बाल विकास 8B — चारदेखि छ वर्ष

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

चार वर्षको उमेरसम्म, तपाईंको बच्चाले केही समयदेखि प्रिस्कूल सुरु गरिसक्ननुभएको हुन सक्छ। उहाँ ऊर्जा र सहजता भरिएको देखिन सक्नुहुन्छ। कहिलेकाहीँ उहाँले नियन्त्रक, आक्रामक र सीमाबाहिर भएको तरिकाले व्यवहार गर्न सक्नुहुन्छ। उहाँ सबै दिशाहरूमा कुदिरहेको जस्तो देखिए तापनि, उहाँले वास्तवमा यी सबै अनुभवहरूबाट सिक्दै हुनुहुन्छ। दिइएको समयमा, उहाँ पाँच वा वरपरको उमेरमा एक थप आत्मविश्वासी र सहकार्य गर्ने बच्चाको रूपमा विकसित हुनुहुनेछ।

छैठौं जन्मदिन नजिक पुग्दा, तपाईंको बच्चा निम्न कार्यमा सक्षम हुनुहुनेछ:

चाल

  • सिपालु तरिकाले सिंढी र खेलमैदानका क्रियाकलापहरू व्यवस्थित गर्न
  • चलायमान बललाई खुट्टाले हान्न
  • एउटा खुट्टामा उभिएर पाँच सेकेण्ड वा लामो समयसम्म सन्तुलन कायम राख्न
  • 2-3 मिटरसम्म एउटा खुट्टाले उफ्रेर अगाडि बढ्न
  • संगीतको तालमा अगाडि बढ्न

हात र औंलाका सीपहरू

  • भवन ब्लकहरूले थप विस्तृत मोडेलको निर्माण गर्न
  • रेखाहरूभित्र रहेर चित्रमा सफासँग रङ भर्न
  • साधारण चित्र, धेरै अंगहरू (सामान्यतया टाउको, आँखाहरू, नाक, मुख, हात र खुट्टाहरू) भएको पहिचान गर्न सकिने मानिसको चित्र कोर्न
  • राम्रो नियन्त्रणका साथ अंक र अक्षरहरू लेख्न
  • कैँचीले काट्ने, ग्लु लगाउने र वस्तुहरूलाई स्थानमा टाँस्ने जस्ता कार्य संलग्न भएको साधारण कलाकार्य गर्न

भाषाको विकास

  • वयस्कको वाक्य संरचना र व्याकरणसहित स्पष्ट र धाराप्रवाह रूपमा बोल्न
  • वार्तालापको शीर्षकलाई व्यवस्थित गर्दै उचित रूपमा प्रतिक्रिया जनाउने र पालो कुरेर बोल्न
  • सोधिएमा पूरा नाम, उमेर र घरको ठेगाना बताउन
  • भर्खरै सुनेको कथाबाट केही घटनाहरूलाई फेरि सुनाउन
  • हालैमा के भएको छ भनी तार्किक विश्लेषण दिन
  • चुट्किला र गाउँखाने कथाहरूको आनन्द लिन

संज्ञानात्मक विकास

यस समयावधिमा, तपाईंको बच्चाले धेरै प्रश्नहरू सोध्नुहुनेछ र वस्तुहरूले कसरी कार्य गर्छन् र घटनाहरू किन हुन्छन् भनी बुझ्नको लागि तर्कहरूको प्रयोग गर्न सुरु गर्नुहुनेछ। तथापि, उहाँको तर्क क्षमता अझै सीमित हुन्छ र उहाँको निर्णयहरू नितान्तरूपमा उहाँको दृष्टिकोणबाट हुन्छन्।

यस अवधिको अर्को स्पष्ट विशेषता भनेको साथी र वयस्कहरूसँग खेलको अवधिमा उत्पन्न हुने काल्पनिक विचारहरूको व्यापक दायरा हो।

  • एकदम ध्यान दिएर कार्यहरू पूरा गर्न
  • सुनेका नयाँ शब्दहरूको अर्थ सोध्न
  • 10 भित्रका सामान्य एक-अंकका जोड र घटाउ गर्न
  • 10 वा बढी रङहरूको नाम बताउन
  • समयको प्राथमिक अवधारणालाई बुझ्न, उदाहरणको लागि, बिहान र दिउँसो, आज र भोली, साताका दिन र बिदाका दिनहरू आदि।
  • कारण दिन सुरु गर्न तर एकैसमयमा धेरै सम्भावित तत्त्वहरूलाई विचार गर्न प्राय: असक्षम हुने।

