अभिभावकहरूका लागि सुझावहरू तपाईंको बच्चाले तपाईंलाई सुन्न सक्नुहुन्छ?

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

यहाँ केही सामान्य संकेतहरूको जाँचसूची छ जुन तपाईं आफ्नो बच्चाको पहिलो वर्षमा हेर्न सक्नुहुन्छ:

जन्मपछि छिट्टै

तपाईंको बच्चा ताली बजाउने वा ढोका जोडसँग बन्द गर्ने जस्ता अचानक ठूलो आवाजले चकित हुनुपर्दछ र यस्तो आवाजहरूमा आफ्ना आँखाहरू ठूलो बनाएर झिमझिम गर्नु वा खोल्नुपर्छ।

हो □ होइन □

1 महिनाबाट

तपाईंको बच्चाले भ्याकुम क्लीनरको आवाज जस्तो अचानक आउने लामो आवाजहरू महसुस गर्न सुरु गर्नुपर्छ र तिनीहरू सुरु हुँदा उहाँले तिनीहरूलाई रोक्ने र सुन्ने गर्नुपर्छ।

हो □ होइन □

4 महिनाबाट

उहाँले तपाईंलाई देख्न नसक्दा पनि तपाईंको स्वरको आवाजमा शान्त हुनुपर्छ वा मुस्कुराउनु पर्छ। तपाईं पछाडीबाट आएर साइडबाट उहाँसँग बोल्नुहुन्छ भने उहाँले आफ्नो टाउको वा आँखा तपाईंतर्फ मोड्न पनि सक्नुहुनेछ।

हो □ होइन □

7 महिनाबाट

उहाँ अन्य कुराहरू धेरै व्यस्त हुनुहुन्न भने, उहाँ तपाईंले कोठाबाट बोलाउँदा वा प्रत्येक साइडमा भएको एकदमै होहल्लाहरूतर्फ तुरून्तै फर्किनुपर्छ।

हो □ होइन □

9 महिनाबाट

उहाँले दैनिक परिचित आवाजहरू ध्यानपूर्वक सुन्नुपर्छ र कसैले नदेख्नेगरी गरेको ठूलो आवाजहरू खोज्नुपर्छ। उहाँले ठूलो आवाज र सुरिलो ढंगले बडबडाउनेमा आनन्द पनि देखाउनपर्छ।

हो □ होइन □

12 महिनाबाट

उहाँले आफ्नो नाममा र अन्य परिचित शब्दहरूमा केही प्रतिक्रिया देखाउनुपर्छ। उहाँले कुनै पनि संलग्न इशारा देख्न नसके पनि तपाईंले 'होइन' र 'बाई बाई' भन्दा प्रतिक्रिया जनाउन सक्नुहुनेछ।

हो □ होइन □

तपाईंले माथिका वस्तुहरूमा वा केही अन्य कारणहरूले गर्दा ''हो' भन्ने जवाफ दिन नसकेको कारणले तपाईं आफ्नो बच्चाले सामान्य रूपमा सुनिरहेको छैन भनी आशंका गर्नुहुन्छ भने, कृपया आफ्ना स्वास्थ्य स्याहार प्रदायकहरूबाट सुझाव-सल्लाह लिनुहोस्।

Queen's Medical Centre, University Hospital, Nottingham, UK को प्रोफेसर Barry McCormick,को अनुमतिमा "तपाईंको बच्चाले तपाईंलाई सुन्न सक्छ?" बाट पुन: उत्पादित गरिएको