आफ्नो बच्चालाई माया गर्नुहोस्, चोटपटक लाग्नबाट बचाउनुहोस् (3-5 वर्ष)

(06/2020 मा संशोधन गरिएको HTML सामग्री)

तपाईंका बच्चा सुरक्षित हुनुहुन्छ?

  • चोटपटक भनेको प्रमुख बाल घातक हो। हरेक वर्ष धेरैजसो बालबालिकाका चोटपटकको कारणले मृत्यु भएको छ वा उनीहरू असक्षमता भएका छन्। तपाईंको बच्चालाई चोटपटक लाग्नबाट बचाउनको लागि, उहाँको व्यवहारदेखि सतर्क हुनुहोस् र सबै सम्भावित जोखिमहरू हटाउनुहोस्।
  • 5 वा सो भन्दा कम उमेरका बालबालिकाले के खतरनाक छ भन्ने कुरा बुझ्न वा सम्झन सक्दैनन्। आमाबुवाहरूले उनीहरूको क्षमतालाई बढी अनुमान लगाउनुहुँदैन।
  • निर्णय लिँदा त्रुटिहरू भएमा दु:खद घटनाहरू निम्तिन सक्छन्। तपाईंले बालबालिकालाई चोटपटकहरू लाग्नबाट कसरी बच्ने भनेर सिकाएको भएपनि उनीहरूलाई स्वयं निर्णय लिन नदिनुहोस्।
  • तथ्याङ्कहरू अनुसार 0 देखि 5 वर्ष उमेरका बालबालिकालाई चोटपटक लाग्ने सबैभन्दा सामान्य ठाउँ भनेको घर हो।

3 देखि 5 वर्ष उमेरका बच्चाहरूलाई प्रा लाग्ने चोटपटकहरू:

  • बढ्दो सक्रियता, उत्कृष्ट शारीरिक बल तथा अधिक स्वतन्त्रताकासाथ, यस उमेरमा बालबालिका चढ्न, उफ्रन र कठिन तथा प्राय: खतरनाक हुने कार्यहरूको नक्कल गर्न मन पराउँछन्। उनीहरूको आवेगशीलता र निर्धारणको कमीले थप सम्भावित रूपमा चोटपटकहरू निम्त्याउँछ।
  • यस चरणमा लाग्ने सामान्य चोटपटकहरूमा लड्ने, जल्ने तथा पोलिने (तातो तरल पदार्थ वा वाफबाट) पर्दछन्।
  • चोटपटक लागेपछि तुरून्तै चिकित्सकीय सल्लाह लिनुहोस्।

प्राय लाग्ने चोटपटक तथा सुरक्षात्मक उपायहरू:

  1. लड्ने
    • बंक बेडहरू प्रयोग नगर्नुहोस्। सम्भव भएसम्म, तल अतिरिक्त तान्न मिल्ने बिस्तरा (ओछ्यान) जडान भएको बिस्तरा प्रयोग गर्ने बारे सोच्नुहोस्।
    • बंक बेडहरू प्रयोग गर्ने आमाबुवाहरूले माथिल्लो डेकमा बालबालिकालाई सुन्त दिनुहुँदैन। अन्यथा, माथिल्लो डेकमा उपयुक्त उचाईको बलिया साइड रेलहरू फिट गर्नुहोस् र सुरक्षित आरोहरणको लागि एउटा सुरक्षित सिढीं स्थापना गर्नुहोस्।
    • बालबालिकालाई लड्नबाट जोगाउनको लागि, विन्डो गार्ड (ग्रिल) वा बाल्कोनीको वरिपरी बार वा तारको जाली स्थापना गर्नुहोस्।
    • बालबालिकालाई चिप्लिएर लड्नबाट वा भित्ता, ढोका वा फर्निचरमा ठोकिनबाट जोगाउन उनीहरूलाई जताभावी दौडिन नदिनुहोस्।
    • बालबालिकालाई चिप्लिएर लड्न नदिनका लागि भुइँमा पोखिएका पानी वा चिल्लो पदार्थलाई तुरून्तै सफा गर्नुहोस्।
    • भुइँका सामग्रीहरू विचार पुर्याएर छनोट गर्नुहोस्। चिल्लो भुँइले थप सम्भावित रूपमा चिप्लिने बनाउँछ। साना कार्पेटहरूले पनि चिप्लिने बनाउन सक्छ।
    • वयस्क तथा बालबालिका दुवैलाई अल्झेर लड्नबाट जोगाउनको लागि, हिंड्ने ठाउँमा खेलौना वा वस्तु राख्नुहुँदैन। बिजुलीका तारहरूलाई सही तरिकाले सुरक्षा गरिनुपर्छ।

    बंक बेडको माथिल्लो डेक बालबालिकाका लागि सुरक्षित हुँदैन।
    बालबालिका यताउता दौडिदा चिसो भुइँमा चिप्लिएर लड्न सक्छन्।

