भ्यागुते रोग, धनुषटंकार, असेलुलर पेर्टुसिस र निष्क्रिय पोलियोभाइरस खोप (DTaP-IPV खोप)

(Content revised 07/2017)

भ्यागुते रोग

भ्यागुते रोग ब्याक्टेरियाको कारणले लाग्छ। प्रभावित व्यक्त्तिलाई ज्वरो आउने, घाँटीमा खैरो रङको झिल्लीका पाटाहरू टासिएर घाँटी दुख्ने र सास फेर्न कठिनाई हुन सक्छ । गम्भीर अवस्थामा, त्यसले सास लिन बाधा पार्न सक्छ, मुटु विफल, नशालाई क्षति पुग्न वा मृत्यु पनि हुनसक्छ । यो रोग विरामीसँग वा बाहकसँग सम्पर्कमा आउदा फैलिन सक्छ । कमै मात्रामा प्रभावित व्यक्त्तिको स्रावद्वारा दुषित भएको वस्तुहरूसँग सम्पर्कमा आउदा व्यक्त्तिलाई संक्रमण हुन सक्छ ।

धनुषटंकार

धनुषटंकार ब्याक्टेरियाको कारणले लाग्छ, जुन चिरिएको छालाद्वारा शरीरमा प्रवेश गर्छ र विष पैदा गर्छ जसले स्नायु प्रणालीलाई आक्रमण गर्छ। त्यसले शरीरलाई कस्सा बनाएर दुखाउछ र चिउँडो बन्द गराउछ जसले गर्दा संक्रमण भएको व्यक्त्तिले मुख खोल्न वा निल्न सक्दैन। धनुषटंकारले जब सास फेर्न सघाउने मांसपेशीलाई प्रभावित गर्छ, विरामीको छिट्टो मृत्यु हुन सक्छ ।

पेर्टुसिस

पेर्टुसिस, जसलाई “लहरे खोकी” पनि भनिन्छ, सो तीव्र स्वास प्रस्वास सम्बन्धी रोग हो जुन ब्याक्टेरियाको कारणले लाग्दछ । संक्रमित व्यक्त्तिलाई शुरूमा सामान्य लक्षणहरू जस्तै सिगान बग्न, हाछ्यु आउनु, हल्का ज्वरो आउन र हल्का खोकी लाग्नसक्छ । खोकी विस्तारै जटिल बन्दै जान्छ र तीव्र खोकीको लहरले खाना खान, पिउन र सास फेर्न हस्तक्षेप गर्न सक्छ । लक्षणहरू दुइ हप्तासम्म रहन सक्छ । जटिलताहरूमा फोक्सोको संक्रमण र दौरा पर्नु र दिमागमा क्षति पुग्न सक्छ। विरामीको स्रावसँग प्रत्यक्ष सम्पर्कमा आउदा यो फैलिन्छ ।

पोलियोमाइलाइटिस

पोलियोमाइलाइटिस तीन प्रकारका पोलियोभाइरस (1, 2 र 3) मध्ये एकको कारणले गर्दा लाग्छ । भाइरस मुख मार्फत शरीरमा प्रवेश गर्छ र अन्तमा गएर केन्द्रीय स्नायु प्रणालीमा हमला गर्छ। लक्षणहरू ज्वरो, गम्भीर माँसपेशी पीडा, धाँटी र ढाडमा कठोर हुनु, पक्षघात, वा सास फेर्न कठिनाई हुन र मृत्यु हुन सक्दछ ।

भ्यागुते रोग, धनुषटंकार, असेलुलर पेर्टुसिस र निष्क्रिय पोलियोभाइरस खोप (DTaP-IPV खोप)

  1. यो खोप किन लगाउनु पर्छ?

    DTaP-IPV को खोपले 4 वटा गम्भीर रोग लाग्नबाट प्रभावकारी तरीकाले रोकथाम गर्छ । हङकङमा DTaP-IPV खोप हङकङ बाल्यकाल टिकाकरण कार्यक्रमभित्र समेटिएको छ ।

  2. मेरो बच्चालाई खोप कहिले दिनुपर्छ?

