तपाईको बच्चाको विकास बुझाई – पूर्व विधालयका बालबालिकाका अभिभावकहरुका लागि

(Content revised 06/2016)

पूर्व विधालयको सुरुवातले तपाईको बच्चाको विकासको लागि एक नयाँ कोशे ढुङ्गो जनाउँछ । परिवारबाहेक, पूर्व विधालयले बच्चाको ज्ञान तथा सीप सिकाईलाई अभिवृद्धि गर्ने महत्वपुर्ण भुमिका निर्वाह गर्दछ । अभिभावकहरु तथा शिक्षकहरु बीचको निकट संचारले उनीहरुको विकासलाई सरल बनाउन मदत गर्दछ ।

अभिभावकको नाताले, हामी सबै हाम्रा बच्चाहरुको चेतना, भाषा, मोटर(शारिरीक क्षमता), स्वंय-स्याहार साथै सामाजिक सीपहरुको समेत साधारण र सन्तुलित विकास होस् भन्ने चाहन्छौं । तथापि, यदि बच्चाले आशा गरे अनुरुपको क्षमता प्रदर्शन नगरेमा जो कोहि अवश्य चिन्तित हुनेछौं । यस्ता अनावश्यक चिन्ताहरुबाट बच्नको निम्ति, अभिभावक तथा शिक्षकहरुलाई बच्चाहरुको क्रयाकलाब नियाल्दा तल दिईएका बुंदाहरुमा ध्यान दिन सुझाव दिईन्छ:

  • बाल विकास एक निरन्तर प्रक्रिया हो जुन एक निश्चित अनुक्रम अनुरुप विकसित हुन्छ । तथापि, प्रत्येक बच्चा उसको/उनको आफ्नै गतिमा विकसित हुन्छन् साथै हरेकमा विविधताहरु आउने आशा गरिन्छ ।
  • प्रत्येक बच्चाको आफ्नै क्षमताहरु र कमजोरीहरु हुन्छ । एक बच्चाको लागि एक निश्चित क्षेत्रमा उत्कृष्ट हुनु तर अन्यमा तुलनात्मक वा कमजोर हुनु पूर्णरुपमा स्वाभाविक हो ।
  • एक बच्चाले फरक विषयमा फरक तरिकाले प्रदर्शन गर्न सक्छ । अभिभावक तथा शिक्षकहरु बिचको सञ्चारले बच्चाको प्रदर्शन समग्र रुपमा राम्ररी बुझ्नमा मदत पुराउछ ।
  • बालबालिकाहरुको उमेर समूह कक्षामा ठुलो अन्तरले फरक हुन सक्दछ । साना उमेरका बच्चाहरुलाई कुनै निश्चित ज्ञान तथा कलाहरु सिक्न अलि बढि समय र निर्देशनको आवश्यकता पर्न सक्दछ । अभिभावक तथा शिक्षकहरुले उनीहरुको आशा सोहि अनुरुप समायोजन गर्नु पर्दछ ।

यदि बच्चाको विकासले गर्दा चिन्ता वृद्धि भएमा, अभिभावक र शिक्षकहरुले उसको/उनको विधार्थी जीवनमा समायोजित भईसकेपछि केहि समय अवलोकन गर्न सक्छन् । बच्चाले सिक्नुका साथै बढिरहेको पनि कुरालाई ध्यानमा राख्दै, यदि समस्या अस्थायी मात्र भए, वा ऊ/उनीमा थोरैमात्र एक वा दुई निश्चित क्षमताहरुको विशेष विकास क्षेत्रमा {जस्तै: भाषा, चेतना, कुल वा स्तरिय मोटर (शारिरीक) क्षमताहरु, स्वंय-स्याहार वा व्यवहार} मात्रै केहि पछि परेमा आत्तिनु पर्दैन । यधपि, यदि बच्चाको प्रदर्शनी अन्य बच्चाहरुभन्दा निरन्तर फरक भएमा, त्यसपछि अभिभावक र शिक्षकहरुले आवश्यक पुन: जाँच बारे एक-आपसमा छलफल गर्नुपर्छ ।


तल दिईएका अवस्थाहरुमा अभिभावक तथा शिक्षकहरुले बच्चाहरुको विकासलाई अवलोकन गर्दा विशेष ध्यान दिनु जरुरी हुन्छ ।
K-1 गईसकेपछि (3 देखि 4 वर्षका) केहि समय अवधिसम्ममा, बच्चाले अझपनि :
चेतना (बौद्धिक) विकास

