बाल विकास 6 - एकदेखि दुई वर्ष

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

पहिलो जन्मदिन पछि, तपाईंको बच्चा शिशु अवस्थामा प्रवेश गर्नुहुन्छ। हिड्न र थोरै बोल्न सक्षम भएपछि, उहाँ थप स्वतन्त्र हुनुहुन्छ र आफै आत्म-नियन्त्रण सुरु गर्ने कोशिस गर्नुहुन्छ। तपाईंले उहाँलाई तपाईंका सिमाहरूको परीक्षण र आफ्नै बारेमा पत्ता लगाएको पाउनुहुनेछ। उहाँको र तपाईंको इच्छाहरूकाबीच संघर्ष हुने अपेक्षा गर्न सकिन्छ। उहाँले जानिबुझिकन चकचक गर्ने कोशिस गर्नुभएको छैन, तर उहाँले आफ्नो विकास क्षमताहरूसँग के गर्न सक्नुहुन्छ भनी सिक्ने कोशिस गरिरहनुभएको छ। के स्वीकृत छ र के छैन भनी उहाँले तपाईंबाट सिक्न चाहानुहुन्छ भन्ने कुरा सम्झनुहोस्, र उहाँले प्राय: आश्वासन र सुरक्षाको लागि तपाईंलाई हेर्नुहुनेछ। यस समयावधिमा, उहाँले आफ्ना व्यक्तिगत सामग्रीहरू र आफ्ना नजिकैका मानिसहरूसँग अधिकारको संकेतहरू पनि बारम्बार देखाउनुहुनेछ।

यो अवधिको अन्त्यसम्म, तपाईंको बच्चा निम्न कार्यमा सक्षम हुनुहुनेछ:

चाल

  • उहाँ आफ्ना खुट्टाहरूमा असन्तुलित देखिए तापनि, 18 महिनाको वरिपरिमा गतिशीलताको सामान्य माध्यमहरूका रूपमा हिड्ने उपयोग गर्न
  • 2 वर्षको उमेरमा एक्लै हिड्न
  • भुँइबाट वस्तु उठाउनको लागि नखसिकन झुक्न
  • द्रुत पाइलाहरूले हिष्न वा यहाँसम्म कि दौडन पनि
  • हिड्ने समयमा खेलैनाहरूलाई आफैसँग लैजान वा तान्न
  • सहायताबिना फर्नीचरमा चड्न र झर्न
  • सहारालाई समातेर सिँढीमा तलमाथि गर्न
  • बललाई खुट्टाले हान्ने कोशिस गर्न

हात र औंलाका सीपहरू

  • चार वटा वा थप ईट्टाहरू/ब्लकहरूको टावर निर्माण गर्न
  • एकै पटकमा पुस्तकका धेरै पृष्ठहरू पल्टाउन
  • नबलाई घुमाउन र बोतलको ढक्कन खोल्न
  • प्वालहरूमा किलाहरू हाल्न
  • क्र्यायोनसँग अस्पष्ट लेख्न
  • एउटा हातको उपयोग गर्ने प्रवृत्ति देखाउन

भाषाको विकास

  • नाम सोध्दा शरीरका अङ्गहरूका बारेमा बताउन
  • परिचित मानिस तथा वस्तुहरूका नामहरू पहिचान गर्न
  • इशारा गरिएका संकेतहरूबिना "मलाई बल दिनुहोस्" जस्ता सामान्य निर्देशनहरूको पालना गर्न
  • एउटा शब्द बताउन, मुख्य रूपमा नामहरू पहिला र त्यसपछि क्रियाहरू
  • शब्दहरूलाई जोड्न सुरु गर्न, उदाहरणको लागि, "आमा खानुहोस्", "कुकिज खान चाहान्छु"

संज्ञानात्मक विकास

  • बनावोट र आकारद्वारा वस्तुहरूलाई क्रमबद्व गर्न सुरु गर्न
  • नाटकको खेलको आनन्द लिने, सुरुवातमा आफूलाई मात्र समावेशगर्न (उदाहरणको लागि, आफैलाई एउटा चम्चाले खुवाउने), त्यसपछि विस्तारै अरुलाई समावेश गर्न (उदाहरणको लागि, आमा वा गुडियालाई खुवाउने)
  • परीक्षण र त्रुटिसँग समस्याहरूलाई समाधान गर्न सुरु गर्न

