विद्यालय जानु भन्दा पहिलेका बालबालिकाहरूको लागि स्वस्थ्य खुवाई

(Content revised 11/2015)

विद्यालय जानु भन्दा पहिलेका बालबालिकाहरू सक्रिय र ऊर्जाशील हुन्छन्। तिनीहरूको वृद्धि र विकास अनि दैनिक क्रियाकलापहरूमा सहयोग गर्नको लागि तिनीहरूलाई पौष्टिक पदार्थको राम्रो आपूर्ति र खाद्य पदार्थबाट ऊर्जाको आवश्यक हुन्छ ।
सन्तुलित आहारा खानाले तिनीहरूको पौष्टिक तत्त्वको आवश्यकता पुरा गरेको कुरालाई सुनिश्चित गर्छ। यसले बालबालिकाहरूलाई स्वस्थ्य रहन र आहारा सम्बन्धी असल बानीहरू विकास गर्न अनि यस प्रकारले तिनीहरूको भविष्यको स्वास्थ्यको लागि ठोस जग स्थापना गर्न पनि मद्दत गर्छ।
सन्तुलित आहारा भनेको के हो?
स्वस्थ्य खुवाई खानाको पिरामिडले हामीले खान आवश्यक विभिन्न खानेकुराहरूको समूहहरूलाई देखाउँछ र निश्चित अनुपातको लागि सल्लाह दिन्छ। पौष्टिक आवश्यकताहरू पुरा भएको सुनिश्चित गर्नको लागि प्रत्येक खाद्य समूहहरूबाट विभिन्न खाले पौष्टिक आहाराहरू समावेश गर्नु महत्वपूर्ण छ।
सबैभन्दा बढी खानुहोस्: अन्नहरू
बढी खानुहोस्: तरकारी र फलफूलहरू
संयमित रूपमा खानुहोस्: मासु, माछा, अण्डा तथा वैकल्पिकहरू; दूध र विकल्पहरू
कम खानुहोस् : बोसो/तेल नुन र चिनी
तरल पदार्थ प्रशस्त पिउनुहोस्।
विद्यालय जाने उमेर भन्दा पहिलेको बालबालिकाहरूको लागि एउटा सन्तुलित आहारामा प्रत्येक खानेकुराको समूहबाट लिइने खाने कुराको मात्रा निम्न बमोजिम छ

प्रतिदिन खाना पस्काइको हिस्साको सङ्ख्या एक पस्काई हिस्साका उदाहरणहरू
एक बोल = २५० देखि ३०० मिली लिटर
१ कप = २४० मिलि लिटर

अन्नहरू

२ देखि ३

  • १ बोल भात;
  • १ बोल चामलको नुडल;
  • ११/४ बोल नुडल;
  • ११/२ बोल स्पाईघेटी/ म्याकरोनी;
  • २ स्लाईस रोटी (प्रति पाउण्ड ८ स्लाईस)

तरकारी

१ देखि २

  • १/२ बोल पकाएको तरकारीहरू;
  • १ बोल नपकाएको तरकारीहरू

फलफूल

१ देखि २

  • १ मध्यम आकारको फलफूल अर्थात् एउटी महिलाको मुठ्ठी आकारको स्याउ,
  • २ वटा साना फलफूलहरू आरूबखडा र किवि;
  • १/२ कप टुक्रा पारिएका फलफूल

मासु माछा अण्डा तथा वैकल्पिकहरू

१ देखि ३

  • ४० ग्राम काँचो मासु
  • ३० ग्राम पकाएको मासु (टेबल टेनिसको बल आकारको);
  • १ कुखुराको अण्डा;
  • १/४ ब्लक तोफु;
  • ६ देखि ८ टेबल चम्चा पकाएको सिमीहरू

दूध र वैकल्पिकहरू

  • १ कप गाईको दूध
  • १ कप क्याल्सियम युक्त भटमासको दूध
  • २ स्लाईस प्रशोधित चिज
  • १ कार्टुन (१५० ग्राम) दही
  • १/२ ब्लक तोफु (क्याल्सियम नुन युक्त)

