बासिले काल्मेटे-गुएरिन (बीसीजी) खोप

(Content revised 11/2017)

क्षयरोग (टीबी)

क्षयरोग माईकोबाक्टेरियाको कारणले लाग्छ। यो हावाको माध्यमबाट सार्छ र सामान्यतया फोक्सोमा (पुल्मोनरी टीबी) असर गर्छ। शरीरको अन्य भागहरू जस्तै हड्डी, कलेजो, मस्तिष्क र मृगौलाहरू पनि प्रभावित हुन सक्छन् (एक्स्ट्रापुल्मोनरी टीबी)। हङकङ एक घना बस्ती भएको समुदाय भएकोले, टीबी अझै पनि एक स्थानीय रूपले साधारण स्वास्थ्य समस्या रहेको छ ।

बीसीजी खोप

  1. किन खोप लगाउने?
  2. बीसीजीले टीबी संक्रमणलाई 100% नरोकेता पनि, यसले फोक्सोमा हुने संक्रमणलाई सीमित राख्छ र गम्भीर रोगका समस्याहरु विरुद्ध समेत प्रभावकारी सुरक्षा गर्छ । हङकङमा बीसीजी खोप हङकङ बाल्यकाल खोप कार्यक्रममा समावेश गरिएको छ ।

  3. मेरो बच्चालाई कहिले खोप लगाउनु पर्छ?
  4. सबै स्थानीय नवजात शिशुलाई जन्मदा नै बीसीजी दिनुपर्छ । 15 वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई, जो हङकङमा बसोबास गर्छन् र जसलाई बीसीजी खोप दिइएको छैन, प्रत्यक्ष बीसीजी खोप लगाउन सिफारिस गरिन्छ ।

  5. निम्न अवस्था भएका केही व्यक्तिहरूलाई बीसीजी दिनु हुदैन:
    1. जसले गएको चार हप्तामा अन्य लाईभ खोपहरु लिएका छन्, (यसको अन्तराल पछि बीसीजी दिन सकिन्छ)
    2. जो इम्यूनो सप्रेसिभ थेरापी लिईरहेका छन्, (जस्तैः इराडिएशन, साईटोक्सिक दवाईसँग वा सिस्टम स्टेरोईड उपचार लिईरहेका)
    3. इम्यूनो डिफिसियन्सी, या त जन्मजात वा प्राप्त (जस्तै एचआईभी संक्रमण)
    4. क्यान्सर (जस्तैः ल्युकेमिया, लिम्फोमा)
    5. गम्भीर छालाका रोगहरु
    6. गर्भावस्थामा जैविक उपचार प्राप्त गर्नुभएको बच्चाको आमाले (विशेषज्ञसँग सल्लाह लिनुहोस् किनभने खोप लगाउने प्रकिया स्थगित हुनसक्छ।)
  6. जोखिमहरू के के हुन्?
    • खोप लगाएको 2-4 हप्ता पछि केही बालबालिकाहरूमा खोप लगाएको ठाँउमा सानो रातो दाग वा घाउ देखापर्न सक्छ। एउटा सानो निशान छोड्दै वा कुनै दाग नै नरहने गरी यो केही हप्तामा बिस्तारै सानो हुन्छ र निको हुन्छ । कहिलेकाँही केही बालबालिकाहरूमा काखीको मुनि ठूलो भएको ग्रन्थीको कारण गांठ विकास हुन सक्छ । अन्य नराम्रो प्रतिक्रिया धेरै कमै हुन्छ ।
    • यदि त्यँहा पिप वा अल्सर भएमा आमाबुवाहरूले चिन्ता लिनु पर्दैन । यो एक सामान्य प्रतिक्रिया हो । बालबालिकाहरूले सामान्य रूपमा नुहाउन सक्छन्। खोप लगाएको ठाँउलाई सफा र सुक्खा राख्नुहोस्। यदि आवश्यक परेमा उमालेर चिसो पारिएको पानीले सो ठाँउ सफा गर्नुहोस्, र पछि सफा कपडाले पुछ्नुहोस् ।
    • सो ठाँउमा कुनै पनि दबाइ वा मलम नलगाउनुहोस् र सो ठाँउलाई नदबाउनहोस् वा पट्टी नलगाउनुहोस् । खुकुलो लुगा लगाउनुहोस् ।
    • BCG खोप को सबै स्थानीयकृत जटिलताहरू आफै हटेर जानेछ, त्यसैले आमाबाबुले चिन्ता गर्न आवश्यक छैन ।

यदि तपाईंको केही प्रश्न भएमा, कृपया हाम्रो स्वास्थ्य विभागको मातृ र बाल स्वास्थ्य केन्द्रका नर्सहरू वा डाक्टरहरूलाई सोध्नुहोस् ।

यो पर्चाको अंग्रेजी र अन्य भाषामा गरिएको रुपान्तर बीच फरक भएको स्थितिमा,अंग्रेजी रुपान्तर प्रबल हुनेछ ।