दादुरा, मम्प्स र रूबेला (MMR) खोप

(01/2020 मा संशोधन गरिएको विषयवस्तु)

दादुरा

यो दादुरा भाइरसको कारणले हुन्छ र यो संक्रमित छिटाको माध्यमबाट हावा मार्फत वा संक्रमित व्यक्तिहरूको नाक वा घाँटीको स्रावहरूसँगको प्रत्यक्ष सम्पर्कबाट र कम सामान्यत: नाक र घाँटीको स्रावहरूले फोहोर भएका वस्तुहरूबाट फैलन्छ। प्रभावित व्यक्तिमा प्रारम्भिक अवस्थामा थकाइ लाग्ने, ज्वरो आउने, खोकी लाग्ने, सिगान बग्ने, आँखाहरू रातो हुने र मुखभित्र सेता दागहरू देखिनेछन्। यसको 3 देखि 7 दिनपछि छालामा रातो धब्बेदार खटिरा आउँछ। खटिरा सामान्यतया अनुहारको तलबाट बाँकी शरीरसम्म फैलन्छ। गम्भीर अवस्थाहरूमा फोक्सो, आँत र मस्तिष्क पर्न सक्छन् र यसले चिन्ताजनक परिणाममा वा मृत्युसम्म पनि पुर्‍याउन सक्छ।

मम्प्स

यो मम्प्स भाइरसको कारणले हुन्छ जसले सेलिभरी ग्रन्थी र कहिलेकाहीँ स्नायु तन्तुमा प्रभाव पार्छ। यो सङ्क्रमित छिटाहरूको माध्यमबाट वा सङ्क्रमित व्यक्तिको र्‌‍यालसँगको प्रत्यक्ष सम्पर्कबाट फैलन्छ। यस रोगको लक्षण सेलिभरी ग्रन्थीहरू, सामान्यतया गाला(हरू) को पीडादायी सूजनद्वारा वर्णन गरिन्छ। कहिलेकाहीँ, बहिरोपन वा मस्तिष्क, अग्न्याशय, अण्डकोष वा डिम्बाशयको संक्रमण जस्ता जटिलता पनि हुन सक्छ।

रूबेला

रूबेला जसलाई "जर्मन दादुरा" पनि भनिने गरिन्छ, यो रूबेला भाइरसको कारणले हुन्छ। यो संक्रमित व्यक्तिहरूको नाक र घाँटीबाट निस्किने स्रावहरूसँगको सम्पर्कबाट छिटा फैलिएर वा बिरामीहरूसँगको प्रत्यक्ष सम्पर्कबाट प्रसारित हुन सक्छ। बालबालिकामा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, अस्वस्थता, फैलिएको खटिरा, लिम्फ नोडहरू ठूलो हुने, माथिल्लो श्वासप्रश्वास सम्बन्धी लक्षण र कन्जक्टिभाइटिज देखिन्छ। केही बिरामीहरूलाई पूर्णतया खटिरा नआउन सक्छ। जटिलतामा आर्थ्राइटिस, थ्रोम्बोसाइटोपेनिया र एन्सेफलाइटिस पर्दछन्।

रूबेला संक्रमणले विकसित हुँदै गरेको गर्भको भ्रुणमा अनियमितता गराउन सक्छ। कन्जेनिटल रूबेला सिन्ड्रोम (CRS) गर्भावस्थाका प्रथम 3 महिनाहरूमा संक्रमित भएका महिलाहरूबाट जन्म लिएका नवजातहरूमा हुन सक्छ। कन्जेनिटल रूबेला सिन्ड्रोम (CRS) को लक्षण बहिरोपन, मोतिबिन्दु, हृदयको विसंगति र मानसिक गतिरोध अनुसार वर्णन गरिन्छ।