सामाजिक तथा भावनात्मक विकास

  • साधारणतया आफ्ना भावनाहरूलाई नियन्त्रित गर्न र सामाजिक नियमहरू बमोजिम व्यवहार गर्न, उदाहरणको लागि, आवश्यकताहरूलाई मौखिक रूपमा व्यक्त गर्ने, खेलौनाहरू साझा गर्ने अनुमतिको लागि अनुरोध गर्ने, लिएका वस्तुहरू फिर्ता गर्ने आदि।
  • सोच्न र अन्य व्यक्तिहरूको विचार र भावनाहरूको बारेमा सोध्न सुरु गर्न र आफ्नो भावनाहरू लुकाउने प्रयास गर्नसक्ने
  • पालो लिन आवश्यक हुने सामूहिक खेलहरूमा संलग्न हुन र नियमहरूको पालना गर्नेअत्याधिक समय साथीहरूसँग मिलेर खेल्न
  • साथीहरूसँग अर्को व्यक्तिहरूको नक्कल गर्ने खेलको आनन्द लिन, उदाहरणको लागि, अभिभावक, प्रहरी, सुपरहिरोहरू
  • आफ्नो कक्षाका अधिकतम साथीहरूको नाम बताउन र मनपर्ने साथी रोज्न
  • साथीहरू जस्तो बन्न खोज्ने
  • पुरूष र महिलाहरूबीचको विशेषता र शारीरिक भिन्नताहरूको बारेमा जानकार हुने।
  • कल्पना र वास्तविकतामा फरक छुट्याउन

स्वयं-स्याहार सीपहरू

  • चक्कु र काँटाको प्रयोग गर्नसक्ने
  • स्वतन्त्र रूपमा अनुहार धुन र दाँत माझ्न

तपाईंको बच्चाको विकासलाई प्रेरित गर्ने

घरमा, विद्यालयमा, खेलमैदानमा होस् वा पछि समुदायमा, तपाईंको बच्चाको जीवनमा सफलताको लागि सर्वोत्कृष्ट सामाजिक र भावनात्मक विकास महत्त्वपूर्ण हुन्छ। यसको लागि, उहाँले आफ्नो आत्मविश्वाससमस्या समाधानका सक्षमताहरूलाई परिष्कृत गर्नको लागि आफ्ना विचारहरूलाई र आफूलाई परीक्षण गर्न के गर्न सक्नुहुन्छ भनी प्रयास गर्न आवश्यक हुन्छ। उहाँको स्वतन्त्रताको प्रयासहरूको लागि, उहाँको इच्छा र आवश्यकताहरूलाई बुझ्ने र समर्थन गर्ने प्रयास गर्नुहोस्। उहाँलाई सिक्नको लागि विभिन्न व्यवस्थाहरू उपलब्ध गराउनुहोस्। उहाँलाई माया देखाउनुहोस् र प्रोत्साहित गर्नुहोस्। तपाईंले पहिले नै राम्रोसँग सिकाउनुभएका नियमहरूलाई उल्लङ्घन गर्ने र तपाईंको आधिकारिकतालाई चुनौति दिने गर्नुभएको जस्तो महसुस भए तापनि आफ्नो हाँसो गर्ने बानीलाई कायम राख्नुहोस्। ठोस सीमास्पष्ट निर्देशिकाहरू कायम राख्नुहोस्।

