भ्यागुते रोग र धनुषटंकार (DT) खोप

(Content revised 12/2019)

भ्यागुते रोग

भ्यागुते रोग ब्याक्टेरियाको कारणले लाग्छ। प्रभावित व्यक्त्तिलाई ज्वरो आउने, घाँटीमा खैरो रङको झिल्लीका पाटाहरू टासिएर घाँटी दुख्ने र सास फेर्न कठिनाई हुन सक्छ। गम्भीर अवस्थामा, त्यसले सास लिन बाधा पार्न सक्छ, मुटु विफल, नशालाई क्षति पुग्न वा मृत्यु पनि हुनसक्छ । यो रोग विरामीसँग वा बाहकसँग सम्पर्कमा आउदा फैलिन सक्छ । कमै मात्रामा प्रभावित व्यक्त्तिको स्रावद्वारा दुषित भएको वस्तुहरूसँग सम्पर्कमा आउदा व्यक्त्तिलाई संक्रमण हुन सक्छ ।

धनुषटंकार

धनुषटंकार ब्याक्टेरियाको कारणले लाग्छ, जुन चिरिएको छालाद्वारा शरीरमा प्रवेश गर्छ र विष पैदा गर्छ जसले स्नायु प्रणालीलाई आक्रमण गर्छ। त्यसले शरीरलाई कस्सा बनाएर दुखाउछ र चिउँडो बन्द गराउछ जसले गर्दा संक्रमण भएको व्यक्त्तिले मुख खोल्न वा निल्न सक्दैन । धनुषटंकारले जब सास फेर्न सघाउने मांसपेशीलाई प्रभावित गर्छ, विरामीको छिट्टो मृत्यु हुन सक्छ ।

भ्यागुते रोग तथा धनुषटंकार (DT) खोप

  1. खोप किन दिनुपर्छ?

    DT को खोपले 2 वटा गम्भीर रोग लाग्नबाट प्रभावकारी तरीकाले रोकथाम गर्छ । हङकङमा भ्यागुते रोग, धनुषटंकार, असेलुलर पेर्टुसिस र निष्क्रिय पोलियोभाइरस खोप (DTaP-IPV खोप) नियमित वाल्यवस्थामा दिने खोपको लागि सिफारिस गरिन्छ । तैपनि, ती बालबालिकाहरू जसलाई पेर्टुसिस भएको खोप दिनु हुदैन उनीहरूलाई DT खोप दिनुपर्छ ।

  2. मेरो बच्चालाई खोप कहिले दिनुपर्छ?

    राम्रो र दिगो सुरक्षाको लागि, बालबालिकाहरूले उनीहरूको जीवनको पहिलो वर्षमा (2,4 र 6 महिनामा) DT को 3 तीन डोज प्राप्त गर्नुपर्दछ र अर्को बुस्टर डोज बच्चा 18 महिनाको उमेर हुदा दिनुपर्दछ । अन्य दुइ बुस्टर डोज प्राथमिक एक र प्राथमिक छका विद्यार्थीहरूलाई दिइन्छ। DT खोप अन्य खोपहरूसँग एकै चोटी दिन सकिन्छ।

  3. निम्न व्यक्तिहरूले DT खोप लगाउनु हुँदैन:
    • खोपको कुनै तत्त्वहरूको वा DT खोपको अधिल्लो डोजको तुरून्त गम्भीर एलर्जी प्रतिक्रिया भएको
    • कुनै प्रेसर्भेटिभसले गम्भीर एलर्जी प्रतिक्रिया भएको
  4. जोखिमहरू के के हुन्?
    • धरै जसो व्यक्त्तिहरूमा DT खोप पछि कुनै गम्भीर प्रतिक्रिया हुदैन। कहिले कहि हल्का ज्वरो ( प्राय खोप लगाएको 3 दिन भित्र) आउन सक्छ वा खोप लगाएको ठाँउमा हल्का सुनिन सक्छ । आमाबुवाहरूले लक्षण कम गर्न ज्वरो कम गर्ने औषधी प्रयोग गर्न सक्छन् ।
    • यदि खोप दिएपछि बच्चालाई सास फेर्न कठिनाई भएमा वा कोमामा परेमा (जुन एकदमै कम मात्रै हुन्छ), कृपया उसलाई/ उनलाई अस्पतालको दुर्घटना र आपतकालीन विभागमा व्यवस्था गर्न लिएर जानुहोस् ।

यदि तपाईंको केही प्रश्न भएमा, कृपया हाम्रो स्वास्थ्य विभागको मातृ र बाल
स्वास्थ्य केन्द्रका नर्सहरू वा डाक्टरहरूलाई सोध्नुहोस् ।

यो पर्चाको अंग्रेजी र अन्य भाषामा गरिएको रुपान्तर बीच फरक भएको स्थितिमा,अंग्रेजी रुपान्तर प्रबल हुनेछ ।