  2. पोलेको (तातो तरल पदार्थ वा वाफबाट) वा जल्ने
    • बालबालिकालाई आफै पकाउन नदिनुहोस्। साना बालबालिकाले प्राय: कप नुडल बनाउँदा तातो पानीले आफैलाई पोल्ने गर्छन्। तातो पानी राखेपछि, फोमको कप चिसो भएपनि सामग्री धेरै तातो हुन सक्छ। फोमको कप पर्याप्त बलियो छैन भने, यो उच्च तापक्रमको कारणले नरम बन्न सक्छ। साना बालबालिकाले कपलाई बलियोसँग समात्ने कार्य सम्हाल्दैनन् भने, उनीहरूलाई पोल्न सक्छ।
    • टेबुलको किनारामा वा बच्चाहरू पुग्न सक्ने ठाउँमा चियाको भाँडा, कित्ली वा थर्मस नराख्नुहोस्।
    • सलाइ र लाइटरहरू टाढा राख्नुहोस्। आफ्ना बालबालिकालाई आगोसँग खेल्दा हुने खतराहरूका बारेमा सावधान गराउनुहोस्।

पोलेको (तातो तरलपदार्थ वा वाफबाट) उपचार

  • चोट लागेको भागलाई शीतल बनाउन विस्तारै पानीको धारामा राख्नुहोस् वा चिसो पानीमा डुबाउनुहोस्। चोटपटक लागेको क्षेत्रमा सिधै बरफ नलगाउनुहोस्।
  • चोट लागेको भागबाट विस्तारै कपडालाई हटाउनुहोस् तर छालामा टाँसिएका कपडालाई नहटाउनुहोस्। यसमा सफा कपडा वा ब्यान्डेजको टुक्रा बेर्नुहोस्।
  • घाउमा तेल, टुथपेस्ट, बटरवा पकाउने ससहरू नलगाउनुहोस्। यसमा ब्यान्ड-एडहरू वा भुवादार कपडा जस्ता चिपचिपा पट्टी नबेर्नुहोस्।
  • चोटपटक लागेपछि तुरून्तै चिकित्सकीय सल्लाह लिनुहोस्।

तातो पानी र आगो एकदमै खतरनाक हुन्छन्।
बालबालिकालाई तिनीहरूबाट टाढा राख्नुहोस्।

निष्कर्ष:

  • धेरैजसो चोटपटकहरू रोकथाम गर्न सकिने हुन्छन्। त्यसैले, आमाबुबाहरू सतर्क रहनुपर्छ र बाल विकासको बारेमा थप जान्नुपर्छ ताकि उपयुक्त सुरक्षात्मक उपायहरू अपनाउन सकियोस्।
  • बालबालिकालाई कहिल्यै पनि घरमा एक्लै वा ठूलो उमेरको बच्चाको जिम्मेवारीमा नछोड्नुहोस्।
  • आमाबुवाहरूले बालबालिकाका लागि एउटा राम्रो उदाहरण सेट गर्नुपर्छ। आफ्ना बालबालिकाका मनोदशा बुझ्न र उनीहरूलाई सही क्षणमा सुरक्षा ज्ञान सिकाउन उनीहरू माथि नजिकबाट ध्यान दिनुपर्छ।
  • किन्डरगार्टेनका शिक्षकहरू जस्ता बाल स्याहार कर्मचारीहरूले पनि साना बालबालिकालाई चोटपटकबाट बच्चका लागि सही मार्गनिर्देशन दिनुपर्छ।

आकस्मिक बाल स्याहार सेवाहरू आवश्यक पर्ने आमाबुवाहरू आकस्मिक बाल स्याहार सेवा, परस्पर सहायता बाल स्याहार केन्द्रहरू वा सामाजिक कल्याण विभागको छिमेक समर्थन बाल स्याहार प्रयोजन पहुँच गर्न सक्नुहुन्छ। जानकारी वा सोधपूछहरूका लागि, कृपया सामाजिक कल्याण विभागको वेबसाइट www.swd.gov.hk मा जानुहोस् वा यसको बाल स्याहार केन्द्रको परामर्श निरीक्षणालयलाई 2835 2016 मा कल गर्नुहोस्।

थप जानकारीको लागि, कृपया स्वास्थ्य विभागको निम्न हटलाइनहरूमा कल गर्नुहोस्:

24-घण्टा उपलब्ध सूचना हटलाइन (पारिवारिक स्वास्थ्य सेवा) 2112 9900
स्वास्थ्य शिक्षाको इन्फोलाइन 2833 0111

वा निम्न वेबसाइटहरूमा जानुहोस्:

परिवार स्वास्थ्य विभाग, स्वास्थ्य विभाग www.fhs.gov.hk
स्वास्थ्य सुरक्षा केन्द्र, स्वास्थ्य विभाग www.chp.gov.hk
हङकङ बाल स्वास्थ्य संस्थान www.childhealthhongkong.com
हङकङ बाल्यकाल चोटपटक रोकथाम तथा अनुसन्धान संघ childinjury.hkuhealth.com