सामाजिक तथा भावनात्मक विकास

  • आत्म केन्द्रित हुन
  • अन्य बालबालिकालाई हेरेर आनन्द लिन र उहाँहरूको वरिपरि हुन, प्राय: ठूला बालबालिकासँग
  • खेलौनाहरूका लागि अधिकार देखाउन र प्रतिस्पर्धा गर्न
  • आफ्ना आवश्यकताहरूलाई देखाउन र आफ्नो रुचितर्फ तपाईंको ध्यानलाई लैजान इशाराहरू (उदाहरणको लागि, संकेत गर्ने) वा वाचनको प्रयोग गर्ने
  • अरूसँग अन्तरक्रियात्मक तरिकाले खेल्न सिक्न (यस अवधिको उत्तरार्धमा)
  • अरूका व्यवहार र गतिविधिहरूको अनुसरण गर्न, विशेष रूपमा वस्यकहरू र ठूला बच्चाहरूको

स्वयं स्याहार सीपहरू

  • चम्चाले आफै खान र कपबाट पानी पिउन कोशिस गर्न
  • जुत्ता खोल्न
  • शौचालयको आवश्यकतालाई संकेत गर्न सुरु गर्न

सानो बच्चाको विकासलाई प्रेरित गर्ने

यो उमेरको बच्चाहरूलाई निरीक्षण र सुरक्षित वातावरणमा अन्वेषणको आवश्यकता हुन्छ। प्रोत्साहन गर्न र मार्गनिर्देशन दिनको लागि आफ्नो बच्चासँग समय बिताउनुहोस् र उहाँलाई माया देखाउनुहोस्। एउटा एकसमान तालिका विकास गर्ने कोशिस गर्नुहोस्। सरल शब्दवलीसँगै सुरक्षित "नियमहरू" स्थापित गर्नुहोस्, जुन तपाईंको बच्चाले बुझ्न सक्नुहुन्छ। खेलौनाहरूको विस्तृत श्रृंखला उपलब्ध गराएर स्वतन्त्र खेललाई प्रोत्साहन गर्नुहोस्। साना बच्चाहरू माहान अनुकरणकर्ताहरू भएकाले, तपाईंको बच्चालाई सिकाउनको लागि तपाईंको वाचन र व्यवहारमा राम्रो उदाहरण सेट गर्नुहोस्।

तपाईं के गर्न सक्नुहुन्छ:
  • आफ्नो बच्चाको लागि विभिन्न विद्युतीय सञ्जालमा स्क्रिन समय नगर्न
  • आफ्नो बच्चालाई दिनभरमा हुने विभिन्न शारीरिक क्रियाकलापहरू कम्तीमा 3 घण्टा प्रति दिन बिताउन। उहाँलाई विभिन्न चाल सीपहरूलाई अन्वेषण गर्न र अभ्यास गर्न दिन, उदाहरणको लागि, उहाँलाई स्लाइड, स्विइङ आदि जस्ता बाहिरी सुविधाहरूसँगै पार्कमा लिएर जाने।
  • आफ्नो बच्चालाई एकपटकमा 1 घण्टा भन्दा बढी समयको लागि स्ट्रोलर, अग्लो कुर्सी वा बेबी क्यारियरमा नराख्न।
  • एक अर्कोसँग बोल्ने प्रत्येक अवसरको उपयोग गर्न
  • सँगसँगै बालक तस्वीर पुस्तकहरू र सरल कथा पुस्तकहरू पढ्न
  • नर्सरी कविताहरूलाई सँगसँगै गाउन र सुन्न
तपाईंले छनोट गर्नसक्ने खेलौनाहरू:
  • खुट्टाले हान्न र फाल्नको लागि विभिन्न आकारका बलहरू
  • खेलैनासँग अगाडि पछाडि गर्ने
  • भवन ब्लकहरू
  • अस्पष्ट लेखनको लागि क्र्यायोन्स र कागज
  • सरल आकारका सर्टर र पेगबोर्डहरू
  • काल्पनिक खेललाई प्रोत्साहन गर्ने खेलौनाहरू गुडिया, खेलौना जनावर, खेलौना फोन, भान्साको सेट र प्लास्टिकको घरेलु भाडाहरू जस्ता खेलौनाहरू दुवै केटा र केटीहरूका लागि राम्रो हुन्छ।
  • खेलौना पियानो र ड्रम आदि जस्ता सांगीतिक बाजाहरू

