दादुरा, मम्प्स, रूबेला र भेरिसेल्ला (MMRV) खोप

(01/2020 मा प्रकाशित)

दादुरा

यो दादुरा भाइरसको कारणले हुन्छ र यो संक्रमित छिटाको माध्यमबाट हावा मार्फत वा संक्रमित व्यक्तिहरूको नाक वा घाँटीको स्रावहरूसँगको प्रत्यक्ष सम्पर्कबाट र कम सामान्यत: नाक र घाँटीको स्रावहरूले फोहोर भएका वस्तुहरूबाट फैलन्छ। प्रभावित व्यक्तिमा प्रारम्भिक अवस्थामा थकाइ लाग्ने, ज्वरो आउने, खोकी लाग्ने, सिगान बग्ने, आँखाहरू रातो हुने र मुखभित्र सेता दागहरू देखिनेछन्। यसको 3 देखि 7 दिनपछि छालामा रातो धब्बेदार खटिरा आउँछ। खटिरा सामान्यतया अनुहारको तलबाट बाँकी शरीरसम्म फैलन्छ। गम्भीर अवस्थाहरूमा फोक्सो, आँत र मस्तिष्क पर्न सक्छन् र यसले चिन्ताजनक परिणाममा वा मृत्युसम्म पनि पुर्‍याउन सक्छ।

मम्प्स

यो मम्प्स भाइरसको कारणले हुन्छ जसले सेलिभरी ग्रन्थी र कहिलेकाहीँ स्नायु तन्तुमा प्रभाव पार्छ। यो संक्रमित छिटाहरूको माध्यमबाट वा सङ्क्रमित व्यक्तिको र्‍यालसँगको प्रत्यक्ष सम्पर्कबाट फैलन्छ। यस रोगको लक्षण सेलिभरी ग्रन्थीहरू, सामान्यतया गाला(हरू) को पीडादायी सूजनद्वारा वर्णन गरिन्छ। कहिलेकाहीँ, बहिरोपन वा मस्तिष्क, अग्न्याशय, अण्डकोष वा डिम्बाशयको संक्रमण जस्ता जटिलता पनि हुन सक्छ।

रूबेला

रूबेला जसलाई "जर्मन दादुरा" पनि भनिने गरिन्छ, यो रूबेला भाइरसको कारणले हुन्छ। यो संक्रमित व्यक्तिहरूको नाक र घाँटीबाट निस्किने स्रावहरूसँगको सम्पर्कबाट छिटा फैलिएर वा बिरामीहरूसँगको प्रत्यक्ष सम्पर्कबाट प्रसारित हुन सक्छ। बालबालिकामा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, अस्वस्थता, फैलिएको खटिरा, लिम्फ नोडहरू ठूलो हुने, माथिल्लो श्वासप्रश्वास सम्बन्धी लक्षण र कन्जक्टिभाइटिज देखिन्छ। केही बिरामीहरूलाई पूर्णतया खटिरा नआउन सक्छ। जटिलतामा आर्थ्राइटिस, थ्रोम्बोसाइटोपेनिया र एन्सेफलाइटिस पर्दछन्।

रूबेला संक्रमणले विकसित हुँदै गरेको गर्भको भ्रुणमा अनियमितता गराउन सक्छ। कन्जेनिटल रूबेला सिन्ड्रोम (CRS) गर्भावस्थाका प्रथम 3 महिनाहरूमा संक्रमित भएका महिलाहरूबाट जन्म लिएका नवजातहरूमा हुन सक्छ। कन्जेनिटल रूबेला सिन्ड्रोम (CRS) को लक्षण बहिरोपन, मोतिबिन्दु, हृदयको विसंगति र मानसिक गतिरोध अनुसार वर्णन गरिन्छ।