  • आधारभूत धारणाहरु बुझ्न सक्दैन, जस्तै: ठूलो र सानो
  • “एक” वा “दुई” को अर्थ बुझ्नमा कठिनाई देखाउछ
  • सामान्य वस्तुहरुको प्रयोगबारे बयान गर्न असक्षम हुन्छ, जस्तै: खानका लागि चम्चा, काट्नका लागि कैंची
  • मेक-बिलिभ प्ले (नाटक) भाग लिदैन्न् जस्तै: डाक्टर बनेको नाटक गर्ने, भान्छाका सामानहरुसँग खेल्ने आदि

भाषा विकास

  • अति सामान्य वस्तुहरु र चित्रहरुको नाम पहिचान गर्न असक्षम हुन्छ
  • सामान्य निर्देशनहरु पालना गर्न असक्षम हुन्छ, जस्तै: “कारलाई खेलौना बाकसमा हाल”
  • सामान्य प्रश्नको “हो/होइन” जवाफ दिन सक्दैन
  • छोटो हरफहरुमा बोल्न सक्दैन, जस्तै: “बाबाले बिस्कुट माग्नुहुँदैछ”
  • सर्वनामको प्रयोग वा बुझ्नमा दोधार देखाउँछ, जस्तै: “मलाई बिस्कुट चाहिन्छ” वा “तिमीले यो बाबालाई देऊ”
  • नर्सरीका गीतहरु (राईमस्) गाउन सक्दैन
  • अस्पष्ट वा अशुद्ध बोल्दछ

मोटर (शारिरीक क्षमता को) विकास

  • हिड्दाखेरि सजिलैसँग लड्छ
  • सिंढी चढ्दा/झर्दा सहयोगको आवश्यकता पर्दछ
  • औंलाहरुको प्रयोग गर्दा अप्ठ्यारोसँग गर्दछ, जस्तै: मिठाईको खोल खोल्दा, किताबहरुको पाना पल्टाउँदा वा माटोसँग खेल्दा
  • ठाडो वा तेर्सो धर्काहरुको नक्कला उतार्न सक्दैन
  • बोतलको बिर्को खोल्न वा बन्द गर्न गाह्रो पर्दछ

स्वंय-स्याहार कलाहरु

  • दिसा-पिशाब लागेको बताउन सक्दैन, लगातार दिनमा कट्टुमै दिशा-पिसाब गर्दछ
  • खुकुलो टि-सर्ट, जुत्ताहरु र मोजाहरु खोल्न सक्दैन
  • चम्चा अप्ठ्यारो र फोहोरी तरिकाले प्रयोग गर्दछ

सामाजिक तथा व्यवहारिक विकास

  • अन्य बच्चाहरुमा कम मात्र रुचि देखाउँछ वा वास्तै गर्दैन; एक्लै खेल्न रुचाउँछ
  • आँखा कम मात्र जुधाउँछ र कमै मात्र अरुसँग कुराकानी सुरु गर्दछ
  • आफुलाई रुचि लागेको कुरामा कमै मात्र कसैको ध्यानाकार्षण गर्दछ ।
  • धेरै जसो अवस्थामा मुख्य स्याहारदातासँग एकदमै झुन्डिन्छ र छुट्नु एकदम धेरै गाह्रो पर्दछ

K-2 गईसकेपछि (4 देखि 5 वर्षका) केहि समय अवधिसम्म, यदि बच्चा अझैपनि:
चेतना विकास

  • दुई वस्तुहरु बीच तिनीहरुको आकार, उचाई वा लम्बाई हेरेर भिन्नता छुट्याउन सक्दैन
  • वस्तुहरुको प्रकार छुट्याउन र जोडा मिलाउन सक्दैन, जस्तै जुत्तालाई मोजासँग, कपलाई प्लेटसँग
  • आधारभूत अङ्कहरुको धारणा बुझ्नमा कठिनाई देखाउँछ, जस्तै: 2 देखि 3 वस्तुहरु सहि तरिकाले गन्नु
  • देखाईएको 1 देखि 2 वस्तुहरु चिन्न सक्दैन

भाषा विकास

  • लामो वाक्यहरु बुझ्नमा कठिनाई देखाउँछ, जस्तै: “खेलौना कारलाई डेस्कको छेउको बाकसमा राख”
  • भनिएको कथाहरु बुझ्न नसक्नु
  • सामान्य वाक्यहरुमा बोल्न नसक्नु, जस्तै: “मलाई कारसँग खेल्न मनपर्छ”
  • “के” र “को” प्रश्नहरु सोध्न सक्दैन
  • निर्देशनसहित सामान्य घटनाहरु बुझ्न सक्दैन
  • अस्पष्ट वाक्य बोल्छ