तपाईं के गर्न सक्नुहुन्छ
  • आफ्नो बच्चासँग दैनिक रूपमा विशेष समय बिताउन जारी राख्न। उहाँलाई उत्साहित वा चिन्तित बनाउने घटनाहरूको बारेमा उहाँका कुरा सुन्न
  • हरेक दिन आफ्नो बच्चासँग पढ्न र कथाको बारेमा कुराकानी गर्न जारी राख्न
  • निम्न नियम, परिणाम र शान्तिपूर्ण विधिहरूको प्रयोग गरेर समस्याहरूको समाधान र अन्य देखभाल गर्नेबारे कुरा गर्न हरेक दिनको अवसरहरू वा पढ्ने समयको उपयोग गर्न
  • उहाँको भावना, आवश्यकता र विचारहरूको व्याख्या गर्नको लागि शब्दहरूको प्रयोग गर्नमा मद्दत गर्न
  • विकल्पहरू छनोट गर्न अवसरहरू र मार्गनिर्देशन उपलब्ध गराउन
  • स्वयं स्याहार क्रियाकलपाहरूमा आत्मनिर्भर हुन प्रोत्साहित गर्न।
  • आफ्नो बच्चालाई अन्य बालबालिका र वयस्कहरूसँग खेल्ने अवसरहरू उपलब्ध गराउन।
  • उहाँलाई अन्य बालबालिकासँग कल्पनाशील खेलहरूमा सहभागी हुन प्रोत्साहित गर्न र मन परेमा आफू पनि सहभागी हुन
  • विभिन्न विद्युतीय सञ्जालको साथ आफ्नो बच्चाको स्क्रिन समयलाई दैनिक रूपमा 1 घण्टा भन्दा बढी समय नलगाउन। उहाँलाई हेर्न र खेल्नको लागि उपयुक्त कार्यक्रमहरूको छनोट गर्न र मार्गनिर्देशन गर्न
  • आफ्नो बच्चालाई ककम्तीमा दैनिक 3 घण्टाको लागि विभिन्न प्रकारका शारीरिक क्रियाकलाप र खेलकूदहरू गर्न प्रोत्साहन गर्न, यसमा खेल्ने स्लाइड र स्वीङ, दौडिने र फुटबल खेल्ने जस्ता मध्यमदेखि लिएर जोडदार-तीव्रतामा कम्तीमा 1 घण्टा शारीरिक बलको निर्माणमा मद्दत गर्न र आवश्यक परेको खण्डमा उहाँको ऊर्जा र तनावहरूलाई आउटलेट प्रदान गर्न समावेशहनुपर्छ।
  • आफ्नो बच्चालाई अन्वेषण गर्न र सिक्नको लागि विभिन्न व्यवस्थाहरू उपलब्ध गराउन, उदाहरणको लागि, पार्क, खेलमैदान, चिडियाखाना, पुस्तकालय, सङ्ग्रहालय।
तपाईंले छनोट गर्नसक्ने खेलौनाहरू
  • चिया सेट, कार र ग्यारेज, जनावर, रोबोट, कठपुतलीहरू आदि जस्ता कल्पनाशील खेलौनाहरू।
  • भवन ब्लक, प्ले-डो आदि जस्ता सिर्जनात्मक खेलौनाहरू।
  • कला र कौशल सामग्रीहरू
  • बलहरू
  • पजलहरू
  • पालो लिने र नियमहरूको पालना गर्ने बानी लागू गराउनको लागि बोर्ड खेलहरू
  • शैक्षिक र अन्तरक्रियात्मक कम्प्युटर सफ्टवेयर
  • रङ्गीन चित्रहरूसहितका कथाका VCD, भिडियो र पुस्तकहरू

माथिको जानकारीले तपाईंलाई आफ्नो बच्चा बढ्दै गर्दा अपेक्षित गर्न सकिने परिवर्तनहरूको सामान्य उपाय मात्र दिन्छ। हरेक बच्चा अद्वितिय हुन्छन् र विकासको गतिमा हुने व्यापक भिन्नताहरू प्राय: सामान्य हुन्छन्। तपाईंको बच्चाले केही फरक समय लिनुहुन्छ वा कुनै चरणमा आएर निश्चित क्षमता प्राप्त गर्न असफल हुनुहुन्छ भने धेरै नआत्तिनुहोस्। यसले थप ध्यानाकर्षणको आवश्यकतातर्फ मात्र संकेत गर्न सक्छ।

तपाईंको पाँच वर्षको बच्चालाई निम्न अवस्था देखिएमा, चिकित्सक वा नर्सहरूसँग छलफल गर्नुहोस्

  • अत्यधिक आक्रामक व्यवहार देखाउनुहुन्छ
  • अत्यधिक लजालु, डरपोक वा भावनात्मक रूपमा अस्थिर हुनुहुन्छ
  • कक्षामा अन्यको तुलनामा सजिलैसँग विचलित र निष्क्रिय रहनुहुन्छ
  • अन्य बालबालिकामा कम चासो देखाउनुहुन्छ र खेलहरूमा सरिक रहुनुहुन्न
  • घर वा विद्यालयमा निर्देशनहरूको पालना गर्न सक्नुहुन्न
  • सामान्य घटनाहरूसँग सम्बन्धित हुन सक्नुहुन्न
  • वयस्कको जस्तो वाक्यहरूमा बोल्न सक्नुहुन्न
  • अस्पष्टता, भकभकाउने जस्तो अस्पष्ट वाचन छ
  • सिकाइ अवधारणाहरूमा निश्चित समस्या देखाउनुहुन्छ
  • शारीरिक क्रियाकलापहरूमा स्थूल देखिनुहुन्छ
  • कलमको सीप वा सामान्य उपकरणहरूको प्रयोगमा स्थूल देखिनुहुन्छ
  • राम्ररी देख्नुहुन्न वा सुन्नुहुन्न
  • विद्यालयमा अन्य कुनै पनि अध्ययन वा व्यवहारात्मक समस्याहरू हुन्छ

तपाईंसँग कुनै पनि चिन्ता वा जिज्ञासा छ भने, कुनै पनि मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू (MCHC) का नर्स र चिकित्सकहरू वा आफ्नो पारिवारिक चिकित्सक/ बाल विशेषज्ञसँग छलफल गर्नुहोस्।

हामीसँग गर्भवती अभिभावक, शिशु र प्रिस्कूल बालबालिकाका लागि "सुखद पालन-पोषण!" कार्यशालाहरूका श्रृंखला र पुस्तिकाहरू छन्। कृपया जानकारीको लागि, हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।