तपाईंको बच्चा घरमा सुरक्षित हुनुहुन्छ?

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

बाल्यकालको चोटपटक धेरैजसो सामान्यतया घरमा हुन्छ। उनीहरूको रहनसहनको वातावरण सुरक्षित छ भनेर सुनिश्चित गर्न रोकथामका उपायहरू चाल्नमा आमाबुवाहरूले ठूलो भूमिका खेल्छन्।

तपाईंको घरको वातावरण बच्चाको लागि सुरक्षित छ वा छैन भनी हेर्नको लागि यो जाँचसूची पूरा गर्नुहोस्।

तपाईंको बच्चा घरमा सुरक्षित हुनुहुन्छ?

  1. तपाईंले कहिल्यै पनि आफ्नो बच्चालाई घरमा एक्लै वा बढी उमेरका बालबालिकाको जिम्मेवारीमा छोड्नुभएको छ?

    छ/छैन

  2. तपाईंको घरमा प्राथमिक उपचार बाकस छ?

    छ/छैन

  3. तपाईंलाई प्राथमिक उपचारको बारेमा थाहा छ?

    छ/छैन

बेडरूम

(1- 9 का प्रश्नहरू विशेषगरी पहिलो 6 महिनाका बच्चाहरूका लागि महत्त्वपूर्ण छन्)

  1. तपाईंले आफ्नो बच्चालाई उत्तानो पारेर सुताउनुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

  2. तपाईंले आफ्नो बच्चालाई गद्दा, नरम सिरानी, भेडाको छाला वा बिन ब्याग जस्ता नरम र भुवादार वस्तुहरूमा सुताउनुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

  3. तपाईं आफ्नो बच्चा सुत्ने ठाउँमा वस्तुहरू (बिछौना बाहेक) राख्नुहुन्छ?

    छ/छैन/लागूयोग्य छैन

  4. के तपाईंको बच्चा कोक्रोमा सुत्नुहुन्छ?

    छ/छैन/लागूयोग्य छैन

  5. तपाईं आफ्नो शिशुसँग एउटै बिस्तरामा सुत्नुहुन्छ भने, के तपाईंको बच्चाको आफ्नै ब्लान्केट हुन्छ?

    छ/छैन/लागूयोग्य छैन

  6. कोही सदस्य समान बिस्तरामा बच्चासँग सुत्नुहुन्छ भने, सो सदस्य धेरै थकित हुनुहुन्छ वा मदिरा वा लागू औषध सेवन गर्नुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

  7. तपाईं आफ्नो बच्चाशुसँग सोफामा सुत्नुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

  8. तपाईंको बच्चाले बिस्तरामा सुत्दा हलुका तथा आरामदायक कपडा लगाउनुहुन्छ?

    छ/छैन/लागूयोग्य छैन

  9. तपाईंको बच्चा सुत्ने कोठा आरामदायक तापक्रम सहित राम्रोसँग हावा खेल्ने खालको छ?

    छ/छैन/लागूयोग्य छैन

  10. बच्चाको कोक्रोमा रहेको ठाडो बारहरू बीचको दूरी 6 सेमी (2.5 इन्च) भन्दा कम छ?

    Yes/No/Not applicable

  11. बच्चा सुत्ने कोक्रोको आकार अनुसार कुनै पनि खाली ठाउँ नछोडि म्याट्रेस फिट हुन्छ?

    छ/छैन/लागूयोग्य छैन

  12. कोक्रोको रेलहरूको उचाई तपाईंको शिशुको उचाईको 3/4 भन्दा कम छ?

    छ/छैन/लागूयोग्य छैन

  13. तपाईंले कहिल्यै आफ्नो बच्चालाई सोफा वा बिस्तरामा कुनै छेक्ने/रोक्ने वस्तु नराखिकन एक्लै (एकदमै छोटो क्षणको लागि भएपनि) छोड्नुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

  14. बिस्तराको नजिक कुनै डोरी झुन्डिरहेको छ?

    छ/छैन/लागूयोग्य छैन

  15. बंक बेडमा सुरक्षित सिंढी लगाइएको छ?

    छ/छैन/लागूयोग्य छैन

  16. बंक बेड र भित्ताको बीचमा कुनै खाली ठाउँ छ?

    छ/छैन/लागूयोग्य छैन

बैठक कोठा

  1. तपाईंले आफ्नो बच्चालाई स्ट्रोलर, बेबी वाकर वा हाइचियरमा राखेपछि सुरक्षा फितालाई सुरक्षित तरिकाले लगाउनुभएको छ र पांग्राहरूलाई लक गर्नुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

  2. तपाईंले फर्निचरका तिखो किनारालाई कर्नर प्रोटेक्टरहरू (कुना ढाक्ने) प्रयोग गरी ढाक्नुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

  3. तपाईंले फोल्ड गर्न मिल्ने फर्निचरलाई टाढा एक सुरक्षित ठाउँमा लक गरेर राम्रोसँग राख्नुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

  4. सकेटहरू सुरक्षात्मक कवरहरूबाट ढाकिएका छन्?

    छ/छैन/लागूयोग्य छैन

  5. ढोकाहरूलाई खोल्दा स्टपरहरू वा चुम्बक प्रयोग गरेर ठाउँमा अड्याएर राखिएका छन्?

    छ/छैन/लागूयोग्य छैन

  6. कुनै पनि वस्तुलाई बच्चा माथि चढ्न सक्नेगरी ढेर लगाएर राखिएको छ?

