निष्क्रिय पोलियोभाइरस खोप (IPV)

(Content revised 01/2020)

पोलियोमाइलाटिस

पोलियोमाइलाटिस तीन प्रकारका पोलियोभाइरस ( 1 , 2 र 3 ) मध्ये एकको कारणले गर्दा लाग्छ। भाइरस मुख मार्फत शरीरमा प्रवेश गर्छ र अन्तमा गएर केन्द्रीय स्नायु प्रणालीमा हमला गर्छ। ज्वरो, गम्भीर माँसपेशी पीडा, धाँटी र ढाडमा कठोर हुनु, पक्षघात, वा सास फेर्न कठिनाई हुनु र मृत्यु यसका लक्षणहरू हुन्।

निस्क्रिय पोलियोभाइरस खोप (IPV)

  1. खोप किन लगाउने?

    पोलियो खोपले पोलियोमाइलाइटिसको विरुद्ध प्रभावकारी सुरक्षा गर्न सक्दछ। हङकङमा बालबालिकाहरूलाई पोलियो खोपको लागि नियमित पोलियोमाइलाइटिस खोप सिफारिस गरिन्छ। .

  2. मेरो बच्चाले खोप कहिले लगाउनुपर्छ?

    सबैभन्दा राम्रो र दिगो सुरक्षाको लागि, बालबालिकाहरूले उनीहरूको जीवनको पहिलो वर्षमा (2, 4 र 6 महिनाको उमेरमा) 3 डोज लगाउनुपर्छ। IPV को बुस्टर डोज बच्चा 18 महिनाको उमेर हुदा दिइन्छ। दुई अन्य बुस्टर डोज प्राथमिक एक र प्राथमिक छका विद्यार्थीहरूलाई दिइन्छ। पोलियोभाइरस खोपको निधारित डोज पूरा नगर्नेहरुले बच्चाहरुले खोपको श्रंृखला पूरा गर्न IPV को पर्याप्त डोज प्राप्त गर्नु पर्छ।

    IPV अन्य खोपहरू दिदाको समयमा एकै साथमा दिन सकिन्छ।

  3. निम्नव्यक्तिहरुलेIPV लिनुहुदैन
    1. पहिलेको डोजको IPV वा त्यसका तत्वको गम्भीर एलर्जी प्रतिक्रिया भएको
    2. विशेष एन्टीबायोटिक्स वा प्रिसर्भेटिभ्सहरूको गम्भीर एलर्जी प्रतिक्रिया भएको
  4. जोखिमहरू के हुन्?

    धेरै जसो मानिसलाई IPV दिएपछि कुनै गम्भीर प्रतिक्रिया हुदैन। कहिले कहि खोप लगाएको ठाँउ वरिपरि हल्का पीडा हुनसक्छ, तर त्यो 1-2 दिनमा नै विस्तारै कम हुन्छ।

  5. यदि तपाईंको केही प्रश्न भएमा, कृपया हाम्रो स्वास्थ्य विभागको मातृ र बाल स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।

यो पर्चाको अंग्रेजी र अन्य भाषामा गरिएको रुपान्तर बीच फरक भएको स्थितिमा,अंग्रेजी रुपान्तर प्रबल हुनेछ ।