हेपाटाइटिस बी खोप

(Content revised 07/2017)

हेपाटाइटिस बी

हेपाटाइटिस बी, कलेजोमा हेपाटाइटिस बी भाइरसद्वारा हुने एक प्रकारको संक्रमण हो। यो रगत र शरीरको तरल पदार्थबाट फैलिन्छ। हेपाटाइटिस बी वाहक आमाले प्रसव वा छेउछाउ समयमा आफ्नो बच्चालाई यो भाइरस सार्ने धेरै सम्भावना हुन्छ।

गम्भीर हेपाटाइटिसका लक्षणहरूमा अधिक थकाई, भोक नलाग्ने, बान्ता, झाढा-पखाला र त्वचा रंगहीन हुनु एवम आँखा सेता हुनु सामेल हुन्छन। धेरैजसो गम्भीर संक्रमणहरू पूर्ण रूपमा निको हुन्छन्। तर कतिपय व्यक्ति, लामो समयसम्म यसको वाहक हुन सक्छन् जसमा अन्त्यमा गएर दीर्घकालीन कलेजो रोग विकसित हुन सक्छ, जस्तै कलेजोको सिरोसिस र कलेजोमा क्यान्सर रोग।

हेपाटाइटिस बी खोप

  1. खोप किन लगाउने?
  2. हेपाटाइटिस बी खोप (HBV) ले हेपाटाइटिस बी र कलेजोको क्यान्सर समस्या विरूद्ध प्रभावकारी सुरक्षा प्रदान गर्न सक्छ। हङकङमा HBV खोप हङकङ बाल्यकाल खोप कार्यक्रममा समावेश गरिएको छ।

  3. मेरो बच्चालाई खोप कहिले लगाउनु पर्छ?
    1. परिपक्व भएर जन्मेका शिशु

      स्तरिय खोप योजना निम्न अनुसार छन्:

      हेपाटाइटिस बी वाहक आमाबाट जन्मेका शिशुहरू

      गैर-हेपाटाइटिस बी वाहक आमाबाट जन्मेका शिशुहरू

      जन्ममा खुराक / पहिलो खुराक

      जन्मेको 24 घण्टा भित्रमा (हेपाटाइटिस बी इम्यूनोग्लोबुलिनका साथ)

      जन्मेको (24 घण्टा भित्रमा)

      दोस्रो खुराक

      1 महिना पुगेको

      तेस्रो खुराक

      6 महिना पुगेको

      उत्कृष्ट एवम दिगो सुरक्षा प्राप्त गर्नको लागि, बच्चाहरूलाई अनिवार्य रूपमा HBVका सबै तीन खुराक दिनु पर्दछ। HBV अन्य किसिमका खोपहरूका साथ दिन सकिन्छ।

    2. अपरिपक्वशिशुहरू

      हेपाटाइटिस बी वाहक आमाहरूबाट जन्मेका सबै अपरिपक्व शिशुहरूलाई जन्मको बेलामा हेपाटाइटिस बी इम्यूनोग्लोबुलिनका साथ HBV दिनु पर्दछ। तर यो खुराकलाई, खोपको 3-खुराक प्रक्रियासित गन्ति गर्नु हुँदैन। शिशुको हेरचाह गर्ने बालरोग विशेषज्ञले यो खुराकलाई अमान्य ठहर गऱ्यो भने, शिशुलाई पहिलो मान्य खुराक, 4 सातापछि दिनु पर्दछ।
      गैर-हेपाटाइटिस बी वाहक आमाहरूबाट जन्मेका सबै अपरिपक्व शिशुहरू, जसको जन्ममा वजन 2 केजी वा त्योभन्दा धेरै भएकाहरूलाई जन्मको समयमा HBVको पहिलो खुराक दिनु पर्दछ। जन्मको समयमा 2 केजीभन्दा कम्ती वजनभएका अपरिपक्व शिशुहरूलाई 2 केजी वजनको भएपछि वा एक महीनाको भएपछि, जुन पहिला हुन्छ, HBV को पहिलो खुराक दिनु पर्दछ।

    अन्य परिस्थितिमा

    जुन बच्चाहरुले हेपाटाइटिस बीको खोप पाएका छैनन् वा उनीहरूले निर्धारित खोपको खुराक प्राप्त गरेका छैनन् भने, उनीहरूको स्वास्थ्य रक्षाका लागि उनीहरूलाई हेपाटाइटिस बी खोप दिनु पर्दछ।

  4. निम्न व्यक्तिहरुले HBV लिनु हुँदैन
    • खमीर (ब्रेड सेकाउने) प्रति गम्भीर एलर्जिक प्रतिक्रिया हुनेले
    • अघिल्लो HBV खुराकप्रति गम्भीर एलर्जिक प्रतिक्रिया हुनेले
  5. यसमा के जोखिम छन्?

    HBV एक सौम्य खोप हो र सामान्यतः यसको कुनै गम्भीर प्रतिकूल असर हुँदैन। कहिलेकाहीँ खोप लगाएको ठाउँमा दुख्न सक्छ, तर 1-2 दिनमा यो विस्तारै निको हुनेछ।

यदि तपाईंको केही प्रश्न भएमा, कृपया हाम्रो स्वास्थ्य विभागको मातृ र बाल स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।

यो पर्चाको अंग्रेजी र अन्य भाषामा गरिएको रुपान्तर बीच फरक भएको स्थितिमा,अंग्रेजी रुपान्तर प्रबल हुनेछ ।