    छ/छैन/लागूयोग्य छैन

  7. तपाईंले विन्डो गार्ड (ग्रिल) स्थापित गरी तिनीहरूलाई लक गरेर राख्नुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

  8. तपाईंले पर्दाका डोरीहरूलाई बाँधेर आफ्नो बच्चा पुग्न नसक्नेगरी राख्नुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

  9. तपाईंको घरमा सजिलैसँग फुट्ने सिसाबाट बनेका टेबुल वा ढोकाहरू छन्?

    छ/छैन/लागूयोग्य छैन

  10. तपाईंले सलाई तथा लाइटरहरूलाई सही तरिले भण्डार गरेर राख्नुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

भान्सा कोठा

  1. तपाईं भान्सा कोठामा काम गरिरहेको बेलामा आफ्नो बच्चालाई आफ्नो पछाडि वा अगाडि बोक्नुहुन्छ?

    छ/छैन/लागूयोग्य छैन

  2. सबै धारिला भाडाकुँडाहरू तपाईंको बच्चाले नभेटाउने गरी राखिएका छन्?

    छ/छैन/लागूयोग्य छैन

  3. औषधिलाई तपाईंको बच्चाले भेटाउने ठाउँहरूमा राखिएको छ?

    छ/छैन/लागूयोग्य छैन

  4. विद्युतीय कित्ली वा तातो पानीको थर्मसलाई तपाईंको बच्चाले नभेटाउने गरी राखिएको छ?

    छ/छैन/लागूयोग्य छैन

  5. तपाईंले साना बालबालिका (विशेषगरी 3 वर्ष मुनिका) लाई भान्सा कोठामा प्रवेश गर्नबाट रोक्नको लागि त्यहाँको ढोकामा गेट स्थापित गर्नुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

  6. पकाउने भाडाकुँडाका ह्यान्डलहरू चुलो तिर फर्केका छन्?

    छ/छैन/लागूयोग्य छैन

  7. तपाईं डिटरजेन्ट तथा अन्य रसायनहरू राख्नका लागि खानेपानीका बोतलहरू प्रयोग गर्नुहुन्छ?

    छ/छैन/लागूयोग्य छैन

  8. तपाईंले डिटरजेन्टहरूलाई आफ्नो बच्चाले भेटाउन नसक्नेगरी दराजहरूमा भण्डार वा लक गरेर राख्नुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

बाथरूम

  1. तपाईं आफ्नो बच्चालाई नुहाइदिनको लागि नुहाउने बेसिन प्रयोग गर्नुहुन्छ?

    छ/छैन/लागूयोग्य छैन

  2. तपाईंले कहिल्यै आफ्नो बच्चालाई नुहाउँदा एक्लै (एकदमै छोटो क्षणको लागि भएपनि) छोड्नुभएको छ?

    छ/छैन/लागूयोग्य छैन

  3. आफ्नो बच्चालाई नुहाउन तैयारी गर्दैगर्दा, तपाईंले तातो पानी राख्नुभन्दा पहिला चिसो पानी राख्ने र आफ्नो कुहिनोले पानीको तापक्रम जाँच्ने गर्नुहुन्छ?

    छ/छैन/लागूयोग्य छैन

  4. तपाईं बाथटबमा नचिप्लिने खालको म्याट राख्नुहुन्छ?

    छ/छैन/लागूयोग्य छैन

  5. तपाईंको बाथरूमको भुइँ सधैँ सुख्खा हुन्छ?

    छ/छैन/लागूयोग्य छैन

  6. तपाईंको बाथरूमको ढोका सधैँ बन्द हुन्छ?

    छ/छैन/लागूयोग्य छैन

  7. तपाईंले पानी भरिएको भाडाकुँडा यताउता त्यसै छोड्नुहुन्छ?

    छ/छैन/लागूयोग्य छैन

You have completed this questionnaire. Please check your answers.

तपाईंको बच्चा घरमा सुरक्षित हुनुहुन्छ? Y=छ N=छैन
1.N 2.Y 3.Y

बेडरूम
1.Y 2.N 3.N 4.Y 5.Y 6.N 7.N 8.Y 9.Y 10.Y 11.Y 12.N 13.N 14.N 15.Y 16.N

बैठक कोठा
1.Y 2.Y 3.Y 4.Y 5.Y 6.N 7.Y 8.Y 9.N 10.Y

भान्सा कोठा
1.N 2.Y 3.N 4.Y 5.Y 6.Y 7.N 8.Y

बाथरूम
1.Y 2.N 3.Y 4.Y 5.Y 6.Y 7.N

यदि तपाईंका जवाफहरू माथिको समान छन् भने, बधाई छ! तपाईंले आफ्नो बच्चाको लागि एक सुरक्षित वातावरण उपलब्ध गराउनुभएको छ।

यदि तपाईंका जवाफहरू मध्ये कुनै पनि 'लागूयोग्य छैन' भन्ने भएमा, तपाईंलाई अझै पनि उक्त अवस्थाहरू भविष्यमा हुनसक्ने भएका कारण त्यसको विषयमा ध्यान पुर्याउन आवश्यक हुन्छ।

यदि तपाईंका जवाफहरू मध्ये कुनै पनि माथिको भन्दा भिन्न भएमा, कृपया आफ्नो बच्चाको लागि एक सुरक्षित वातावरण सुनिश्चित गर्न सम्बन्धित परिस्थितिहरूलाई सुधार गर्नुहोस्।