारण प्रभावकारी आमाबुवा-बच्चासँगको सञ्चार प्राप्त हुन्छ। तपाईं थकित वा नराम्रो मनोदशामा हुँदा, जबरजस्ति आफ्नो बच्चासँग नखेल्नुहोस्। त्यसको सट्टा, आफ्नो बच्चासँग खेल्नुभन्दा अघि आराम गर्नुहोस् र आनन्द लिनुहोस् जसकारण तपाईंले त्यसको मनोरञ्जन गुमाउनुहुने छैन।

  2. आफ्नो बच्चाका विशेषताहरूलाई बुझ्ने
  3. समय र स्थान

    तपाईंको बच्चा एकदमै थकित नहुँदासम्म वा अस्वस्थ महसुस नगर्दासम्म, तपाईं आफ्नो सम्पर्कमा आउने दैनिक अवस्थाहरूको प्रयोग गरेर कुनै पनि समयमा आफ्नो बच्चासँग सञ्चार गर्न वा खेल्न सक्नुहुन्छ।

आमाबुवा-बच्चासँगको सञ्चारका लागि प्रभावकारी सीपहरू

माथिको तयारीका साथ, तपाईंले निम्न सीपहरू लागू गर्दा आमाबुवा-बच्चासँगको सञ्चार धेरै सहज हुनेछ।

  1. आमुन्ने-सामुन्ने

    "आमुन्ने-सामुन्ने" ले अन्तरक्रिया सहज बनाउँछ। उहाँले स्पष्ट रूपमा तपाईंको अनुहारको अभिव्यक्ति हेर्न सक्दा तपाईंलाई आफ्नो बच्चाको व्यवहार अवलोकन गर्ने अनुमति दिन्छ। तपाईं आफूलाई बच्चाको उचाईसँग समायोजन गर्न तल स्क्वाट गर्न वा भुइँमा बस्न सक्नुहुन्छ।

  2. बच्चालाई नेतृत्व गर्न दिनुहोस्

    सञ्चारको अवधिमा बच्चालाई नेतृत्व गर्न दिनाले सञ्चारप्रतिको उहाँको उत्सुकतालाई बढाउनेछ। उहाँ तपाईंसँग अन्वेषण गर्न र सिक्न पाउँदा खुशी हुनुहुनेछ। तपाईं पहिला बच्चा के कुरामा वा केसँग खेल्न इच्छुक हुनुहुन्छ भन्ने कुराको अवलोकन गर्न, त्यसपछि उहाँको रूचि अनुसरण गर्न र उहाँको खेल्ने साथी बन्न सक्नुहुन्छ।

    यदि तपाईंको बच्चाले तपाईंले छनोट गरेको क्रियाकलापमा रूचि देखाउनुहुन्न भने, उहाँलाई जबरजस्ति नगर्नुहोस् वा उहाँ तपाईंसँग रिसाउन सक्नुहुन्छ।

    उदाहरण: आमा आफ्नी छोरीसँग प्लास्टिक रिङ्ग खेल्न चाहनुहुन्थ्यो तर बच्चा बलहरू फाल्नमा बढी इच्छुक हुनुहुन्छ। त्यसैले, आमाले उहाँको रूचि अनुसरण गर्नुहुन्छ र उहाँसँग बलहरू फाल्नुहुन्छ। त्यहीँ समयमा, उहाँले आफ्ना कार्यहरू र आफूसँग सम्बन्धित शब्दहरूको व्याख्या गर्नुहुन्छ।

  3. वस्तुहरूको बारेमा देखिनेगरी कुरा गर्ने

    बालबालिकालाई वस्तुहरूको बारेमा देखिनेगरी व्याख्या गर्नाले उनीहरूलाई वस्तु र घटनाहरूको बारेमा थप बुझ्न र उनीहरूको भाषा विकास परिष्कृत गर्न पनि मद्दत गर्दछ। अवस्था र बालबालिकाको रूचिमा निर्भर रहेर, तपाईं संलग्न भएका वस्तु वा कार्यहरूको बारेमा वर्णन गर्न सामान्य शब्दहरूको साथमा अभिनयको प्रयोग गर्न सक्नुहुन्छ। बालबालिकाकालाई वस्तुहरूको नाम, उनीहरूका विशेषताहरू वा प्रकार्यहरू जस्ता शब्दावली परिचित गराउने सरल वाक्यांशहरूको प्रयोग गर्नुहोस्, जसकारण उनीहरूले सजिलेसँग अर्थहरू बुझ्न सक्छन्।

