बाल विकास 5 – आ ठदेखि बाह्र महिना

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

यी केही महिनाको अवधिमा, तपाईंको बच्चा बढ्दो रूपमा गतिशील बन्दै हुनुहुन्छ। उहाँलाई शक्तिको भावना र शारीरिक स्वतन्त्रताको लागि आत्म-नियन्त्रण दिन सक्षम हुनुहोस्। सोही समयमा, उहाँको अपरिचित चिन्ताकोभावना पनि उचाईमा पुग्छ। तपाईं उहाँलाई अगाडि बढ्न र आफैले बाटो खोज्न उत्सुक भएको फेला पार्न सक्नुहुन्छ। यद्यपि उहाँ तपाईंको दृष्टिभन्दा बाहिर जानुहुन्छ वा तपाईं उहाँबाट एकदमै टाढा हुनुहुन्छ भने उहाँ चिन्तित हुन सक्नुहुन्छ।

यो तपाईंको सुरक्षा चेतना निश्चित महत्त्व हुने समय हो। तपाईंको घर पहिले नै बच्चा-संरक्षित छ भनी सुनिश्चित हुनुहोस्। सुरक्षित र रोचक वातावरण उपलब्ध गराएर, तपाईंले उहाँलाई धेरै स्वतन्त्रता दिनुहुन्छ जसकारण उहाँले तपाईंको हस्तक्षेप बिना आफ्नै खोजहरू गर्न सक्नुहुन्छ।

बच्चालाई कहिले मार्गदर्शन गर्ने र कहिले उहाँलाई आफ्नै कार्यहरू गर्न दिने भन्ने कुरा थाहा पाउने भनेको पालन-पोषण कलाको भाग हो। तपाईंले उहाँलाई अन्वेषण गर्न, जाँच गर्न र समस्याहरू समाधान गर्न जति धेरै अवसरहरू दिनुहुन्छ, त्यतिनै उहाँका अन्वेषण गर्ने क्षमताहरू, आत्मविश्वास र प्रेरणा बलियो हुनेछ।

यो अवधिको अन्त्यसम्म, तपाईंको बच्चा निम्न कार्यमा सक्षम हुनुहुनेछ:

चाल

  • सहायताबिना बस्ने स्थानमा बस्न
  • भुइँमा राम्रोसँग बस्न र नलडिकन आफ्नो शरीरलाई दुवै छेउहरूमा घुमाउन
  • बस्नेदेखि घस्रिने वा सुत्ने स्थितिमा जान
  • घोप्टो परेर सर्न वा हातले र घुँडाहरूले घस्रिने वा तलतिर स्थान परिवर्तन गर्न
  • फर्निचरलाई समात्दा उभिएको देखि बस्ने वा पलेटि मारेर बस्न
  • सहायताले उभिन र केही समयको लागि एक्लै उभिन
  • आफूलाई उभिनको लागि तान्न
  • फर्निचरलाई समातेर वरिपरि हिड्न
  • वयस्कले हात समात्दा हिड्न वा आफै केही चरणहरू हिड्न

हात र औंलाका सीपहरू

  • चोर औंलाले कोट्याउन
  • बुढी औंला र चोरी औंलाको (जस्तै चिम्टाहरू) प्रयोग गरेर साना वस्तुहरूलाई उठाउन
  • वस्तुहरूलाई भाँडोहरूबाट बाहिर र भित्र राख्न
  • वस्तुहरूलाई स्वेच्छिक रूपमा छोड्न
  • वयस्कलाई वस्तु उठाउन लगाउनको लागि खेलौनाहरूलाई दोहोर्याएर जानिबुझिकन खसाल्न

भाषाको विकास

  • वाचनमा बढ्दो रूपमा ध्यान दिन
  • " अस्विकार " लाई बुझ्न
  • सामान्य परिस्थितिमूलक आदेशहरूमा प्रतिक्रिया जनाउन, उदाहरण, "बाई-बाई", "आमा दिनुहोस्" भनी हात हल्लाउन
  • " अस्विकार " को लागि टाउको हल्लाउन
  • आफ्ना चाहनाहरूलाई इशारा दिएर, चोर औंलाहरूले सङ्केत गरेर वा शब्दहरूले पनि थाहा दिन
  • लामा बडबडाहटहरूलाई (लामा अक्षरहरूको स्ट्रिङ) वा शब्दावली (उच्चारणहरू जस्ता वाचन) अभिव्यक्त गर्न
  • शब्दहरू अनुकरण गर्ने प्रयास गर्न
  • अर्थपूर्ण तरिकाले "मा-मा" वा "दा-दा" जस्ता 1 देखि 2 वटा शब्दलाई स्वाभाविक रूपमा बोल्न