माथिको जानकारीले तपाईंलाई आफ्नो बच्चा बढ्दै गर्दा अपेक्षित गर्न सकिने परिवर्तनहरूको सामान्य उपाय मात्र दिन्छ। हरेक बच्चा अद्वितिय हुन्छन् र विकासको गतिमा हुने व्यापक भिन्नताहरू प्राय: सामान्य हुन्छन्। तपाईंको बच्चाले केही फरक समय लिनुहुन्छ वा कुनै चरणमा आएर निश्चित क्षमताहरू प्राप्त गर्न असफल हुनुहुन्छ भने नआत्तिनुहोस्। यसले थप ध्यानाकर्षणको आवश्यकतातर्फ मात्र संकेत गर्न सक्छ।

चिकित्सक वा नर्सहरूसँग छलफल गर्नुहोस्, यदि

18 महिनाको अन्तिमसम्म, तपाईंको बच्चा

  • एक्लै हिँड्न सक्नुहुन्न
  • अर्थपूर्ण तरिकाले खेल्न सक्नुहुन्न तर खेलौनाहरू फाल्न र मुखमा लैजान व्यस्त रहनुहुन्छ
  • कहिलेकाहीँ मात्र आफ्नो स्याहारकर्ताका आँखाहरूमा हेर्नुहुन्छ
  • स्याहार गर्ने व्यक्तिसँग खेल्नमा रुचि देखाउनुहुन्न, आफै खेल्न मन पराउनुहुन्छ
  • परिचित मानिस वा वस्तुहरूको नामहरू बुझ्नुहुन्न, उदाहरण, हजुरआमा, कप, दूध
  • आवश्यकताहरूलाई बताउनको लागि औंलाले संकेत गर्नुहुन्न
  • अझैसम्म पनि कुनै शब्द बोल्नुभएको छैन

यो अवधिको अन्त्यसम्म, तपाईंको बच्चालाई निम्न अवस्था देखिएमा, चिकित्सक वा नर्सहरूसँग छलफल गर्नुहोस्

  • द्रुत गतिमा हिड्न सक्नुहुन्न
  • सामान्य घरेलु वस्तु वा शरीरका अङ्गहरूका नामहरूलाई बुझ्नुहुन्न
  • आफ्ना रुचिका वस्तुहरू/घटनाहरूमा तपाईंको ध्यान लैजानको लागि इशारा वा शब्दहरूको उपयोग गर्नुहुन्न
  • एकल शब्दमा मात्र बोल्न सक्नुहुन्छ
  • स्याहार गर्ने व्यक्तिसँग खेल्नमा रुचि देखाउनुहुन्न, आफै खेल्न मन पराउनुहुन्छ
  • खेलौना चिया सेट जस्तै काल्पनिक खेलमा सहभागी हुनुहुन्न
  • राम्रोसँग नदेखेको वा नसुनेको जस्तो देखिनुहुन्छ

तपाईंसँग कुनै पनि चिन्ता वा जिज्ञासा छ भने, कुनै पनि मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू (MCHC) का नर्स र चिकित्सकहरू वा आफ्नो पारिवारिक चिकित्सक/बाल विशेषज्ञसँग छलफल गर्नुहोस्।

हामीसँग गर्भवती अभिभावक, शिशु र प्रिस्कूल बालबालिकाका अभिभावकका लागि "सुखद पालन-पोषण!" कार्यशालाहरूका श्रृंखला र पुस्तिकाहरू छन्। कृपया जानकारीको लागि, हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।