    तपाईं बोल्ने बेलामा रोकि-रोकि बोल्न सम्झनुहोस्। यसले बच्चालाई प्रतिक्रिया जनाउने र सहभागी हुने अवसर दिनेछ जसले उहाँलाई आफ्नो व्यक्ति गर्ने अवसरलाई बढाउनेछ।

    उदाहरण: बुवा आफ्नो छोरासँग खेलिरहेको बेलामा, उहाँले सामान्य शब्दहरूमा आफ्नो छोरासँग अवस्थाबारे व्याख्या गर्नुभयो। उहाँले आफ्नो छोरालाई हाँस-आकारका रिङ्गहरू दिँदा, उहाँले ''Duckie'', ''पूर्ण रूपमा राख्नुहोस्'' भनेर यसका विशेषताहरूलाई ''यहाँ प्वाल छ'' भन्दै वर्णन गर्नुहुन्छ!

  4. थप प्रतिक्रिया दिने र प्रशंसक हुने

    आफ्नो व्यक्त गर्ने बच्चाका प्रयत्नहरूमा तुरून्तै प्रशंसा गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्। यसले उहाँलाई तपाईंसँगको सञ्चारमा सहभागी हुनका साथै उहाँलाई आफ्नो व्यक्त गर्न प्रेरित गर्न प्रोत्साहन गर्दछ। बच्चाले आवाज निकालेर वा इशाराहरू गरेर व्यक्त गर्दा, तपाईंले उहाँको अभिनयलाई अनुसरण गर्न र उहाँले के भन्न खोज्नुभएको हो भन्ने कुराको अनुमान लगाउन सक्नुहुन्छ। त्यहीँ समयमा, सर शब्दहरूमा उहाँका अभिनयहरूलाई वर्णन गरेर प्रतिक्रिया जनाउनुहोस्। उहाँका प्रयासहरूका लागि उहाँलाई प्रशंसा गर्नुहोस्।

    उदाहरण: बुवा आफ्नो छोरासँग प्लास्टिक रङ्ग खेल्दै हुनुहुन्छ। उहाँले बच्चालाई उहाँको सहभागीतामा प्रशंसा गर्नुहुन्छ। बच्चाले आफ्नो आवाजद्वारा बेचैनी देखाउँदा, बुवाले उहाँ अब उपरान्त इच्छुक नहुने र प्रतिक्रिया नजनाउने कुरालाई ''तपाईं यो चाहनुहुन्न? यो खेल्ने बारेमा कस्तो छ?'' भनेर प्रश्न गर्दै प्रतिष्ठा गर्नुहुन्छ

उचित अपेक्षा राख्ने

बच्चा हुर्काउन पूर्ण मनोरञ्जन र चुनौतीहरू हुन्छन्। प्रत्येक बच्चाको विकासमा भिन्न गति र बल हुन्छ, उनीहरूले अन्य क्षेत्रहरूमा पछि हुँदा पहिले नै विकासका निश्चित क्षेत्रहरूमा केही सीपहरू प्राप्त गर्न सक्छन्।

आमाबुवाले उनीहरूका बालबालिकाको विकासमा व्यक्तिगत भिन्नताहरू हुनेछन् भन्ने कुरालाई बुझेर स्वीकार गर्नुपर्छ। कहिलेकाँही, तपाईंले प्रभावकारी सञ्चारका सीपहरूको प्रयोग गरेर, उहाँको प्रदर्शनले तपाईंले अपेक्षा गरेअनुसारको उल्लेखनीय सुधार नदेखाउन सक्छ। तपाईंले उहाँको अध्ययनको गतिलाई अनुसरण गरेपछि र उहाँलाई धैर्यताका साथ मार्गदर्शन गरेपछि, तपाईं आनन्दित वातावरणमा खुशीका साथ आफ्नो बच्चाको विकास भएको देखेर खुशी हुनुहुनेछ।

तपाईंसँग आफ्नो बच्चाको विकासबारे कुनै पनि प्रश्न छ भने, कृपया मातृ तथा बाल स्वास्थ्य केन्द्र वा अन्य स्वास्थ्य स्याहार पेशेवरहरूलाई सम्पर्क गर्न नहिच्किचाउनुहोस्।

पारिवारिक स्वास्थ्य सेवा, स्वास्थ्य विभागको 24-घण्टाको जानकारी हटलाइन:
2112 9900

पारिवारिक स्वास्थ्य सेवा, स्वास्थ्य विभागको वेबसाइट: www.fhs.gov.hk

बाल सहायता सेवा, स्वास्थ्य विभागको वेबसाइट: www.dhcas.gov.hk