    राम्रो र दिगो सुरक्षाको लागि, बालबालिकाहरूले उनीहरूको जीवनको पहिलो वर्षमा (2 महिना, 4 महिना र 6 महिनामा) DTaP-IPV को 3 तीन डोज प्राप्त गर्नुपर्दछ र अर्को बुस्टर डोज बच्चा 18 महिनाको उमेर हुदा दिनुपर्दछ। स्वास्थ्य विभागका खोप दिने समुहहरू हरेक वर्ष सबै स्थानीय प्राथमिक स्कूलहरूमा गएर अर्को दुइ डोजको मिश्रित खोप सबै प्राथमिक एक र प्राथमिक छका विद्यार्थीहरूलाई दिदछ* । DTaP-IPV अन्य खोपहरूसँग दिनसकिन्छ ।

    * भ्यागुते रोग, धनुषटंकार, असेलुलर पेर्टुसिस (कम गरिएको डोज) र निष्क्रिय पोलियोभाइरस खोप प्राथमिक छका विद्यार्थीहरूलाई दिन सिफारिस गरिन्छ ।

  3. DTaP-IPV खोपको विरोधाभाष पक्षहरू के के हुन्?
    • कुनै पनि खोपको अंशहरू वा DTaP-IPV खोपको पछिल्लो डोजको तुरून्तै सम्बेदनशील प्रतिक्रिया
    • इन्सेफलोपाथि वा अन्य नशा सम्बन्धी अवस्थाहरू DTaP-IPV खोपको पछिल्लो डोजको वा पेर्टुसिस भएको खोप लगाएको 7 दिन पछि भएमा
    • विशेष एन्टीबायोटिक्स वा प्रिजभेटिभ्सको गम्भीर प्रतिक्रिया
  4. DTaP-IPV को नराम्रो प्रभावहरू के के हुन्?
    • सानातिना नराम्रो प्रतिक्रियामा सामान्य प्रभावहरू पर्दछन् (जस्तै पीडा, रातो हुने वा सुनिन्ने)
    • मध्यम वा गम्भीर प्रणालीगत नराम्रो प्रतिक्रिया कम मात्रामा हुनेगर्छ जसमा 40.5°C (105°F) वा बढी तापक्रम हुने वा 3 घण्टा वा लामो समयसम्म लगातार रोइरहने, फेब्रिल दौरा पर्नका साथै हिपोटोनिक-हाइपोरिस्पोन्सिभ एपिसोड हुने गर्दछ ।
    • आमा-बाबुहरुले यस्ता लक्षणहरुबाट राहत दिलाउन ज्वरो निदारक औषधीको प्रयोग गर्न सक्छन् ।
    • DTaP खोपको 4th र 5th डोजहरू दिएपछि यदाकदा सम्पूर्ण माथिल्लो हत्केला वा पिडौलामा अस्थायी घातक नहुने प्रकारले सुनिएको खबर भएको छ ।
    • यदि खोप दिएपछि बच्चालाई सास फेर्न कठिनाई भएमा वा कोमामा परेमा (जुन एकदमै कम मात्रै हुन्छ), कृपया उसलाई अस्पतालको दुर्घटना र आपतकालीन विभागमा व्यवस्था गर्न लिएर जानुहोस् ।

यदि तपाईंको केही प्रश्न भएमा, कृपया हाम्रो स्वास्थ्य विभागको मातृ र बाल
स्वास्थ्य केन्द्रका नर्सहरू वा डाक्टरहरूलाई सोध्नुहोस् ।

यो पर्चाको अंग्रेजी र अन्य भाषामा गरिएको रुपान्तर बीच फरक भएको स्थितिमा,अंग्रेजी रुपान्तर प्रबल हुनेछ ।