मोटर (शारिरीक क्षमताको) विकास

  • हिड्दा, दौड्दा वा चढ्दा अप्ठ्यारोसँग गर्दछ र सजिलैसँग लड्छ
  • बल फ्याक्नु र समात्न वा गुडिरहेको बललाई लात्त हान्न सक्दैन
  • कैंची चलाउनमा कठिनाई पर्दछ
  • गोलो घेरा, तेर्सो वा ओरालो रेखा, सामान्य शब्दहरु वा अक्षरहरुको नक्कल उतार्न सक्दैन, जस्तै: "十", "日", "人", "C", "X"

स्वंय-स्याहार कलाहरु

  • आफैं लुगा लगाउन सक्दैन, जस्तै सुरुवाल तल वा माथि तान्नु, ठुलो टांकहरु खोल्नु
  • स्वतन्त्र रुपले हातहरु धुन र सुखाउन सक्दैन
  • पिसाब फेर्दा सहयोग चाहिन्छ

सामाजिक तथा व्यवहारिक विकास

  • अन्य बच्चाहरुलाई वास्ता गर्दैन, एकदमै कम मात्र अरुसँग कुराकानी सुरु गर्दछ
  • सामुहिक खेलहरु खेल्न मन पराउँदैन र भाग लिन असजिलो मान्दछ
  • अन्य बच्चाहरुसँग बाँड्न वा सहकार्य गर्ने कुनै ईच्छा व्यक्त गर्दैन
  • नियमहरु पालना गर्न वा पालो लिन असमर्थ जनाँउछ
  • सजिलैसँग रुन-कराउन थाल्दछ र एकदमै धेरै विनाशकारी (खराब) वा रिसाहा व्यवहार देखाँउछ

K-3 गईसकेपछि (5 देखि 6 वर्षका) केहि समय अवधिसम्म, यदि बच्चा अझैपनि:
चेतना विकास

  • साधारण सामान्य ज्ञान बुझ्न सक्दैन, जस्तै: “मानिसहरुले जाडो महिनामा के गर्छन् ?”, “के को चारवटा चक्काहरु हुन्छन् ?”
  • मात्रा बुझ्नमा कठिनाई हुनु, जस्तै: 4 देखि 6 वटा वस्तुहरु सहिसँग गणना गर्नु
  • केहि रङहरु वा आकारहरुको नाम लिन सक्दैन
  • अङ्कहरु, अक्षरहरु वा साधारण शब्दहरु चिन्न र पढ्न सक्दैन, जस्तै: "人", "口", "日", 'A', "B"
  • सीपहरु वा ज्ञान लिने क्रममा उसको दौंतरीहरु भन्दा निकै पछाडि पर्दछ

भाषा विकास

  • जटिल वाक्यहरु बुझ्नमा कठिनाई देखाउँछ, जस्तै: “तिमीले तिम्रो हात नधोईकन खाना खान हुँदैन”
  • शाब्दिक निर्देशनहरुको पालना गर्न सक्दैन, जस्तै: टेलिफोनबाट निर्देशन लिने
  • कुनै घटनाहरुको बयान गर्न वा तस्विरको बयान गर्न सक्दैन
  • अरुसँग कुराकानी गर्दा राम्ररी जवाफ दिन सक्दैन र सोहि विषयलाई कायम राख्न सक्दैन
  • सिमित शब्दकोश र आफुलाई राम्ररी व्यक्त गर्न सक्दैन
  • शान्त वा तनावमुक्त रहँदापनि धाराप्रवाहरुपमा बोल्न सक्दैन

मोटर मोटर (शारिरीक क्षमताको) विकास

  • एउटा खुट्टामा उभिन सक्दैन
  • खेलमैदानको फ्रेमहरुमा चढ्दा असहज देखिन्छ वा आत्मविश्वास कम हुन्छ
  • घेरा भित्र रङ लगाउन कठिनाई हुन्छ
  • सामान्य कलात्मक कार्यहरु गर्दा असहज मानेको देखिन्छ, जस्तै काट्ने, टाँस्ने र जोड्ने
  • पेन्सिल पकडदा कमजोर पकड हुन्छ र शब्दहरुको नक्कल ढिलो उतार्छ

स्वंय-स्याहार कलाहरु

  • आफैले लुगाहरु लगाउन र फुकाल्न सक्दैन
  • तौलिया निचोरेर सुख्खा बनाएर आफ्नो अनुहार आफैले सफा गर्न सक्दैन
  • दाँत माझ्न जान्दैन
  • चक्कु, काँटा वा चपस्टिकको प्रयोग गरी आफै खाना खान सक्दैन