प्रत्येक खानाको समूहमा के के छन्?
अन्नहरू

  • प्रत्येक खानाको ठूलो अंश अन्नहरू हुनु पर्छ। यसमा भात, रोटी, नुडल र पास्ता समावेश छ।
  • अन्नहरूले उर्जा र केही भिटामिन बी उपलब्ध गराउँछ।ब्राउन चामल, गहुँको रोटी, ओटमिल जस्ता अन्नहरूमा निकै बढी खाद्य रेसा, खनिज पदार्थ र भिटामिनहरू हुन्छन्। यसले कब्जियत र आन्द्रा सम्बन्धी रोगहरूलाई रोकथाम गर्नमा मद्दत पुर्‍याउँछ।
  • सेतो रोटीलाई गहुँको रोटीले अथवा सेतो भातको एउटा अंशलाई ब्राउनभातले प्रतिस्थापन गरेर केही अन्न भएको खानेकुरा समावेश गर्नुहोस्।
  • बिस्कुट, भुटेको भात वा नुडल, तत्काल तयार हुने नुडल, प्यास्ट्री, केक, क्रईसान्ट जस्ता उच्च बोसो युक्त अन्नका उत्पादनहरूबाट टाढा नै रहनुहोस् । यी खाने कुराहरू कहिले काही मात्र थोरै अंशमा उपलब्ध गराउनुहोस। हाम्रो स्वास्थ्यको लागि खराब हुने निकै मात्रामा परा बोसो संतृप्त बोसो भएको सादा बिस्कुटहरू (मारी बिस्कुट, सोडा क्राकर्स) बाट टाढा नै रहनुहोस्। तपाईँले आफ्नो बालबच्चाहरूलाई दिने बिस्कुट हप्ताको दुई पटक भन्दा नहुने गरि सीमित पार्न सक्नुहुन्छ।

तरकारी र फलफूलहरू

  • बढी फलफूल र तरकारीहरू खानुहोस्।
  • विभिन्न रङको ताजा तरकारी र फलफूलहरू सेवन गर्नुहोस् (साग पात, च्याउ, कुभिन्डो, हरियो केराउ लगायत) यसले फराकिलो श्रेणीको खनिजहरू, भिटामिनहरू, एन्टिअक्सिडेन्ट र खाद्यपदार्थ जन्य रेसा उपलब्ध गराउँछ।
  • तरकारी र फलफूल खानाले तपाईँ र तपाईँको बालबालिकाहरू दुवैलाई मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धी रोग र क्यान्सर जस्ता दीर्घकालीन रोगहरू विकसित हुनबाट रक्षा गर्छ।
  • चिसोमा जमेको प्राकृतिक तरकारी र फलफूलहरू (अर्थात् गुलियो मकैका दाना, मिश्रित तरकारीहरू) सुकाएको तरकारीहरू र सुकाएको फलफूलहरू ताजा तरकारी र फलफूलहरूको लागि सहज खालका विकल्पहरू हुन।
  • अनावश्यक थप नुन, बोसो वा चिनी ग्रहण दिने सिरपसँग क्यानमा बन्द गरिएको फलफूलहरू वा बोतलमा बन्द गरेर राखिएको तरकारीहरू बाट टाढा नै रहनुहोस्। सकल फलफूलमा निकै बढी पौष्टिक पदार्थ र खाद्य पदार्थ जन्य रेसा हुने भएकोले सकल फलफूल खानु फलफूलको रस पिउनु भन्दा असल हुन्छ।

मासु, माछा, अण्डा र विकल्पहरू

  • संयमित मात्रामा मासु, माछा, अण्डा र विकल्पहरू खानुहोस्।
  • यस समूहमा सुकाएका सिमी, सुपारी, बियाँहरू र तोफु जस्ता भटमासका उत्पादनहरू पनि यस समूहमा समावेश गरिएको छ।
  • यी खाने कुराहरूमा प्रोटिन, फलाम, जिङ्क, केही भिटामिन बी र भिटामिन बी १२ हुन्छन्। शरीरको वृद्धि र सिकाइको लागि यिनीहरू महत्त्वपूर्ण पौष्टिक तत्त्वहरू हुन्।
  • आफ्ना बालबच्चाहरूलाई केही तेलयुक्त माछा अर्थात् साल्मोन, सार्डाइन, ज्याक म्याकेरील दिने प्रयास गर्नुहोस्। तेलयुक्त माछा ओमेगा ३ फ्याट्टी एसिडको मुख्य स्रोत हो जुन मानसिक विकासको लागि महत्त्वपूर्ण छ। सार्क, टुना, किङ म्याकेरिल लगायतको ठूलो खालको परभक्षी माछा वा उच्च पारो युक्त माछाहरूबाट टाढा नै रहनुहोस्।
  • बोसो नभएको मासु छान्नुहोस्। मासुबाट देखिने बोसोहरूलाई अलग पार्नुहोस् र कुखुराको मासुबाट छाला हटाउनुहोस्। यसले बोसो र कोलोस्ट्रोल सेवनलाई घटाउनमा मद्दत पुर्‍याउँछ अनि त्यस कारणले तपाईँको बालबच्चाहरूमा मुटु सम्बन्धी रोगहरू विकास हुन बाट रक्षा गर्छ।
  • ससेज, ह्याम, प्रशोधित मिटबल जस्ता कम क्यानमा बन्द गरिएको र कम खाने मासुहरू छान्नुहोस्।