भारिसेल्ला

भेरिसेल्ला (ठेउँला पनि भनिन्छ) भेरिसेल्ला-जोस्टर भाइरसको कारणले गर्दा हुने एक भाइरल बिमारी हो। यो उच्च रूपमा संक्रामक छ र यो श्वासप्रश्वास मार्गबाट वा ठेउँला भएको छालाको घाउहरूको फोका तरल पदार्थ वा हर्पिस जोस्टर संक्रमणबाट छिटाहरूको हावा प्रसारणद्वारा फैलन्छ। प्रभावित व्यक्तिमा ज्वरो आउने र चिलाउने खटिरा देखिन्छ। फोका आएको सामान्यतया 5 दिनमा खटिरा विकसित हुन्छ र पहिले टाउको र अनुहारमा देखापर्छ, ट्रंकमा सर्छ र त्यसपछि खुट्टाहरूमा सर्छ। खटिरा मुख्य रूपमा ट्रंकमा देखापर्छ। फोकाहरू चिलाउने खालका हुन्छन् र त्यसपछि सुकेर लगभग 3 दिनमा घाउको पाप्रा बन्छन्। प्रभावित व्यक्तिहरू सामान्यतया 2 देखि 4 हप्तामा निको हुन्छन्।

भेरिसेल्ला प्राय: बाल्यावस्थामा देखिने मध्यम खालको रोग हो। यो कमजोर प्रतिरोधात्मक क्षमता भएका कुनै पनि उमेरका वयस्क वा व्यक्तिहरूमा बढी गम्भीर हुन्छ। छालाको संक्रमण, एसेप्टिक मेनिन्जाइटिस, इन्सेफलाइटिस र निमोनियाबाट रोग जटिलता हुन सक्छ। प्रारम्भिक गर्भावस्थामा हुने संक्रमण भ्रुणको जन्मजात विसंगतिको कारणसँग सम्बन्धित हुन सक्छ।

दादुरा, मम्प्स, रूबेला र भेरिसेल्ला (MMRV) खोप

MMRV खोपले माथिका 4 संक्रामक रोगहरूको प्रभावशाली रूपमा रोकथाम गर्न सक्छ। हङकङमा, दादुरा, मम्प्स, रूबेला र भेरिसेल्ला (MMRV) खोपलाई हङकङ बाल्यावस्था प्रतिरक्षण कार्यक्रममा समावेश गरिएको छ।

बालबालिकाले दादुरायुक्त र भेरिसेल्लायुक्त खोपहरूको दुई मात्रा प्राप्त गर्नुपर्छ। स्वास्थ्य विभागमा, दोस्रो मात्रा दादुरा, मम्प्स, रूबेला र भेरिसेल्ला (MMRV) खोप अनुसार दिइएको छ।

A. निम्न व्यक्तिहरूले दादुरा, मम्प्स, रूबेला र भेरिसेल्ला (MMRV) प्राप्त गर्नुहुँदैन वा प्रतीक्षा गर्नुपर्छ

  1. ≥38.5°C ज्वरोका साथ मध्यम वा गम्भीर खालको बिमारी भएका
  2. दादुरायुक्त वा भेरिसेल्लायुक्त खोपको पछिल्लो मात्रामा गम्भीर एलर्जिक प्रतिक्रिया देखिएको
  3. जेलेटिन वा निश्चित एन्टिबायोटिकहरूमा गम्भीर एलर्जीको इतिहास ज्ञात भएको
  4. रोगहरू वा उपचारको कारणले गम्भीर प्रतिरोधक क्षमता भएका व्यक्तिहरू, उदाहरण:
    • इम्युनोडेफिशियन्सी
    • हाल क्यान्सरको उपचार गरेका, जस्तै केमोथेरापी र रेडियोथेरापी
    • प्रतिरोधक क्षमताको औषधिहरू सेवन गरिरहेका, जस्तै कोर्टिकोस्टेरोइडको उच्च मात्रा
  5. जन्मजात वा वंशानुगत इम्युनोडेफिशियन्सीको पारिवारिक इतिहास भएका
  6. उपचार नगरिएको सक्रिय क्षयरोग भएका
  7. विगत 11 महिनासम्म इम्युनोग्लोबुलिन वा अन्य रक्त उत्पादनहरू (उदाहरण, रगत ट्रयान्सफ्युजन) प्राप्त गरेका
  8. विगत चार हप्तासम्म अन्य जीवित खोपहरू वा विगत तीन महिनासम्म भेरिसेल्लायुक्त खोप प्राप्त गरेका
  9. गर्भावस्था भएका