संज्ञानात्मक विकास

  • धेरै विभिन्न तरिकाहरूमा वस्तुहरूको अन्वेषण गर्न (हल्लिने, हातले हल्लाउने, फाल्ने र खसाल्ने)
  • सजिलैसँग लुकाइएका खेलौनाहरूलाई फेला पार्न
  • दैनिक वस्तुहरूको सही प्रयोगलाई बुझ्न (उदाहरण, कपाललाई कोर्नको लागि काइँयो)
  • घरायसी वस्तुहरूसँग विश्वास गराउने खेलमा संलग्न हुन सुरु गर्न (उदाहरण, टेलिफोनमा बडबडाउने)
  • पूर्णतया छोटो सावधानी स्पेनलाई कायम राख्न

सामाजिक तथा भावनात्मक विकास

  • अपरिचित व्यक्तिहरूसँग लजालु वा तनावग्रस्त देखिने, अभिभावकले छोड्दा कठिनाइ देखाउन
  • निश्चित व्यक्ति र खेलौनाहरूको लागि प्राथमिकता देखाउन
  • आफ्ना व्यवहारहरूमा अभिभावकीय प्रतिक्रियाको जाँच गर्न
  • आफ्नो खेलमा अन्यको कार्यलाई अनुसरण गरेर मजा लिन

स्वयम् स्याहार

  • औंलाले खान (अर्थात, आफ्नो खानालाई होल्ड गर्न औंलाहरूको प्रयोगले आफैखाना खाने)
  • हात र खुट्टाहरूलाई समातेर कपडा लगाउन मद्दत गर्न

शिशुको विकासलाई प्रोत्साहित गर्ने

तपाईंको बच्चालाई सुरक्षित वातावरणमा अन्वेषण गर्न स्वतन्त्रता दिनुहोस्। उहाँले सिर्जना गर्न लाग्नुभएको खानाको स्तरको आफ्नो सहनशीलतालाई बढाउने प्रयास गर्नुहोस्। उहाँ के मा इच्छुक हुनुन्छ भनी उहाँको अन्वेषण गर्ने व्यवहारहरूबाट निरीक्षण गर्नुहोस् र फेला पार्नुहोस्। उहाँतर्फ ध्यान दिनुहोस् र इच्छित व्यवहारहरूको लागि उहाँको प्रशंसा गर्नुहोस्उहाँसँग समय बिताउनुहोस्, छोटो तर लामो समयको अवधिमा भन्दा बारम्बर सयमको अवधिमा बिताउन राम्रो हुन्छ। उहाँको विकासको लागि उहाँको इच्छालाई पछ्याउँदै उहाँसँग बोल्न र खेल्न महत्त्वपूर्ण हुन्छ।

तपाईं के गर्न सक्नुहुन्छ:

  • आफ्नो बच्चालाई दिनमा धेरै पटक विभिन्न तरीकाहरूले शारीरिक रूपमा सक्रिय रहन दिन
  • आफ्नो निरीक्षण अन्तर्गत उहाँलाई घस्रिएर वा फर्निचरको आधारमा हिड्न प्रोत्साहन गर्न वा अनुमति दिन
  • उहाँलाई भारी "किड्डि पुश वाकर" लाई धक्का दिएर हिड्न र सन्तुलनको विकास गर्न प्रोत्साहन गर्न
  • आफ्नो बच्चालाई एकपटकमा 1 घण्टा भन्दा बढी समयको लागि स्ट्रोलर, अग्लो कुर्सी वा बेबी क्यारियरमा नराख्न
  • उहाँलाई आफ्नो निरीक्षण अन्तर्गत आफ्नै औंलाले खान दिन
  • उहाँसँग बोल्ने हरेक अवसर लिन, विशेषगरी आफू नुहाउँदा, कपडा परिवर्तन गर्दा र उहाँलाई खाना खुवाउँदा के भइरहेको छ भनी उहाँसँग कुराकानी गर्न
  • आफूले कुराकानी गर्दा सामान्य र विशेष भाषाको प्रयोग गर्न उदाहरण, "म तिम्रो हात धुँदैछु"
  • उहाँसँग पढ्न र सामेल हुनको लागि उहाँलाई अवसर उपलब्ध गराउन।
  • सञ्चार गर्ने उहाँका प्रयासहरूमा तुरून्तै प्रतिक्रिया दिएर सञ्चारको प्रोत्साहन गर्न
  • "पिक-आ-बु" र अन्य सामाजिक खेलहरू खेल्न
  • अन्य बच्चा र वयस्कहरूसँग अन्तर्क्रिया गरेर उहाँको लागि मौका उपलब्ध गराउन उदाहरण, उहाँलाई पार्कमा ल्याएर
  • आफ्नो बच्चाको लागि विभिन्न विद्युतीय सञ्जालमा स्क्रिन समय नगर्न