सामाजिक तथा व्यवहारिक विकास

  • अत्यधिक मात्रामा लजालु र काँतर हुनु, धेरैजसो अपरिचित व्यक्तिहरुसँग बोल्न मान्दैन
  • भावनात्मक रुपमा अस्थिर हुन्छ र सजिलैसँग रिसाउँछ
  • नियमहरुको पालना गर्न सक्दैन; सामुहिक खेलहरुमा दौंतरीहरुसँग सहकार्य गर्न सक्दैन
  • आत्म-केन्द्रित (स्वार्थी) देखिन्छ र अरुहरुको भावना बुझ्न असफल हुन्छ
  • ध्यान नदिने र कक्षामा सजिलैसँग ध्यान भडकिने हुन्छ
  • चञ्चल, छटपट र बोलिरहने हुन्छ
  • निर्देशनहरु पालना गर्न मान्दैन र विनाशकारी वा रिसाहा प्रवृत्ति (व्यवहार) देखाउँछ

यदि बच्चाले माथि उल्लेख गरिएका लक्षणहरु लगातार रुपमा देखाएमा, शिक्षकहरुले व्यापक बाल विकास सेवा (कम्प्रिहेन्सिभ चाईल्ड डेभल्पमेन्ट सर्भिस) CCDS अन्तर्गतको सिफारिश सेवाको प्रयोग गरी सो बच्चालाई मातृ तथा शिशु स्वास्थ्य केन्द्र (MCHC) मा सिफारिश गर्न सक्नुहुन्छ । अभिभावकहरु स्वंयले पनि सम्बन्धित MCHC मा फोन गरी भेटघाटको निम्ति समय मिलाउन सक्छन् । जीवनको सुरुवातको केहि वर्षहरुमा बच्चाहरुको विकास र प्रगति तीव्र गतिमा हुने गर्दछ । प्रारम्भिक परिचय तथा संलग्नताले उनीहरुको भविष्यमा विकास साथै समायोजन हुन सहयोग पुर्याउछ ।

व्यापक बाल विकास सेवा (कम्प्रिहेन्सिभ चाईल्ड डेभल्पमेन्ट सर्भिस CCDS )
सन् 2005 देखि स्वास्थ्य विभाग, समाज कल्याण विभाग, शिक्षा विभाग साथै हस्पिटल प्राधिकरणको संयुत्त कोशिशमा चरणबद्ध रुपमा CCDS सेवा लागु गरिएको छ । स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाहरुको पङ्क्तिबद्ध रुपमा CCDS ले उत्कृष्ट सेवाहरुद्वारा प्रारम्भिककालमै बच्चाहरु तथा परिवारहरुको विविध आवश्यकताको पहिचान गरी उचित सेवाहरु समयमै उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

CCDS सेवा अन्तर्गत, पूर्व-प्राथमिक शिक्षा प्रदायकहरुका लागि एक सिफारिश साथै प्रतिक्रिया फारमको विकास गरिएको छ ताकि उनीहरुले विशेष आवश्यकता भएका बच्चाहरुलाई मूल्यांकन साथै पुन:जाँचका निमित्त सिफारिश गर्न सक्छन् । यदि शिक्षकहरु वा बच्चाको स्याहार गर्ने व्यक्तिहरुले बच्चालाई केहि स्वास्थ्य,विकास वा व्यवहार सम्बन्धि समस्या भएको शंका लागेमा उनीहरुले अभिभावकको सहमतिमा सिफारिश फारम सिधै MCHC मा पठाउन सक्छन् । MCHC ले सिफारिश फारम पाईसकेपछि अभिभावकलाई सम्पर्क गरी भेटघाटका लागि समय मिलाउनेछन् । यदि आवश्यक परेमा बच्चालाई विशेषज्ञको क्लिनिकमा अधिक मूल्यांकन तथा पुन:जाँचका लागि सिफारिश गरिनेछ ।

जानकारीको लागि, कृपया यस लिङ्कमा जानुहोस्:
www.edb.gov.hk/en/edu-system/preprimary-kindergarten/comprehensive-child-development-service/index.html

CCDS वा तपाईको बच्चाको विकास सम्बन्धि केहि सोधपुछका निमित्त, कृपया नजिकैको MCHC को स्वास्थ्य कार्यकर्तालाई सम्पर्क गर्नुहोस् ।

परिवार स्वास्थ्य सेवा
स्वास्थ्य विभाग
परिवार स्वास्थ्य सेवा हटलाईन: 2112 9900
परिवार स्वास्थ्य सेवा वेवसाईट: www.fhs.gov.hk