बाल विकास 1 – सिद्धान्तहरू

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

बच्चाको जीवनको पहिलो केही वर्षमा, मस्तिष्क आकर्षक दरमा वृद्धि र विकास हुन्छ। बच्चा सोच्ने, अनुकूल हुने र समस्या समाधान गर्ने आधारभूत तरिकाहरूमा पूर्णतया आश्रित शिशुबाट स्वाधीन बच्चाको क्षमतामा तीव्र रूपमा प्रगति गर्छन्। तपाईंको बच्चाको क्षमता र योग्यताहरू निर्धारण गर्ने कार्यमा आनुवंशिकी महत्त्वपूर्ण हुँदा, वातावरणको भूमिका तपाईंको बच्चाको सामाजिक तथा भावनात्मक विकास अध्ययनलाई प्रभाव पार्नेमा बराबर महत्त्वको हुन्छ।

विकास एक निरन्तर प्रक्रिया हो। बच्चा पूर्वनिर्धारित अनुक्रममा प्रत्येक चरण मर्फत अगाडि बढ्छ। यद्यापि, हरेक बच्चा अद्वितीय हुन्छन्। तपाईंको बच्चाले आफ्नै गतिमा विकास गर्नुहुनेछ। बालबालिकाले निश्चित उमेरमा निश्चित विशेषता, व्यावहार देखाउन र विशेष चरणहरू पहुँच गर्न खोज्दा, विकासात्मक प्रगतिहरूको व्यापक दायरा सामान्य हुन सक्छ। यसकारण, विशेष बच्चाको विकासको प्रत्येक चरणमा के अपेक्षा गरिनुपर्छ भन्नेबारे यथार्थ बुझ्न कठिन हुन्छ।

विकासका विभिन्न क्षेत्रहरू के-के हुन्

  • चाल
  • अनुभूति
  • भाषा
  • भावना र व्यवहार
  • दृष्टि र सुनुवाई जस्ता भावहरू
  • सामाजिक सञ्चार

सबै क्षेत्रहरू महत्त्वपूर्ण र अन्तर-सम्बन्धित छन्।

तपाईंको बच्चालाई के आवश्यक पर्छ

बालबालिकालाई विशेषत: जीवनको प्रारम्भिक चरणहरूमा आफ्नो पूर्ण सम्भाव्यतामा वृद्धि र विकास गर्नको लागि निश्चित तत्त्वहरू आवश्यक पर्छ। उहाँहरूलाई आवश्यक पर्छ:

  • विशेष, माया गरेको र महत्त्व दिएको महसुस गर्न।
  • सुरक्षित महसुस गर्न।
  • आत्मविश्वास महसुस गर्न।
  • मार्गदर्शन।
  • स्वतन्त्रता र सीमाहरूको सन्तुलित अनुभव।
  • उत्तेजनाको विभिन्न प्रकारले भरिएको भिन्न वातावरणमा अनावरण गर्न।

तपाईंले कसरी मद्दत गर्न सक्नुहुन्छ

आफ्नो बच्चाको लागि उपयुक्त वातावरण उपलब्ध गराएर, तपाईं आफ्नो बच्चाको विकासमा भिन्नता ल्याउन सक्नुहुन्छ।

  • आफ्नो बच्चालाई अन्वेषण र अध्ययन गराउनको लागि उमेर र विकासात्मक रूपमा उचित खेल्ने सामग्रीहरूको साथमा रोचक तथा सुरक्षित भौतिक वातावरण उपलब्ध गराउनुहोस्।
  • आफ्नो बच्चाको व्यवहारमा शान्तिपूर्वक र आकस्मिक रूपमा प्रतिक्रिया जनाउनुहोस् : आफ्नो बच्चा मुस्कुराउँदा मुस्कुराउने, आफ्नो बच्चाका प्रश्नहरू सुन्ने रछोटकरीमा भएपनि जवाफ दिने।
  • आफ्नो बच्चालाई आफै अभिव्यक्त गर्न प्रोत्सान गर्नको लागि उत्साहपूर्ण, विवरणात्मक रूपमा प्रचुर र शुद्ध भाषा प्रयोग गरी बारम्बार उहाँसँग र उहाँ सँगसँगै बोल्नुहोस्।
  • अति धेरै प्रतिबन्ध, सजाय वा नियन्त्रण गर्ने खालको व्यवहार नगर्नुहोस्। यसको सट्टामा, आफ्नो बच्चालाई अन्वेषण गर्नको लागि कोठा र सुरक्षित सीमाभित्र रहेर गल्तीहरू गर्ने अवसर पनि दिनुहोस्।
  • आफ्नो बच्चाका क्षमताहरूको लागि उचित अपेक्षाहरू राख्नुहोस्।

"बाल विकासको" निम्न श्रृङ्खला विकासात्मक चरणहरूबाट सामान्य प्रगति देखाउनको लागि हो। हरेक बच्चा अद्वितीय हुन्छन्। बच्चाले पहिले नै केही विशेष चरणहरू र पछि सामान्य प्रचलनमा अन्य चरणहरू पूरा गर्नु पूर्ण रूपमा सामान्य हो।

तपाईंको बच्चाले केही फरक समय लिनुहुन्छ वा केही चरणमा आएर निश्चित क्षमताहरू प्राप्त गर्न असफल हुनुहुन्छ भने धेरै नआत्तिनुहोस्। यसले थप ध्यानाकर्षणको आवश्यकतातर्फ मात्र संकेत गरेको हुनसक्छ।

तपाईंसँग आफ्नो बच्चाको विकाससँग सम्बन्धित कुनै पनि चिन्ता छ भने, कुनै पनि मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू (MCHC) का नर्स र चिकित्सकहरू वा आफ्नो पारिवारिक चिकित्सक/बाल विशेषज्ञसँग छलफल गर्नुहोस्।

हामीसँग गर्भवती आमाबुवा, शिशु र प्रिस्कूल बालबालिकाका आमाबुवाहरूका लागि "सुखद पालन-पोषण!" कार्यशालाहरूका श्रृंखला र पुस्तिकाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।