B. साइड इफेक्टहरू के-के हुन्?

  • सामान्यतया, दादुरा, मम्प्स, रूबेला र भेरिसेल्ला (MMRV) खोप सुरक्षित र सहनीय छ।
  • खोप लगाएपछि लगभग 20% देखि 25% बालबालिकामा सानो स्थानीय प्रतिक्रिया देखिन सक्छ, जस्तै इन्जेक्सन लगाएको ठाँउमा दुख्ने, रातोपन हुने वा सुन्निने। यी लक्षणहरू सामान्यतया आफै-सीमित हुन्छन्।
  • केही बालबालिकालाई खोप लगाएको 5 देखि 12 दिनपछि ज्वरो आउन सक्छ तर ज्वरो सामान्यतया 2 देखि 5 दिनभित्र हराउनेछ। आमाबुवाले लक्षणहरूबाट आराम पाउनको लागि ज्वरो-विरोधी औषधि प्रयोग गर्न सक्नुहुन्छ। सानो अंशमा बालबालिकालाई फिब्रिल ऐंठन हुन सक्छ।
  • खोप लगाएपछि केही बालबालिका चिढचिढा हुन सक्छन् वा माथिल्लो श्वासप्रश्वास सम्बन्धी संक्रमण हुन सक्छ तर यी लक्षणहरू सामान्यतया मध्यम खालका र स्वयं-सीमित हुन्छन्।
  • थोरै संख्याका बालबालिकालाई खोप लगाएको 1 देखि 2 हप्तापछि खटिरा आउन सक्छ तर यो सामान्यतया केही दिनपछि हराउनेछ। हर्पिस जोस्टर निम्त्याउने अदृश्य संक्रमण रिपोर्ट गरिएको छ तर अधिकांश मामिलाहरू मध्यम खालका रहेका छन् र जटिलताहरूसँग सम्बन्धित रहेका छैनन्।
  • अल्पसंख्यक बालबालिकालाई गालाको पछाडितिर सेलिभरी ग्रन्थीहरूमा क्षणिक सूजन, लिम्फ ग्रन्थीमा (टाउको वा घाँटीमा) सूजन वा क्षणिक आर्थ्राइटिस हुन सक्छ।

ध्यान दिनुपर्ने बुँदाहरू:

  1. बालबालिकाले दादुरा, मम्प्स, रूबेला र भेरिसेल्ला (MMRV) खोप प्राप्त गरेको 6 हप्तासम्ममास्यालिसाइलेट्स (उदाहरण, एस्पिरिन) लिनुहुँदैन।
  2. बिरलै, खोपको भेरिसेल्ला जस्तो खटिरा विकास गर्ने खोप प्राप्तकर्ताहरूबाट अतिसंवेदनशील उच्च जोखिममा रहेका व्यक्तिहरू (उदाहरण, प्रतिरोधात्मक क्षमता कम भएका, ठेउँलाको प्रतिरोधात्मक क्षमता नभएकी गर्भवती महिला, ठेउँलाको प्रतिरोधात्मक क्षमता नभएका आमाहरूको नवजात शिशुहरू, गर्भकालको 28 हप्ताभन्दा कम समयमा जन्मिएका सबै नवजात शिशुहरू) मा सर्न सक्छ। यद्यपि, एउटै घरपरिवारमा बस्ने व्यक्तिमा उच्च जोखिम भएका कारणले मात्र बच्चाको लागि भेरिसेल्ला खोप प्राप्त गर्नु विपरित संकेत होइन। गर्भवती आमा वा परिवारका अन्य गर्भवती सदस्य पनि घरपरिवारमा बच्चाको प्रतिरक्षण खोपको लागि विपरित संकेत होइनन्। खटिरा विकसित नभएको बच्चाले प्रतिरक्षण खोप लगाएपछि कुनै सावधानी आवश्यक पर्दैन। यद्यपि, बच्चालाई खोप लगाएपछि खटिरा आउँछ भने, उच्च जोखिम भएका व्यक्तिहरू खटिरा नहराउँदासम्म बच्चासँग नजिकको सम्पर्कबाट टाढा रहनुपर्छ।
तपाईंसँग कुनै पनि प्रश्न छ भने, कृपया स्वास्थ्य विभागको मातृ तथा बाल स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।