दूध र विकल्पहरू

  • क्याल्सियम युक्त भटमासको दूध, तोफु र अन्य क्याल्सियम युक्त खाने कुराहरू लगायत दूध र विकल्पहरू संयमित मात्रामा सेवन गर्नुहोस्।
  • तपाईँको बालबच्चाहरूलाई दिनको करिब २ कप दूध आवश्यक हुन्छ। (जम्मा ४८० मिलि लिटर भन्दा बढी होइन) सामान्य रूपमा भन्नु पर्दा ३६० देखि ४८० मिलि लिटर दूध तपाईँको बच्चाको क्याल्सियमको आवश्यकतालाई पुरा गर्नको लागि यथेष्ट हुन्छ।
  • हरियो सागपात, तोफु, सिमी, दही, खीर जस्ता प्रशस्त मात्रामा क्याल्सियम युक्त खाने कुरा खाँदा तपाईँको बालबच्चाहरूलाई कम दूध आवश्यक हुन्छ।
  • २ वर्ष भन्दा माथिको बाल बच्चाहरूको लागि तपाईँले कम बोसो युक्त खाने कुराहरू छनौट गर्न सक्नुहुन्छ। चिल्लो पदार्थ झिकिएको उत्पादनहरू ५ वर्ष भन्दा माथिका बाल बालिकाहरूको लागि हो। फर्मूला दूधहरू सामान्यतः आवश्यक हुँदैन।

झोल पदार्थ
बाल बालिकाहरूलाई दिनको कम्तीमा पनि ४ देखि ५ कप झोल पदार्थ आवश्यक हुन्छ। पानी सबै भन्दा असल पेय पदार्थ हो। फलफूलको रसलाई दिनको १२० मिलि लिटरमा सीमित पार्नुहोस्। बाल बालिकाहरूलाई चिनी युक्त पेय पदार्थ, सोडा र नरम खालको पेय पदार्थ दिनबाट टाढा नै रहनुहोस् ।
मेरो बालबच्चाहरूलाई सिक्नको लागि कुन कुन खानेकुराहरूले मद्दत पुर्याउन सक्छ ?
एउटा स्वस्थ्य र सन्तुलित आहारले तपाईँको बालबालिकाको ज्ञान सम्बन्धी विकासमा लाभ पुर्याउन सक्छ। अस्वास्थ्यकर र प्रशोधित खाने कुराहरूले भरिएको आहारा तपाईँको बाल बच्चाहरूको लागि खराब हुन्छ। विभिन्न पौष्टिक पदार्थहरू खास गरेर असल ज्ञान सम्बन्धी कार्य र विकासको लागि असल हुन्छ ।

मानसिक कार्यको लागि अति आवश्यक पौष्टिक पदार्थहरू मुख्य खाने कुराको स्रोतहरू

फलाम

मासु, माछा, कुखुराको मासु, अण्डाको पहेँलो भाग, हरियो सागपातहरू, सुकेको सिमीहरू प्रशस्त मात्रामा भिटामिन सी भएको फलफूलहरू उदाहरणको लागि सुन्तला र किवीले शरीरलाई तरकारी र सिमीहरूबाट फलाम सोसेर लिन मद्दत पुर्‍याउँछ।

जिङ्क

मासु, माछा, कुखुराको मासु, अण्डाको पहेँलो भाग, सुकेको सिमीहरू

आयोडिन

समुद्री घास पातको खरानी, समुद्री घाँस, समुद्री घाँसको खाजा, दूध, दही, प्राउन्स, एक प्रकारको सिपी किरा, समुद्रको माछा वा अन्य समुद्रक खानेकुरा

सीमित DHA मा ओमेगा-३ फ्याट्टी एसिडहरू

तेल युक्त माछा अर्थात् साल्मोन, सार्डाईन, ज्याक म्याकेरिल, हालिबुट, पेसिफिक साउरी, पोम्फेर्ट, गोल्डन थ्रेड

भिटामिन बी १२

मासु, माछा, कुखुराको मासु, अन्डाको पहेँलो भाग, दूध र दुग्ध उत्पादनहरू