दादुरा, मम्प्स र रूबेला (MMR) खोप

दादुरा, मम्प्स र रूबेला (MMR) खोपले माथिका 3 संक्रामक रोगहरूको प्रभावशाली रूपमा रोकथाम गर्न सक्छ। हङकङमा, दादुरा, मम्प्स र रूबेला (MMR) खोपलाई हङकङ बाल्यावस्था प्रतिरक्षण कार्यक्रममा समावेश गरिएको छ।

बालबालिकाले दादुरायुक्त खोपहरूको दुई मात्रा प्राप्त गर्नुपर्छ। पहिले रूबेलायुक्त खोप नलगाएका, बच्चा जन्माउने उमेर भएका माहिलाहरूले गर्भावस्थाको योजना बनाउनुअघि आफ्नो प्रतिरक्षण स्थिति जाँच गर्नुपर्छ र आवश्यक भएमा हङकङमा, दादुरा, मम्प्स र रूबेला (MMR) खोप प्राप्त गर्नुपर्छ।

A. निम्न व्यक्तिहरूले दादुरा, मम्प्स र रूबेला (MMR) प्राप्त गर्नुहुँदैम वा प्रतीक्षा गर्नुपर्छ

  1. दादुरा, मम्प्स र रूबेला (MMR) खोपको पछिल्लो मात्रामा गम्भीर एलर्जिक प्रतिक्रिया देखिएको
  2. जेलेटिन वा निश्चित एन्टिबायोटिकहरूमा गम्भीर एलर्जीको इतिहास ज्ञात भएको
  3. रोगहरू वा उपचारको कारणले गम्भीर प्रतिरोधक क्षमता भएका व्यक्तिहरू, उदाहरण:
    • इम्युनोडेफिशियन्सी
    • हाल क्यान्सरको उपचार गरेका, जस्तै केमोथेरापी र रेडियोथेरापी
    • प्रतिरोधक क्षमताको औषधिहरू सेवन गरिरहेका, जस्तै कोर्टिकोस्टेरोइडको उच्च मात्रा
  4. गर्भावस्था*
  5. विगत 11 महिनासम्म इम्युनोग्लोबुलिन वा अन्य रक्त उत्पादनहरू (उदाहरण, रगत ट्रयान्सफ्युजन) प्राप्त गरेका
  6. विगत चार हप्तामा अन्य जीवित खोपहरू प्राप्त गरेका

*सामान्यतया, महिलाहरूले MMR खोप प्राप्त गरेको तीन महिनासम्म गर्भावस्थाको विचार राख्नुहुँदैन र उपयुक्त गर्भनिरोधक सावधानी अपाउनुपर्छ।

B. साइड इफेक्टहरू के-के हुन्?

  • केही बालबालिकालाई खोप लगाएको 5 देखि 12 दिनपछि ज्वरो आउन सक्छ तर ज्वरो सामान्यतया 2 देखि 5 दिनभित्र हराउनेछ। आमाबुवाले लक्षणहरूबाट आराम पाउनको लागि ज्वरो-विरोधी औषधि प्रयोग गर्न सक्नुहुन्छ। थोरै संख्याका बालबालिकालाई खोप लगाएको 1 देखि 2 हप्तापछि खटिरा पनि आउन सक्छ तर यो सामान्यतया केही दिनपछि हराउनेछ। अल्पसंख्यक बालबालिकालाई गालाको पछाडितिर सेलिभरी ग्रन्थीहरूमा क्षणिक सूजन वा लिम्फ ग्रन्थीमा (टाउको वा घाँटीमा) सूजन हुन सक्छ।
  • बिरलै, दादुरा, मम्प्स र रूबेला (MMR) खोप लगाएपछि एन्सेफलाइटिस वा मेनिन्जाइटिस जस्ता स्नायु प्रणालीका विकारहरू विकास हुन सक्छन्।

तपाईंसँग कुनै पनि प्रश्न छ भने, कृपया स्वास्थ्य विभागको मातृ तथा बाल स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।