तपाईंले छनोट गर्नसक्ने खेलौनाहरू

  • विभिन्न साइज, आकार र रङहरूका खेलौनाहरू
  • उहाँका औंलाहरूले विभिन्न प्रकारका परिचालनलाई प्रोत्साहन गर्ने क्रियाकलाप बोर्डहरू
  • खेलौनाहरूलाई भित्र र बाहिर राख्न बाकस वा खाली भाँडोहरू
  • प्लास्टिको कप, चम्चा, काइँयो, खेलौनाको टेलिफोन, ठूला गुडिया र काल्पनिक खेलको लागि कठपुतली
  • उहाँले हेर्न र पृष्ठहरूलाई पल्टाउनको लागि उहाँका लागि विशाल तस्विरहरूसँग कार्डबोर्ड, कपडा वा भिनाइल पुस्तकहरू

बेबी वाकरको प्रयोग

अमेरिकन एकेडेमी अफ पेडिआट्रिक्सले कडा रूपमा अभिभावकलाई बेबी वाकरहरूको प्रयोग नगर्न प्रेरित गर्छ। नामले के सुझाव गर्छ भन्ने तुलनामा, बेबी वाकरहरूले हिँड्ने अध्ययनको प्रक्रियालाई मद्दत गर्दैन। तिनीहरूले खुट्टाहरूको तल्लो भागलाई मात्र शक्ति दिन्छ तर माथिल्लो खुट्टा र कमरको भागलाई दिँदैन जुन हिड्दा एकदमै प्रयोग गरिन्छ। तिनीहरूले हिड्ने बच्चाको इच्छालाई घटाउनेछ। उहाँ सजिलैसँग वरिपरि हिड्न सक्षम हुँदा, उहाँ खतरनाक स्थानहरूमा पुग्न सक्षम हुन सक्नुहुन्छ। बच्चा बाधाहरूमा पर्दा पल्टिने जोखिम पनि हुन सक्छ।

माथिको जानकारीले तपाईंलाई आफ्नो बच्चा बढ्दै गर्दा अपेक्षित गर्न सकिने परिवर्तनहरूको सामान्य उपाय मात्र दिन्छ। हरेक बच्चा अद्वितिय हुन्छन् र विकासको गतिमा हुने व्यापक भिन्नताहरू प्राय: सामान्य हुन्छन्। तपाईंको बच्चाले केही फरक समय लिनुहुन्छ वा कुनै चरणमा आएर निश्चित क्षमताहरू प्राप्त गर्न असफल हुनुहुन्छ भने नआत्तिनुहोस्। यसले थप ध्यानाकर्षणको आवश्यकतातर्फ मात्र संकेत गर्न सक्छ।

चिकित्सक वा नर्सहरूसँग छलफल गर्नुहोस्, यदि

9 महिनाको अन्त्यसम्म, तपाईंको बच्चा
  • एक्लै बस्नुहुन्न
12 महिनाको अन्त्यसम्म, तपाईंको बच्चा
  • फर्निचरलाई समातेर एक्लै हि्ँड्नुहुन्न
  • आफ्ना औंलाका टुप्पोहरू प्रयोग गरेर रोटीका टुक्राहरू र भात जस्ता साना वस्तुहरूलाई उठाउनुहुन्न
  • कहिलेकाहीँ मात्र आफ्नो स्याहारकर्ताका आँखाहरूमा हेर्नुहुन्छ
  • प्राय: उहाँको नाम लिएर बोलाउँदा प्रतिक्रिया जनाउनुहुन्न
  • इशारा दिइएका संकेतहरूसँग आदेशमा प्रतिक्रिया जनाउनुहुन्न, उदाहरण, हात हल्लाउने "बाई-बाई", "ताली बजाउने"
  • आवश्यकताहरूलाई सङ्केत गर्न आवाज, शब्द, इशारा वा सङ्केतको प्रयोग नगर्ने
  • राम्रोसँग नदेखेको वा नसुनेको जस्तो देखिनुहुन्छ

तपाईंसँग कुनै पनि चिन्ता वा जिज्ञासा छ भने, कुनै पनि मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू (MCHC) का नर्स र चिकित्सकहरू वा आफ्नो पारिवारिक चिकित्सक / बाल विशेषज्ञसँग छलफल गर्नुहोस्।

हामीसँग गर्भवती अभिभावक, बालबालिकाहरूको अभिभावक र प्रिस्कूलका बालबालिकाका लागि स्वास्थ्यस्याहार तथा पालन-पोषण कार्यशाला र पुस्तिकाहरूको श्रृंखलाहरू छन्। कृपया जानकारीको लागि, हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।